आयो ओर्लिन धर्तिमा गगनमा ”लक्ष्मी,,प्रभा भाष्कर ।
छायो दिव्य दिगन्तमा क्षितिजमा ज्योत्स्ना सफा सुन्दर ।
मीठो ओष्ट खुराँक पस्किरह॔दै आफ्नो लगानी ग-यो ।
पाखा-पर्वत, कन्दरा सुनहरा आस्वाद शोभा छ-यो ।।
गर्दै पारसवार स्वर्णपथको सिंगो शताव्दी गयो ।
हाम्रो देश ऋणी छ आज उनमा झुक्दैछ नेपाल यो ।
माटाका कणमा समीर-सलिला आकाश-पातालमा ।
तिम्रै पौरखले युगौंयुग धरा थामिन्छ आधारमा ।।