गीता भण्डारी ‘गीतु’ का केही मुक्तकीय टुक्राहरूः

Gita, Geeta, Bhandari, Gitu, गीता भण्डारी ‘गीतु’ , pallawa, पल्लव

गीता भण्डारी ‘गीतु’

आफू मुख नपरी आमा अघि सार्छौ!
जे गरेनी भएन मलाई नै नराम्रो पार्छौ !
कहिले सम्म सहु कच कच तिमी हरुको,
दुनियाको नजरमा अपहेला भैइ हेरि बस्छौ !

छोरो आफ्नो ठिक छैन दोष मलाई लाउछिन !
राम्री बुहारी चाईयो भन्दै सात गाउँ धाउछिन !
जस्तो थियो छोरा उस्तै आज घम्न्डी सासू बज्यै,
म पनि हेर्दैछु कहाँ गएर खोइ कस्ति पाउछिन !

 

Continue reading


यो कस्तो प्रेम ?

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

अतीत सम्झियर सकिदैन जिउन
झरेका इ आँसु सकिदैन पिउन
नदिको किनारा झै बाटै अलग हुँदा
पुन्य होइन पाप हुन्छ अब तिमिले छुँदा

देब रुपि चरण मा , फूल झरेको छ
उखेलेर फालेउ तिमिले ,अन्तै सरेको छ
पराइ साथ जाउ भनी, बिदा आफै दियौं
प्याच बोलेउ के त्यो बखत ,मदिरा मा थियौ?

 

Continue reading


गीता सेढार्इंका केही व्यङ्ग्य टुक्राहरूः

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल),

भाग्य आफ्नो आफ्नो हो, सङ्गी
रूप रोज्छ्न ,कोहि स्वच्छ मन
फेरि आफैले रोजेको बस्तु सङ्ग
घरीघरी, बेर्थै के को गुनासो ??

जे रोजेकी थियौ तेहि तिम्रो हो
तिम्रो कर्मनुसार नै पायकी छेउ
बेर्थ शंका ले जलन र आँसु
प्रेम र बिश्वास मा मृदुल हाँसो
मान्छे मान्छे नभै मेसिन पो भयछ
प्रेम गर्न समय अभाव, दिवस चाहिन्छ रे ।

 

Continue reading


गजल

Gita, Parajuli, Sirjana‎, गीता पराजुली सिर्जना, pallawa, पल्लव

गीता पराजुली सिर्जना

हृदयमा मायालुलाई पसाउने नि आँखा नै हुन्
अञ्जानमै पिरतीमा फसाउने नि आँखा नै हुन्

माया गरी कसैसँग सुख दु:ख भोगे पनि
हरपल यादमा तड्पाएर रसाउने नि आँखा नै हुन्

मिले पनि नमिले’नि देखेपछि लोभी नजर
झट्ट हेर्दा कल्पनामा कसाउने नि आँखा नै हुन्

 

Continue reading


गीता सेढार्इं कँडेलका केही टुक्राहरूः

Gita,, Sedhai,, Kandel,, गीता सेढार्इं कँडेल, pallawa, पल्लव

गीता सेढार्इं कँडेल

तेति बिवस नि नबनाउ है प्रीय।
तिमिलाइ देख्दा, नजर मोडनु परोस्।।
तेति कठोरबन्न बाध्य नतुल्याउ प्रीय।
बर्सौ देखि को ,सम्बन्ध नै तोडनु परोस् ।।

मौनता मै धेरै कुरा ,खोल्छन अधर हरु।
निसब्दमै हजार संकेत ,बोल्छन् नजर हरु।।
बाहिर कतै देखिदैनन् ,हृदयको घाउ हरु।
समेटि चोट आफै भित्र ,मुस्कुराइ देउ बरु।।

 

Continue reading


गजल

Gita, Adhikari, Paebat, गीता अधिकारी, pallawa, पल्लव

गीता अधिकारी

पढिलेखी ज्ञानि शिक्षित संस्कारी हुन् सबै छोरी ,
स्ववलम्बन आत्मनिर्भर बन्न सकुन् सधैंभरी!

पढाईको गन्तव्य त जागीर मात्रै रहेनछ ,
आर्जन गरुन् बिजनेस अनि सिपमुलक काम गरी!

दवाब दिई अभाव पुरा नभएछ बुझेँ कुरा ,
उपहार हुन्न अरु हौसला र माया सरि !

 

Continue reading


गीता तिमल्सिना का जोर गजल

Gita, Geeta, timalsina, गीता तिमल्सिना, pallawa, पल्लव

गीता तिमल्सिना

गजल– १,
दिन फिरेन दीन लायो झन राती बनाएर
कहिले सम्म लुक्ला पीडा ताती बनाएर ।

फूलभन्दा धेरै सुन्दर हुन्छ काडा भनी
पेश्छु सबुत इस्पातको छाती बनाएर ।

तिमी छौ र बाचेकोछु भन्थ्यौ हैन प्रिय
खै कसरी रम्यौ उसलाई साथी बनाएर ।

 

Continue reading


ईश्वरले साथ दिउन . . . . .

Gita, Adhikari, Paebat, गीता अधिकारी, pallawa, पल्लव

गीता अधिकारी

जीवनी को प्रेरणाले आज गजल लेख्छु भनेँ,
साहित्यको लौरी ठानी बुढेसकालमा टेक्छु भनेँ ।

लेख्दालेख्दै अडकिएँछु गजल आधा भयो,
ढंग त्यति पुगेनर गजल त आधा भयो  !

सरि दादा हजुर ले नै पुरा गरि भरिदिनु,
गितालेनै लेखी भनी पल्लव मा छरिदिनु !

 

Continue reading


गजल

Gita, Adhikari, Paebat, गीता अधिकारी, pallawa, पल्लव

गीता अधिकारी

मनको दुख कसैलार्इ यहाँ सुनाउन हुन्न अरे,
आत्मा सबै पत्थर भए अनि मन रुन्न अरे ।

संघर्ष मै बिजय छ मिल्छ कि त खुशी पनि ,
आँसु कहिल्यै नदेखाउनु आफ्नो मान्छे चुन्न अरे !

पर्छ आफै सम्हालिनु मनोबल नै बढाएर,
पानीजस्तै पोखिने मन पर्छ बाँध थुन्न अरे ।

 

Continue reading


गीता सापकोटाका केही मुक्तकहरूः

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

म तिमीलाई संझेर बसीरहे
दुस्मन सारालाई डसिरहे ।
तेम्ले त अर्कैलाई टिपेर गयौ
झुटो तिम्रो कसममा फसिरहे ।।

परिस्थितिले बाध्य बनाछ मलाई यस्तो सोच्न।
नखाएको बिस लाछ कति ब्यथा नसकेर पोख्न।
यसकारण सकिन म बिश्वासमा पर्न हजुरको
खाटा बस्दै थियो घाउ लाग्यौ कि भनि घोच्न।

 

Continue reading


गीता सापकोटाका केही मुक्तक

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

के छ र दिउँ हजुरलाई मायाको कोसेली।
जति भरेनि माया हजुर हुदो रैछ खाली ।
के देखेर मन परे खै हजुरलाई म कुन्नि
बरुहाँडी श्वैतहोला म त्योभन्दा नि कालि ।

फूल फुल्यो भमरालाई जोवन फुल्यो कल्लाई।
नभन्दिदै हुन्छ हामी 2को सम्बन्धमा भलाई।
लुकाउन गाह्रो हुन्छ फेरी लाग्छ बैरी आँखा
त्यही आँखाको ईसारामा फाल्छन् कोरी सलाई।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

अधरका कुरा ओठमा ल्यार्इ बोलिदेउ भन्यौ।
जति छन् ब्यथा मनमा ती सबै खोलिदेउ भन्यौ।

दुख पछि सुखका दिन त आउछन् पक्कै साथी
यो धर्तीलाई रगत पसिना मलिदेउ भन्यौ ।

जो होचो छ उसैको मुखमा पर्छ ठुलो बज्रपात
हुदैन क्रान्तिले शान्ति बर्तामा गलिदेउ भन्यौ।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

मेरा यी खुला नयनले तिम्रै बाटो हेरी रहेछन्
सहजताले हिड भन्दै फूल दिनै फेरी रहेछन् ।

सक्दैन कोही चुडाउँन हाम्रो मायाको बन्धन
सफल प्रेम लिला हेर्न जोरिपारी घेरी रहेछन ।

जो खोज्छ नजिक जान गिद्धे नजर लिएर हाम्रो
तिनैलाई काली नागले हात पाउ मै बेरी रहेछन ।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

तिम्रो जस्तो स्वतन्त्रता मैले पनि पाउन पाए
पूर्ण हुन्थ्यो जीवन यो संसारमा छाउन पाए ।

सक्थे होला फुलेको बाटो मैले पनि ठम्याउन
द्विबिधामा नपरी एउटै बाटो धाउन पाए ।

तिमी ले बस्दा देउरालीमा मेरो बाटो हेरी हेरी
खुसी लाग्थ्यो बन्धन त्यो तोडेर आउन पाए ।

 

Continue reading


गजल

Gita, Ghimire, Gita Ghimire , pallawa, पल्लव

गीता घिमिर

तिमीलाई चोट लाग्दा मेरो मुटु दुख्छ किन?
तिमी दु:खी हुँदा मेरो खुशी को मुल सुक्छ किन?

मुटु भित्र बसि सधैं मनको दरबार सजाउंछौ
तिम्रो मुहार नचम्किंदा मेरो जुन लुक्छ किन?

सधैं जीत मात्रै हात कहाँ लाग्छ र ? जीवनमा
तिमीले बाजी हार्दा खेरी मेरो शिर झुक्छ किन?

 

Continue reading


गीता सापकोटाका केही मुक्तकहरूः

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

प्रकृतिले नै ठगिदियो जन्मेँ नारी भुरा
आफ्नाले नै हाने हजुर पछि बाट छुरा ।
मुटु भरी बेथा कहाँ पोख्ने जिन्दगीले
त्यसैले त हुँदैन आटेको कुनै काम पुरा ।।

जो नर गर्छ निन्दा सृष्टिकी रचयिताको
नमूल्य हुन्छ त्यसको नभाउ अस्मिताको ।
नरहरू गर्छ बेइमानी पैसाले इमान बेचेर
फेरी झुटो बोलेर कसम के खान्छौ गीताको ?

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

लाउँदा लाँउदै फुट्न सक्छ लगाएका चुरा पनि
झुटो हुन्छ कहिले काहीं सामुन्नेका कुरा पनि ।

सजक भर्इ हिड्नु साथी केही हुन्नन आफ्नो यहाँ
आफन्तले नै हान्ने गर्छन टाढै बाट छुरा पनि ।

जिब्रोलाई दोस दिन्छन् आफू मनलाग्दि बोले पछि
माफि माग्दै भन्छन् फेरी प्यारी नमान न वुरा पनि

 

Continue reading


गीता सापकोटाका केही मुक्तकहरू

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

तिमी गयदेखी गाऊँ मा छलफल हुन थाल्यो
यो मुटुले छोड्यो ठाउँ र हलचल हुन थाल्यो ।
चाडै फर्की आउ है कान्छा आफ्नो काम सकाएर
तिम्रो मेरो माया को घर ढलपल हुन थाल्यो ।।

यी नयनले कुन्नि के खोजिरहेछन्
यो लिउँ कि उँ लिउ त्यै रोजिरहेछन् ।
सञ्चै छु के हाल छ त्यतातिर हजुर?
निस्ठुरी किन हो भएको सोधिरहेछन् ।।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

तिम्ले पराई ठान्यौ र त छोडे मैले नि
जीन्दगीको सफर अन्तै मोडे मैले नि ।

अनाबश्यक बस्तु झैं फ्याक्यौ कुना कुना
त्यही कारण अन्तै नाता जोडे मैले नि ।

एकै छिन त यो मुटु भयो छिया छिया
संझाई मन मायाको फूल गोडे मैले नि ।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

आशमा होइन हामी प्रयासमा बाँच्नु पर्छ
आफ्नो हित गर्नलाई नारीआफै तात्नु पर्छ ।

भाग्यलाई दोष दिँदै नवसौं दिदी बहिनी
कर्म गरौ जीन्दगीको खूसीलाई साँच्नु पर्छ ।

आफ्नो हकको निम्ति लडार्इ लडौं नडराईं
जाई लोग्ने मित्रहरू आफैँ भित्र थाक्नु पर्छ ।

 

Continue reading