दूगा तिवारी का बेही मुक्तकहरूः

Durga, Tiwari, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

(दुखेसो मनको)
निकै नहुने खिल अनि दर्द भो जिन्दगी
न यताको न उताको, व्यर्थ भो जिन्दगी
अनुभूतिको सुनौलो क्षितिज मात्र हेर्दा
छुरा झैँ लाग्ने धारिलो कर्द भो जिन्दगी ।।

मुस्कुराउदै छु आज आँसु पिएरै पनि
फाटेको मनका धाँजाहरू सिएरै पनि
सम्झौताको बन्दकी मात्र रै’छ जीवन
बाँड्दैछु सधैं खुसी आफू रित्तिएरै पनि ।।

 

Continue reading


सखे! बिर्सेर माटो वरा…

Durga, Gyawali, Sharma, दुर्गा ज्ञवाली शर्मा, pallawa, पल्लव

दुर्गा ज्ञवाली शर्मा

सुन्दर काख, छ शैल्य यही वीचमा जन्मे जहाँ हुर्किए
वित्यो वाल्य वय, जसै पुल पुले ,उन्मादले फुर्किए
खेले खेल हजार, चुल्वुल वने, नाँचे घुमे उफ्रिए
हुर्के जून समान पूर्ण म वने पन्छी वने उम्किए

लागे जीवन कामले शहरको धूवा धुलो पाउन
देशभक्त वनेर जंगी रणको पोषाक यो लाउन
पाए दुख्ख हजार हण्डर कति,गोली पिएकीछु म
सेवा पूर्ण गरी, अधोमर वनी एक्लै जिएकी छु म

 

Continue reading


दुर्गा सरु का केही मुक्तकहरूः

Durga, Saru, दुर्गा सारु, pallawa, पल्लव

दुर्गा सारु

पानीमा टल्पलाउँदै उत्रने डुङ्गा रहेछ जीवन
समयमा ओईली झर्ने फूलको थुङ्गा रहेछ जीवन
बुझ्नेलाई जीवन यात्रा रमणीय गन्तव्य बन्यो,
नबुझ्नेले मात्र भन्यो गरुङ्गो ढुङ्गा रहेछ जीवन ।

जहाँ पुगुँ मेरो देश मलाई अनुपम लाग्छ
वर्णन गरुँ त शब्दको स्तर नै कम लाग्छ ।
कोइलीको कुहुकुहु, वन पाखा सुसेल्दा
मयुर झैँ पङख फिजार्इ नाचुँ छमछम लाग्छ ।

 

Continue reading


‘भड्खालो’

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

अरू घृणा गर्छन्
तर मलाई मन पर्छ
भड्खालो ।
म सानो छँदा
भड्खालोमा हराएको छु कैयन पटक
भड्खालोमै बस्तुभाउ चराएको छु पटक पटक
जिभ्रोमै झुण्डिएको छ भड्खालोको बयरको स्वाद
भुल्नै सक्दिन पहिलो पटक सुनेको तित्राको आवाज ।
-तीन तारा तित्रिक्क् ।
भड्खालो खेतभन्दा सुन्दर थियो
भड्खालो स्कुलभन्दा स्वतन्त्र थियो ।

 

Continue reading


दुर्गा तिवारी केही मुक्तकहरूः

Durga, Tiwari, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

तिमी मेरो नजिक हरदम खै के सम्झेर आयौ
थियो स्वार्थ केही र यसरी गरी मरिहत्ते धायौ
ढाकौँला मलाई कञ्चन आकाशले झै ठानेथें हेर
झरी बगाउन नयनबाट कालो बादल बनी आयौ ।।

तिम्रै लागि कति पिर गरेँ कति कति धरेँ हेर
नजिक हुन तिम्रो म कति सरें कति गरेँ हेर
बैमानी रैछौ भरोसामा धमिरा लगायौ आज
नबुझेरै आँखामा आँसु भरेँ रुदै खोली तरेँ हेर ।।

 

Continue reading


दुर्गा सारुका एकदर्जन मुक्तकहरूः

Durga, Saru, दुर्गा सारु, pallawa, पल्लव

दुर्गा सारु

राम्री देख्नै नहुने कुरा गर्छन् माया प्रीतिका हेर
लाजै नभएका मानिसहरू चम्चे प्रवृत्तिका हेर ।
जालमा पारी फँसाउन,मीठा -मीठा कुरा गर्दै,
देखाउँछ्न् मनमोहक दृश्य प्रकृतिका हेर ।।

खोइ के भनौं र? ठुला बडा मान्नेहरुलाई !
सर्वज्ञ मै छु भन्दै कुरा छाट्न जान्नेहरूलाई !
समाज सेवाका नाममा गरिब निमुखाका ,
आँसु पिएर आफूलाई ठुला ठान्नेहरूलाई !

 

Continue reading


नेपाल प्यारो घर…..

Durga, Gyawali, Sharma, दुर्गा ज्ञवाली शर्मा, pallawa, पल्लव

दुर्गा ज्ञवाली शर्मा

बीते दीन हजारौ यो जीवनका यो राष्ट्रका खातिर
लड्दै युद्ध हजार बार रणमा झुकेन मेरो शीर
मृत्युको मुखबाट फुत्कन सके अपाङ्ग रोगी बनी
थापे गोली म वीर झैं तर कतै भागिन लाक्षी बनी

आफ्नै बन्धु स-जातिका शीर उपर ताकेर तीखा तिर
लड्नु के किन ठानदा हृदयले मान्थ्यो अचम्मै पिर
यस्तैमा दिन एकमा गोली लाग्यो मुर्छित भो जीवन
सोझो सत् पदमार्ग भाँचिन पुग्यो दुर्भाग्य आयो किन

 

Continue reading


गजल

Durga, Hamal, दुर्गा हमाल , pallawa, पल्लव

दुर्गा हमाल

नाफा घाटाको व्यापार बुुझ्छौँ भन्नेहरू।।
पीर नगर सदाबहार बुझ्छौँ भन्नेहरू।।

मखै खोलदा पनि किन मौन बसेका छन
आँ गरे नि अलङ्कार बुझ्छौँ भन्नेहरू ।।

महल भित्रैबाट हेर बेखवर बनिदिए
झुपडीका पनि बिचार बुझ्छौँ भन्नेहरू ।।

 

Continue reading


भो अब म लेख्दिन कविता !

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

समय बोल्नुपर्छ कविताले
बन्द द्वार खोल्नुपर्छ कविताले
खै ?
न त बेलालाई बोल्न सके
न त दैलालाई खोल्न सके
केवल शब्दको रास भो साथी !
म अब लेख्दिन कविता ।
बाधालाई ठेल्नुपर्छ कविताले
अड्चनलाई पेल्नुपर्छ कविताले
तर खै ?

न त पन्छाउन सके बाटाका पहिरा
न त भत्काउन सके नाकाका तगारा
केवल मसीको नास भो साथी !
म अब लेख्दिन कविता ।

 

Continue reading


गजल

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

जब डरै छैन भने स्वयं कालसँग
किन लत्रिनु बन्दुकको नालसँग ।

ठुस्किई राखून् खैराँते गद्दाहरू
प्रेम बसेको छ गुन्द्री र त्रीपालसँग ।

कहिलेसम्म मुसार्छ माझीले मायाँ गर्दै ?
सोधौं त उध्रिएको थोत्रो जाल सँग ।

 

Continue reading


दुर्गाप्रसाद ग्वालटारेका केही मुक्तकहरूः

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

सासै जाला जस्तो हरे ! चर्को ठेलमठेलमा
बरू सहज हुन्थ्यो होला, पस्दाखेरि जेलमा
हवाइजा”जमा उड्नु पर्ने, देखिस् तिरिमिरी
बरू सहज हुन्छ होला, रक्सौलको रेलमा ।

सानो-ठुलो
ठूलो छ एक कणको पनि सानु अंश
ठूलो छ एक अणु सक्दछ पार्न ध्वंस ।
पृथ्वी समेत पनि केबल एक गुच्चा
ठाने त सानु जगतै पनि हो समुच्चा ।।

 

Continue reading


गजल

Durga, Abi, Sadhak,, दुर्गा अबि साधक, pallawa, पल्लव

दुर्गा अबि साधक

आखिर समय मेरो बचपन गयो!!
कसैले सुन्लान ए, नभन गयो!!

राहतबाटै मनमा हासो आउदैन्!!
किन सोच्यौ अब रोदन गयो?

उस्तै छ अझैसम्म फेरिएको छैन!!
कसरी भन्छौ अत्याचार दमन गयो!

 

Continue reading


गजल

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

खै किन हो छुस्स झुसे दारी पाल्न थालेको छु
बिटा-बिटा घंगारूका लठ्ठी काट्न थालेको छु ।

नसिकाऊ कहिँ कतै सीमा हुन्छ मर्यादाको
अचेलभरि बुझेर नै सीमा नाघ्न थालेको छु ।

हाँसो हैन मेरो हाँसो, थाहा छ यो तिमीलाई ?
जबर्जस्ती रुन्चे हाँसो खिस्स हाँस्न थालेको छु ।

 

Continue reading


आजित् हुँदैछिन् उनी

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

जन्माईन् अतिकष्टले छिचिमिरा पिडा खपी बेस्सरी
बाँडिन् स्नेह सधैं सबै तरहले सन्तान हुँदो गरी
आमा हुन् धरती समान तर खै सन्तान निस्के खुनी
हेरी ती मतिभ्रस्ट सन्ततिहरू आजित् हुँदैछिन् उनी ।

रोप्थे पीपल बर् समी लहरमा बाटो-किनारा तिर
मुद्दा झैझगडा परे कहिँ कतै मिल्थ्यो त्यहीँ आखिर
कस्को आज कुदृष्टि भो जगतमा मान्छे भए बैगुनी
भोग्दा बेथिति यत्रतत्र बहुतै आजित् हुँदैछिन् उनी ।

 

Continue reading


मोसो पोतिएको समाचार

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

आज
अस्वाभाबिक लागिरहेछ
मैलाई मेरा हातका धमनीहरू
मानौं, यी नसा हैनन् शरिरका
र हुन्, पम्पले पानी फाल्दै गरेका पोलिथिन पाइप ।
मेरो अनुहार मजस्तो छैन आज
कहाँ गयो मेरो वास्तविक हुलिया-
गहुँगोरो वर्ण ?
म देखिरहेछु आफ्नै अनुहार
कंकालिनी देवीको जिभ्रोझैं- लाल लाल
साँच्चै अस्वाभाविक ।

 

Continue reading


गजल

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

आशा बग्ने कुलो थियो, किन थुन्यौ मुहानमै ?
जानीजानी गर्‍यौ, या त भयो त्यसै अन्जानमै ?

खर्चिएँछु यो जिन्दगी केबल तिम्रै लागि मात्रै
आधा काव्य लेख्न तिम्रो, आधा तिम्रो बखानमै ।

सपनीमा तिम्रै साथमा, डुल्छु फिर्छु कुरा गर्छु
कहाँकहाँ पुग्छु संगै, उठ्दा हुन्छु ओच्छ्यानमै ।

 

Continue reading


दुर्गा तिवारीका केही मुक्तकहरूः

Durga,, Tiwari,, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

मेरै लागि दुई अक्षर केरिदेउ मायाले
नयनमा नयन जुधाई हेरिदेउ मायाले
गरेकिछु अनुभूति प्रेमिल भएझै प्रिय
तिम्रो त्यो अंगालोमा बेरिदेउ मायाले ।।

जिएछु आज बिरानो सहरमा
कल्पेर सधै अधुरा रहरमा
पालेका रहर बिख्रेर गएछन
छोडेर मुस्कान तिम्रै अधरमा ।।

 

Continue reading


‘प्रश्न’

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

“घरेलु हिंसा न्यूनीकरणमा सासूको भूमिका” बिषयको कार्यशाला गोष्ठीमा करीब दुई दर्जनजति महिला सहभागिहरू थिए । यसमध्ये धेरैजसो विवाहित गृहिणीहरू र केही अविवाहित केटीहरू पनि थिए ।
छलफल चल्दैथियो । आ-आफ्नो जीवन-भोगाइको आधारमा सासुको चित्रण गर्दै पालैपालो धारणा राक्नु पर्ने क्रम आयो ।
“सासू भनेका कृतघ्नी जात हो, जत्ति गरेपनि खुसी राख्न सकिँदैन” भन्दै एउटी अधबैंसे महिलाले आफ्नो कुरा टुङ्ग्याईन् ।

 

Continue reading


दुर्गा तिवारीका केही मुक्तकहरूः

Durga,, Tiwari,, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

तिम्रै छेउछाउ भको आभास गर्दैछु म
होइन! साथैपो छौ भनी दङ पर्दैछु म
मीठो अनुभूतिमै कोल्टे फेरेछु कति प्रहर
सपनिकै भएनी खयालमा रङ भर्दैछु म ।।

मेरै लागि दुई अक्षर केरिदेउ मायाले
नयनमा नयन जुधाई हेरिदेउ मायाले
गरेकिछु अनुभूति प्रेमिल भएझै प्रिय
तिम्रो त्यो अंगालोमा बेरिदेउ मायाले ।।

 

Continue reading


दुर्गा तिवारीका केही मुक्तकहरूः

Durga, Tiwari, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

सोचनै जब गिरेको छ भने तिम्रो त्यो धाकको के काम
आफ्नैलाई अपमान गरि लगाएको तिम्रो सांखको के काम
पर्दा काम नलाग्नी धन र मर्दा काम नलाग्नी मलामी हजुर
दिन दुखी देख्दा मुन्टो बटार्छ्यौ तिम्रोत्यो लाख के काम।।

अरुले तपाई भनुन नभनुन आफैले मपाइत्यो गाएपछि
मनमा मैलो जति भयपनि बाहिर सुकिलो लाएपछि
जमना तेस्तैको रैछ यहाँ सोझाको त गुन पनि बिक्दैन
जसै तेस्ताको सफलता मिलिहाल्छ चाकडीमा धाएपछी।।

 

Continue reading