पर्यो रात भन्दै ढलेँ बिस्तरामा
उड्यो घुम्न इच्छा कुनाकन्दरामा
कठै पिंजडामा भए आज मान्छे
भिसा चाहिदैनन् बरू ती चरामा
सबै फूल हेर्छन् त्यही सत्य ठान्छन्
सयौं सत्यता छन् लुकेको जरामा
पर्यो रात भन्दै ढलेँ बिस्तरामा
उड्यो घुम्न इच्छा कुनाकन्दरामा
कठै पिंजडामा भए आज मान्छे
भिसा चाहिदैनन् बरू ती चरामा
सबै फूल हेर्छन् त्यही सत्य ठान्छन्
सयौं सत्यता छन् लुकेको जरामा
गजल– १,
हुन्न भन्थ्यो भने रक्त सञ्चारले
हुन्छ जीवन र के देख्छ संसारले
पुग्न सक्दैन तन बोटमा तैपनि
पुग्छ मन हरकदम फूलकै प्यारले
फूलकै कामना गर्दथेँ सर्वदा
ब्यर्थ शंका गरेछन् दुईचारले
नभन्नू कसैलाई बताउने तिमी नै
कुरा यै सबैलाई पठाउने तिमी नै
हुँदै हुन्न भन्थ्यौ कसोरी भयौ त?
जुधाउने तिमी नै बझाउने तिमी नै
सुहाउँने छ बोटमै नटिप्नू ल भन्थ्यौ
तिनै फूल शिलामा चढाउने तिमी नै
दही डेकी छैन, मदानीको के काम ?
तिमी छैनौ त यो जवानीको के काम ?
पठाएको खबर पुग्दैन नै भने
बेकार त्यो दर्ता चलानीको के काम ?
मनको गीता बुझ्ने सीता छैनन् भने
रामायणमा राम कहानीको के काम ?