काकाका काइदाका कुरा

Bhim, Khatiwada, Dharan,डा. भीम खतिवडा, pallawa, पल्लव

,डा. भीम खतिवडा

अझै पनि सरकारको आश छ काकालाई । पासपोर्ट बनाउन बन्द गरेर, विदेशिएका सबै युवायुवतीहरूलाई नेपालमै कामको प्रबन्ध गरोस् सरकारले । सामन्तहरूले स्वास्नी, साला र कुकुरका नाममा राखेका खेतीयोग्य जमिन जति थुतेर सबै नागरिकलाई बाँडिदेओस् । खेतीको जग्गामा प्लटिङको जादु तुरुन्त बन्द गरिहालोस् । विदेशमा रहेका एनआरएन नेपाली बन्धुहरू र विदेशी लगानीकर्ताहरूलाई खरबौं लगानी गर्न र विभिन्न उद्योगधन्दा खोल्न तथा विजुली उत्पादनको लहर ल्याउन तत्काल नेपाल सरकारले आह्वान गरोस् ।

 

Continue reading


गजल

Bhim, Khatiwada, Dharan,डा. भीम खतिवडा, pallawa, पल्लव

,डा. भीम खतिवडा

किनार मातिएछ वा सुखा बगर खराब हो
उजाड मन बतासियो कि वा नजर खराब हो

नहाँस भन्छ, सापटी लिएर बाँच भन्छ ऊ
म गाउँ, राति चम्किने कि ऊ सहर खराब हो

स्वभाव भो कमाउने, रमाउने, जमाउने
प्रभाव लोभको परे सबै असर खराब हो

मुसुक्क मुस्कुराउँदै विषाक्त पेयले भन्यो
जसोजसो भन्यो उसै गर्यौ सदर खराब हो

ढलेँ, ढल्यौ तिमी पनि प्रसुप्त चेतना उठ्यो
चलेछ बातको हुरी चल्यो खबर खराब हो


बाकसको घाउ

Bhim, Khatiwada, Dharan,डा. भीम खतिवडा, pallawa, पल्लव

,डा. भीम खतिवडा

को भन्दिन्छ हुँदैन टिप्न सजिलो पैसा मरूभूमिमा
भोग्नेका गहमा अनन्त बहका गाथा कठै दारुण
आमा-बासँग भन्दिऊँ कि नभनौँ कालो भयो यो दिन
आयो बाकसमा अनन्त सपना छोपेर छोरो किन?

बाआमा! म दिनेछु सौख अब ता गर्नेछु सेवा सधैँ
भन्नेछन् सब- “पुत्र भैकन अहा! बन्नू ठुलोबाबुझैँ”
मौनी छौ किन दौँतरी खबरले पाइन्न कल्पी रुन
आयो बाकसमा विदीर्ण सपना रोपेर साथी किन ?

 

Continue reading


प्रिय काजी प्रवासी!

Bhim, Khatiwada, Dharan,डा. भीम खतिवडा, pallawa, पल्लव

,डा. भीम खतिवडा

केशले मात्र हुँदैन सम्पूर्णता,
उमेरले मात्र पाक्दैन मान्छे,
कर्मले, अनुभवले हो नि!
हातका रेखा पर्खेर,
भाग्य बन्दैन बाबू!
नङ नफुलेसम्म नयाँ लुगा,
कहाँ पाइन्थ्यो र!
तिमी धीर छौ, बुझ्छौ,
लाखौँ अनुहारका तिम्रा लागि,
कसैको सपना हराउँदैछ अझै,
मान्छेहरूले धारे हात लाउन लागेको,
देखिरहेछौ,
यो मेलामा इमानदारहरू पनि छन्
पर्ख है त केही समय !

 

Continue reading


तारा खत्री का केही मुक्तकहरूः

Tara, Khatri, Khtree, Dharan, तारा खत्री, pallawa, पल्लव

तारा खत्री

मिरमिरेको किरण सङ्ग हजुर ऊदाउन
भगवानमा पुकार मेरो हजुर जुराउन ।
खै! भावीले के लेखेछ जान्ने शक्ति छैन
मेरो इच्छा यो मुटुमा हजुर कुदाउन ।।

जता गयो उतै शुद्ध गङ्गाजीको पानी
गङ्गाजलले स्नानगर्ने बसेको छ बानी ।
गङ्गा जस्तै सुसाउँदै छ, जवानीको बैँश
सुकाएरै बित्ने भयो मेरो जिन्दगानी ।।

 

Continue reading


तारा खत्रीका केही मुक्तकरूः

Tara, Khatri, Khtree, Dharan, तारा खत्री, pallawa, पल्लव

तारा खत्री

साह्रै फराकिलो छ भन्थे, सन्सार साँघुरो देखेँ
चौतर्फी भौगोलिकतामा जेजे देखेँ त्यही लेखेँ ।
मेरो कलिलो उमेर अनि बर्षादी अँधेरी रात
निराश, अनकन्टार माटोमा खै कसरी टेकेँ ।

निशब्ध भै सोचीरहेछु दुख–कष्टले नै मर्ने भएँ
अल्लारे, अन्जान उमेरमैँ कालको पास पर्ने भएँ ।
इलम विनाको ब्यर्थ जीवन बाच्नुको के अर्थ छ ?
रोजगार विनाले गर्दानै स्वयम स्मशान सर्ने भएँ ।

 

Continue reading


तारा खत्रीका मुक्तकहरूः

Tara, Khatri, Khtree, Dharan, तारा खत्री, pallawa, पल्लव

तारा खत्री

बोल्न खोज्छु बोल्न सकिन
मनका कुरा खोल्न सकिन ।
खोर्इ अनायासै किन हो मैले
कसैको नि खुट्टा मोल्न सकिन ।।

जता उज्यालो उतै घमाइलो
बाचुन्जेल त गरौ रमाइलो ।
फुल झैँ वैलिएर झर्नै पर्छ
अनि भन्छ कालले समाइलो ।

 

Continue reading


प्रा.डा. भिम खतिवडाका केही मुक्तकीय टुक्राहरूः

Bhim, Khatiwada, Dharan,डा. भीम खतिवडा, pallawa, पल्लव

डा. भीम खतिवडा

आमाको ममता भुलेर धनमा चुर्लुम्म डुब्ने मन
आमाका सपना मिचेर बलले स्वार्थी हुँदै दिन्दिन
हाँस्ने सन्तति, मातृ-अश्रुरहमा कैल्यै नहूँ पौरने
माता-तीर्थ पवित्र देव हुनुको सौभाग्य पाऊँ सधैँ ।

समयका पदचापहरू सँगै
रहरका तह शान्त रहे सधैं,
शिशिर, हेम र ग्रीष्महरू गए
लहरबद्ध, वसन्त छ मौनझैं ।

 

Continue reading


डा.भीम खतिवडा का केही टुक्राहरूः

Bhim, Khatiwada, Dharan,डा. भीम खतिवडा, pallawa, पल्लव

,डा. भीम खतिवडा

आमाको ममता भुलेर धनमा चुर्लुम्म डुब्ने मन
आमाका सपना मिचेर बलले स्वार्थी हुँदै दिन्दिन
हाँस्ने सन्तति, मातृ-अश्रुरहमा कैल्यै नहूँ पौरने
माता-तीर्थ पवित्र देव हुनुको सौभाग्य पाऊँ सधैँ ।

भुलाएर सारा, कुराएर धेरै
चिनायौ मलाई रँगाई सबेरै,
सुनौला बिहानी कहाँ भेटिएला
बिसायो गुनासो रहरले मनेरै ।

 

Continue reading


स्वाभिमानको सगरमाथा!

Bhim, Khatiwada, Dharan, भीम खतिवडा, pallawa, पल्लव

भीम खतिवडा

स्वाभिमानको सगरमाथा!
बधाई नेपाली युवा खेलाडीहरू!
बधाई लात्तेभकुन्डोका महारथीहरू!
तिनका बोलीको मीठो,

व्यवहारको रुखोपन,
साँध र बाँधको हस्तक्षेप,
हाम्रो सानो शरीरमाथि,
माटो र पानीको बलात्कार,
सहेर नेपाल आमा,
शदियौँदेखि,
रोइरहिन्/
तिनका स्वार्थको घोडा नबन्दा,–

 

Continue reading


१७ अक्षेरीय गजल

Sadhana, dharan, साधना ,pallawa , पल्लव

साधना

आँट गरेर अब तिमीले खवर पठाए हुन्छ
आउनेछु सक्छौ भने मलाई भगाए हुन्छ ।

दुःखसुखमा साथ दिनेछु बरु धोका नहोस्
अबसधैँ म तिम्रै हुनेछु आफ्नो बनाए हुन्छ ।

मारे पाप पाले पुण्य जे गरे पनि हजुरकै
वेहुली बनाएर आज मलाई सजाए हुन्छ ।

 

Continue reading