‘आँसु’

Arjun, Dulal, Ravin, Rabin, अर्जुन दुलाल ‘रविन’, pallawa, पल्लव

अर्जुन दुलाल ‘रविन’

तँ नयन भित्र लुकेर
मुटुका हरेक दर्द कसेर
बसिरहन्छस् सँधै
रोकेर मलाई हरेश खानबाट
लाग्छ
तँ नै नजिक छस्
जब भेट्छु निराशाले ढाकिएका पर्दाहररू
मेरो वरिपरि
जब देख्छु अनौठो संसार
मेरा आँखाभरी
अनि तत्काल पग्लिन्छ मेरो मन
आकाशका सिम्सिमे पानी–

 

Continue reading


सिपाहीहरू

Ilameli, Tikaram, Dulal, टीकाराम दुलाल ‘इलामेली ’, pallawa, पल्लव

टीकाराम दुलाल ‘इलामेली ’

खट्छन लौ दिन रातका प्रहरमा आलो र पालो गरी
गोलीका अनि बिन्दुलीहरू सयौँ बाध्छन् पटूकी सरी
त्यो पालो पहरा गरेर जिउने जीवन छ साधा बरू
अर्कै नाम कमाउने छ बिचमा मर्दा सिपाहीहरू ।१।

जो आवेग लिएर आँउछ यता सर्कारको खातिर
रोक्नै पर्छ बरै बिचौँ र बिचमा पर्खाल झै भै स्थिर
गाली खेप्नु छदै छ भीड हुलको थप्छन् कमाण्डर् अरू
गालाका पसिना र छुद्र ति बचन् खेप्छन् सिपाहीहरू ।२।

 

Continue reading


गजल

Ilameli, Tikaram, Dulal, टीकाराम दुलाल ‘इलामेली ’, pallawa, पल्लव

टीकाराम दुलाल ‘इलामेली ’

झल्लु नै छु अहिले सम्म नमुनामा आको छैन
अरू जान्छन तितर बितर मैले रेष्ट पाको छैन ।

जति खेल्यो पिटी परेड सधै मेहनत गरे पनि
भन्नु हुन्छ गुरूबाले अझै दुरूस्त भाको छैन ।

देश र जन्ताको सेवा गर्ने अनि घर चलाउने
सप्ना छन् त्यसैले त भाग्नै मन लाको छैन ।

 

Continue reading


आधा जवानी भयो

Ilameli, Tikaram, Dulal, टीकाराम दुलाल ‘इलामेली ’, pallawa, पल्लव

टीकाराम दुलाल ‘इलामेली ’

ढल्दै बैश उमेर गा’छ अबता साच्चै उदो लौ उदो
के आशा अब बैशसंग लिनुखै बन्दैछु अस्ताउदो
आँखाको रहमा थियो तरल यो छल्केर झर्दै गयो
मोतीझै झरँदा भएर झरना आधा जवानी भयो ।१।

नाडी गल्छ र पाखुरी सिथिलभैँ थाक्छन् उसै आखिर
काप्छन् बेकसुरै दुबै चरण खै काप्दैछ गोर्खे शिर
पैताला गलदै छ मासुम हुदै ऐसास बढ्दै गयो
मेरो लाग्छ कतै कतै त अबता आधा जवानी भयो ।२।

 

Continue reading


गजल

Ilameli, Tikaram, Dulal, टीकाराम दुलाल ‘इलामेली ’, pallawa, पल्लव

टीकाराम दुलाल ‘इलामेली ’

मानिसमा असल बानी चाहीन्छ
जीउनलाई पनि त पानी चाहीन्छ

तपाई राख्नु सम्पुर्ण धनसम्पती
मलाई केवल मेरी सानी चाहीन्छ

खुसीसाथ ढिडो गुन्द्रुक मिठो हुन्छ
जीवन बुझ्ने एउटी रानी चाहीन्छ

 
Continue reading


गजल

Ilameli, Tikaram, Dulal, टीकाराम दुलाल ‘इलामेली ’, pallawa, पल्लव

टीकाराम दुलाल ‘इलामेली ’

कौवालाई कालो भनेकै हो हजुर
र उसलाई सालो भनेकै हो हजुर ।१।

सही कुरा छुट्यार बोलेकै हो मैले
मुसा,बाघ र बिरालो भनेकै हो हजुर ।२।

गालाको उपिया उफ्रियो अनि लाखे
र चड्कियो गालो भनेकै हो हजुर ।३।

 

Continue reading


बहरबद्ध गजल

Ilameli, Tikaram, Dulal, टीकाराम दुलाल ‘इलामेली ’, pallawa, पल्लव

टीकाराम दुलाल ‘इलामेली ’

ज्वलन्त हेर्न झल्झली गरौँ उठेर उन्नति
थकाइ मारुँला भरे सबैँ सकेर उन्नति ।।

थपेर जानु नाममा कुनै नया नया पद
मरेर लानुनै छ के मरौँ दिएर उन्नति ।।

दिलाउँने छ देशमा नयाँ भनेर गौरवि
बरू दिएर ज्यान रक्तनै सिचेर उन्नति ।।

 

Continue reading