धर्मानन्द भट्टका चार कविता

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

१) भ्याली नरिसाउनू
माया कृष्णप्रसादले अति गरी भ्याली छिरेको थिएँ
त्याँ बस्दा मनमा उमंग भरियो शिक्षा सुनौलो दिएँ ।
नानीमाझ बसेँ छँदातक त्यहाँ राम्रो गरी शिक्षण
विद्यार्थी गुरुवर्ग बीच म सधैँ राखेर आफ्नोपन ।।

पैलो हाजिर थ्यो त्रिहत्तर त्यहाँ बैशाखको सातमा
छोड्दा अन्तिम भो पचत्तर त्यही बैशाखको सातमा ।
ठ्याक्कै वर्ष दुई बसेँ हजुरको माया पिई मस्त है
ऐले याद हजार पल्ट मनमा आए म गैजान्छु त्यै ।।

 

Continue reading


दूरदराज र म

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

लाखौँको परिणामले दिनदिनै उड्छ्न् युवा खै कता
बाँझा खेत बुबा बुढो बखतमा खन्छन् दुखी भै यता ।
पत्नी यौवन खेर फाल्न नसकी हिँड्छन् कुनै पोइल
यो मेरो घर रेमिटेन्स पिउनै तम्सिन्छ खोली दिल ।।

पुग्दा दूर दराजका घर युवा भाँडा सफा गर्दछन्
छोडी पुत्र गयो भनी अनि मुमा रुन्छिन् दुखाई मन ।
साहूको ऋन तिर्नखातिर युवा पस्दै छ अष्ट्रेलिया
पैसा तिर्न पठाउँदा मुलुकका मोटाउँदै माफिया ।।

 

Continue reading


सङ्लो नेपाल

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

दानी स्वान्तसुखाय होस् जुगजुगौँ होस् स्वाभिमानी अनि
धीरोदात्त, दिमागदार जगमा झन् भाग्यमानी पनि ।
फालोस् द्वैष र भोलिवाद घरले माया फुलाऊँ भनी
गर्ने होस् सहयोग दान डबली नेपाल सङ्लो बनी ।

मायावाद बढोस् घटोस् कलुशता मानो भकारी झरोस्
होस् आकर्षित ऐतिहासिक थलो धर्मात्म बत्ती बलोस् ।
वृक्षारोपण होस् पहाड सबमा आदर्श माटो खनी
सच्चा भाव बगोस् नसारगतमा नेपाल सङ्लो बनी ।।

 

Continue reading


मीक्षाः मेरो नजरमा “नसुतेको रात” गजलसङ्ग्रह

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

गजलकार डा.प्रदीपकुमार मैनाली ‘स्वनाहम्’ द्वारा रचित नसुतेको रात ( गजलसङ्ग्रह ) २०७५ बैशाख सात गते नेपाल प्रजा प्रतिष्ठानको सभा हलमा हजारौं गजलप्रेमी साक्षी राखेर प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा लोकार्पण भएको छ । विद्वान् गजलकार मैनालीको यो कृति तुलसीको पात ( गजलसङ्ग्रह ) पछिको दोस्रो कृति हो जसलाई बुलबुल पब्लिकेसनले २०७४ चैतमा बजारमा ल्याएको हो । २० से.मी. लम्बाइ १२ से.मी. चौडाइ र आधा से.मी. मोटाइ रहेको यस गजल कृतिभित्र ८४ गजलहरू रहेका छन् । झट्ट हेर्दा मनमोहक देखिने यस कृतिको गाता डिजाइन राजु पिठाकोठेले गर्नुभएको छ ।

 

Continue reading


सबै थोककी खानी मुमा

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

मलाई छ प्यारो मुमा काख लाख
तिमी काख आफ्नो म सन्तान राख ।
सधैं भन्छु आमा गरी प्यार गाढा
तिमी छ्याट्ट छोडी कतै जान्नँ टाढा ।।

यही गर्छु धन्दा म जानीनजानी
खुशी पार्छु आमा र यो जिन्दगानी ।
सधैं हात तिम्रो खुशीले म भर्छु
तिमी साथ पानीपँधेरो म गर्छु ।।

 

Continue reading


म र उनी’

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

म जन्मेंको हुँ पवित्र भूमि लेकम ठाउँमा
सुन्दर अनि देव र देवी भएको गाउँमा ।।

दार्चुला जिल्ला भनेर चिन्छन् सबैले यो भूमि
चौलानी नदी बग्दछ त्यहाँ सर्पलेझैं घुमी ।।

ढाकारा गाउँ साह्रै नै राम्रो लाग्दछ मलाई
जौंजौं नै लाग्छ त्यो भूमि छोड्दा मन नै पलाई ।।

 

Continue reading


भाषा सम्बन्धमा . . . . .

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

श्रीमान् भाषा सम्पादकज्यू,
मासिक बालप्रकाशन मुना धर्मपथ, काठमाडौं ।
विषय : भाषा सम्बन्धमा ।

महोदय, हुन त म भाषाविज्ञ होइनँ तैपनि केही देखेको भन्न मन लागेरमात्रै । मासिक बालप्रकाशन ‘ मुना ‘ २०७३ पौष अङ्क पढें । गाता छोडेर ५६ पृष्ठको यस अङ्कमा जे देखें त्यो लेखें । भाषा सम्पादकसँग नेपाली शिक्षक भएको नाताले साइनो जोड्न यो प्रयास गरेको हुँ । धेरै कुरा राम्रा हुँदाहुँदै पनि गलत कुरामै छिटो रातो कलम पुग्ने हुनाले यस्तो देखिएको हुनसक्छ । भाषा सम्पादकज्यू, गाताको भित्री पेजको पहिलो लाइनमा ‘हरु’ ह्रस्व र अन्य ठाउँमा ‘हरू’ दीर्घ लेखिएको पाएँ ।

Continue reading


नेपाल जन्मूँ

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

आमा धन्य तिमी म ठान्छु अहिले पाएर नेपाल यो
आत्मा भन्छ बसी सुखी घरमहा साँच्चै छ आनन्द यो ।
अर्को जन्म शहीद धर्म मनले सोध्दै छ रोज्छौ कता ?
अग्लो माथ जहाँ छ बुद्ध धरती नेपाल जन्मूँ मता ।।

औधी शान्ति गुफा छ व्यास ऋषिको नेपाल हाम्रै घर
आत्मा शान्ति र पाइदैन ममता टाढा लुकेमा पर ।
भेट्दैनौ कहिले नि कान्ति मनमा नेपाल छोडी उता
भेट्ने शान्ति भए भनूँ सब जना नेपाल जन्मूँ मता ।।

 

Continue reading


धर्मानन्द भट्ट का तीन कविता

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

१) नेपालमा सधैँ
फिज्दै पङ्ख चरी हिमाल वनमा हाँसून् सधैं खित्खित
नेपाली हरिया पहाड जहिले देखूँ म आनन्दित ।
हम्कून् स्वच्छ हवा भई खुश सधैं हाम्रा तराई वन
हाँस्ने हुन् सब दाजुभाइ जहिले भन्दै छ मेरो मन ।

बाँझा खेतहरू नहून् अब यहाँ फर्कून् सबै हात याँ
नाँच्दै खेत गरा सबै जुनकिरी होऊन् खुशी रातमा ।।
मार्सी धान झुलून् र फूल नि फुलून् कान्लाहरूमा यही
यस्तो चाह पुगे त भन्छ मनले पर्दैन जानै कही ।।

 

Continue reading


धर्मानन्द भट्ट का जोर कविता

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

१) मेरो इच्छा
तारा चम्किरहून् जुगौंजुग भनूँ आकाश हाम्रो घर
सारा लम्किरहून् भनेर म अझै पुग्नेछु टाढा पर ।
हिंड्ने मार्ग उही छ रे बुझ सबै त्यो बिन्दु पुग्ने उही
आत्मा भन्छ बिहानमा नयन यी कैले नजाऊन् चुही ।।

आत्मा मन्दिरमा चढाउन भनी रोप्दै छ जाहीजुही ।।
नेपाली मनका हरेक सपना कैले नजाऊन् तुही ।
आआफ्नो घरको मिली सब जना फालौं नराम्रो घुलो
पानीमात्र सधैं सफा तरहले बग्ने बनाऔं कुलो ।

 

Continue reading


धर्मानन्द भट्ट का जोर कविता

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

१) तिमी
मेरो प्राण तिमी तिमी हर खुशी लाग्दै छ त्यो जून हौ
लाग्ने गर्छ तिमी नसा रगत हौ औ सागको नून हौ ।
बाँच्ने आश तिमी तिमी अझ भनूँ हौ गास खाना पनि
गाना हौ रसिला तिमी कसम हौ छाना र नाना अनि ।।

स्वर्णै हार र धार लाग्छ खुकुरी औ लाग्छ संसार हौ
गाता पुस्तकको भई म सहजै बाँच्ने नि आधार हौ ।
खप्ने लात तिमी दुखी सडक हौ बाढी र गाडी म हूँ
फुल्ने फूल तिमी र पूल सरिता सिस्नो म झाडी त हूँ ।।

 

Continue reading


मेरो आँखाले देखेको ‘मन्दिर र माओ’ कवितासङ्ग्रहः

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

रामकुमार पण्डित क्षत्रीद्वारा लेखिएको प्रस्तुत पुस्तक २०७४ भाद्रमा शब्दार्थ प्रकाशन चाबेल,काठमाडौंबाट प्रकाशित भएको हो । लेखकको यो कृति ‘ देशको खोजी ‘ लघुकथा सङ्ग्रह -२०७१ र ‘ बुद्ध विचार ‘ बालकविता सङ्ग्रह -२०७३ पछिको तेस्रो हो । छोटोमा धेरै भन्ने प्रतीकात्मक शैली तथा कलात्मक व्यङ्ग्यको तीखो प्रस्तुति दिने कवि क्षत्रीले यसमा समेत त्यो शैली छोडेको पाइन्न नै । आफ्नो लेखनको दोस्रो दशकका कविको कृति मन्दिर र माओमा मेरा आँखा यसरी लाग्छन् :

 

Continue reading


धर्मानन्द भट्ट का तीन कविता

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

१) नाच्दै छ जन्मस्थली
पैसा मोह भई उडेर म गएँ खोला हजारौं तरी
पुग्दा आज बिदेशमा मन उतै डुल्दै छ पाखाभरि ।
कामैकाम हुँदा हरेक क्षणमा सम्झें मुमा झल्झली
साँच्चै देश तथा दुबै नयनमा नाच्दै छ जन्मस्थली ।।

आमाका पदमा सधैं पदहरू जोड्ने म गर्थें उता
ए आमा म कुमार्गमा फसिगएँ डुल्दै छु ऐले कता ।
एक्लो आज यहाँ पहाड मनको भत्कीगयो खल्बली
मट्टी,पत्थर औ हवा,जल तथा नाच्दै छ जन्मस्थली ।।

 

Continue reading


धर्मानन्द भट्टका जोर कविता

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

१) ‘कर्म’
मौरी फूल चुसी हरेक दिन नै संगाल्छ मीठो मह
माछाले दिनरात दु:ख नभनी खेल्दै छ पौडी दह ।
चारो टिप्छ चरा उडी पवनमा पाल्नेछु बच्चा भनी
सानो हुन्छ तथापि बोक्छ कमिलो भारी ठुलो नै अनि ।।

मान्छे कर्म गरी न मर्छ बरु त्यो कैले नमर्ने हुने
खाए झैं खिचडी भरिन्छ मन यो राम्रा कुरा नै सुने ।
ढुङ्गा फल्छ बुझे यहाँ हर कुरा फल्नेछ हाम्रो घर
अल्छीसाथ बसे कुनै बखतमा फल्दैन केही तर ।।

 

Continue reading


आऊ घर

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

बाआमा,बहिनी र भाइहरुले औ भाउजूले अनि
तिम्रा यी पदचापका कणहरू छोरा र छोरी पनि ।
छोडी देश चटक्क नै किन गयौ ? टाढा कता हो पर
भन्दैछन् सब एकसाथ मनले फर्केर आऊ घर ।।

भन्ने बा अब ता सबै भइसके हुर्केर छोरा यता
छोरा जन्म हुँदा तिमी गगनमा उड्दै गएथ्यौ कता ।
बाआमा सबका यता भइसके चल्नै नसक्ने कर
पैसा हैन ठुलो बुझी घर तिमी फर्केर आऊ घर ।।

 

Continue reading


दशैंको दिन

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

अघिल्लो दिनको थकाइले म बिहान सात बजे उठें । घामले मेरो कोठामै पाइला टेकिसकेको थियो । जुरुक्क उठें । बाहिर गएँ ।मलाई आँखा निमोठ्दै गरेको देखी आमा,”छोरा गोरु,बाख्रा वनतिर खेदेर आइज” भन्दै कराउनुभयो । मैले आमालाई, ”आमा आज दशैं हो …किन तपाईं खेतमा ? ” भनें । आमा दशैं आइसक्यो र छोरा भन्दै घाँस काट्न छोड्भएन । मैले सम्झें कठै वर! बिहान जाँतो,टाढाबाट पानी,गोबर,आँगन … सबै मेरो आँखामा आए । म काठमाडौंबाट घर आएको तीन दिनमात्र भएको थियो । म गाउँमा दशैं मनाउन नै आएको थिएँ ।

 

Continue reading


बडाको दशैं !!!

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

हाम्रो आँगनमा उमङ्ग र खुशी बोकेर आयो दशैं
हाँस्दै गाउँ तथा सबै शहरमा नाचेर छायो दशैं ।
हाम्रो पर्व बुझी सबै मनहरू फर्केर आए घर
आशीर्वाद लिने दिने समय हो लिन्छन् र दिन्छन् वर ।।

धर्ती हाँस्छ निकै र हेर्छ सबको आस्था छ कस्तो भनी
भन्ने गर्छ उही यहाँ गरिब औ देख्दै छु मैले धनी ।
दुर्गाको मनमा बसी सब जना फालौं नराम्रो पनि
राम्रा सोच विचारले मन भरी धर्मै कमाऔं अनि ।।

 

Continue reading


धर्मानन्द भट्टका जोर कविता

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

१) नेपालका भाषा
नेपाली,अवधी,धिमाल,पहरी,थारू,उरौ,चाम्लिङ
सन्थाली,खरिया,किसान,मगही,लिम्बू,दरै,खालिङ ।
ह्यौल्मो,भोजपुरी,दुमी,मुसलमान्,उर्दू,घले,वालिङ
माझी,लिङ्खिम,याम्फु,हायु,अरबी,छिन्ताङ,नाछीरिङ ।।

शेर्पा,बेलहरे,भुजेल,चिनिया,जोन्खा,कुकी,कूलुङ
पन्जाबी,खस,कागते,बहिङ,लाप्चा,सोनहा,थूलुङ ।
अङ्ग्रेजी,सुनुवार,आठपरिया,साङ्केतिकै,जेरुङ
हिन्दी,स्पेनिस,मैथिली,बरम,मेवाहाङ औ तीलुङ ।।

 

Continue reading


धर्मानन्द भट्टका जोर कविता

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

१) यो देश हाम्रो घर
नौ रङ्गी छ चरी हिमाल बसने बिन्ती सुरक्षा गर
रक्षा गर्न फराकिला मनहरू लौ है तराई झर ।
आमासाथ बसी सहन्छु जहिले जे दु:ख पाऊँ तर
बाँच्नैपर्छ जुगौंजुगौं खुश भई यो देश हाम्रो घर ।।

वैरी दुश्मनले म बेच्छ कि भनी मान्दै छ आत्मा डर
ए सन्तानहरू लिएर खुकुरी मै मार्छु भन्दै सर ।
आँसु लोचनका सुके बगिकनै छोरा, म चाहिन्न र !
हाँस्नैपर्छ भनी म भन्छु नि मुमा यो देश हाम्रो घर ।।

 

Continue reading