यो पुलमा उभिएर हेर्दैछु म टिस्टालाई
इतिहाससँगै मनमा बेर्दैछु म टिस्टालाई
नेपालीको वीरताको चिनारी हो, गर्व लाग्छ
मनभरी मायासँगै घेर्दैछु म टिस्टालाई ।।
१
टिस्टा तिम्रो पानीसँगै हाम्रो इतिहास बोल्छ
नेपालीको पौरख र वीरताको शान घोल्छ
अपमानको सन्धी बोल्छ, अंग्रेजको झेल बोल्छ
विगतको कथा व्यथाले सबैलाई पिरोल्छ ।।
२