योगदान गर अवैधान नगर बिन्ती
सम्मान गर अपमान नगर बिन्ती ॥
भन कसलाई दोष दिनॆ म मरॆ सि
बाजुन्जेल मॆरो बयान नगर बिन्ती ॥
दिवश बानीयाँ विवस भएको बेला
बिन्ती छ मलाई हैरान नगर बिन्ती ॥
योगदान गर अवैधान नगर बिन्ती
सम्मान गर अपमान नगर बिन्ती ॥
भन कसलाई दोष दिनॆ म मरॆ सि
बाजुन्जेल मॆरो बयान नगर बिन्ती ॥
दिवश बानीयाँ विवस भएको बेला
बिन्ती छ मलाई हैरान नगर बिन्ती ॥
जवरजस्ती मन पराउनु राम्रो होइन
यथार्थ नजानी सताउनु राम्रो होइन
मेरो औकात छैन महङ्गौ प्रेम किन्ने
प्रेमको मूल्य दोहोर्याउनु राम्रो होइन
धर्तीको धुलोलाई स्वर्गकी अप्सराले
धुलो, महीलो अपनाउनु राम्रो होईन
गजल– १,
खुशि छौ रे तिमी अन्तै, बसाइँ सारेपछि
के छ खबर किन सोध्छौ, माया मारेपछि
अाउनु भनी फेरि किन,बोलाउँदै छौ तिमी
बिच बाटोमै काँडे तारले, बार बारेपछि
खै!कस्ले सोँच्छन् होला र, तिमीलाई चोखो
बैंशको बेलामा ठाउँ, ठाउँमा चारेपछि
हेर साथी केपीको रेल आयो नेपालमा
नाटकीय कला अचेल आयो नेपालमा
जनतालाई वेबकुव सोच्छन् यिनै गद्दार
चोर, चोर नेताको मेल आयो नेपालमो
कठिन रैछ है देशको विकास केपी सर
मुखले मात्रै ग्यास तेल आयो नेपालमा
अवश्य एक दिन धनी बन्छ कर्णाली
मेरो सुन्दरता हेरी देउ भन्छ कर्णाली
हाम्रो रारा र पोखरा ताल भत्काउने
गद्दारको छिट्टै चिहान खन्छ कर्णाली
पापीले पानी बेच्ने सपना देखेता पनि
तर यूगैयूग सम्म अमर रहन्छ कर्णाली
दशैँ आयो प्रदेशी घर आउन सकेन आमा
टिका र जमर छोराले लाउन सकेन आमा
चाँडै घर फर्किन्छु भन्ने सपना देखेर आए
पसीना बगाए पैसा कमाउन सकेन आमा
प्रदेशीलाई काम र दाम प्यारो भएर हो की
खुसी मनले चाडपर्व मनाउन सकेन आमा