गजल

Roshni, Giri, रोशनी गिरी, pallawa, पल्लव

रोशनी गिरी

जति गर्छस् दैब गर अत्याचार स्विकार्य छ
तिमीलार्इ के जित्नु? मलार्इ हार स्विकार्य छ ।

जस्तो दिन्छ मेरो भाग्य ठिकै भनी बुझाउँला
चाहे तिमी घृणा देउ – चाहे प्यार स्विकार्य छ ।

जाने लाग्या मान्छेलार्इ रोक्न कहाँ सकिन्छ र ?
सके नि नसके नि बाच्ने आधार स्विकार्य छ ।

 

Continue reading


शिखरमा पुग्दैन पुग्दैन रे

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द

(छन्द कविता)
केही हो कविता सबै शिखरमा पुग्दैन पुग्दैन रे
आत्माको स्वर यो सबै सुरसिलो बन्दैन बन्दैन रे
सुन्दा भावकले जुरुक्क उठने पढ्दा फुरुक्कै हुने
यस्तो हो कविता पिता र जननी सुन्दै र गुन्दै रुने

हो हो त्यो कवि हो बिचित्र छवि हो ऊ ब्यास हो खास हो
हो हो जून उही र हो रवि उही ऊ आश हो सास हो !!
जन्मेकै कवि हुन्छ यो जगतमा चाहेर बन्दैन है !!!!
हल्लाखोर गरी मरी सकसले गाएर बन्दैन है !!!!!!!!!

 

Continue reading


कामना

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

यो नयाँ सालमा देश नेपालमा !!!!
सर्व कल्याण होस् माम होस् थालमा
वाटिका फूलको घुम्न पाए सदा !
प्रीतको जिन्दगी चुम्न पाए सदा !

मान होस् बुद्धको शान होस् शुद्धको
शान्ति होस् बासमा दूर होस् युद्ध त्यो
राम झैँ कृष्णझैं हुन् सबै फूल यी
शान्तिको प्रीतको लौ बनून् मूल यी ।

 

Continue reading


विमल गिरीका केही मुक्तकहरूः

Bimal, Giri, विमल गिरी, pallawa, पल्लव

विमल गिरी

अर्थ न बर्थका कुरा त्यसै, झ्यागिन्छ,अचेल
कोरलेका सपनाहरु,आफै त्यागिन्छ,अचेल ।
आफन्तसङ्गको बिछोड भएर हो कि,किन ?
अनायसै मनोवेग,त्यसै त्यसै वेगिँन्छ,अचेल ।।

आखाँ जुधाई लाजले बेर्दा, उस्तै राम्री तिमी
आहा, जवानीले रङ्ग फेर्दा, उस्तै राम्री तिमी ।
चोली धोती लगाउदा,कस्तो राम्रो, सुहाएकी
फरासिली, आनीबानी हेर्दा,उस्तै राम्री तिमी ।।

 

Continue reading


विमल गिरीका केही हाइकुहरूः

Bimal, Giri, विमल गिरी, pallawa, पल्लव

विमल गिरी

दक्षिणी साँढे
नेता जनतालाई
सपना बाडे ।

परस्त्री सङ्ग
पत्नीभक्त पुरुष
चसक्क मन ।

युगल आँखा
जवान स्त्री~पुरुष
झरिलो राप ।

 

Continue reading


‘तिमी तीर्थ मेरो तिमी धाम मेरो’

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

हरायौ तिमीले जितायौ तिमीले
नबोली नबोली बितायौ तिमीले !
जुधाएर आँखा झुकायौ परेली
लियौ प्राण मेरो जुनेली सहेली ।

परें मख्ख आएँ रमाएर गाएँ
दियौ हात प्यारी समाएर गाएँ
पिलायौ तिमीले सुधाको पियाला
अघाएँ पियारी बने पुष्ट गाला ।

 

Continue reading


गजल

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

यात्रा मिलिजुली गरे, बन्छ हाम्रो देश
ढिलो होला ,तर भरे, बन्छ हाम्रो देश ।

नेपाली नै मसिहा हो नेपालीको निम्ति
भित्रैदेखि लागीपरे, बन्छ हाम्रो देश !

सिर्जनामा मात्र होइन यथार्थमा पनि
गरिबको दुख हरे, बन्छ हाम्रो देश ।

 

Continue reading


सिमानाको पीडा

Dibya, Giri, दिव्य गिरी, pallawa, पल्लव

दिव्य गिरी

आज फागुराम चौधरीको खुसीको सीमा छैन । उसकी घरवालीको पनि चुरीफुरी निकै छ ।
ऊ हिजोदेखि नै खेतमा धान काट्न खेतालाहरू खोज्दै हिँडेको थियो । बल्लबल्ल खेतालाहरूको बन्दोबस्त गरेपछि ऊ निकै दङ्ग परेको थियो । फागुराम छिटैछिटै खेतालाहरू लिएर खेतमा गयो । लटरम्म पहेँलै पाकेको धानबाली देखेर उसले मनमनै भन्यो यो वर्षको धानबालीले उसलाई निकै राहत दिनेछ । केही धान बेचेर ऊ खेती गर्दा लागेको ऋण पनि तिर्नेछ । फागुराम र खेतालाहरूले धान काटी–चुटी गर्दा दिनको झन्डै एक बजिसकेको थियो ।

 

Continue reading


इष्टमित्र

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

(गुरुदेव “गोबिन्दराज़ विनोदी “भन्नुहुन्छ”)
म साथी साराको सरल मनका मित्रहरूको
विनोदी प्याराको प्रणय मनका चित्रहरूको
भने आमोदीजी अनलपथमा आउनपर्यो
गिरी मेरा यारा बहर गतिलो गाउनपर्यो ।

बडे क्षेत्री दिल्ली छतिवन गयौं तीन बिरही
भयो यात्रा हाम्रो कलम जगमा चित्त मन दी
बने धेरै आफ्नै भरतपुर आलोकित भयो
बछौली प्यारो भो सनकपुर आलोचित भयो ।

 

Continue reading


दार्जीलिङ

Dibya, Giri, दिव्य गिरी, pallawa, पल्लव

दिव्य गिरी

तल तल अझ तलबाट
उठ्दै उठ्दै
अकासिदै अकासिदै आउँछ हुस्सु
माथि माथि अझ माथिबाट
खस्दै खस्दै
झर्दै झर्दै आउँछ कुहिरो
र ओढाईदिन्छ घुम्टो
अनि लुकिदिन्छ सबैको नजरबाट
ढपक्क ढाकेर सम्पूर्ण अङ्ग
दार्जीलिङ !
घामको उज्यालो हाँसिरहेकोबेला
हुस्सु र कुहिरोभित्र हराइदिँदा
कहिले रमाइलो
कहिले नियास्रो–

 

Continue reading


चिन्तु गिरीका केही मुक्तकीय टुक्राहरू

Chintu,Giri, चिन्तु गिरी pallawa , पल्लव

चिन्तु गिरी

माथि संसदमा जो जो जस्तै मान्छे गए पनि
आश्वासन दिई मीठो भुक्ने मात्रै भए यिनी ।
निकाल्न हाडको तेल उपल्ला कुर्सी छन् खडा
निर्धाको हाड घोटेर तक्मा भिर्छन् बडा बडा ।।

अतिथी बन्न पाईन्छ पैसाले मञ्च किन्नुहोस्
महायज्ञ चलेको छ पैसाले धर्म किन्नुहोस् ।
नाम, ईमान बेचिन्छ पैसाकै चलखेल भो
मित्र, मानवता किन्नू बेच्नु, द्रव्य पिचास हो ।।

 

Continue reading


भेँडीगोठ र भेँडो

Dibya, Giri, दिव्य गिरी, pallawa, पल्लव

दिव्य गिरी

शहरस्थित आधुनिक भेडीगोठमा बसेको भेडो ब्याउने दिन गाउँगाउँबाट समेत आएका मानिसहरू झाँकी र बाजागाजासहित भेडीगोठ अगाडि भेला भएर खुसियाली मनाउँदै गीत गाएर नाचिरहेका थिए । मानिसहरूको वर्तमान र भविष्य दुवै त्यही भेडोमा झुन्डिएको थियो । त्यसैले पनि सबैजना भेडो ब्याउने दिनको लामो प्रतीक्षामा थिए ।

रातको बाह्र बजे भेडो ब्याउने समय निश्चित थियो धेरै पहिलेदेखि नै । भेडीगोठभित्र प्रवेश गरेको भेडोमा भने व्यापक परिवर्तन आइसकेको थियो । पहिले ऊ दुब्लो, पातलो र लिखुरे थियो भने अहिले उसकोे सपूर्ण शारिरीक बनोटमा निकै सुधार आएको थियो । लौ त भनौँ भने ऊ हात्तीको छावा भन्न सुहाउने आकार प्रकारको देखिन्थ्यो । त्यो देखेर मानिसहरू भेडो ब्याएपछि पक्कै पनि गतिलै पाठो पाउँछ भन्ने विश्वासमा बसेका थिए ।

Continue reading


गजल

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

गज़ल लेख्ने रहर भए सुन चेली इन्दु
कसैलाई यौटा गुरु चुन चेली इन्दु !!!!!

पैलो शेर मतला हो अन्तिम हो मक्ता
उला-सानी माला जस्तै उन चेली इन्दु ।

शब्द विन्यास गर्दाखेरी झलकोस् सीप तिम्रो
कठोर शब्द दोबाटोमै थुन चेली इन्दु !!

 

Continue reading


गजल

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

मान्छे राम्रो लागेपछि , अरु तपसिल
अविश्वास भागेपछि, अरु तपसिल !!!!

गाली पनि ताली हुन्छ, झर्के मीठो गीत
हृदयमै दागेपछी , अरु तपसिल !!!!!!!!!

सपनीमा बिपनीमा हरेक निमिषमा
उनैलाई मागेपछि ,अरु तपसिल !!!!

 

Continue reading


अन्तिम इच्छा

Chintu,Giri, चिन्तु गिरी pallawa , पल्लव

चिन्तु गिरी

क्षेत्री, बाहुन, गाइने, मगर औ सार्की, मुसल्मान हुन्
आफ्ना भाइ सँगै समाज भरिका मेरा मलामी बनुन् ।
सानो हुन्न मनुष्य जात थरले सद्भाव फैलाउँदा
मेरो लाश कदापि हुन्न बिटुलो कामी दमैले छुँदा ।।

मर्नै पर्दछ एक पल्ट सँगिनी चिन्ता नमान्नू तिमी
ती राता कपडा नफेर्नु र चुरा फोर्दै नफोर्नू तिमी ।
हाम्रो यत्ति रहेछ भेट सकियो भन्ने कुरा बुझ्दिनू
एक्लै रोउ समाजमा मलिन भै आँसू नझारी दिनू ।।

 

Continue reading


चिन्तु गिरीका केही टुक्रहरू

Chintu,Giri, चिन्तु गिरप्, pallawa , पल्लव

चिन्तु गिरप्

फूलोस् पलाआेस् प्रतिभा मुनामा
साैन्दर्य झुल्कोस् मनका कुनामा ।
धर्ती सफा गर्नु छ टक्टक्याई
जन्मन्छ अर्को युग फेर्नलाई ।

सुख दु:ख जिन्दगीमा कहर काटेको छु
झुक्किएर मह भनी जहर चाटेको छु ।
लुरुलुरु आफ्नै बाटो एक्लै हिडे पनि
अरुबाटै ठोक्किएर भूइँमा लडेको छु ।

 

Continue reading


बाबा –पुराण

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

हे बाबा खकुरेल आज धनले लेख्नेछ तिम्रो कथा
सारा यो जगले दुवै नयनले देख्ने छ तिम्रो कथा
खोज्दै काम गयौ रह्यौ अतरिया गाडी कुदायौ अरे
लीला धेर गरी बस्यौ नगरमा आँखा जुधायौ अरे

माता ती सरला बसेर घरमा धानेर सारा कुरा
आमा बन्नुभयो कथा अघि बढ्यो हुर्के सबै ती भुरा
कैले बास यता ; उता नगरमा एक्ली सधैं रातमा
के के काम गर्यौ डुली शहरमा को को थिए साथमा ?

 

Continue reading


कविता नै कविता

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द

यसमा कविता उसमा कविता
खकुरेल भने पुसमा कविता
किन छैन यहाँ मनमा कविता ?
घरमा कविता वनमा कविता

कविता कविता जग नै कविता
नभ नै कविता सब नै कविता
सरिता कविता कविता सविता
कविता नभए हुन गो रमिता

 

Continue reading


आस्थाका़े धरोहर तिमी

Sunita, Giri, सुनिता गिरि , pallawa, पल्लव

सुनिता गिरि

हिजोसम्म तिमी हुदा
यहाँ सवै सवै थियो़
तर आज सुदूर बस्तीको़
एउटा आगनीमा
बिरहका़ चुरा बजिरहेछन्
अंगालो हालेर दृश्य रोइरहेछ़
त्यही दिन त्यही बेला सम्झिएर
प्रत्येक साँझले़ कोल्टे़़ फेर्ऩ़ नपाउँदै
स्वाभिमानको लहरामा
झुण्डिएऱ़ क्रान्तिको बिगुल फुकिदिने
तिमी यहाँ नहुदा
लेकदेखि बेँसीसम्मका
मौन बस्तीहरू टोलाएका़ छन् ।

 

Continue reading


१४ अक्षरीय गजल

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

देश जस्तो देश छैन ,माटो हेरे हुन्छ
माटोमाथि रगतको टाटो हेरे हुन्छ ।

कति चोट आफन्तले दिए मुटुमाझ
छैन घाउ तर भब्य खाटो हेरे हुन्छ ।

गए ,गए सबै गए ,किन बस्ने यहाँ ?
राहदानी बोकी उड्ने लाटो हेरे हुन्छ ।

 

Continue reading