गजल

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

कतै हर्ष उल्लास ल्याएर आयो
कतै फेरि बिष्मात आई उडायो ।

कतै आज कोही छ भोको र नाङ्गो
कतै मोज मस्ती सबैले मनायो ।

नयाँ सालको यो नयाँ माल भन्दै
बिदेशी दलाली सबैले उठायो ।

 

Continue reading


२८ औं शुभ जन्मोत्सव´

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

जन्में रे म वसन्तको समयमा जन्में अरे प्रातमा
प्यारो पाटन, बैतडी नगरको एकान्त संसारमा
हुर्केको पहिलो`चिनाड´घरमै सम्पुर्ण सम्पन्नले
हो सत्ताइसको भएछु अहिले यो साल आनन्दले।।१

चैते घाम ,प्रभातको किरणले न्यानो थियो बैतडी
थ्यो रंगीन वसन्तको सुरु भयो झन् रंगियो बैतडी
वासन्ती शनिबारको दिन रवि सानन्द मुस्काउँदा
जन्म्यो`गौरव´त्यै बिहान घरमा धर्ती उज्यालो हुँदा।।२

 

Continue reading


गजल

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

सुन खानी तामा खानी फलाम खानी बैतडीमा
के को कमि भन्छ्यौ भन प्यारी नानी बैतडीमा

कोदो फल्ने मकै फल्ने धान तोरी फापर फल्ने
पहाड्मै छ चिसो चिसो मूलको पानी बैतडीमा

कहाँ जान्छन् केके खान्छन् पाहुना र साथीहरू
साह्रै मीठो मिठो भन्छन् छानी छानी बैतडीमा

 

Continue reading


गजल

Gajendra, Prasad, Awasthi, गजेन्द्रप्रसाद अवस्थी गौरब , pallawa. पल्लव

गजेन्द्रप्रसाद अवस्थी गौरब

सिउँदो भर्नु अघि सुहाँग रातको कुरा नगर भो
मन मिलेसी माया न हो जातको कुरा नगर भो

तराई ,पहाड ,हिमाल हुँदै सगरमाथा पुगिसके
माथी चढ्नुअघि शिखर हातको कुरा नगर भो

वर छैनन् समि छैनन् शितल दिने सल्ला छैनन्
सुकिसक्यो सानो पिपल पातको कुरा नगर भो

 

Continue reading


गजल

Gajendra, Prasad, Awasthi, गजेन्द्रप्रसाद अवस्थी गौरब , pallawa. पल्लव

गजेन्द्रप्रसाद अवस्थी गौरब ,

माया गर्ने मान्छे कुनै खास हुनुपर्छ ।
मह जस्तो सम्बन्ध मिठास हुनुपर्छ ।

कुरा काट्ने छुरा हान्ने मुर्खै भएपनी,
आफू सधैं ज्ञानी र झँकास हुनुपर्छ ।

लुगाफाटो जसोतसो भएपनि साथी,
आफ्नै सानो झुपडीमा बाँस हुनुपर्छ ।

 

Continue reading


गजेन्द्रप्रसाद अवस्थी गौरबका केही टुक्रहरूः

Gajendra, Prasad, Awasthi, गजेन्द्रप्रसाद अवस्थी गौरब , pallawa. पल्लव

गजेन्द्रप्रसाद अवस्थी गौरब ,

छन्दात्मक मुक्तकः
रह्यो खेत बाँझो न जोतेर मैले
भयो रङ्ग कालो न पोखेर मैले
कठै आज मेरो कुनै काम छैन
भयो मात्र भारी न बोकेर मैले
भुजङ्गप्रयात छ्न्द

कि जेलमा हुनेछ कि रेलमा हुनेछ |
हेर्दै जाउ कि चमेली तेलमा हुनेछ ||
यो संजाल भित्र नभएपनी गौरब ,
पक्कैपनी एकदिन र्इमेलमा हुनेछ ||

 

Continue reading


गजल

Gajendra, Prasad, Awasthi, गजेन्द्रप्रसाद अवस्थी गौरब , pallawa. पल्लव

गजेन्द्रप्रसाद अवस्थी गौरब ,

मैले पनि साहित्यमा बोल्न सिकेको छु।
मनसङ्ग मन्को कुरा खोल्न सिकेको छु।

हिजोसम्म हिड्न समेत थाहै थिएन नि।
तर आज सारा कुरा घोल्न सिकेको छु।

अल्छी थिए अलिकति खाना पकाउन,
आजभोलि आलुहरु पोल्न सिकेको छु।

 

Continue reading


पन्ध्र अक्षरिय `गजल´

Gajendra, Prasad, Awasthi, गजेन्द्रप्रसाद अवस्थी गौरब , pallawa. पल्लव

गजेन्द्रप्रसाद अवस्थी गौरब ,

फूल होइन मलाई प्रिया, पाती दिनुपर्छ ।
अब छिट्टै बा´आमालाई, नाति दिनुपर्छ ।

साथिभाईका छोराछोरी हुर्की सके हेर,
मलाई पनि यौटा छोरो, जाती दिनुपर्छ ।

अनायासै आजभोलि केके हुन्छ मलाई,
खादै खान्न दिउँसो खाना, राती दिनुपर्छ ।

 

Continue reading


`त्यो साथ छोडेपछि´

Gajendra, Prasad, Awasthi, गजेन्द्रप्रसाद अवस्थी गौरब , pallawa. पल्लव

गजेन्द्रप्रसाद अवस्थी गौरब ,

बर्षाको खहरे रहेछ दुनियाँ जो स्वार्थका खातिर ।
झर्नाको फहरा रहेछ दुनियाँ जो उच्च पाखातिर ।।
साथी भन्नु कदापि हुन्न त्यसरी त्यो साथ छोडेपछि ।
गल्ली लाख हजार मोडहरुमा त्यो हात मोडे पछी ।।१।।

मेरो मर्म बुझेन आज जनले इच्छा थियो के भनी ।
मेरो धर्म बुझेन फेरि तिनले शिक्षा थियो के भनी ।।
मेरो कर्म महान थ्यो जगतमा जो कर्म गर्दै थिएँ ।
त्यागेँ आज सुकर्म शुद्ध मनले जो पर्म पर्दै थिएँ ।।२।।

 

Continue reading


गजेन्द्रप्रसाद अवस्थी गौरबका सात टुक्रा

Gajendra, Prasad, Awasthi, गजेन्द्रप्रसाद अवस्थी गौरब , pallawa. पल्लव

गजेन्द्रप्रसाद अवस्थी गौरब ,

झापामा कवि होमको छ कविता ईलाममा सोमको
पाल्पामा कसको छ कुन्नि कविता डोल्पा छ रे खोमको
जुम्लामा कविता रचेर मनमा थन्क्याउछने छन् अति ।
हुम्लामा पनि छन् अ रे! कवि नयाँ नेपालकै सन्तति ।।

पानी पनि भन्न सक्छु आँसु पनि भन्न सक्छु
रोटी अनि साग सब्जी मासु पनि भन्न सक्छु ।
सम्बन्धको डोरि यहाँ बाधेपछि खोल्नै गाह्रो
तिम्री प्यारी आमालाई सासू पनि भन्न सक्छु ।।

 

Continue reading


बहरबद्ध गजल

Gajendra, Prasad, Awasthi, गजेन्द्रप्रसाद अवस्थी गौरब , pallawa. पल्लव

गजेन्द्रप्रसाद अवस्थी गौरब

कतै हर्ष उल्लास ल्याएर आयो
कतै फेरि बिष्मात आई उडायो ।

कतै आज कोही छ भोको र नाङ्गो
कतै मोज मस्ती सबैले मनायो ।

नयाँ सालको यो नयाँ माल भन्दै
बिदेशी दलाली सबैले उठायो ।

 

Continue reading


अधुरो सपना

Gajendra, Prasad, Awasthi, गजेन्द्रप्रसाद अवस्थी गौरब , pallawa. पल्लव

गजेन्द्रप्रसाद अवस्थी गौरब

मेरो बिहे भएको आज ठ्याक्कै पाँच बर्ष पूरा भयो न घरपरिवारमा कसैलाई थाहा छ नत गाउले अनि मेरो एकदमै नजिको आफन्त र साथिहरुलाई नै । स्नातक तहको पढाईको लागि बैतडी बाट धनगढी गएपछि पढाइ संगसङ्गै एउटा पत्रीकामा काम गर्थे त्यसै क्रममा संयोगबस हाम्रो परिचय भयो । उनको परिवार पहाडी जिल्ला अछामबाट बसाइँसरि धनगढी झरेको । सोह्र सत्र बर्से,पातलो जिउडाल, गोरो बर्ण, कालो र लामो केश, उचाई पनि लगभग मिल्दोजुल्दो, भट्ट जातको खानदानमा हुर्केकी त्यतिबेला कक्षा दशमा पड्थिन उनि । मैले काम गर्ने पत्रीकामा बजार ब्यबस्थापक पदको लागि कर्मचारी आवस्यकताको बिज्ञापन प्रकाशित गरेको सुचनाको आधारमा हाम्रो अकल्पनीय जंकाभेट भयो ।

 

Continue reading


गजल

गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’

गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’

किन किन ॠतुलाई मन पराउछु रातिराती ।
वसन्त र बर्षा आउदा डराउछु रातिराती ।।

बहत्तर साल बाह्र गते बाह्र बजे बैशाखमा,
तर्सिएको नेपाल सम्झी कराउछु रातिराती ।।

शरदमा सुख्खा हुदा हेमन्तमा हिउँ पर्दा,
गुटुमुटु सिरक भित्र हराउछु रातीराती ।।

 

Continue reading


ग ज ल

गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’

गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’

बनायौ आफैले यहाँ रीत यस्तो
नपर्दै बिलायौ भयौ शीत जस्तो

म सोच्थे सँगै छ मायालु र माली
बसाई सराई गर्‍यौ प्रीत कस्तो

सुनायौ रसिला सबैका कहानी
र सुने आफैले गरे जित उस्तो

 

Continue reading


“नाका बन्द”

गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’

गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’

नाका बन्द र बन्दका भुमरीमा,आँखा पनि बन्द भो
सारा श्वास प्रश्वास बन्द हुनगै,भाका पनि बन्द भो ।
बन्दै भो अबता नेपाल भरिमा, चुलो र चौका पनि
ओठै बन्द भए छिमेकी सबका, ईच्छा र मौका पनि ।।

सेता फुल र कोपिला कमलका, ब्यापार खासा सरि
फुल्लान कि बनका गुरास मनमा आशा भरौसा गरि ।
दापै भित्र रहेर आज खुकुरी, भोको रहेकोछ है
पुर्खाको उपदेश अर्ती मनमा, धोको रहेकोछ है ।।

 

Continue reading


गजेन्द्र अवस्थीका केही मुक्तकहरूः

Gajendra, Awasthi, Sudur, Paschimeli, Gaurav, गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’, pallawa, पल्लव

गजेन्द्र अवस्थी ‘सुदुर पश्चिमेली गौरब’

बिरका सन्तान नेपाली झुक्ने छैनौ मोदी !
आधी तुफान भुइचालोले रुक्ने छैनौ मोदी!
नेपालकै धन सम्पत्ती नदि नालाहरु पनि,
महाकाली र सेती हामी सुक्ने छैनौ मोदी!!

कलियुगमा सिताको राम बन्न मिल्छ कि नाई ?
पुस माघमा पारिलो घाम भन्न मिल्छ कि नाई ?
कति आए कति गए हिसाब किताब छैन आज
मलाई माया गर्नेको नाम गन्न मिल्छ कि नाई ?

 

Continue reading