झुक्किए पछि के लाग्छ र ?

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

टुप्पोबाट फेदी झर्दै हजुर झुक्किनुभो
मलाई नमस्कार गर्दै हजुर झुक्किनुभो

को भनेर हात जोड्नुभो लजाउनुभो आफै
हिंड्नु भयो आँखा तर्दै हजुर झुक्किनुभो

नयाँ पार्टी खोल्नु भयो पार्टी प्रमुख बन्न
दोब्रिनुभो एक्लो पर्दै हजुर झुक्किनुभो

 

Continue reading


गजल

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

आफ्नो तौल थाहा छ मलाई जोख्ने कष्ट नगर्नु होस
आफै उभिन सक्छु, मलाई बोक्ने कष्ट नगर्नु होस

बिक्री हुनु छैन मलाई प्रलोभनको शिकार भई
वस्तु सम्झी दर भाउ मूल्य त‍ोक्ने कष्ट नगर्नु होस

सत्य जे हो भन्छु लेख्छु चाहे मिलोस सजाय नै
नबोल भनी मुखमा चुकुल ठोक्ने कष्ट नगर्नु होस

 

Continue reading


राजेन्द्र घायलका समय सापेक्षित मुक्तकहरूः

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

राप्ती साहित्य समाज अब जाग्न थाल्यो
साहित्यको श्रीवृद्धिमा खूब लाग्न थाल्यो
गिरिराजको कृति गजल सुधाको जन्म भो
पाठकहरुको राय र प्रेरणा माग्न थाल्यो ।।

नाम चलेका र कहलिएकाकै पिछलग्गू भएपछि
मालिक मान्ने र दास भावना मन भित्र रहेपछि
अर्जेन्टिना,स्पेन र ब्राजील भनी धेरैले फुइँ लगाए
जिब्रो काढे क्र‍ोशीया र फ्रान्स फाइनलमा गएपछि ।

 

Continue reading


राजेन्द्र घायलका मुक्तकीय टुक्राहरूः

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

इमानदार कर्मचारीका ओठमा परे कलेटी
भ्रष्ट कर्मचारीहरूले त जोडे घर र घडेरी
दाम कमाउनेहरूकै सम्मान र चल्छ नाम
इमानहरूलाई सधैं पाखा लाउँछन घचेडी ।

इमानदार कर्मचारीका ओँठमा परे कलेटी
भ्रष्ट कर्मचारीहरूले त जोडे घर र घडेरी
दाम कमाउनेहरूकै सम्मान र चल्छ नाम
इमानहरूलाई सधैं पाखा लाउँछन घचेडी ।

 

Continue reading


बेताल

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

मनोमानी उम्र्यो अनियमितताको फल फल्यो
मुनाफामै आँखा नियम विधि वा पद्धति ढल्यो
न बोलीको टुङ्गो न त छ जनविश्वास गहिरो
गएका छन् साह्रै जनमनविषे आज पहिरो

म नै सर्वेसर्वा अरु सकल हुन् झ्याँस सरिका
कुरा मेरै, राम्रो मसित छ, निकै तौर तरिका
अहो ऐले यस्तै हठ छ जनमा तीव्र अति नै
बडो जान्ने बन्छन् मनभर अहं डाह छ निकै

 

Continue reading


कृषक

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

माटोकै अर्सा माटोकै रोटी माटोकै कसार
हिलोको हलुवा लिएर पुवा आइपुग्यो असार
मगमग चल्यो हिलोको बास्ना बेसरी तान्यो मन
हिलैमा टल्क्यो जीवनको छायाँ जीवित मानवपन

हरियो बीऊ रोपेर असार गाउँदैछ मङ्गलगान
यी रित्ता गरा भई हराभरा झुल्नेँछन बाला धान
रोपेर मुठी मुरीका मुरी भित्र्याउने धोको छ
किसानी तिम्रा पसिना धारा परिश्रम चोखो छ

 

Continue reading


बौलाउँ क्यारे म त

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

जे जे भन्छु भन्यो हुँदैन नभनेस् भन्दै कराउँछ क्वै
यो यो बोल्नु भनी दफा उपदफा लेखी अह्राउँछ क्वै
खोली यो मुख बोल्न खोज्छु तर क्वै हप्काउँदै उँछ
साँचो बोल्नु थियो असह्य हुन गो बौलाउँ क्यारे म त

ओढ्दा इज्जत खोल ब्यर्थ मनका साँचा कुरा गुम्सिए
बोल् बोल् लौ न भनेर ती विषयले उत्पात सास्ती दिए
बोल्ने जो अधिकार छैन तिनले पोली रहे भत्भत
चिच्याईकन सत्य पोख्न मन भो बौलाउँ क्यारे म त

 

Continue reading


राजेन्द्र घायलका केही मुक्तकीय टुक्राहरूः

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

हामीहरू कहिल्यै जुट्न सकेनौ
त्यही भएर माथि उठ्न सकेनौ
पट्पटी चर्की फुट्यौं धाँजा फाटेर
एकताको मूल भै फुट्न सकेनौ ।

धेरै पछि बन्द हुँदा लाग्यो चाड आए जस्तो
थकीत यो शरीरले अढेश आड पाए जस्तो
घडी पनि हेरिएन अफिस ड्रेस नि फेरिएन
बेफुर्सदी जिन्दगीले पल्टिने टाँड पाए जस्तो ।

 

Continue reading


गजल

Ghayal, Tiwari, Ghanashyam, घायल तिवारी (घनश्याम) pallawa, पल्लव

घनश्याम तिवारी ‘घायल’

तल गैरी बेशी खेतमा मार्सी धान झुल्यो होला।
तिहार आयो बारी भरी सयपत्री फुल्यो होला।

संसार भरि रंगीचंगी सप्तरंगी सजियो दिपावली
जताततै गाउँ आउने बसको टिकट खुल्यो होला

धेरै छन् मुग्लान तिर नेपाली दाजुभाई सुन चेली
बाध्यता हो नभन्नु है दाजुभाई ले भुल्यो होला ।

 

Continue reading


गजल

Ghayal, Tiwari, Ghanashyam, घायल तिवारी (घनश्याम) pallawa, पल्लव

घायल तिवारी (घनश्याम)

यो साल पनि बढादशै प्रदेश मै हुने भो।
सदा झै फेरि निरासा परिवार मा छुने भो।

चिन्ता लाग्छ यस्तो बेला घर नपाउदा आउँन।
प्रेयसी तिम्रो सुन्दर सपना ब्यु झिदा तुने भो।

के पाउँनु अनि के गुमाउँनु भन्ने लाग्छ घरी।
आँमा छैनन बाबाको बरबर आशु चुने भो।

 

Continue reading


गजल

Ghayal, Tiwari, Ghanashyam, घायल तिवारी (घनश्याम) pallawa, पल्लव

घायल तिवारी (घनश्याम)

जानजान तिम्रो मन,दुखाउँदिन मैले प्रिया।
लागेका चोटहरूकतै,लुकाउँदिन मैले प्रिया।

संसारको माया दिई अन्तर आत्मा छोए पनी।
धोके बाजलाई आत्मा,फुकाउँदिन मैले प्रिया।

कहिले काहीँ मातिन्छ दीमाग बिहोशीमा बरै।
तर मर्यादा र कर्तव्य ,चुकाउँदिन मैले प्रिया।

 

Continue reading


गजल

Ghayal, Tiwari, Ghanashyam, घायल तिवारी (घनश्याम) pallawa, पल्लव

घायल तिवारी (घनश्याम)

जति उधारेउँ उति, सिलाएर गयौं ।
नशा खान्न थ्ये, पिलाएर गयौं ।

गल्ती मानव बाट हुन्छ, बुज्नु पर्थ्यो।
हेर दोबाटोमा खाना, खिलाएर गयौं ।

मिलन कसैको खास,कसैको सखाप ।
सखाप पारी पिडा, दिलाएर गयौं ।

 

Continue reading


गजल

Dilli, Prasad, Kharal,Ghayal, डिल्ली प्रसाद खराल"घायल ", pallawa, पल्लव

डिल्ली प्रसाद खराल”घायल “

दु:ख पिंडा परदेशको भुल्न आउदै छु
मेरो देशको फाँटहरुमा डुल्न आउदै छु”

बिर्सिएर जिन्दगीका हजार ठक्कर नै
मयाँलुको अंगालोमा झुल्न आउदै छु”

चौबिसै घन्टा दिन रात मैना बर्ष गनेर
उन्को मन्को बगैंचामा फुल्न आउँदै छु”

 

Continue reading


गजल

Resham, Luintel, Ghayal, रेशम लुइँटेल "घायल", pallawa, पल्लव

रेशम लुइँटेल “घायल”

प्रदेशी भाइ नेपाल फर्की आउनु पर्छ अब,,
सक्दो गुण आफ्नै देशलाई लाउनु पर्छ अब,,

गाउँ का हाम्रा झुपडी मा टिन फेर्न नसके नि-
चुहिएका ती पाली खर ले छाउनु पर्छ अब,,

पानी नपुगेका हाम्रा पखेरी का टारी खेत मा-
आफ्नै खुन र पसिना ले सिंचाउनु पर्छ अब,,

 

Continue reading


गजल

Dilli, Prasad, Kharal,Ghayal, डिल्ली प्रसाद खराल"घायल ", pallawa, पल्लव

डिल्ली प्रसाद खराल”घायल

देशको निम्ति नझुक्ने नेता ओली रह्यो बाँकी
नदी जति भारतलई भो खोली रह्यो बाँकी

गाँस लुट्दा बास लुट्दा हजारौको सास लुट्दा
क्यामेरा भित्र कैदभको बोली रयो बाँकी

पुर्खाहरूको बलिदान सुन्दर यो फुलवारिको
ढुकुटी जति नेतालाई भो झोली रह्यो बाँकी

 

Continue reading


गजल

Dilli, Prasad, Kharal,Ghayal, डिल्ली प्रसाद खराल"घायल ", pallawa, पल्लव

डिल्ली प्रसाद खराल”घायल

यो जिन्दगी मरुभूमिकै बास हुने भो
फुल्नै नपाई कोपिलामै नास हुने भो”

बुनेर हजार सपनाहरु बाँचुन्जेल
पराईको मुलुकमा दास हुने भो”

जिउँदा हरेक रहर पुरा गर्छु भन्दाभन्दै
जिन्दगी यो धड्कन बिनाको लास हुने भो”

 

Continue reading


गजल

Dilli, Prasad, Kharal,Ghayal, डिल्ली प्रसाद खराल"घायल ", pallawa, पल्लव

डिल्ली प्रसाद खराल”घायल

झुटको खेती गर्दा मुटु दुखेपछि रुनेछौ
आफ्नै शीर दुनियाँसामु झुकेपछि रुनेछौ

बल्झाएर अतित मेरो जतिसुकै हाँस तिमी
ओठमुख तिम्रो भोलि सुकेपछि रुनेछौ

सत्य लुकाई झुटको खेती जतिगर्दै हिंडेपनी
आफ्नै कारण लक्ष्य तिम्रो चुकेपछि रुनेछौ

 

Continue reading


१७ अक्षरीय गजल

,

आफ्नै मन आफै भित्र दुखाई हिड्छौ कति दिन
आफ्नो कमजोरी लाई लुकाई हिड्छौ कति दिन’

बगरको ढुङ्गा जस्तै मिल्काएर जिन्दगीलाई
बेदनाका आशुँहरु सुकाई हिड्छौ कति दिन

आश्वासनका झुटा चारा वेसरी छरेर तिम्ले
दुनियाँमा आफ्नो सिर झुकाई हिड्छौ कति दिन

 

Continue reading


गजल

Resham, Luintel, Ghayal, रेशम लुइँटेल "घायल", pallawa, पल्लव

रेशम लुइँटेल “घायल”

जस्तै कठिन आईपरेनी आँसु कहिल्यै झार्दीन म,,
आफू बाच्न अरुलाई अप्ठ्यारोमाँपार्दिन म,,

जे-जे दिन्छ समय ले तेसैमाँनै रमाउदैछु-
खुसी खोज्ने बहानाँमाँयताँउताँचार्दिन म,,

जति सक्दो पूराँगर्छु मन माँलाग्याँइक्ष्याँहरु-
आज, भोलि, पर्सि भन्दै भाकाँपर सार्दिन म,,

 

Continue reading


गजल

Resham, Luintel, Ghayal, रेशम लुइँटेल "घायल", pallawa, पल्लव

रेशम लुइँटेल “घायल”

सम्बन्ध नै टुट्यो अचेल भमरा र फुल को,,
कति ठूलो सजाय दियौ एउटा सानो भुल को,,

खडेरी ले माया आउने मुहान सुकाइ सके पछि-
के काम अब दुई मुटुलाइ जोडाउने त्यो पुल को,,

जिन्दगि नै यति ठूलो खडेरी मा फसे देखि-
आसै लाग्न छाड्यो अचेल बिना बर्षा मुल को,,

 

Continue reading