श्रद्धाञ्जली

Dinanath, Pokhrel, दीनानाथ पोख्रेल, pallawa. पल्लव

दीनानाथ पोख्रेल

झुल्के घाम भनी भनेर जनले भन्छन् कराईकन ।
बाँड्छन् शीतल चाँदनी शशि खुली फिक्का छ आफ्नै मन ।।
आमा हुन् ममतामयी जगतकी वात्सल्यकी स्वामिनी ।
आत्मा रुन्छ खुदै विलाप दहमा डुब्दो छ आँखा पनि ।।०१।।

छाती ढक्क फुली छ दर्द दिलमा आमा कता छिन् कता ?
लौलौ यो घृतदीप दे अब भनी भन्छन् म जाऊँ कता ??
धर्ती शून्य बन्यो सबै सुख लुक्यो भारी भयो चेतना ।
भाग्यो होस हवास दृष्टि पथमा बड्दै गयो वेदना ।।०२।।

 

Continue reading


दीनानाथ पोख्रेल का जोर कविता

Dinanath, Pokhrel, दीनानाथ पोख्रेल, pallawa. पल्लव

दीनानाथ पोख्रेल

१) ‘सुचाल जम्नुपर्दछ’
छ प्रेम देशभक्तिको खुलोस् कला सुधारको ।
छ दण्डहीनता अझै रुँदै छ न्याय भाव त्यो ।।
सुधामयी सुशान्तिको छ मोह नित्य चेतमा ।
विचार भाव हुन् नयाँ सुधार हुन् स्वदेशमा ।।०१।।

उठोस् विचार कर्ममा खुलोस् विकास हारमा ।
रमाउँदै सुप्राप्तिले जुटौँ सबै सुधारमा ।।
सुतीसुती नछाँट रे अह्रोट भन्छ चेतले ।
उठेर लौ नबाझ रे सुप्राप्ति हुन्छ मेलले ।।०२।।

 

Continue reading


‘सुख’

Dinanath, Pokhrel, दीनानाथ पोख्रेल, pallawa. पल्लव

दीनानाथ पोख्रेल

जब सुख घर मिल्ला हाँस्छ मान्छे निदाई ।
सबसित हित नाता गाँस्छ मान्छे मिलाई ।।
परपर सब फ्याँक्दै कष्टका स्रोत छानी ।
रसमय सुख खोज्छन् दिक्क मान्दै नमानी ।।०१।।

जल थल नभ सारा हेर्छ आँखा उघारी ।
असल सडक बढ्दै जोड्छ सद्भ्रान्ति भारी ।।
सब विधि हितकारी मार्गमै देख्छ आँखा ।
विधिवश घर आफ्नै खुल्दछन् शिष्ट भाका ।।०२।।

 

Continue reading


मातृभूमिको ममता उदाहरणमा राष्ट्रियता

Dinanath, Baral, Mamaniradhi, दिननाथ बराल ‘ममनिरधी’,pallawa, पल्लव

दिननाथ बराल ‘ममनिरधी’

छन् मेरा रमणी र पुत्र घरमा पौत्रादिले सेवित
सन्सारी दिनचैर्य दुःखसुखमा भुल्दैछु यस्तैसित
पर्मात्मा भगवान साथ तर छन् यो मन सदा चञ्चल
नेपाली जनता र मातृभुमिकै नेपालको तल्तल

मेरा संरचना उदाहरणहरू छन् पञ्चवेणीसित
शान्तिको शुभकामना रचित भो पूर्ति समस्या उता
हिन्दू चाड दसैँ दीपावलि कति वैराग्यमा रोकियो
रक्तचन्दनको निषेध कति दिन् मेरो प्रतिज्ञा थियो

 

Continue reading


पल्लव प्रतिष्ठानद्वारा सम्मान कार्यक्रम २०६८ भाद्र १० गतेलाई सम्झदा

Dinanath, Baral, Mamaniradhi, दिननाथ बराल ‘ममनिरधी’,pallawa

दिननाथ बराल ‘ममनिरधी’

भ्रमण टेक्यौ सुदूरत महाकाली सदर मुकाम
लोकसंस्कृती दरशनविचार पर्व साहित्य काम
तत्कालिन त्यो पनि समयमा थोर मर्याद घेरो
चौधौँ अङ्कै सुपरिचित भो पल्लवै पत्र मेरो

सङ्गम कार्यैलय समितिमा, केन्द्र आफू सदस्य
सम्मानितमा म पनि वरिएँ भाग्य भन्ने अवश्य
केन्द्रै सङ्गम् प्रतिनिधि जहाँ पुत्र राजेन्द्रे मेरो
गोर्खे साइँलो परिचय दिए कार्यक्रमभित्र मेरो

 

Continue reading