गीता सेढार्इं कँडेलका दुइटुक्रा

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल),


यो मन आज तेसै तेसै रमाएको बेला
लड्न खोज्दा दह्रो हाङा समाय को बेला
ताली पिट्नेहरु ले ढोलक बजाउ आज
सक्छौ भने मेरै तालमा तिमी पनि नाँच ।

हृदयमा शितल मल्हम लगायको बेला
सन्तुष्टि लेआत्मा टन्नै अघायको बेला
अट्टाहास गर्नेहरु आज धित खोलेर हाँस
उघारेर हेर नेत्र त्यो चाँदनि कहाँ छ ??

 

Continue reading


आफू र संस्कार

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

संस्कार कस्तो ल्यायौ तिमीले जन्म थलो बाट ?
पानी मिठो मुल, मान्छेराम्रो कुलको हुन्छ नानी ।
दाश सम्झ्यौ भने स्यम दासी नै हौ लि है प्यारी
राजा सरि स्नेह दिनसके पो त बनौलि नि रानी ।।

तिमी बन मनको राजा, म बनुँला रानी
हाँस्दै खेल्दै बिताउँला, छोटो जिन्दगानी ।
उबाएर अञ्जुली मै पिउँला मिठो पानी
दुर्इपल साथ मैँ रमाउँला छोटो जिन्दगी ।।

 

Continue reading


गीता भण्डारी ‘गीतु’ का केही मुक्तकीय टुक्राहरूः

Gita, Geeta, Bhandari, Gitu, गीता भण्डारी ‘गीतु’ , pallawa, पल्लव

गीता भण्डारी ‘गीतु’

आफू मुख नपरी आमा अघि सार्छौ!
जे गरेनी भएन मलाई नै नराम्रो पार्छौ !
कहिले सम्म सहु कच कच तिमी हरुको,
दुनियाको नजरमा अपहेला भैइ हेरि बस्छौ !

छोरो आफ्नो ठिक छैन दोष मलाई लाउछिन !
राम्री बुहारी चाईयो भन्दै सात गाउँ धाउछिन !
जस्तो थियो छोरा उस्तै आज घम्न्डी सासू बज्यै,
म पनि हेर्दैछु कहाँ गएर खोइ कस्ति पाउछिन !

 

Continue reading


यो कस्तो प्रेम ?

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल)

अतीत सम्झियर सकिदैन जिउन
झरेका इ आँसु सकिदैन पिउन
नदिको किनारा झै बाटै अलग हुँदा
पुन्य होइन पाप हुन्छ अब तिमिले छुँदा

देब रुपि चरण मा , फूल झरेको छ
उखेलेर फालेउ तिमिले ,अन्तै सरेको छ
पराइ साथ जाउ भनी, बिदा आफै दियौं
प्याच बोलेउ के त्यो बखत ,मदिरा मा थियौ?

 

Continue reading


गीता सेढार्इंका केही व्यङ्ग्य टुक्राहरूः

Geeta, Gita, Sedhai, Kandel,गीता सेढाइँ (कँडेल), pallawa, पल्लव

गीता सेढाइँ (कँडेल),

भाग्य आफ्नो आफ्नो हो, सङ्गी
रूप रोज्छ्न ,कोहि स्वच्छ मन
फेरि आफैले रोजेको बस्तु सङ्ग
घरीघरी, बेर्थै के को गुनासो ??

जे रोजेकी थियौ तेहि तिम्रो हो
तिम्रो कर्मनुसार नै पायकी छेउ
बेर्थ शंका ले जलन र आँसु
प्रेम र बिश्वास मा मृदुल हाँसो
मान्छे मान्छे नभै मेसिन पो भयछ
प्रेम गर्न समय अभाव, दिवस चाहिन्छ रे ।

 

Continue reading


गीता तिमल्सिना का जोर गजल

Gita, Geeta, timalsina, गीता तिमल्सिना, pallawa, पल्लव

गीता तिमल्सिना

गजल– १,
दिन फिरेन दीन लायो झन राती बनाएर
कहिले सम्म लुक्ला पीडा ताती बनाएर ।

फूलभन्दा धेरै सुन्दर हुन्छ काडा भनी
पेश्छु सबुत इस्पातको छाती बनाएर ।

तिमी छौ र बाचेकोछु भन्थ्यौ हैन प्रिय
खै कसरी रम्यौ उसलाई साथी बनाएर ।

 

Continue reading


गजल

Geeta, Smriti, Kathayat, गीता स्मृति कठायत, pallawa, पल्लव

गीता स्मृति कठायत

बिताउनु छ जिन्दगी दुई बटुवा भएर
ऊनी तिर्खा भएर म करुवा भएर

महल बन्ने रहर एक्कासी पलायो
बस्न मानेन बालुवाले बालुवा भएर

कसरी खुम्चिन्छ्न बाउ आमाका खुशी
अझै बुझ्न सकेन छोराले बुवा भएर

 

Continue reading


गीता सापकोटाका केही मुक्तकहरूः

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

म तिमीलाई संझेर बसीरहे
दुस्मन सारालाई डसिरहे ।
तेम्ले त अर्कैलाई टिपेर गयौ
झुटो तिम्रो कसममा फसिरहे ।।

परिस्थितिले बाध्य बनाछ मलाई यस्तो सोच्न।
नखाएको बिस लाछ कति ब्यथा नसकेर पोख्न।
यसकारण सकिन म बिश्वासमा पर्न हजुरको
खाटा बस्दै थियो घाउ लाग्यौ कि भनि घोच्न।

 

Continue reading


गीता सापकोटाका केही मुक्तक

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

के छ र दिउँ हजुरलाई मायाको कोसेली।
जति भरेनि माया हजुर हुदो रैछ खाली ।
के देखेर मन परे खै हजुरलाई म कुन्नि
बरुहाँडी श्वैतहोला म त्योभन्दा नि कालि ।

फूल फुल्यो भमरालाई जोवन फुल्यो कल्लाई।
नभन्दिदै हुन्छ हामी 2को सम्बन्धमा भलाई।
लुकाउन गाह्रो हुन्छ फेरी लाग्छ बैरी आँखा
त्यही आँखाको ईसारामा फाल्छन् कोरी सलाई।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

अधरका कुरा ओठमा ल्यार्इ बोलिदेउ भन्यौ।
जति छन् ब्यथा मनमा ती सबै खोलिदेउ भन्यौ।

दुख पछि सुखका दिन त आउछन् पक्कै साथी
यो धर्तीलाई रगत पसिना मलिदेउ भन्यौ ।

जो होचो छ उसैको मुखमा पर्छ ठुलो बज्रपात
हुदैन क्रान्तिले शान्ति बर्तामा गलिदेउ भन्यौ।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

मेरा यी खुला नयनले तिम्रै बाटो हेरी रहेछन्
सहजताले हिड भन्दै फूल दिनै फेरी रहेछन् ।

सक्दैन कोही चुडाउँन हाम्रो मायाको बन्धन
सफल प्रेम लिला हेर्न जोरिपारी घेरी रहेछन ।

जो खोज्छ नजिक जान गिद्धे नजर लिएर हाम्रो
तिनैलाई काली नागले हात पाउ मै बेरी रहेछन ।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

तिम्रो जस्तो स्वतन्त्रता मैले पनि पाउन पाए
पूर्ण हुन्थ्यो जीवन यो संसारमा छाउन पाए ।

सक्थे होला फुलेको बाटो मैले पनि ठम्याउन
द्विबिधामा नपरी एउटै बाटो धाउन पाए ।

तिमी ले बस्दा देउरालीमा मेरो बाटो हेरी हेरी
खुसी लाग्थ्यो बन्धन त्यो तोडेर आउन पाए ।

 

Continue reading


गीता सापकोटाका केही मुक्तकहरूः

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

प्रकृतिले नै ठगिदियो जन्मेँ नारी भुरा
आफ्नाले नै हाने हजुर पछि बाट छुरा ।
मुटु भरी बेथा कहाँ पोख्ने जिन्दगीले
त्यसैले त हुँदैन आटेको कुनै काम पुरा ।।

जो नर गर्छ निन्दा सृष्टिकी रचयिताको
नमूल्य हुन्छ त्यसको नभाउ अस्मिताको ।
नरहरू गर्छ बेइमानी पैसाले इमान बेचेर
फेरी झुटो बोलेर कसम के खान्छौ गीताको ?

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

लाउँदा लाँउदै फुट्न सक्छ लगाएका चुरा पनि
झुटो हुन्छ कहिले काहीं सामुन्नेका कुरा पनि ।

सजक भर्इ हिड्नु साथी केही हुन्नन आफ्नो यहाँ
आफन्तले नै हान्ने गर्छन टाढै बाट छुरा पनि ।

जिब्रोलाई दोस दिन्छन् आफू मनलाग्दि बोले पछि
माफि माग्दै भन्छन् फेरी प्यारी नमान न वुरा पनि

 

Continue reading


गीता सापकोटाका केही मुक्तकहरू

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

तिमी गयदेखी गाऊँ मा छलफल हुन थाल्यो
यो मुटुले छोड्यो ठाउँ र हलचल हुन थाल्यो ।
चाडै फर्की आउ है कान्छा आफ्नो काम सकाएर
तिम्रो मेरो माया को घर ढलपल हुन थाल्यो ।।

यी नयनले कुन्नि के खोजिरहेछन्
यो लिउँ कि उँ लिउ त्यै रोजिरहेछन् ।
सञ्चै छु के हाल छ त्यतातिर हजुर?
निस्ठुरी किन हो भएको सोधिरहेछन् ।।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

तिम्ले पराई ठान्यौ र त छोडे मैले नि
जीन्दगीको सफर अन्तै मोडे मैले नि ।

अनाबश्यक बस्तु झैं फ्याक्यौ कुना कुना
त्यही कारण अन्तै नाता जोडे मैले नि ।

एकै छिन त यो मुटु भयो छिया छिया
संझाई मन मायाको फूल गोडे मैले नि ।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

आशमा होइन हामी प्रयासमा बाँच्नु पर्छ
आफ्नो हित गर्नलाई नारीआफै तात्नु पर्छ ।

भाग्यलाई दोष दिँदै नवसौं दिदी बहिनी
कर्म गरौ जीन्दगीको खूसीलाई साँच्नु पर्छ ।

आफ्नो हकको निम्ति लडार्इ लडौं नडराईं
जाई लोग्ने मित्रहरू आफैँ भित्र थाक्नु पर्छ ।

 

Continue reading


सहचालक

Gita, Geeta, Pudasaini, apurna, annapoorna,अपूर्ण अन्नपूर्ण ,pallawa, पल्लव

अपूर्ण अन्नपूर्ण

सहचालक
इटहरी बाट छुटेको रात्री बस
नेपालगन्ज बाट छुटेको माल बाहक ट्रक सग–
ओभरट्र्याक गर्न खोज्दा
मुग्लिन नजिकै दुर्घटित
बस त्रिशुलि नदिमा
चालिसको मृत्यु चालीस बेपत्ता
बिहानै अखबारहरूमा मुख्य समाचार
भन्छन ट्रकको ड्राइभर निद्रामा थियो
बस को ब्रेक् फेल
तर कसैले किन भन्दैनन?
दुबै गाडी
सहचालकले हाकेका थिए
जसरी अहिले
सिहदरबार दौडिरहे छ।

 

Continue reading


मिस्ड कल

Geeta, Pokhrel, Lamsal, Shyanja, गीता पोख्रेल लम्साल, pallawa, पल्लव

गीता पोख्रेल लम्साल

रातीको आठ बज्न आँटेको थियो । खाना बनाएर सारिका छोराछोरीलाई खानलाई डाक्न उनीहरुको कोठा तिर गई । उनीहरु होमवर्क गर्दै रहेछन् । कोठामै राखिछाडेको मोबाइल यसो चेक गरी एउटा मिसकल रहेछ । कसको होला भनेर डिटेल चेक गरि चिनेको नम्बर जस्तो लागेन । उसो त सारिकालाई मिस कल गर्ने मान्छे पटक्कै मन पर्दैन । आफ्नो एक रुपिँया खर्च गर्न नहुने अर्काको पैसा सित्तैमा आउँछ जस्तो ठान्ने लोभी मान्छेले मात्र मिसकल गर्छन् जस्तो लाग्छ उसलाई । कहिलेकाहीँ व्यालेन्स सिद्धिएर बाटो घाटोमा अप्ठ्यारो परेर मिसकल गर्नु त स्वाभाविक होला तर आफूले कहिल्यै एक कल नगर्ने अनि मिस कल हानेर उताबाट कतिबेला कल आउला भनेर कुर्ने मान्छे कति हुन्छन् । त्यस्ता मान्छेले कहिलेकाहीँ साँच्चिकै अप्ठ्यारो पर्दा पनि कलब्याक पाउँदैनन् ।

 

Continue reading


गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

था भो आज त्यो शीर किन झुकाएर गयौ।
गॉठी कुरा तिमीले नि त लुकाएर गयौ।

भन्थ्यौ सधै तिमी मलाई झुटो बोल्नु हुन्न
आफैँले झुटो बोल्यौ सत्य छुपाएर गयौ।

तिमीसँगै बॉधिएको मेरो मनको डोरी
जबरजस्ती तन्काउँदै टुटाएर गयौ।

 

Continue reading