गजल

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

कतै हर्ष उल्लास ल्याएर आयो
कतै फेरि बिष्मात आई उडायो ।

कतै आज कोही छ भोको र नाङ्गो
कतै मोज मस्ती सबैले मनायो ।

नयाँ सालको यो नयाँ माल भन्दै
बिदेशी दलाली सबैले उठायो ।

 

Continue reading


२८ औं शुभ जन्मोत्सव´

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

जन्में रे म वसन्तको समयमा जन्में अरे प्रातमा
प्यारो पाटन, बैतडी नगरको एकान्त संसारमा
हुर्केको पहिलो`चिनाड´घरमै सम्पुर्ण सम्पन्नले
हो सत्ताइसको भएछु अहिले यो साल आनन्दले।।१

चैते घाम ,प्रभातको किरणले न्यानो थियो बैतडी
थ्यो रंगीन वसन्तको सुरु भयो झन् रंगियो बैतडी
वासन्ती शनिबारको दिन रवि सानन्द मुस्काउँदा
जन्म्यो`गौरव´त्यै बिहान घरमा धर्ती उज्यालो हुँदा।।२

 

Continue reading


गजल

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

सुन खानी तामा खानी फलाम खानी बैतडीमा
के को कमि भन्छ्यौ भन प्यारी नानी बैतडीमा

कोदो फल्ने मकै फल्ने धान तोरी फापर फल्ने
पहाड्मै छ चिसो चिसो मूलको पानी बैतडीमा

कहाँ जान्छन् केके खान्छन् पाहुना र साथीहरू
साह्रै मीठो मिठो भन्छन् छानी छानी बैतडीमा

 

Continue reading


गजल

गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’

गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’

किन किन ॠतुलाई मन पराउछु रातिराती ।
वसन्त र बर्षा आउदा डराउछु रातिराती ।।

बहत्तर साल बाह्र गते बाह्र बजे बैशाखमा,
तर्सिएको नेपाल सम्झी कराउछु रातिराती ।।

शरदमा सुख्खा हुदा हेमन्तमा हिउँ पर्दा,
गुटुमुटु सिरक भित्र हराउछु रातीराती ।।

 

Continue reading


ग ज ल

गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’

गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’

बनायौ आफैले यहाँ रीत यस्तो
नपर्दै बिलायौ भयौ शीत जस्तो

म सोच्थे सँगै छ मायालु र माली
बसाई सराई गर्‍यौ प्रीत कस्तो

सुनायौ रसिला सबैका कहानी
र सुने आफैले गरे जित उस्तो

 

Continue reading


“नाका बन्द”

गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’

गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’

नाका बन्द र बन्दका भुमरीमा,आँखा पनि बन्द भो
सारा श्वास प्रश्वास बन्द हुनगै,भाका पनि बन्द भो ।
बन्दै भो अबता नेपाल भरिमा, चुलो र चौका पनि
ओठै बन्द भए छिमेकी सबका, ईच्छा र मौका पनि ।।

सेता फुल र कोपिला कमलका, ब्यापार खासा सरि
फुल्लान कि बनका गुरास मनमा आशा भरौसा गरि ।
दापै भित्र रहेर आज खुकुरी, भोको रहेकोछ है
पुर्खाको उपदेश अर्ती मनमा, धोको रहेकोछ है ।।

 

Continue reading


गजेन्द्र अवस्थीका केही मुक्तकहरूः

Gajendra, Awasthi, Sudur, Paschimeli, Gaurav, गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’, pallawa, पल्लव

गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’

बिरका सन्तान नेपाली झुक्ने छैनौ मोदी !
आधी तुफान भुइचालोले रुक्ने छैनौ मोदी!
नेपालकै धन सम्पत्ती नदि नालाहरु पनि,
महाकाली र सेती हामी सुक्ने छैनौ मोदी!!

कलियुगमा सिताको राम बन्न मिल्छ कि नाई ?
पुस माघमा पारिलो घाम भन्न मिल्छ कि नाई ?
कति आए कति गए हिसाब किताब छैन आज
मलाई माया गर्नेको नाम गन्न मिल्छ कि नाई ?

 

Continue reading