गजल

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

बस्छन् लुट्ने दिन गनि कठैबरा मेरो देश।
भन्दे भैगो गर्छु भनि कठैबरा मेरो देश।।

नौलोखाका कोर्दैगर्दा इतिहासले धिकारेसी,
ज्यूनै पर्ने कठोर बनि कठैबरा मेरो देश।

नगरेर पछि पर्यौ सबलाई चाहिने मोजआराम,
खोज्यो भने सबथोक छनि कठैबरा मेरो देश।

 

Continue reading


गजल

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

सुख्खा रोटि र पानीमा दिन काटेकैछन यी परदेशीहरू।
पेट्रोल र कोईला खानीमा दिन काटेकैछन यी परदेशीहरू।।

चुल्हो अलग भएपछि हरक्षण आफ्नै भविश्य सोचेर,
दोधार र आनाकानीमा दिन काटेकैछन यी परदेशीहरू।

घर खेत बन्धकी राखेर जीऊ ज्यान कै बाजी थापी,
दवाब र खिचातानीमा दिन काटेकैछन यी परदेशीहरू।

 

Continue reading


परदेशीछोरा र शहरियाबुहारी बिचको सवालजवाफ-मुक्तक दोहोरी

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

प-हजुरले जे भन्यो त्यै मान्छु भन्थ्यौ हिजोसम्म,
सासूलाई नी आमाजस्तै ठान्छु भन्थ्यौ हिजोसम्म।
एकाएक फेरियौ रे एककल फोननी गर्दिनौ रे,
चाडबाडमा सम्झेर फोन हान्छु भन्थ्यौ हिजोसम्म।।

श-सधैभरि कचकच मात्र गर्छिन तिम्री आमा,
मनमै लाग्ने तीखोवचन भर्छिन तिम्री आमा।
गरेकिछु राम्रै सबलाई सधै सधै तर पनि,
खोट लगाई पर पर सर्छिन तिम्री आमा।।

 

Continue reading


गजल

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

जन्मेपछि मर्नुपर्ने कस्तो बिडम्बना ।
आफ्नै भूडी भर्नुपर्ने कस्तो बिडम्बना ।

सदावहार एकैनास फक्रिरहन पाएपो,
फुलेपछि झर्नुपर्ने कस्तो बिडम्बना ।

पौरखमा रमाएर ज्यून सिकोस् मान्छे,
अर्कैको भाग हर्नुपर्ने कस्तो बिडम्बना ।

 

Continue reading


रामकुमार श्रेष्ठ ‘फुच्चे’ का तीन गजल

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

गजल– १,
कुनैसमय थियो भाईभाई आफु आफैमा डराऊथे।
स्कुल पढ्न भनी हिडेको नाबालक बच्चा हराऊथे।।

काख रित्याईयो सिन्दुर मेटाईयो सिऊदोको,
पार्टीको आदेश हो भन्दै सात जंघार तराऊथे।

ऐय्याआत्था भन्दैतड्पी अन्धाधुन्दागोली चल्दा
कोही भने हान हान नछोड भन्दै कराऊथे।

 

Continue reading


गजल

Ram, Kumar, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ

दुख केहो हुम्ला अनि कर्णालीको गामलाई हेर।
बिजुली र मोटर समेत नपुगेको ठामलाई हेर।।

रेमिट्यान्स भित्रीएको देख्छ मात्र सरकार सधै,
यरपोर्टमा उत्रीएको बन्द लासको लामलाई हेर।

खा को छ कि भोको छ खै छोरो परदेश मा,
पीरलेज्यान सुकाऊनेको बिवशता हामलाई हेर।

 

Continue reading


रामकुमार श्रेष्ठ ‘फुच्चे’को जोर गजल

Ram, Kumar, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ

गजल– १,
नफुल्दै ओईलिएर झरे के गर्छौ।
आफन्तैले अन्तर्घात गरे के गर्छौ।।

कस्तुरी चिन्दैन त आफ्नै सुगन्ध,
सुघेर सुगन्ध छरे के गर्छौ।

भो अब नदेख ठुलो सपना ,
अभावमै जिन्दगी टरे के गर्छौ।

 

Continue reading


‘बा ! कस्तो बिडम्बना यो ?’

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

‘बा ! कस्तो बिडम्बना यो ?’
म सानो छदा मेरा बा भन्नुहुन्थ्यो
छोरा त नभए घर सुनसान हुन्छ
आज एकाएक लाहुर पुग्ने सपना
अरब कतारको ढोका खुला देख्ने निर्दयीछोराहरू
आज त गाऊभरि महामारी फैलीएछ सुन्दैछु
पर्सितीर आईपुग्छन् रे डाक्टरहरू
आज फैलीएको महामारीको बिकल्पमा
बुढेसकालले छोएपछि मेरा बा
मदिरासगको गङ्गत भट्टीकै बास
चाडवाडमा छोराहरूको प्रत्तीक्षा
कस्तो बिडम्बना !बा तिम्रा छोराहरू गाऊँ
बिर्सदैछन्–

 

Continue reading


रामकुमार श्रेष्ठ “फुच्चे”का पाँच मुक्तकः

Ram, Krishna, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ “फुच्चे”

झूपडी र खरबारी को माया गर्ने आमा अचेल,
कटेरा र घरबारी को माया गर्ने आमा अचेल ।
विस्तारा विछ्यौना मै रोगी जीवन बिताउदैछिन्,
अभाव र भोकमरी को माया गर्ने आमा अचेल।।

बाचाकसम तोडीगयौ त्यही मलाईप्यारोलाग्यो,
जहातिमी छोडीगयौ त्यही मलाईप्यारो लाग्यो।
यता मैले बोतल खोले तिम्लाई भूल्ने बाहानामा,
बाटोअन्तै मोडीगयौ त्यहीमलाईप्यारोलाग्यो।।

 

Continue reading