गजल

Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा अश्रु’, pallawa , पल्लव

जीविका खतिवडा ‘अश्रु’

उ चाहिँ राम्रो म चाहिँ खराब कहिले नभन्नु
तिमीबाट पर्यो प्रभाब कहिले नभन्नु ।

तनाब धेरै भएपछी हिम्मत बटुल्न,
छिरें भट्टि पिए सराब कहिले नभन्नु ।

जत्ती बिस्वास गर दुईको एउटै हुन्न बिचार
पराइ सामु भयो तनाब कहिले नभन्नु ।

 

Continue reading


गजल

Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा अश्रु’, pallawa , पल्लव

जीविका खतिवडा ‘अश्रु’

दु:ख हुँदा तीजको निम्तो नआएकै जाती
ऋण गरेर तीजको दर नखाए कै जाती ।

सीमापारि माइती सम्झी मन दुखाउनु भन्दा
गाउँ बेसीमा तीजको लहर नछाएकै जाती ।

शरीरमा सुनचाँदीको पसल खोल्दै हिड्न
असन्तुलित शृङ्गारपटार नलाएकै जाती ।

 

Continue reading


गजल

Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा, pallawa , पल्लव

जीविका खतिवडा

बन्दुक् बोक्ने आफु शासन,अरुले नै गरे पछि
दुनिया बद्लिदैन सत्ता, शोसकले हरे पछि।।

राष्ट्र अनि जनकै चित्र , कोर्नै चाहे पनि मनले
परिवर्तन हुने भो मन, कुर्सी सामु परे पछि।।

झुटको खेती गरिरह्यौ आमा तिम्रै सामू रुईन्
तिमी चिन्तित किन हुन्थ्यो, अन्तै बसाइ सरे पछि?

 

Continue reading


गजल

Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा, pallawa , पल्लव

जीविका खतिवडा

म हाँस्छु सुखमा दुःखमा’नि हाँस्छु
पिडा,चोट,ब्याथा सबैमा म हास्छु I

दुखेकोछ छाति पिल्सिदो यो मन छ
प्यासै प्यासमा’नि रमाई म हाँस्छु II

उज्यालो कता हो अनुभब् भएन
अध्यारो तुँवालो देखेर म हाँस्छु II

 

Continue reading