हिरा गौतम ‘हिरु’ का केही मुक्तकहरूः

Hira, Gautam, Hiru, हिरा गौतम ‘हिरु’ , pallawa, पल्लव

हिरा गौतम ‘हिरु’

उसको र मेरो जिन्दगी वारपार भएपछि
बीचैमा बार्न लाई काँडे तार भएपछि
तिमी कति उसैको नाम जब्दै बस्छौ
अर्कैसँग जवरजस्ती घरबार भएपछि ।।

मनको कुरा बोले पो थाहा हुन्छ
रहरका पोका खोले पो थाहा हुन्छ
पारी रुखको फल पाक्यो पाकेन
वेल पाकेको फोडे थाहा हुन्छ ।।

 

Continue reading


नानु गौतम रेग्मीका केही मुक्तकहरूः

Nanu, Gautam, Regmi, नानु गौतम रेग्मी, pallawa, पल्लव

नानु गौतम रेग्मी

जिन्दगीमा तिम्राे कहिलै हार हुनेछैन ।।
तिम्रो जीवन कहिल्यै बेकार हुने छैन।।
तिमीलाई एक दिन दुनियाँले चिन्नेछ।।
तिम्राे जस्ताे उच्च कसैकाे बिचार हुनेछैन ।।

हाँसो र खुसीहरू ओठमा सधै छाइरहोस्।
तिम्रो जीवनमा उमंग र उत्साह आइरहोस्।।
प्रगतिको पथमा तिमी अगाडी बढ्दै जानु।
तिम्रा पाईलाले सदैव सफलता पाइरहोस्।।

 

Continue reading


गोसाईंकुण्ड यात्राकाव्य !

MẠNISH, GẠUTAM, मनिष गाैतम, pallawa, पल्लव

मनिष गाैतम

देवघाट भुली हामी गोसाईंकुण्ड सम्झियौं ।
तीर्थभ्रमण यो भन्दा उत्साही फुर्तिला थियौं ॥१..

निस्कियौं हुलमा हामी दिग्दिशा तेजिला भए ।
तेजोंश सूर्यका, हाम्रा दिलमा पस्न आतिए ॥२..

सवारीमा चढ्यौं,भारी बिसायौं दर्द मेटिए ।
पीडा त्याग हुनासाथै कसरी हर्ष भेटिए?३..

 

Continue reading


असफल गौतम का केही मुक्तकहरूः

Asafal, Gautam, असफल गौतम, pallawa, पल्लव

असफल गौतम

सरकार प्रहरी संगठन खारेज गरौं फरक पर्दैन
गल्ती गर्नेलाई पालियोस् निर्दोष त त्यसै मर्दैन
धेरै निर्मला माथि अत्याचार सरकारबाटै भए
त्यसैले ‘शक्तिशाली समिति’ले पनि केही गर्दैन !

शैलेश्वरी, गोदावरी र कुम्भ महिमा गाएका छन्
कहिले सरिता र बालज्योतिसार भन्दै आएका छन्
छ दशकले नेटो काट्यो समय बिताउँदैनन् खाली
मनिराजकै नाम गुञ्जिदैछ आज मेची–महाकाली ।

 

Continue reading


गजल

Pitambar, Gautam, Prakat,, pallawa, पल्लव

पिताम्बर गौतम ‘प्रकट’

रोगले भएर छटपटी अस्पताल जाँदैछु
महँगै भएनी ओखती अस्पताल जाँदैछु

खप्नै गाह्रो दुखाई जुनै अंग होस् शरीरको
तैपनि निको हुन्छकी अस्पताल जाँदैछु

घाँटीको हो बिमार छाती पो चिर्ने हुन्की
थाह छ डाक्टर नक्कली अस्पताल जाँदैछु

 

Continue reading


‘मृत्यु’

Bhadra, Dhwoj, Gautam, गौतम भद्र ध्वज‎, pallawa, पल्लव

गौतम भद्र ध्वज‎

‎आउँछ त्यो यमराज, आफ्नै चालमा बगेर
दिन गुज्य्रो बर्षौ बिते, लान्छ साथमा बोकेर ।
शैशब-कालको स्वप्न, निशहाय जो बन्दछ
बिगतका पलहरू, सम्झी स्वजन गम्दछ ।।

नियतीको खेल हो यो, रोकेर कबै रोकिन्न
बज्र समान कठोर, छाती ठोकेर फेरिन्न ।
बैगुण भन्दा गुणी त्यो, लान्छ रे छिट्टै आएर
हुदैन शरीर फिर्ता, समबेदना गाएर ।।

 

Continue reading


गजल

MẠNISH, GẠUTAM, मनिष गाैतम, pallawa, पल्लव

मनिष गाैतम

फुल्दो गुलाब लाग्यो बास्ना जहाँ थिएन ।
तिम्रो मुहार हेरें मुस्कान भेटिएन ॥

सानो रहेछ भन्दै काँडा निकालिएन ।
खिल भइदिई दुखाओस् यो कल्पना थिएन ॥

ढुङ्गो तिमी हुने भा, जल बन्न सक्छु बुझ्नू !
जलधारमा परेको पत्थर कहाँ खिएन??

 

Continue reading


गजल

Ujjwal, Ujagar, Gautam, उज्ज्वल उजागर गौतम, pallawa,

उज्ज्वल उजागर गौतम

कसैले यो दिललाई चिरा चिरा बनाई दिए
ओखती भनि कसैले फेरी मदिरा बनाई दिए

खरानी बन्नु अगाडी नै निभ्ने चाह भो मेरो
जब मान्छेले त्यो कोईलाबाट हिरा बनाई दिए

जस्ले टिम्मुर र मरिचलाई एउटै देख्यो नि
हरेशिव यो धनीयालाई पनि जिरा बनाई दिए

 

Continue reading


गजल

Ujjwal, ujaagar, gautam, gazal, sangalo, उज्ज्वल उजागार गौतम, pallawa , पल्लव

उज्ज्वल उजागार गौतम

कसैले यो दिल लाई चिरा चिरा बनाई दिए
ओखती भनि कसैले फेरी मदिरा बनाई दिए

खरानी बन्नु अगाडी नै निभ्ने चाह भो मेरो
जब मान्छेले त्यो कोईलाबाट हिरा बनाई दिए

जस्ले टिम्मुर र मरिचलाई एउटै देख्यो नि
हरे शिव यो धनीयालाई पनि जिरा बनाई दिए

 

Continue reading


उज्ज्वल उजागर गौतमका तीन गजल

Ujjwal, Ujagar, Gautam, उज्ज्वल उजागर गौतम, pallawa,

उज्ज्वल उजागर गौतम

गजल– १,
कसैले यो दिल लाई चिरा चिरा बनाई दिए
ओखती भनि कसैले फेरी मदिरा बनाई दिए

खरानी बन्नु अगाडी नै निभ्ने चाह भो मेरो
जब मान्छेले त्यो कोईलाबाट हिरा बनाई दिए

जस्ले टिम्मुर र मरिच लाई एउटै देख्यो नि
हरे शिव यो धनीया लाई पनि जिरा बनाई दिए

 

Continue reading


गजल

Pitambar, Gautam, Prakat,, pallawa, पल्लव

पिताम्बर गौतम ‘प्रकट’

धेरै थोरै हुन्थेन होला सायद तुलो काँटा नभए
तेरो मेरो पनि हुन्थेन होला टाठा बाठा नभए

कुन भाग मेरो कुन भाग तेरो भन्नेनै हुन्थेन
आनन्द नै हुन्थ्यो सिक्काको दुइ पाटा नभए

सुइय सुस्केरा हालेर टोपी झिकी चौतारीमा
सुस्ताउने थिएन भरिया भिन्न दुइ बाटा नभए

 

Continue reading


पिताम्बर गौतम प्रकटका केही मुक्तकहरूः

Pitambar, Gautam, Prakat,, pallawa, पल्लव

पिताम्बर गौतम ‘प्रकट’

सुख लियौ र मलाई दुख दियौ
ललिते बोलि सुन्दर रुप दियौ
जान्न पनि कति सम्म जानेकी
छुरा घोप्यौ अनी नुन चुक दियौ

मै जस्तो उन्लाई बर चाहियो रे
रमेशको जस्तो घर चाहियो रे
कसरि तथास्तु भनुन शिवजीले
हर्के संग मिल्ने थर चाहियो रे

Continue reading


पिताम्बर गौतम प्रकटका जोर गजल

Pitambar, Gautam, Prakat,, pallawa, पल्लव

पिताम्बर गौतम ‘प्रकट’

गजल– १,

दिलै भरि माया लाग्छ यहि नेपालको मलाई
होली खेल्न मनपर्ने रंग डाफें मुनालको मलाई

जेठको गर्मि होस् या माघे जाडो होस् प्रबाह छैन
स्पर्स नै प्यारो लाग्छ फेवा रारा तालको मलाई

गुन्यू चोली ढाकाको होस् पछ्यौरी मलमलको
कम्मरमा च्याटै पटुकी राम्रो जिउडालको मलाई

 

Continue reading


गजल

Gautam, Bhadra, Dhyoj, Palung,, गौतम भद्र ध्वज , pallawa, पल्लव

गौतम भद्र ध्वज

असारको सिमसिमे झरी परेको पानी क्या मज्जा !
देखे मैले आउँदै गरेकि दिलकि रानी क्या मज्जा !

पैले त मोटी-मोटी थिईन, अहिले परिवर्तन भएछ,
योगा गर्न थाले पछि अझै भै’छ सानी क्या मज्जा !

रिसको पुरी भनी जिस्काईन्थ्यो, फेरिएछ ब्यहोरा,
नम्रता आएछ, हराएछ रिसाउने बानी क्या मज्जा !

 

Continue reading


गजल

Pitambar, Gautam, Prakat,, pallawa, पल्लव

पिताम्बर गौतम ‘प्रकट’

तिमी भन्दा सुन्दर अरु गुलाब छैन
तेसैले त मेरो अन्त कतै झुकाब छैन ।

साथ् दिन्छौ तिमीले बिस्वस्त छु म
हेर यो संसारमा मज्बुरीमा लगाब छैन ।

प्रेमिल छ जगतै जब हुन्छौ साथमा
हो त्यसैले होला ममा त्यस्तो तनाब छैन ।

 

 

Continue reading


गजल

Pitambar, Gautam, Prakat,, pallawa, पल्लव

पिताम्बर गौतम ‘प्रकट’

धेरै थोरै हुन्थेन होला सायद तुलो काँटा नभए
तेरो मेरो पनि हुन्थेन होला टाठा बाठा नभए

कुन भाग मेरो कुन भाग तेरो भन्नेनै हुन्थेन
आनन्द नै हुन्थ्यो सिक्काको दुइ पाटा नभए

सुइय सुस्केरा हालेर टोपी झिकी चौतारीमा
सुस्ताउने थिएन भरिया भिन्न दुइ बाटा नभए

 

Continue reading


पिताम्बर गौतम प्रकटका केही मुक्तकहरूः

Pitambar, Gautam, Prakat,, pallawa, पल्लव

पिताम्बर गौतम ‘प्रकट’

साँझ बिहान आलु छिल्ने जस्तो छिल्लर हैन
चान चुन खुद्रा पशलेको जस्तो चिल्लर हैन
ग्रेट वाल जस्तो बलियो पर्खाल लगाउँन पर्छ
दशगजामा सारिरहने जङ्गे पिल्लर हैन ।

च्यातिएको मेरो यो मुटु सिलाएर गयौ तिमी
मधुमासे अमृत प्याला पिलाएर गयौ तिमी
झसंग झस्किएर हेरें यता उता एक्लै थिएँ मत
बिपना होकी सपनामा पो बिलाएर गयौ तिमी ।

 

Continue reading


पिताम्बर गौतम ‘प्रकट’का एकजोर गजल

Pitambar, Gautam, Prakat,, pallawa, पल्लव

पिताम्बर गौतम ‘प्रकट’

गजल– २,
भाई फुटे गवाँर लुटे रीत कस्तो बस्यो थाहै नपाई
भुइँको टिप्न खोज्यौ पोल्टाको खस्यो थाहै नपाई ।

खोली तरेर लौरी बिर्सेछौ आबस्यकता छैन भनि
आशक्तलाई धपायौ तर जोगी पस्यो थाहै नपाई ।

मुखमा राम राम बगलीमा छुरा किनापो गरेथ्यौ
पराईको सहानुभूति आफन्तले डस्यो थाहै नपाई ।

 

Continue reading


कविताको राजनीति

Asafal, Gautam, असफल गौतम ,pallawa, पल्लव

असफल गौतम

आन्दोलनको डण्डामा
तिमी नै लेखिएका छन्
आक्रोसको गङ्गामा
तिमी नै तिमी भेटिएका छन्
कविता !
आज तिम्रो स्वाभिमान
तुलोमा राखेर
इज्जत जोखिदै छ
राजनीतिका नाममा
तिम्रो प्रतिष्ठा पोखिदैछ ।
कविताहरू
स्वादिला, भरिला र रङ्गीला भएरै
जालझेल भोगेका छन्
बन्धन भित्र पैठेजोरी खेल्दै खेल्दै
कविताहरूले जेल नेल भोगेका छन् .

 

Continue reading


गजल

Sharmila, Gautam, Kuikel,शर्मिला गौतम (कुइँकेल), pallawa, पल्लव

शर्मिला गौतम (कुइँकेल)

जिद्दी गर्ने मेरो बानी पहिल्यै देखिको
हजुरैको आनाकानी पहिल्यै देखिको ।

के पछुतो जानकी र गौतम बुद्धको
बन्दकी छ नालापानी पहिल्यै देखिको ।

जस्को गोठमा गाई, उस्कै भागमा गोरस्
ठेकी भित्र छ मदानी पहिल्यै देखिको ।

 

Continue reading