अन्धकारका ढुङ्गाहरू

Dharma, Pokhrel, धर्म पोख्रेल, pallawa, पल्लव

धर्म पोख्रेल

औँसी वा पूर्णिमा उस्तै रूप थ्यो दिन रातमा
शिशिर वा वसन्तै होस् मानेनन् दु:ख गाथमा
दुबैको लक्ष्य एकै हो सत्ता भिन्न छ अर्थमा
पुग्नेमा एउटा भिड्थ्यो अर्को टिकाउ सर्तमा ।

तिनको प्रेम बहन्थ्यो ज्योति भै तारतारमा
करेन्ट झैँ छ यो ऐले पोल्दै छ प्यार प्यारमा
आश्वासन मिठा बाँडी, लुट्थे हाम्रा सयौँ सुख
तिनै हाम्रा गुणी मित्र बन्थे, लगाउँथे चुप ।

 

Continue reading


धर्मराज उपाध्याय ‘पराशर’का मुक्तकहरूः

Dharma, Raj, Upadhyaya, Parashar, धर्मराज उपाध्याय 'पराशर' , pallawa, पल्लव

धर्मराज उपाध्याय ‘पराशर’

घर आउँदै छु भनी खबर को संग पठाउने होला,
बुवा-आमालाई यो साल पनि कसरी मनाउने होला,।
अर्को वर्ष त अवश्य जोडी बनी आउनु भनेका थिए,,
जादै छु एक्लै बायाँ काखमा कसलाई सजाउने होला,,।।

हेर मेरै खेदो खन्छौ त म के गरौँ,,
कति पाए भनी गन्छौ त म के गरौँ,।
ज्ञान दिई अघि बढाउने थिए,,,
आफैं भगवान् बन्छौ त म के गरौँ,,।।

 

Continue reading


कृषक कवि

Dharma, Pokhrel, धर्म पोख्रेल, pallawa, पल्लव

धर्म पोख्रेल

खुर्पा, गोरु, कुटोसँगै कृषकले डोको लियो हातमा
कोदालो र हलो, जुवा, हरिस यी शोभा बने काँधमा
फुर्ती मात्र छ डेग डेग उसको सेवा सबै कर्ममा
मोतीझैँ पसिना छर्‍यो जब उठ्यो भारा तिर्‍यो पर्ममा ।

नौनी निम्ति दही मथिन्छ जसरी नेती मदानी जडी
उस्तै यो जल, मृत्तिका, बिजन ली मथ्दो छ ऊ हर्घडी
कापी खेत भए, हलो कलम हो, फाली टुँडो हो अरे
पानी मात्र मसी बनेछ बलियो, त्यो सिर्जना अन्न रे ।

 

Continue reading


गोसाइँकुण्ड यात्रा वर्णन

Dharma, Pokhrel, धर्म पोख्रेल, pallawa, पल्लव

धर्म पोख्रेल

यात्रा जीवन हो हाम्रो यात्रा नै छ रमाइलो
यात्राकै पाठ पढ्नाले जिन्दगानी घमाइलो
त्यसैले तय भो यात्रा गोसाइँकुण्ड जानको
जाने रहरमा को छन् ? व्यवस्था के छ लानको ?

अस्मिता, अनिता साथै प्रतिमा लाग्दथे सुरा
उत्साही जोसिला लाग्थे विनिता र उपासना
गर्थ्यौँ जस्मिनमा शङ्का सक्लिन् कि बिचरी बरी !
मुना र विजया साना हिँड्लान् के मनकी चरी !!

 

Continue reading


चेतावनी

 

Dharma, Pokhrel, धर्म पोख्रेल, pallawa, पल्लव

धर्म पोख्रेल

घोर्ले बाघ बनेर हिंस्रक भयो छाडा छिमेकी छ यो
सुध्रेला म खुसी बनेर रहुँला भन्ने नसोचे भयो
कैले ङिच्च गरेर लुस्छ, कहिले दाह्रा निकालीकन
हामी स्याल, बन्यौँ भने मुलुकको गर्ला र को रक्षण ?

साँच्चै यो अवगाल हो मुलुकको पुर्खा लडेको कथा
मेरै भूमि छिमेकको शठ पसी गोली चला´को व्यथा
मान्छेको अधिकार कागज न हो सोध्दै छ खोज्छौ कता ?
सीमास्तम्भ सरेर नागरिकता सोध्दै छ को को कता ?

 

Continue reading


मेरो देश हो नेपाल

Dharma, Singh,धर्म सिं, pallawa,पल्लव

धर्म सिं

हिमाल पहाड तराईले, यो भूमीलाई ढाकेको
विविधतामा एकता छ, हामी सबैलाई राखेको
भृकुटी र सीता जन्मे, यहि धर्तीको माटोमा
बुद्ध पनि यहि नै जन्मे, हिंडौ ज्ञानको बाटोमा ।

मुटु भन्दा पनि प्यारो, यो छाती छ विशाल
भूगोलको मानचित्रमा, मेरो देश हो नेपाल
गण्डकी र कर्णाली, मेची कोशी महाकाली
बहेली खेल्दै बग्छिन्, सुसेलीको भाका हाली।

 

Continue reading


गजल

Dharma, Raj, Devkota, निर्दोष, pallawa

धर्मराज देवकोटा निर्दोष

जूनकिरीको उज्यालोमा, बिताउँछु आजको रात ।
झ्याऊकिरीको संगीतमा, गित गाउँछु आजको रात ।

आमा बा लाई छलेर बल्ल बाहिर निस्किएको ,
नभन्नु है कसैलाई ,म आउँछु आजको रात ।

 

Continue reading


गजल

Dharma, Raj, Devkota, निर्दोष, pallawa

धर्मराज देवकोटा निर्दोष

तिम्रो याद नआउन्जेल सञ्चै थिए म ।
त्यो यादले नसताउन्जेल सञ्चै थिए म ।

पिडा भुल्न बियोगको मैले हरेक साँझ,
एक एक प्याक नलाउन्जेल सञ्चै थिए म ।

Continue reading


गजल

डी.आर. निर्दोष

सस्तो लोकप्रियताको खोल छैन सरकार ।
के गर्ने ? बजारमा पेट्रोल छैन सरकार ।

जताततै सरकारको बिरोधमात्र सुनिन्छ,
अब समर्थनमा कुनै टोल छैन सरकार ।

Continue reading


गजल

Dharma, Raj, Syangtan, तामाङ, Tamang

धर्मराज स्याङ्तान तामाङ

भएन, अब म आफै यो गाँउको बिकास गर्छु ।
कहाँ कहाँ छन् भ्रष्ट नेता खोजतलास गर्छु ।

कहिलेसम्म लुकिछिपी गरिरहन्छौ कालोधन्दा ?
होशियार अब म त्यो कुकामको पर्दाफास गर्छु ।

Continue reading


गजल

Dharma, Raj, Syangtan, तामाङ, Tamang

धर्मराज स्याङ्तान तामाङ

को कसले भन्यो मात्र राजनीतिक दलले राजनीति गर्छ –
सम्झ अब फूलले राजनीति गर्छ फलले राजनीति गर्छ

हामी सबैले एकदिन देख्ने छौँ जनासागर उर्लेको सडकमा
जब  झुप्रो र  टहारा भत्काएर महलले  राजनीति गर्छ

Continue reading


नेपाली सांस्कृतिक प्रतिनिधिमण्डलको चीन भ्रमण

ज.के. धर्मराज थापा

 चित्तधर हृदय
-नेपालका राजकुमारी भृकुटी तथा विभूति कलाकार अरनिकोद्वारा तेर्‍हौँ शताब्दीमा नेपाल र चीनबीच स्थापित राजनीतिक वैवाहिक, सांस्कृतिक, धार्मिक सम्बन्धलाई अरू बढी प्रगाढ र मजबुत बनाउन वि.सं. २०१३ सालमा नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापित भयो । त्यस सम्बन्धलाई सांस्कृतिक रूपले पनि अझ सुदृढ एवं दरिलो पार्न सोही वर्ष प्रजा परिषद्का अध्यक्ष, प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको मन्त्रिमण्डलका शिक्षामन्त्री बालकृष्ण शर्मा -इतिहासकार, नेपालको ऐतिहासिक रूपरेखाका लेखक) को नेतृत्वमा १५ सदस्यीय सांस्कृतिक प्रतिनिधिमण्डलले मित्र राष्ट्र चीनको भ्रमण गर्‍यो ।

Continue reading


गजल

धुर्म प्रधान ‘अकिञ्चन’

झूटो माया लाउने भए नलाएकै जाती थियो
फूल फुलेर झर्ने भए नफुलेकै जाती थियो ।

 बालुवाको समुद्रमा मृगतृष्णा जागिरह्यो
 तलतलमा बाँच्नुभन्दा नदेखेकै जाती थियो । Continue reading


देवयानी अप्सरालाई

Dharma Raj Thapa

धर्मराज थापा

धर्मराज थापा

तिम्रो प्राणनाथ छैन आज मत्र्य लोकमा,
बादलको पर्दा खोली गयो स्वर्ग–लोकमा !
तिमीलाई जस्तो चोट कल्लाई पर्यो होला ?
अर्को जनम् भेट् होइजाला उस्को सुन्दर चोला ।।

Continue reading