गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

बन्दुक समाउँदै छन् बारुद भरेर काेही
छन् ज्ञान दान गर्दै अक्षर छरेर काेही

बाेली मधुर छ जसको, उनलेे अवश्य जित्छन्
पुग्दैन माथि साथी! गाली गरेर काेही

सन्तुष्टि छैन धेरैलाई यो जिन्दगीमा
सुख छैन वारि भन्छन् पारि तरेर काेही

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

आयो विचित्रको यो कस्तो जमाना आयो
जसले इमान बेच्यो उसले इनाम पायो ।

बागडोरको महत्त्व जसलाई थाहा छैन
सारथि भए उनी नै कस्तो विडम्बना यो ।

ज्याला मिलेन भन्दै ज्यामीहरू कराए
मालिक सुनेर नसुनेजस्तो गरी निदायो ।

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

(मजदुरहरूप्रति समर्पित)
मजदुर हुँ एउटा म बोझा उठाउँदै छु
विक्री गरेर निद्रा पसिना बगाउँदै छु ।

तिम्रो अहित हुने क्यै कहिल्यै गरेँ र मैले
जल्दै म मैन जस्तै जीवन चलाउँदै छु ।

तोरी फल्यो नि मेरै श्रमले गराहरूमा
भो तेल तिम्रो लागि, म पिना सुकाउँदै छु ।

 

Continue reading


परिश्रमीका केही हाइकुहरूः

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

राता राता छन्
जिन्दगीका सपनाहरू
मेरा आँखामा ।

लुकाइराख्छु
मुटुको गोजीभित्र
तिमीलाई म ।

पोखरी ठूलो
पानीको मात्रा थोरै
भ्यागुता मख्ख ।

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

कतै बिगारियो, कतै बनाइयो
उदास चेहरा कतै सजाइयो ।

जरुर कुकर्म हो बुझेर के हुनु
अमृत भनी कतै जहर खुवाइयो ।

चलिरहेछ यस प्रकारकँ प्रथा
कतै रुवाउँदै कतै हँसाइयो ।

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

भएको छ भन्छौ सुधार
खुसी झन् छ कालो बजार

अँध्यारो हट्यो भन्छ मात्रै
उज्यालो रुँदै बारबार

दिएनन् युवालाई मौका
पुनः भो बुढाकै करार

 

Continue reading


मात्रिक बहर गजल

dr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लव

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

घर घर पस्दै छन् सौदागर
तिनकै स्वागत गर्छन् तस्कर

दुनियाँमा किन मालिकसामु
नोकर अझ पनि काँप्छन् थर्थर

प्रश्न अनौठो आयो उनको
कसरी दिन्छौ यसको उत्तर

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

कुकर्मको बखान छ
निकै दुखी इमान छ ।

अभद्र जुन छ नायक
उही बडो महान छ ।

छ अन्धकार मस्तमा
तनावमा बिहान छ ।

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

कहिले प्रसन्न मन यो, कहिले त हुन्छ खिन्न
हुन् मित्र जिन्दगीका सुखदुःख यी अभिन्न ।

गर्दै विरोध चर्को सुल्टा कुराहरूको
उल्टो हिँडेर कहिल्यै गन्तव्यमा पुगिन्न ।

चाहिन्छ ज्ञान व्यापक संसार बुझ्नलाई
सतही बनेर सहजै गहिराइमा डुबिन्न ।

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

रुँदै छन् आर्त पीडामा
छ को संलग्न सेवामा

सबै सन्तान टाढा छन्
खुसी छैनन् यहाँ आमा

अँध्यारोमा फस्यौँ हामी
उज्यालो छैन आँखामा

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

तुफानी छ हावा बिहानी प्रहरमा
चिसो पो छु भोग्दै म तातो सहरमा ।

तिमीले गरयौ स्वास्थ्यमा खेलबाड
मिठाई मिलाएर बेच्दै जहरमा ।

महलमा छ आनन्दको जिन्दगानी
यहीँ झोपडीको छ जीवन कहरमा र

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

बलेको छ बत्ती पहेंलो र रातो
चलेको छ हावा यसैबीच तातो

भएको छ यस्तो यो कस्तो अचम्म
नयाँ पुस्तिकामा पुरानै छ गातो

थियो खास प्रस्ताव जुन लेखिएको
छ खाता दुरुस्तै हराएछ पातो

 

Continue reading


गजल

dr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लव

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

यहाँ छन् निराशा र बाधा अनेकौं
अरू जन्मिँदै छन् समस्या अनेकौं

तिमीले जमायौ त के भो र पानी
बगेका बग्यै छन् नि खोला अनेकौं

गुलेली नहान्नू, सिकारीहरू हो
रुँदै छन् उडेका परेवा अनेकौं

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम ‘परिश्रमी’

उता कसैको दबावमा छु
यता म तिम्रो अभावमा छु

तिमी खुसीको उचाइमा छौ
यहाँ म हरदम तनावमा छु

सवाल धेरै ग‍र् यौ तिमीले
म अल्झिएको जबावमा छु

 

Continue reading


गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’  , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

मेरो दिलको धड्कन तिमी हौ
म बाँचेको जीवन तिमी हौ

मलाई जसै हुन्छ पीडा
दुखेरै रुने मन तिमी हौ

मेरो जिन्दगीको खुसीमा
लुकेको प्रसाधन तिमी हौ

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम ‘परिश्रमी’

उता सर्प पाल्ने सपेराहरू छन्
यता लाभ खाेज्ने चमेराहरू छन्

सताएर डस्ने सिधा सन्तलाई
यहाँ चोर,गुन्डा, लुटेराहरू छन्

सिकारीले मारयो उता माउलाई
कठै! तड्पिएका बचेराहरू छन्

 

Continue reading


बहरबद्ध गजल

dr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लव

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

कतै दिया जलाउँदै छन्
कतै भने निभाउँदै छन्

उता मिचिन्छ रे सिमाना
यता कुनै रमाउँदै छन्

छ वेदना मभित्र भन्दै
व्यथा कोही बताउँदै छन्

 

Continue reading


गजल गैर मुरद्दफ

dr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लव

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

हराए खुसीका थिए जुन् तरङ्ग
सबै बद् लिएछन् पुराना प्रसङ्ग

जता हेर्छु, सन्त्रासकाे राेग देख्छु
कहाँ भेट्नु अानन्दायी उमङ्ग

निकै रुष्ट भै अाउँदा भूप्रकम्प
भयो राष्ट्र उत्थानकाे वेग भङ्ग

 

Continue reading


परिश्रमीका मुक्तकहरूः

dr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लव

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

शाेकलाई शक्तिमा बदल्नु जरुरी छ
विपदलाई साहसले जित्नु जरुरी छ
विनाशकारी लीला हेर्दै बस्नु कसरी
अब सङ्कल्प निर्माणकाे गर्नु जरुरी छ ।।

रुष्ट प्रकृतिको दृष्टि बाङ्गिएकाे छ
लाग्छ स्रष्टाकाे नै सृष्टि बाङ्गिएकाे छ
मेरी अामा निकै संत्रासमा छन् अचेल
बादल मात्तिएर वृष्टि बाङ्गिएकाे छ ।।

 

Continue reading


गजल

dr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लव

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

जब माथि चढ्न थाल्छन् जान्नेहरू
तल हाजिर हुन्छन् खुट्टा तान्नेहरू

अनायासै अाज निर्वस्त्र देखिए
हिजोसम्म लाज सरम मान्नेहरू

पात्र उपहासकाे पाे भएका छन्
ती पुरानै परम्परा धान्नेहरू

 

Continue reading