मान्छे र दरिद्रता !!

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द,

हावाले कहिले भन्यो र ‘नचली भूगर्भमा पस्तछु ?
पानीले कहिले भन्यो ‘म नबगी आराममा बस्तछु’ ?
पृथ्वीले कहिले भन्यो ‘अति गलें थाकें पुग्यो घुम्दिनँ’ ?
किंकर्तव्यविमूढ झैं मनुजले दायित्व बिर्से किन ?

आँखा नित्य ललाटका मुनि बसी तल्लीन छन् दृष्टिमा
गोडाहात तयार छन् इलममा रम्छन् नयाँ सृष्टिमा
जिब्रो स्वाद र शब्दधर्म कहिल्यै गर्दैन उल्लङ्घन
सारा इन्द्रिय धीर छन् मनुजका छन् भित्र काला मन !!

 

Continue reading


भ्रष्टाचार !!

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द,

हे खल्ती किन पुक्क पुक्क हुनमै छन् लुब्ध तिम्रा मन ?
हे जिब्रा कति लुब्ध झैं हरघडी खोज्छौ नयाँ स्वादन ?
हे आन्द्रा र भुँडी पुटुस्स हुनमै माग्छौ मिठा भोजन
भ्रष्टाचार खुलेछ फारम भरी दिन्छौ कि आवेदन ?

हे कुर्सी कति खन्चुवा,विरसिला भोकाहरू बोक्तछौ ?
हे लौरा कहिले उठी सलहका घ्याम्पे भुँडी ठोक्तछौ ?
हे ढड्डा कति मेचका तल लुकी काला बिटा कुर्दछौ ?
हे खन्ती कति वर्ष दीन मनका आशाहरू पुर्दछौ ?

 

Continue reading


नेपाल हो नन्दन !

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छानामा हिमका हिरा, फसलका छन् स्वर्ण खम्बातिर
भित्तामा हरियो सुरम्य रङले सम्पन्न यो मन्दिर
हावा धूप र अक्षता कण-शिला हो मृत्तिका चन्दन
देवी भूमि र देवता गगन हो नेपाल हो नन्दन !!

छाती पर्वत, मेरुदण्ड पहरा मैदानका पाउ छन्
जङ्घा टार, उपत्यका उदर झैं, मस्तिष्कमा गाउँ छन्
झर्ना हुन् पसिना, नदी रगत हुन् रौं-चर्म पाखा-वन
पूजा हो श्रम, वन्दना लगन हो नेपाल हो नन्दन !

 

Continue reading


प्यारो नुवाकोट यो !!

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

जन्मायो जुन भूमिले प्रथम यो रङ्गीन संसारमा
दौडायो जुन तीर्थले भुवनको सर्वोच्च आकारमा
मेरो जन्म सुसार पोषण थलो वात्सल्यको बोट यो
आमा झैँ छ सुपूज्य यो हृदयमा प्यारो नुवाकोट यो ।।

नौनीतुल्य हिमाल शुभ्र हिमका डल्ला लिई बस्तछन्
“सेतो दूध” समान निर्झर शिला चोख्याउँदै खस्तछन्
मीठो काख र गाँसदायक थलो पीयूषको बोट यो
मेरो प्राण बचाउने प्रिय थलो प्यारो नुवाकोट यो !!

 

Continue reading


प्राकृत संवाद [भाग: एक]

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

सोधे पर्वतले थलीसित रुँदै “हामी भिराला किन ?
हाम्रा काख चढेर माथि पुगिने बाटा भिराला किन ?”
बोले प्वाक्क थली “हिजो हठ गरी ज्वालामुखीमा पस्यौ
अग्लेको अभिमान उम्लिन गई आकाश हेर्दै बस्यौ !!”

बोले खोंच-गुफा “सदैव दिनमै हामी अँध्यारा किन ?
आएनन् कहिल्यै यहाँ रविशशी नौ लाख तारा किन?”
थाले उत्तर “दीन” जन्तु हुलले “काला भयौ श्रापले
पाल्छौ क्रुद्ध कराल बाघ-चितुवा,अल्प्यौ यही पापले” !

 

Continue reading


ठोकार्इ पुराण·

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द,

ठोकी नित्य बनाउँछन् अति तिखा औजार लोहारले
पिट्दै स्वर्ण सुनारले पसलमा भर्छन् अलङ्कारले
ठोक्दै पत्थर बन्छ भव्य प्रतिमा जीवन्तजस्तै बनी
ठोकेरै चिर टिक्तछन् दृढ बनी पेटी तथा आँगनी !!

गर्जी मेघ गुडुङ्ग गर्छ पहरा थर्कन्छ सातो लिई
वर्षामा भयभीत पार्छ खहरे आवाज चर्को दिई
ठोके पस्छ र काठ छेड्दछ किला ठेगानमा पुग्दछ
डट्दै तर्क विचार ठोक्न नसके मान्छे स्वयं झुक्दछ !!

 

Continue reading


जयदेव गोविन्द का जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द,

१) मोती यहीँ फल्दछ !!
गोलीबारुद छाड भो अब पुग्यो ज्यादै दुख्यो मृत्तिका
रातो रक्त लिपेर मेटिन गए शास्त्रार्थका कण्डिका
सङ्लो शान्त विचार मन्थन गरी सिद्धान्त रोजौं नयाँ
जोडी वर्ग अखण्ड हार उनिने आधार खोजौं नयाँ ।।

हिँड्छन् लाम मिलेर लाख कमिला उल्लासले बाहिर
मौरीको हुल मिल्छ फूलरसमा आहारका खातिर
पन्छीको हुल उड्छ मस्त नभमा फैलेर जन्तीसरि
हामी एक भएर बाँच्न नसके मान्छे भयौं के गरी ?

 

Continue reading


जयदेव गोविन्द का जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) निर्धो गणतन्त्र !
“फस्टायो गणतन्त्र यो मुलुकमा” भन्छन् उपल्लाहरू
उस्तै छन् घरगोठ रुग्ण टहरा “साना र तल्ला”हरू
मात्रै सालिक रङ्गिए अबिरले ! नेपाल कच्चा सधैं
हुर्की यो गणतन्त्र बढ्छ कहिले ! लाग्दै छ “बच्चा” सधैं ।

सस्ता भाषणका गफाष्टक सयौं आए कराए गए
आफ्नै सेवक इष्ट वा स्वजनका थैला भराए गए
गिर्दो इज्जत, खस्कँदो छ गरिमा बाचा उधारा सधैं
बाठा शैल चढे, करोड जनता बाँधा-कमारा सधैं ।।

 

Continue reading


जयदेव गोविन्द का जोर कविता‎

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) जिन्दगी·
मर्दा लाख करोड अर्ब धनले ढाकिन्न नाङ्गो शव
‘पैसामै अमरत्व मिल्छ’ जसरी’ के जुध्दछौ मानव ?
जानै पर्छ अवश्य दूर-पथमा ! खोला बगे झैं बगी
अस्थायी उपभोग-निम्ति लिइने डेरा न हो जिन्दगी !!

ऐना, काँच-समान देह पलमै टुक्रिन्छ माटो बनी
बाँचे-ताप, तनाव अग्नि मनमा सल्कन्छ दैनन्दिनी
मानौं दैनिक मक्किएर चुँडिने धागो न हो जिन्दगी
“सानो एक मुठो परालतिरको आगो” न हो जिन्दगी !!

 

Continue reading


जयदेव गोविन्दका जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द,

१) युवा र देश !
निद्रा त्याग, विलासिता भुल युवा तिम्रै छ खाँचो अब
यो नेपाल अखण्ड पार्नु छ छिटै लाखौं जुटी बान्धव
तिम्रा छन् दृढ पाखुरा र मनमा उत्साहका ताज छन्
तिम्रा शब्द तरङ्गमा गहकिला, बेजोड आवाज छन् ।।

छाती बज्रसमान, काँध बलिया छन् हाड खम्बासरि
इच्छा-जोश निकाल भित्र मनमा पृथ्वी उचाल्ने गरी
माटो उर्वर पार्न झार पसिना औंला चलाऊ यहीँ
मेधावी प्रतिभा र आत्मबलले मोती फलाऊ यहीँ ।।

 

Continue reading


जयदेव गोविन्दका चार कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) जिन्दगी
मर्दा लाख करोड अर्ब धनले ढाकिन्न नाङ्गो शव
‘पैसामै अमरत्व मिल्छ’ जसरी’ के जुध्दछौ मानव ?
जानै पर्छ अवश्य दूर-पथमा ! खोला बगे झैं बगी
अस्थाई उपभोग-निम्ति लिइने डेरा न हो जिन्दगी !!

ऐना, काँच-समान देह पलमै टुक्रिन्छ माटो बनी
बाँचे-ताप, तनाव अग्नि मनमा सल्कन्छ दैनन्दिनी
मानौं दैनिक मक्खिएर चुँडिने धागो न हो जिन्दगी
“सानो एक मुठो परालतिरको आगो” न हो जिन्दगी !!

 

Continue reading


जयदेव गोविन्दका तीन कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द,

१) शरद्
हटे कालामैला अति मुदित वातावरण छ
सुके वर्षा मानौँ – गगनतिर बन्ध्याकरण छ
उडे टाढाटाढा, ध्वनि मलिन पारे जलदले
उघार्दै छे घुम्टो झलमल उज्याली शरदले ।।

उठे सेता खास्टा तलतल बढाई नगहरू
खुले चोखा बन्दै क्षितिज, नद, सारा जगहरू
खुला ज्योत्स्ना छर्दै प्रकटित हुँदै छिन् प्रिय शशी
“मही”मा हाँस्दै छन् कुसुम रसका अत्तर घसी ।।

 

Continue reading


जयदेव गोविन्दका जोर गजल

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

बहरबद्ध गजल– १,
खलाको मुरीले बडो हुन्न मान्छे
जुँगा-पाखुरीले बडो हुन्न मान्छे ।।

खुसी-हर्ष पाए उसै हाँस्छ छाप्रो
हिराको धुरीले बडो हुन्न मान्छे ।।

अरूकै कलाको ढुसी-लेप बाजा
जुठो बाँसुरीले बडो हुन्न मान्छे ।।

 

Continue reading


जयदेव गोविन्दका तीन कविताः

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) मेरी कविता !!
मेरी प्यारी सरस कविता, आऊ म लेख्दै भरूँ
खेल्दै तिम्रा पदहरफमा, लालित्य सारा छरूँ
तिम्रो राम्रो वदन, कदमा आभा छरूँ छन्दको
खोजोस् मेरो कलम बलले, आधार सम्बन्धको ।।

तिम्रो माया परपर हुँदा, एकान्तमै रुन्छु म
छाया तिम्रो नजिक नहुँदा, निष्प्राणझैं हुन्छु म
मान्छे मेरो वरपर रहून्, तिम्रै अलङ्कारले
नाँची आऊ मधुर कविता, शृङ्गार झङ्कारले ।।

 

Continue reading


जयदेव गोविन्द का तीन कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द,

१) नेपाल मेरो घर !!
छानो पर्वत, छाउनी हिमछटा अग्लो चुलीको धुरी
छन् भित्तासरिका अखण्ड पहरा छेकेर आँधीहुरी
माटो लेप लगाउने लिउन हो हो आड झैं पत्थर
थुम्का आट र फाँट आँगन पिँढी, नेपाल मेरो घर !

उठ्छन् दैनिक टाकुरा अभयले सौभाग्य टेवासरि
माया बाँड्छ अरण्यले पथिकमा हावा दिई सर्सरी
गौरी-शङ्कर, बुद्धको, जनकको सिद्धान्त लेख्ने भर
ब्रह्माको अति सिद्धहस्त रचना नेपाल मेरो घर !!

 

Continue reading


प्राकृति संवाद

Jaya, Gobjnda, Nuwakot,  जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द,

जिस्क्याउँदै छन् वक कागलाई –
“तिम्रो छ कालो किन रूप भाइ ?
हाँडी र मोसोसित पोतियौ कि ?
“कालो” मिसेको रङ छर्कियौ कि ।”

बोले चिबे, कोकिल, काग आई-
“पाखण्ड खोक्रो गफ छाड दाइ !
अङ्गार झैं होस् अनुहार कालो
चाहिन्छ भित्री गुणको उज्यालो !!

 

Continue reading


¹तन्द्रा, देश र कविता‘ !!

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

थाकी हरायो कवि कल्पनामा
तन्द्रा उठ्यो सिर्जनको नशामा
मातृत्व बोकी सपना दिएर
“नेपाल” बोलिन् अलि झर्किएर ।

“छोरा ! तिमी चिन्तन मात्र गर्छौ
‘वियोगका दर्शन’ मात्र भर्छौ
चिन्ता लिई धेर मसी नफाल
सङ्ला-उज्याला दिन खोज्न थाल !!

 

Continue reading


जयदेव गोविन्दका जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) आत्मालाप
आहा रहेछ कति सुन्दर जिन्दगी यो
मानौँ पिई नसकिने महको नदी हो
मीठा सुगन्ध नचिनी मरुमा हिँडेछु
आधा उमेर भ्रममै अलमल्लिएछु !!

“जाई-जुही-मखमली” मसितै रहेछन्
सौन्दर्यदायक थुँगा नटिपी झरेछन्
मीठा सुवास मनले नसुँघी गुमेछन्
मोहान्ध झैं नयन यी तममै घुमेछन् !!

 

Continue reading


चिन्तन (भाग:- चार)

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छानो नै च्यातिएको क्षत महल कुनै ओत राम्रो दिँदैन
नाफाका लागि मात्रै वर घुमिरहने मित्र सच्चा हुँदैन
पानीका दिव्य धारा मरुतिर जसरी पर्नुको अर्थ हुन्न
त्यस्तै बोक्रे महात्मा-सित बहस कुनै गर्नुको अर्थ हुन्न  !

चौतारीमा पुगेको थकित जन चिसो वायुको गर्छ चाह
केही सिक्तै गरेका शिशु गुरुजनका खोज्दछन् “वाहवाह”
ज्ञानी सत्कर्मवादी समयगति बुझी धैर्यले कर्म थाल्छ
आफैंलाई नचिन्ने खल शठ परको दोष मात्रै नियाल्छ  !

 

Continue reading


जयदेव गोविन्दका जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) समय
जति मच्चियो उति बसिन्छ थच्चिई
जति उफ्रियो तल झरिन्छ पोखिई
जति लम्कियो पयर टेक्तछन् छुरा
कति गर्नु यो समय “काल”का कुरा !!

न शरीर नै स्वर-मिजास ढङ्ग छ
न सुहागको महक, योग्य रङ्ग छ
न छ चोल वो चरणछाप पाइला
मन घोचिने समय हो कि यो “किला” ?

 

Continue reading