फर्केर झाडी पस

Shambhu, Gajurel, Nuwakot, शम्भु गजुरेल 'अज्ञानी', pallawa, पल्लव

शम्भु गजुरेल ‘अज्ञानी’

जाली चोर मिलेर, यो जगतमा गौँडा बनायौ अति
फाल्दै जाल गरेर, ब्युह रचना मर्दैछ आस्था जति !
चिप्ला भाषणका बनाइ टुकुरा बाँडेर बेच्दै गए
लोभीको वसमा डुबे सबजना चाण्डाल जस्तै भए ।।

टोकेका बनमा लुकेर कनिका खट्टे र लट्टे हरू
बोकेका जनले लुकाइ रणमा भुलेर रम्ने हरू ।
फ्याँक्दैछौ अझ लौ पचाइ शरमै दन्तै देखाइ किन
तिम्रा चाल भुलेर काथर बनी डुल्दै छ मान्छे किन ।।

 

Continue reading


‘वास्तविकता मेरो देशको’

Saraswoti, Gajurel, सरस्वती गजुरेल , pallawa, पल्लव

सरस्वती गजुरेल

वयस्क छोरोले खाडीमा पैसाको विरुवा कुरिरहँदा
वृद्ध बा–आमा मर्नुअघि हिरनको आशले छटपटिरहेछन्
स्याहार–सुसार त कहाँ हो कहाँ? एकादेशको कथा !
आफ्नै सुन्दरतालाई अभिशाप मान्दै
एसिडै एसिडको उपहार बोकीरहेछिन छोरी,
लेखिएका ती कानूनहरू सेता कागजमा
काला र चम्किला टल्किरहने अक्षरहरूले गिज्याई रहेछन् ।

ती स्वतन्त्रता अपहरित
अन्याय भोग्न विवश ती निर्दोष मनहरूले
हट्दै गएको केही रुढीवादी तर पनि
देखेर वाक्क छिन् मेरी नेपाल आमा,
भड्किलो परम्परा रीतिरिवाज अनि–

 

Continue reading


रामकृष्ण गजुरेलका केही सिजोहरूः

Ramkrishna, Gajurel, रामकृष्ण गजुरेल, pallawa, पल्लव

रामकृष्ण गजुरेल

जोगाऊँ स्वाभिमान सक्छौँ भने हे नेपाली
अस्तित्व गुम्ला फेरी हाम्रो यही सौर्न्दर्यको
दिँदैनौँ ध्यान भने त पराइकै फाइदा ।

हिमाल हाँस्दा मीठो सुन्दरता भर्ने अहा
राष्ट्रको झण्डा हाम्रो फर्फायो शिरमाथि
फुलेको लाली गुराँस राष्ट्रियता बोकेर ।

गर्भमै छँदा आमा लेखिदिनु पर्दैनथ्यो
सबैले रमाउदा जगाउछ रहर यो
छुटायो भावीले किन पालो मेरै परेसी ।

 

Continue reading


गजुरेलका सिजो कविता

Ramkrishna, Gajurel, रामकृष्ण गजुरेल, pallawa, पल्लव

रामकृष्ण गजुरेल

जोगाऊँ स्वाभिमान सक्छौं भने हे नेपाली
अस्तित्व गुम्ला फेरी हाम्रो यही सौर्न्दर्यको
दिंदैनौं ध्यान भनेत पराइकै फाइदा ।

हिमाल हाँस्दा मिठो सुन्दरता भर्ने अहा
राष्ट्रको झण्डा हाम्रो फर्फरायो शिरमाथि
फुलेको लाली गुराँस राष्ट्रियता बोकेर ।

गर्भमै छँदा आमा लेखिदिनु पर्दैन थ्यो
सबैले रमाउदा जगाउछ रहर यो
छुटायो भावीले किन पालो मेरै परेसी ।

 

Continue reading


कोरियन स्टाइलको कविता सिजो

Ramkrishna, Gajurel, रामकृष्ण गजुरेल, pallawa, पल्लव

रामकृष्ण गजुरेल

जोडेको सम्बन्धमा हुनुपर्छ आत्मियता
फुलको सुगन्ध झैँ भावनामा टाँसिएको
आनन्द फुलाई राखौं आत्म आत्म जोडेर ।

गुराँस फुलेको छ रङ्गी चङ्गी हाम्रो भूमि
डाँफेले शोभिएका हाम्रा यिनै हिमचुली
झल्किन्छ झलल गरी आँखाभरी सजेर ।

भारीले थिचिएको बटुवाले आर्जीएको
तालुमा भन्ज्याङ छ नाङ्गिएका पाखुरी त्यो
खुसीले गुन्द्रुक आटो स्वाद मग्न झुपडी ।

 

Continue reading


रामकृष्ण गजुरेलका केही हाइकुहरूः

Ramkrishna, Gajurel, रामकृष्ण गजुरेल, pallawa, पल्लव

रामकृष्ण गजुरेल

भक्ति पुष्पमा
ज्ञानको दिप बाल्दै
शीलाको भाव ।

पौरख पोख्दै
संवृद्धि चाहानाले
बग्यो पसिना ।

अब कोर्नु छ
नव किरण भित्र
भाग्यका रेखा ।

 

Continue reading


रामकृष्ण गजुरेलका केही मुक्तकहरूः

Ramkrishna, Gajurel, रामकृष्ण गजुरेल, pallawa, पल्लव

रामकृष्ण गजुरेल

नातावाद कृपावाद पैसा वाद चल्न थाल्यो
सर्वहारा जनताको मन लड्डु गल्न थाल्यो ।
हुन्न पत्तो भित्रैहुन्छ भातभान्सा गर्ने ठाऊँ
साँच्चै यहाँ गरीबको भोकापेट बल्न थाल्यो ।।

छाती भित्र माया बोकी हिँडौ आज देश उठ्छ
लाऊ नारा पिट झ्याली आजैहाम्रो भाई जुट्छ ।
हाम्रो देश हाम्रो भेष प्राण जस्तै प्यारो छ यो
यो देशको माया गर्ने त्यही आँटो गुन्द्रुक छ ।।

 

Continue reading


नेपाल आमा भन्नपाऊँ

Ramkrishna, Gajurel, रामकृष्ण गजुरेल, pallawa, पल्लव

रामकृष्ण गजुरेल

म फेरि जन्मन पाऊँ मानवको चोला लिई
शक्ति बनी फुल्नसकुँ सबैतिर शान्ति दिई ।

पवनमा मिसिएर सुगन्धमा सुवास छर्दै
मेचीदेखि कालीसम्म हिड्नसकुँ सेवा गर्दै
सगरमाथाको छेउमाबसी लेख्नसकुँनेपालम
जतिजन्म लिएपनि देख्न पाऊँ नेपाल म ।

खाँदापिउँउा उठ्दाबस्दा मन्माझल्क्योस देशकोनाऊँ
मेरो देशको सगरमाथा मैले सधैं भन्नपाऊँ
अन्तुडाँडा हाँसीउेउ घामको झुल्कोपर्दाखेरी
मेरी आमा बोल्नैपर्छ मैले आमा भन्दाखेरी ।

 

Continue reading


रामकृष्ण गजुरेलका केही मुक्तक

Ramkrishna, Gajurel, रामकृष्ण गजुरेल, pallawa, पल्लव

रामकृष्ण गजुरेल

देह ढले ढलोस् तर म कैल्यै ढल्न चाहन्न
बलोस् तर पिंजरानै म कैल्यै जल्न चाहन्न
संसारमा विश्वमेला भर्ने सबै यात्रीहरू
सक्नेभए छल्नु काल म कैल्यै छल्नचाहन्न ।।

यो संसार कस्तो अपार बुझ्नैलाई छ गाह्रो
सारा सबै मेरो भन्दै सधैं भरिको चटारो
राग दोषहरूको बटुल्दा बटुल्दै खजाना
आखिर शरीरै छाड्नुछ खाएपछि झटारो ।।

 

Continue reading


“ॐ नम शिवाया निलकण्ठ स्तुति “

Ramkrishna, Gajurel, रामकृष्ण गजुरेल, pallawa, पल्लव

रामकृष्ण गजुरेल

चारै वेद जहाँ पुराण अठार ज्योतिर्लिङ्ग बाह्रछन्
आश्रम् यो निलकण्ठ कैलाश पुरीहो ति मुक्तिका तिर्थहुन्
गर्दै धूप र दीप भक्तहरूको लर्को चलेको त्यहाँ
चौसठ्ठी शिवलिङ्गको त दर्शन मिल्ने सोही ठाउँमा ।

ध्वनी शंख र घण्टको पनि त्यहाँ डिम्डिम डमरूको
चाँडैनै मनशान्त पारी उनले हर्ने दु:ख भक्तको
गाईको दुध वेलपत्र धतुरो चढाउँदा मस्तछन्
हार्मोनी तवला झ्याली मृदङ्गनै बजाउने भक्तछन् ।

 

Continue reading


छन्दात्मक गजल

Smile, Gajurel, स्माइल गजुरेल,pallawa, पल्लव

स्माइल गजुरेल

दीमागी हालात खस्के कानुन लस्के।
नेपाली सम्मान आस्था, सम्पुर्ण धस्के॥

अस्थिर् रह्यो बीर गाथा, आधार बाँच्ने।
बीतृष्णा बढ्यो सबैमा, छाती यि चस्के॥

छाडा काईदे नीतीमा, चल्दै छ राष्ट्र।
हड्ताल् माथी बन्दकै याँ, दैनीकि पस्के॥

 

Continue reading


ए लेखक ! नलेख

Sindhuja, Gajurel, सिन्धुलिया गजुरेल, pallawa, पल्लव

सिन्धुलिया गजुरेल

यहाँ तिम्रो मानवताको उच्च

मूल्याङ्कन गरिदैन भने
तिम्रो विचार र भावनालाई
धर्मवाद र जातिवाद जस्ता
परिधिमा बाँधिन्छ भने
तिम्रो हरेक शब्द
मौन बस्नुपर्छ यदि तिमी
कलमले समाज उदाङ्गो पार्छौ भने
बिम्ब र पर्तिकले व्यङ्ग्य हान्छौ भने
ए लेखक ! नलेख ।

 

Continue reading


गजल

Smile, Gajurel, स्माइल गजुरेल, pallawa, पल्लव

स्माइल गजुरेल

समयको पल पलको महत्व छ।
थोपा थोपा झर्या जलको महत्व छ॥

ससुराले छोरी नदिँदा उस्ले भन्यो।
प्रेम भित्र पनि छलको महत्व छ॥

नारीहरु आधा बस्त्रमा हिँड्दै छन् रे।
त्यो अस्मिता छोप्ने सलको महत्व छ॥

 

Continue reading


गजल

Smile, Gajurel, स्माइल गजुरेल,pallawa, पल्लव

स्माइल गजुरेल

थाकेको छैन लड्ने हिम्मत छ म सँग|
थकान झेली बढ्ने हिम्मत छ म सँग||

अन्तिम श्वास फेरी रहाँदा पनि यहाँ|
प्राणत्व पुन: जड्ने हिम्मत छ म सँग||

सखाप पारी तिनै दुश्मन हरु सबै|
मेघ झैँ गर्जि गड्ने हिम्मत छ म सँग||

 

Continue reading


गजल

Smile, Gajurel, स्माइल गजुरेल,pallawa, पल्लव

स्माइल गजुरेल

मेरो लागि सारा दुनिया मरिसके!
दुई पलको यो जिवन हरिसके!!

छटपटी बढ्छ दिनहुँ पीडा खेपि!
अश्रु धारा तिम्रै लागी याँ झरिसके!!

छायाँ देखी आफ्नो ठानेर खोज्दै हिँड्दा!
भाग्य भित्र खोट आएर टरिसके!!

 

Continue reading


अस्तित्व

Smile, Gajurel, स्माइल गजुरेल,pallawa,पल्लव

स्माइल गजुरेल

तिमी
अमेरिका पुगेका
नयाँ साम्राज्यवादिहरु
अमेरिकाको भिटामिन पाएर
बिचार बिमर्शको लागि
निकै नै हाबि हौला
नेपालको गाउँको बस्ति उजाडौला
मौका मिल्ने बित्तिकै थिचौला
मान्छे लगाएरै मिचौला–

 

Continue reading


दिल्ली पुग्ने सात दोबाटो

मनोज गजुरेल

यो देशलाई महान् मान्छेहरूसँग मेरो ठाडो असहमति छ । महानताको कुनै लक्षणविना नै यत्तिकै महानताको जलप लगाउँदा यो त गहनहरूमा लगाइने नक्कली जलपजस्तो पो भयो ! बरु मलाई सुन्नोस्– यो देश यौटा चोक हो, र हाम्रो बहुदल एउटा ‘राष्ट्रिय सात दोबाटो’ हो ।
चोकबाट भिन्नभिन्न स्थानमा जाने सातवटा बाटाहरू भेटिन्छन् । तर ती बाटा–गोरेटाहरू कहाँसम्म पुग्छन् भन्ने चाहिँ कसैले पनि पत्तो लगएको छैन । गएकाहरू भेटिएका छैनन् । फर्किएकाहरू चिन्नै नसक्ने भएर आएका छन् ।
Continue reading