‘हरियो कविता नलेख्दाको बकपत्र’

Dwarika, Nepal, द्वारिका नेपाल, pallawa, पल्लव

द्वारिका नेपाल

श्रीमान् , क्षमा पाऊँ
म स्वीकार गर्छु
अचेल म हरिया कविता लेख्न सक्दिनँ,
मैले आफ्ना कवितामा
वसन्तलाई सम्मान गर्नै सकिनँ ।

कलमहरू ओथारो बस्नै मान्दैनन् अचेल
न त मस्तिष्क नै गैरी खेत बनेको छ
विचारहरूका गालामा
शिशिरको शुष्क हावाले पटक पटक थप्पड हानिरहेको छ
न त जाँगरमा लटरम्म फल लागेको छ .

 

Continue reading


गैँडालाईे गरेको स्वागत

Dwarika, Nepal, द्वारिका नेपाल, pallawa, पल्लव

द्वारिका नेपाल

संस्मरण
गैँडा नेपालको शान हो । यही गैँडाको वासस्थानका कारण चितवनको सौराहा, मेघौली, टाइगर टप्स लगायतका स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विश्वले चिन्ने गरेको छ । अझ सौराहाले आफूलाई नेपालकै तेस्रो पर्यटकीय क्षेत्रको परिचयसहित उभ्याएको छ । सौराहामा खुलेका सयौँ साना तथा ठूला होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायको आधार गैँडाको उपस्थितिसँग जोडिएको छ । गैँडा हुँदैनथ्यो भने सौराहा आदिवासी थारुहरूको वासस्थानको परिचयमा सीमित हुन्थ्यो होला ।

 

Continue reading


‘छाउ गोठ’

Dwarika, Nepal, द्वारिका नेपाल, pallawa, पल्लव

द्वारिका नेपाल

बारीको कान्लामा बनेको त्यो गोठ
आज फेरि गुल्जार भएको छ।
नव यौवनाको प्रवेशसँगै
फर्किएको छ गोठको यौवन,
झारहरूले उन्मुक्ति पाएका छन्
भुइँको कसेर चलायमान भएको छ
माकुराहरू गोठबाट घरतिर बसाइँ सर्दै छन् केही दिनका लागि
जसरी आफ्नै घरबाट बसाइँ सरेर
नव यौवना आइपुगेकी छे गोठमा ।
उसकी आमा पनि यही गोठमा
आइपुगेकी थिई कुनै दिन
जतिखेर ऊ जन्मेकी थिई–

 

Continue reading


पर्खालभित्रको घामले खोजेको उज्यालो

Dwarika, Nepal,द्वारिका नेपाल, pallawa, पल्लव

द्वारिका नेपाल

१. विषय प्रवेश:

सामना पहाड (३३) साहित्यिक नाम बोकेकी कवयित्री सुमन सिलवालसँगको चिनजानले पनि करिब एक दर्जन वर्ष छोएछ । वि.सं. २०६० सालतिर नेपाल इस्टु स्थापनाताक र त्यसपछिका निजी विद्यालयहरूका शिक्षक—कर्मचारीहरूको आन्दोलनमा हामी एउटै मोर्चामा हुन्थ्यौँ । तिनताका उनी कुनै निजी विद्यालयमा अध्यापन गराउँथिन् र आफ्नो अध्ययन पनि सँगसँगै अघि बढाइरहेकी थिइन् । प्रारम्भमा उनलाई चिन्दा कवियत्री व्यक्तित्वभन्दा एउटै शिक्षण पेसामा संलग्न सहकर्मीका रूपमा मात्रै चिनेको हुँ । तर पछि साहित्यिक संसर्गमा नियमित जसो भेट हुन थालेपछि उनीभित्र रहेको कविप्रतिभालाई पनि चिन्ने मौका प्राप्त हुन थाल्यो ।

 

Continue reading


नौलो बिहानी

Dwarika, Nepal,द्वारिका नेपाल, pallawa, पल्लव

द्वारिका नेपाल

हेर्दै छु चारैतिर गाउँगाउँ
खोज्दै छु माया रहने त्यो ठाउँ ।
तिर्खा बढेको छ अतृप्त कस्तो
पाएर सर्वस्व अपूर्ण जस्तो ।। १

म ढुक्क बन्दै छु घुमेर गाउँ
प्रयास मेरो ममता बढाऊँ ।
भेटिन्छ पक्कै यसरी चहारी
सबै समेट्ने शितलो छहारी ।। २

 

Continue reading


राम-राज्य

dwarika, Rimal, द्वारिकाप्रसाद रिमाल, pallawa

द्वारिकाप्रसाद रिमाल

छन्द कविता
हेर्दै चञ्चल् हरित लतिका क्या बढेका हलक्क
फैली बाहू अवयव सबै क्या मिलेका सलक्क ।
हाँस्तै गर्छन् वृक्षकन बडो प्रेमले अङ्कमाल
नाच्छे डालीसँग रब गरी कोइली क्या कमाल ।।

राता, सेता मगमग निला फूल फूल्ने सुनौला
धप्पै बल्लान्सरि युवतीझैँ भाव टिप्ने अनौठा ।
खेल्दा हावा सररर मिठो र्स्पर्श दी मन्द मन्द
मन्दाक्रान्ता छ प्रिय कविकी प्यारमा मस्त छन्द ।।

 

Continue reading