वर्षा विविधा

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

लिई खोप्ने,ताछ्ने उपकरण राँभो र बसिला
हलो छेड्ने शीर्षस्थलतिर अनौँ ठोक्न सजिला
कहाँ जालान् कालीगढ युगजयी यी पछि हरे !
कठै ! छोप्ला आफ्नै जठरतिर पापी समयले !

जहाँ आफ्नो भन्ने डिजल छ न पेट्रोल छ कतै
दयामा अर्काकै हरसमय चल्दो छ मुलुकै
दया कैलेसम्मन् ? अनि घुटघुटे ट्र्याक्टरहरू
मिठो बज्लान् कैलेतक परदयाभित्र घुँघरु ?

 

Continue reading


वर्षा विविधा (१)

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

वसन्ती शोभाको मधुर मधुबेला पर गयो
कडा ग्रीष्मज्वाला पनि कम हुनाले डर गयो
गयी मन्दाक्रान्ता गनगन गरी ग्रीष्मभरिमा
उठ्यो वर्षा गर्दै ध्वनि शिखरिणीको मधुरिमा ।

कहाँ वर्षारानी जनजगतकी प्राणजननी
कहाँ अल्पज्ञानी गनगनवती यो शिखरिणी
कहाँ ज्ञानी पुर्खा कविगण बडा,शूर कठिनी
कहाँ मेरो लेखा मउपर चढ्यो भाव तपनी ।

 

Continue reading


गजल

Ganga, Khanal Butwal, गङ्गा खनाल वुटवल , pallawa, पल्लव

गंगा खनाल बुटवल

मिठा मिठा कुरा सुन्दा मान्छे आहा लाग्छ।।
कस्तो रैछ आनि बानी पछि थाहा लाग्छ।।

चिनी धेरै खाए पछि चिनीकै रोग लाग्ने,
उस्तै हुन्छ्न बुझे पछि बल्ल डाहा लाग्छ ।।

बोली पिच्छे सर्त हुन्छ्न मान्छे पिच्छे कुरा,
रुप हेरि भाषा फेर्दा नियत, पिराहा लाग्छ ।।

 

Continue reading


ग्रीष्म गनगन

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, oallawa पल्लव,

खोलाधरे साहिँलो

स्वाँ स्वाँ होस् वा कलकल बगून् ,गड्गडाई बगून् क्वै
छाल्को हान्दै छपछप गरून् ,नाद नौलो सुनाई
खोला ,खोल्सा,नद र खहरे छन्द झैं शब्द गर्छन्
छङ्छङ् झर्छन् त्वरित छहरा छन्दकै भान दिन्छन् ।

वर्षा झर्दा झमझम कुनै पातमा बन्छ शब्द
झर्झर् गर्दै जल जमिनमा ठोकिंदा बन्छ शब्द
पानी बोकी सननन बहे वायुमा बन्छ शब्द
बेग्लाबेग्लै ढब तर सबै छन्द नै हो कि लाग्छ !

 

Continue reading


चेतनाको दिपशिखा

Ganga, Acharya, गङ्गा आचार्य, pallawa, पल्लव

गङ्गा आचार्य,

निर्जीव संबेदनाको पर्खाल तोडेर
दृढ संकल्पका साथ
निष्ठाको फूलबारीमा
बिश्वासको पुष्प फुलाएर
समानताका पदचाप पुर्याउन चाहन्छ
एकलास झुप्राहरुमा उ ।

कलेटी पार्दै ओठहरू
निस्पन्द टोलार्इ रहेका
असहाय रोगी ,अनि
सृष्टिको पिडामा ज्यानै गुमाउने
गर्भीणी आमाहरूलार्इ–

 

Continue reading


गंगा ढकाल का तीन गजल

Ganga, Dhakal, गंगा ढकाल , pallawa, पल्लव

गंगा ढकाल

गजल– १,
ज्यू हजुर गरी हात जोर्नै पर्ने रै’छ
मौन बस्नु भन्दा मुख फोर्नै पर्ने रै’छ।

त्यसै उँभो नलागिने रै’छ जिन्दगीमा
देखे जती आफूतिरै सोर्नै पर्ने रै’छ ।

जसले देख्यो उसैले नै उछुट्यार्इ हाल्छ
टप्प टिपी आफ्नो झोला भोर्नै पर्ने रै’छ ।

 

Continue reading


गंगा ढकाल का केही मुक्तक हरूः

Ganga, Dhakal, गंगा ढकाल , pallawa, पल्लव

गंगा ढकाल

रातो लाली लगाएको सुहाउँदैन अरे ।
मैले आँसु बगाएको सुहाउँदैन अरे ।
कैलेकाहीँ वहाँसँग रिसाएर बसेँ भने,
बागमा फूल मगमगाएको सुहाउँदैन अरे ।

तिमी पुस्तक छाप भन्छौ, मलार्इ पैसा छाप्ने मन छ ।
ज्यानको उचार्इ हैन मान्छेको औकात नाप्ने मन छ।
मेरा सपना पृथक छन, हजुर बुझ्नै नसकिने छन,
दुखी आत्मा जतिलार्इ जलाएर आगो ताप्ने मन छ ।

 

Continue reading


प्रेम

Ganga, Acharya, गङ्गा आचार्य, pallawa, पल्लव

गङ्गा आचार्य

पर्दैन प्रिय मलाई दिन
उपहार ती थरीथरी किनेर
दियौ र त न्यानो मुटु
बसेकी छु म धड्कन बनेर।

चाहिदैन मलाई उपहार स्वरुप
ओइलने फूल भाती भाति
तिमी छौ र त प्रिय म गर्छु
म हुनुको अनुभुती ।

 

Continue reading


गजल

Ganga, Baniya, गङ्गा बानियाँ, pallawa, पल्लव

गङ्गा बानियाँ

हृदयको ज्वारभाट कता हलचल पर्यो आज
खुशी यो दिलमा साहित्यको फुल सर्यो आज

हर्ष अनि उल्लासले भित्र भित्र गदगद हुँदा,
नयनबाट खुशीका यि बर्षे झरि झर्यो आज

पल्लव साहित्य पाटोमा पाईला टेक्न पाउँदा
हर्षित क्षणले एक कोष जङ्घार तर्यो आज

 

Continue reading


गजल

Ganga, Baniya, गङ्गा बानियाँ, pallawa, पल्लव

गङ्गा बानियाँ

हृदयको ज्वारभाट कता हलचल पर्यो आज
खुशी यो दिलमा साहित्यको फुल सर्यो आज

हर्ष अनि उल्लासले भित्र भित्र गदगद हुँदा,
नयनबाट खुशीका यि बर्षे झरि झर्यो आज

पल्लव साहित्य पाटोमा पाईला टेक्न पाउँदा
हर्षित क्षणले एक कोष जङ्घार तर्यो आज

 

Continue reading


गङ्गा अचार्यका केही मुक्तकहरूः

Ganga, Acharya, गङ्गा आचार्य, pallawa, पल्लव

गङ्गा आचार्य

पसिनाको सिँचाइ गरि माटोसँग प्रीत लाउँदा
त्यै माटोमा गुन्गुनाउँदै जीवनका गीत गाउँदा
लता, वृक्ष, फूलसँग जोडिएर होला मन
आफै भित्र हराउँछु यिनको साथमा मुस्कुराउँदा ।

बिहानीमा चिसो चिसो बतास पो आयो
पक्कै पनि धौलागिरी हिमालले पठायो
आफ्नो काखमा हुर्काएको सम्झिएर होला
यसपाली त भेट्न आऊ भन्दै झक्झकायो ।

 

Continue reading


गजल

Ganga, Kiran, Olee, Oli, Shudarsan , गङ्गा किरण वली "सुदर्शन", pallawa, पल्लव

गङ्गा किरण वली “सुदर्शन”

घात गरेकै हो उस्ले प्रमाण बनेर आए
जातभात गरेकै हो उस्ले प्रमाण बनेर आए ।

उस्लाई पिरतिदिई मलाई अतितको पोको दिई
पक्षपात गरेकै हो उस्ले प्रमाण बनेर आए ।

आज उस्लाई चिन्दिन्न भनी बकपत्र गर्छे अरे
कैयन साथ गरेकै हो उस्ले प्रमाण बनेर आए ।

 

Continue reading


गङ्गा किरण वली “सुदर्शन”का केही मुक्तकीय टुक्रहरू

Ganga, Kiran, Olee, Shudarsan, गङ्गा किरण वलि सुदर्शन, pallawa, पल्लव

गङ्गा किरण वलि सुदर्शन

मनका रहरहरू सिमित गर्नु छ
जसोतसो समयलाई बेतित गर्नु ।
यो समयसधै होच्याएर हिड्छ मलाई
ठानामा उजुरी लिखित गर्नु छ ।।

छातीचिरी मनको घाउ हेर्न असम्भब थियो ।
उस्को झल्को अक्षरझै केर्न असम्भब थियो ।
सयौ प्रश्नहरू त्यर्छाई मलाई हजार अवसर लुटी गई ।
हिजोको मुटु आज अचानो बनार्इ फेर्न असम्भब थियो ।

 

Continue reading


सेती भाउजू तिम्रो सम्झनामा

Ganga, Acharya, गङा आचार्य, pallawa, पल्लव

गङा आचार्य

सेती भाउजू तिम्रो सम्झनामा
खेल्दाखेल्दै लुकमारी
नअल्झेको भए तिम्रो मेरो आँखा
तिउरिको फूलमा
नसिउरिएको भए चुल्ठोभरी
फूलहरू
नरङ्गाएको भए फूल मिचिमिची
हातहरू
त्यो दिन
पर्दैन थ्यो होला बगाउन
पबित्र आँसुहरू
पाउँदिन थ्यौ होला अनेक
लाच्छनाको उपमाहरू ।

 

Continue reading


गङ्गा आचार्य,का केहीमुक्तकहरूः

Ganga, Acharya, गङा आचार्य, pallawa, पल्लव

गङा आचार्य

एउटा गोडा पति चाल्दा अर्को पत्नी चाल्नु पर्छ
गोरेटोमा आइपर्ने काँडा मिलि फाल्नु पर्छ
मान्छे न हो हुन सक्छ्न गुण अवगुण दुबै
असल गुणको सम्मान गर्दै अवगुण टाल्नुपर्छ ।

एउटा तिम्रो काँध अर्को हामी मिलाउँला
स्वार्थ छोडी सोच नेता देश बनाउँला
समय आउँछ जान्छ कस्लाइ पर्खियको छ र
तिमी पनि त्यो कुर्सीमा कति दिन रहौला ?

 

Continue reading


मायाको नवीन धून

 

Ganga, Acharya, गङ्गा आचार्य, pallawa, पल्लव

गङ्गा आचार्य

मायाको नवीन धून
मनमा प्रेम र समर्पणको
सगुन बोकेर
सुरुभएको तिम्रो मेरो
जीवनको सहयात्रा
भर्खर झै लागेपनि
पार भैसकेछ्न कयौं बसन्तहरू।

आँखा भरि सपना सजाउँदै
निष्ठाको फूलबारीमा
बिश्वासका बीउ बिजन छरी
जीवनको सामलतुमल
मिलाउँदा मिलाउँदै
पखेटा हाली उडिसकेछ्न–

 

Continue reading


‘चिर बिदाई’

Ganga, Acharya, गङा आचार्य, pallawa, पल्लव

गङ्गा आचार्य

हातका नङ खियाएर
कुर्कुच्चा च्यातिदा र
काँध खुइलिँदा पनि
भोक डुक्रीरहने झुप्राको
खोबिल्टाहरु नटालिएपछि
उध्रीएको तिम्रो बाबुको मनले
तिमी माथी दरिद्रताको छाया समेत
नपार्ने अभिलाषा बोकेर
परदेशिएको थियो
तिम्रै खुशी बटुल्न ।

 

Continue reading


गजल

Ganga, Kiran, Olee, Shudarsan, गङ्गा किरण वलि सुदर्शन, pallawa, पल्लव

गङ्गा किरण वलि सुदर्शन

भन्ने गर्छन पानीमा नाम लेखिन्छ र कहाँ ?
अनि मनको कुरा छर्लङ्ग देखिन्छ र कहाँ ?

आँखामा उनकै तस्विर चुलबुलाई रहन्छ
मनको प्यार बादलुले छेकिन्छ र कहाँ ?

पिरतिमा पथ्थर पनि देउता हुन्छ भन्छन
बिना भुईचालोको पीडा भेटिन्छ र कहाँ ?

 

Continue reading


गङ्गाका केही मुक्तकहरूः

Ganga, Kiran, Olee, Shudarsan, गंगाकिरण अोली ‘शुदर्सन’, pallawa, पल्लव

गंगाकिरण अोली ‘शुदर्सन’

जतिबेला म तिमी बाट कायर हुने छु ।।।।
तब गोलि बिनाको राईफलले आफै हवाई फायर हुने छु।।
जब छोड्छेउ मलाई बिछोडको बिकल्पमा ।।।
आफैलाई महाअभियोग लगाई रिटायर हुने छु ।

तनाबै तनाब मा गुज्रियो बचपन ।।
दबाबै दबाबमा गुज्रियो बचपन ।।।
यो धनी र गरिब बिचको खाडलले
अभाबै अभाबमा गुज्रियो बचपन ।।

 

Continue reading


“भाषाप्रति “

Ganga, Prasad, Adhikari, Kholaghare, Sahinlo, खोलाघरे साहिँलो, oallawa पल्लव,

खोलाघरे साहिँलो

उखेली मूर्दाका करङ अब गन्नै किन पर्यो ?
बितेका हूतात्मा घरिघरि बखान्नै किन पर्यो ?
बनौं पुर्खाजस्तै भनिकन बनौं के कपि अब ?
चुनौती नै बढ्लान् नवचलन बढ्दा थपथप ।

उही बोलौं हामी जुन सहज मान्छन् अधिकले
र,त्यै लेखौं जो स्वीकृत छ विधिले मान्यमतले
टिक्यो,जस्ले पायो विमति नभई लोकप्रियता
नपाएमा लुक्ला अलिअलि बनी कालग्रसित ।

 

Continue reading