१) चेली को ब्यथा
छिटो काल लैजा भन्दै रुन्छन चेली खाडिमा
तिज आयो भन्दै एता नाच्छन साडिमा
नारी हक पाउनु पर्छ भन्छन कुर्लिएर!
पार्टी प्यालेस तारे होटेल हिड्छन उर्लिएर
साहुले लुछ्ने साहुनी कुट्ने धान्न गार्हो भयो
आमा तिम्रो मुहार हेर्ने आशा मर्दै गयो
तिम्रै खातिर यो नरकलाइ स्वर्ग ठानी आए
भरपेट खाने लालचले ठूलो हन्डर पाए
