गजल

Giriraj, Joshi, गिरिराज जोशी, pallawa, पल्लव

गिरिराज जोशी

छ सत्पात्रताको तिरस्कार मात्रै
सही मान्यताको बहिष्कार मात्रै !

बढ्यो लोकमा घोर पीडा निराशा
भए धूर्तका स्वप्न साकार मात्रै !

यहाँ व्याप्त सर्वत्र भो अव्यवस्था
व्यवस्था भयो खालि आकार मात्रै !

 

Continue reading


‘जाग्दा ज्ञानको भोक’

Giriraj, Joshi, गिरिराज जोशी, pallawa, पल्लव

गिरिराज जोशी

(गिरिराज जोशी द्वारा संस्कृत नीतिश्लोकहरूको रूपान्तरण)
विद्वत्वं च नृपत्वं च नैव तुल्यं कदाचन ।
स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते ॥१॥

विद्वत्ता–नृपको सत्ता हुँदै हुन्न बराबर
राजा स्वदेशमा मान्य विद्वान् मान्य सबैतिर ।
क्षमताले बडो हुन्छ, हुँदैन परिधानले
राजा बन्छ अवस्थाले, विद्वान् बुद्धि–प्रयत्नले ॥१॥
०००
माता शत्रुः पिता वैरी येन बालो न पाठितः ।
न शोभते सभामध्ये हंसमध्ये बको यथा॥२॥

 

Continue reading


‘आभा उषाकी सविता तिमी हौ’

Giriraj, Joshi, गिरिराज जोशी, pallawa, पल्लव

गिरिराज जोशी

आभा उषाकी सविता तिमी हौ
आल्हादकारी कविता तिमी हौ ।

अस्तित्वको भाव र सारबोध
गराइराख्ने भविता तिमी हौ ।

पर्यायजस्ती रमणीयताकी
पवित्र सङ्ली पविता तिमी हौ ।

 

Continue reading


भानुभक्त

 

Giriraj, Joshi, गिरिराज जोशी, pallawa, पल्लव

गिरिराज जोशी

मधुर सरस भाषा नित्य काव्यानुरक्त
सरल तरल बान्की व्यञ्जनामा सशक्त ।
विषयसुखविमोही साँच्चिकै रामभक्त
अनुपम छवि तिम्रो लाग्छ हे भानुभक्त ॥

सबल जग बसायौ काव्य आरम्भ गर्दै
सकल कृतिहरूमा चेतना दिव्य भर्दै ।
हुन नदिन कदाचित् एकता यो विभक्त
दृढ कदम बढायौ धन्य छौ भानुभक्त ॥

 

Continue reading


बहरबद्ध गजल

Giriraj, Joshi, गिरिराज जोशी, pallawa, पल्लव

गिरिराज जोशी

असाध्यै छ ठाडो सिँढी जिन्दगीको
म थाकेँ उकालो हिँडी जिन्दगीको ॥

नभोगेर रोमाञ्च उल्लास के हो
कुरेरै बिताएँ पिँढी जिन्दगीको ॥

रुवाको भुवादार गद्दा कहाँ छ
पराले छ खस्रो बिँडी जिन्दगीको ॥

 

Continue reading