स्टाच्यु अफ लिवर्टीमुनिबाट

dr. Ghdr. Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’  , pallawa, पल्लव

डा. घनश्याम ‘परिश्रमी’

तिम्रो उचाइ हेर्दै धेरै तलबाट
नूतन अनुभूतिको तरङ्गमा
महासागर बिचमा ठिङ्ङ उभिएर
मैले प्रतिविम्बमा चलमलाएको देखेँ
एउटा जडवत् सालिक,
ए स्वतन्त्रताकी प्रतिमा !
तिम्रो हातको पुस्तकको नाम के हो ?
तिमीले समातेको मसालको उज्यालो
कसका लागि हो ?
पुँजीवादको हवाला दिँदै
अमेरिका गर्व गर्दछ–

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr. Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

निदाउँदै र बिउँझिदै बिताउँदै छु जिन्दगी
समयको राजमार्गमा गुडाउँदै छु जिन्दगी

प्रशस्त मोड छन् यहाँ उकालिने ओरालिने
उतारमा चढावमा हिँडाउँदै छु जिन्दगी

कुनै बखत अचानकै तुफान सक्छ अाउन
समुद्र बीच नाउझैँ बगाउँदै छु जिन्दगी

 

Continue reading


अमेरिका अहा कस्तो !

dr. Ghdr. Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’  , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम ‘परिश्रमी’

अमेरिका अहा कस्तो सफा, शुद्ध मनोहर
संस्कृति छैन जस्तो छ, सभ्यता तर सुन्दर

साना बाटोहरू राम्रा राजमार्ग फराकिला
बाहिर देखिने उस्तै छन् सबै चिज बान्किला

व्यवस्थित सबै बस्ती, प्रकृति क्या हराभरा
सुनिन्छ चिर्बिराएका सङ्गीते ध्वनिमा चरा

 

Continue reading