न खेल चाल त्यो , न रोज खाल त्यो ।।
र खोज देश यो , न सोध हाल त्यो ।।
पसे छ राज्यमा , मुसो भई यहाँ
सकेन बुझ्न क्यै , बिदेश चाल त्यो ।।
रक्षा त गर्नु थ्यों , जमीन आफुले
बिदेश चाकडी , कुरीति फाल त्यो ।।
न खेल चाल त्यो , न रोज खाल त्यो ।।
र खोज देश यो , न सोध हाल त्यो ।।
पसे छ राज्यमा , मुसो भई यहाँ
सकेन बुझ्न क्यै , बिदेश चाल त्यो ।।
रक्षा त गर्नु थ्यों , जमीन आफुले
बिदेश चाकडी , कुरीति फाल त्यो ।।
देखे म फूलेको , कोपिला हाली ।।
नाच्दै छ बोटैमा , फूलको डाली ।।
रोएछ डाली त्यो , कोपिला चुड्दा
डुब्दै छ गोहीको , ऑसुमा माली ।।
फक्रीन खोजे थों , कल्पना बोक्दै
कीटाणु लागेसी , लाग्छ के बाली ।।
न खेल चाल त्यो , न रोज खाल त्यो
र खोज देश यो , न सोध हाल त्यो ।।
पसे छ राज्यमा , मुसो भई यहाँ
सकेन बुझ्न क्यै , बिदेश चाल त्यो ।।
रक्षा त गर्नु थ्यों , जमीन आफुले
बिदेश चाकडी , कुरीति फाल त्यो ।।
शहर फेरिएनी रहर फेरिएन
तिमी लाइ हेर्ने नजर फेरिएन ।।
देखाएर आशा कयौं रात बित्छन
बिहानी छ उस्तै असर फेरिएन ।।
बगाएर के के लग्यो यो खोलाले
किनारा को ढुङ्गे बगर फेरिएन ।।
जीबन भार यो सहदै , छ आज हिनेको त्यो
दुःख माथि सुखै दिन हो , हजार पिनेको त्यो ।।
सुन्दरता यहाँ छ जती , दिएछ सबैलाई
चिन्नु र जान्नु नै सबले , भनेर बिनेको त्यो ।।
सत्य युगै गयो जब यो , कुरा बुझिनन् उन्ले
धर्म र कर्म रैंछ ठुलो , र जन्म दिनेको त्यो ।।
यो संसारको भिड मा म एक्लो भएछु
बस कठिन यो समय धकेली रहेछु ।।
सायद हो कि कारण प्यार या अरु
अन्जानमै म नशामा फसि सकेछु ।।
जानू थियो अन्त कतै आज छु यहाँ
हिड्दा हिड्दै जिन्दगिको बाटो भुलेछु ।।
कहिले बग्छौ कर्णालीझैं कहिले जम्छौ रारा सरी
तिमी तिमी मात्र छौ यी आँखाभरी मुटुभरी
बगरमा छट्पटाको माछाजस्तै पार्न मलाई
तिम्रा यादै काफी छन् नि तड्पाएर मार्न मलाई
वचनको चुलेसिले रेट्छौ किन घरीघरी
तिमी तिमी मात्र छौ यी आँखाभरी मुटुभरी
१)
के नै थियो र?
सपना बाहेक त
लग्यो बाढीले
२)
आमाको चोली
मुठ्याउँदै रुन्छे त्यो
जीवित कान्छी
३)
के गर्लान् अब
बाच्नुको अर्थमा ती
टुहुराहरु!
इज्जत लुटिएको छ अनि हक लुटिएको छ
यो सब आफन्तै बाट भकाभक लुटिएको छ
तरकारी वेचेर कसरी, चुलो धुवाउला उस्ले
सडकमै उस्को तराजु र ढक लुटिएको छ
भोलि तिमी पनि लुटिन सक्छौ यसैगरी
जसरी आज गजलसहित लेखक लुटिएको छ
छोराले खै के दिन्छन् बाले धड्कन दिइरहेछन्
आमाहरुले प्रत्येक सासको कम्पन दिइरहेछन्
खै यो पागलपन या प्रेम? प्रेमी प्रेमिकाहरु
जस्ले मुटु चुड्छ उसैलाई मन दिइरहेछन्
समयले-
अर्जाप्छ र चिर्छ खूशीका कलिला छातीहरु
फुटाउँछ-चिम्टी चिम्टी संकलित
आशाका बाँधहरु
निल्छ-सलक्कै निल्छ
वुबालाई अतीतको दराजमा थन्क्याएर
आमाको गाला मुसार्दै देखेका दुधे सपनाहरुलाई
जहाँ झूट फल्छ
जहाँ घिन उम्रन्छ
जहाँ शोषणको रापिलो भुतभुतेमा
ऊ खेल्छ निर्लज्ज!
हिर्काउँछ अपनत्वको छाराले
निष्ठूर समय-