गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

म रोएको बेला हसाँयौ तिमीले
थिए जाँदै टाढा बोलायौ तिमीले

माया गर्छु भनि खाई झुट्टो कसम
र मलाई बेहाल बनायौ तिमीले

तिम्रो नजरमा बनाएर पागल
र पागलखानामै पठायौ तिमीले

Continue reading

गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

देशको माया दिल भित्र,सजाएको आभास हुन्छ
चारै तिर राष्ट्रिय गीत, गाएको आभास हुन्छ ।

जहाँ जान्छौ जाउँ तर, आफ्नो ईमान नबेच्नु
आमा छेउमा बसी मन,दुखाएको आभास हुन्छ ।

ढाका टोपी दौरा सुरुवाल,कालो स्टकोटमा सधै
नेपालको झण्डा हातमा,समाएको आभास हुन्छ ।

Continue reading

गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

तिम्रो मुहार चन्द्रमा झै झल्किदियो हेर
छाती भित्र तिम्रो तस्बिर टल्किदियो हेर ।

तिमीलाई पाउन जताततै खोज्दै हिडे पनि
मलाई छोडी अन्तै माया ढल्किदियो हेर ।

तिम्रो मेरो चोखो माया कती गाढा थियो
त्यही मायामा आज आगो सल्किदियो हेर ।

Continue reading

‘शिखर चुम्ने सपनाहरू’

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

‘शिखर चुम्ने सपनाहरू’
म नेपाल आमाको छोरी हुँ
कहिले हिमालको चुचुरोबाट
चिप्लेटी खेल्दै
कहिले सुख्खा मरुभुमी
बगरमा हराईरहेकी छु ।
हो म त्यही छोरी हुँ
जहाँ समुन्द्रको किनारबाट
आफ्ना सपनाहरू
नियाली रहेछु ।

Continue reading

गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

हाम्रो बिश्वासको नाता, तोडिन्छ कि डर लाग्छ्
मैले दिएको चोखो माया, खोसिन्छ कि डर लाग्छ !

तिम्रै लागी बसेकी छु चोखो माया सम्हालेर
भेट्न नपाई ढुकढुकी, रोकिन्छ कि डर लाग्छ !

सधै भरी तिम्रो माया यो मुटुमा सजाउँथे
त्यही माया तराजुमा, जोखिन्छ कि डर लाग्छ !

Continue reading

गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

सानो झुपडीमा मायाको,बास हुनसक्छ
भोक लाग्दा खाने ढिडोको,गास हुनसक्छ !

मेरो माया बुझेनौ जती टाढिदै जान्छौ जाउ
तर एक दिन सगै बसेको,आभास हुनसक्छ !

महलमा जन्मिएर फुरूक्क हुन नखोज प्रिय
महलमै माया उडाउने, बतास हुनसक्छ !

Continue reading

गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

तिमीले उग्रपात मचायौ हतियार बनेर
देशद्रोहीको नाममा आफु मतियार बनेर ।

तिमी उठ्नु पर्छ अब केहि गर्न यो देशमा
भ्रस्ट घुस्याहा निर्मुल पार अख्तियार बनेर ।

भाइ–भाइको झगडा हुन थालो यो देशमा
वारी–पारी भएका छौ तिमी अंसियार बनेर ।

Continue reading

गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

(१७ अक्षरीय)
मलाई चोट लाग्दा आँसु, चुहाउँने गर्‍यौ आमा
मेरो हार हुदाँ जहिल्यै जिताउँने गर्‍यौ आमा !

जस्तो वाधा प्रवेश हुँदा समधान गर्थ्यौ तिमी
आफैँ दुखेर सधै मलाई, हँसाउने गर्‍यौ आमा !

दुख गरि भारी बोकी दुई चार पैसा कमार्इ
पढ्नलार्इ शहर तिर, पठाउँने गर्‍यौ आमा !

Continue reading

‘मेरो सुन्दर हराभरा काठमाडौं शहरको बाटो’

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

पहिलो कबिता सुझाब पाउँने आसामा पोष्ट गरे
कस्तो अचम्मको
काठमाडौं शहरको बाटो
कहिले भत्किन्छ
त कहिले सप्रिन्छ !
हो म त्यही बाटो त्यही शहर हेर्दैछु
आमा दुइ हजार पैसा दिनुहोस्
अझै चारैतिरको बाटो हेर्नू छ
कस्तो रहेछ काठमाडौंको बाटो राम्ररी हेर्नू छ
एकटक लाएर हेर्नु छ !
गाउँका उकाली ओराली बाटोहरू छोडेर्,
यही काठमाडौं शहरको बाटोमा हिडिरहेकोछु,
आमा यस्तोलाई पनि बिकास भएको भन्दा रहेछन !

Continue reading

गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

भन तिमी कुन सफरमा हिडिरहेका छौ ?
कहाँ क–कसको नजरमा हिडिरहेका छौ ?

तिमीले समाजमा केहि गरेर देखाउनु पर्थो
तर तिमी भने कुन बगरमा हिडिरहेका छौ ?

तिमीले कयौ सपना सजाएका थियौ होला
त्यसैले त तिमी कुन रहरमा हिडिरहेका छौ ?

Continue reading

गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

सुख खोज्दै काम नगरी बस्न नखोज !
जन्म भुमी छोडि बिदेश पस्न नखोज !

दिएका छन भगवानले यती राम्रो रुप
मुख भरी क्रीम पाउडर घस्न नखोज !

हेलो हाई साथी सग्गी मेलमिलाप गर्दा
ठुलो सपना देखाउँलान फस्न नखोज !

Continue reading

गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

गरीवको झुपडी त्यो बार्नु आफैँ
खाइ साग–सिस्नु छाक टार्नु आफैँ ।

नेपाली चेली बेच्ने बिदेशी साथ
तुच्छ त्यो दलालीलार्इ मार्नु आफैँ ।

गरीवी घट्न उधोग गर्नु पर्छ
अब व्यवसाय अघी सार्नु आफैँ ।

Continue reading

गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

आशिर्बाद दिनु आमा, बाबा शीर झुकाउँछु
मेहनत गरी सबै साहुको ऋण चुकाउँछु ।

दुःख गर्दै जाँदा आमा आँसु निक झरेहोला
अब तल झर्ने छैन आँखा भित्रै सुकाउँछु ।

जन्मेपछी समाजमा केहि गर्ने आँट गरी
जान्ने छैनन् दुनियाले हृदयमै लुकाउँछु ।

Continue reading

गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

यादहरू पठाउँछन मानवहरू यसै गरी
कहिले इमेलमा कहिले च्याटमा घरिघरी ।

शहरमा चिन्या छैन कसैलाई टाढा बस्ने म
फेसबुकमा किन पठाउँछन अनुरोध मरिमरी ।

नचाहिँदा कुराहरू ब्यर्थ नै किन पठाउँछन्
अन्जानमा नै मायाका भण्डारहरू फेरिफेरी ।

Continue reading

गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

मन मेरो रुनु भित्र, चोटहरू धेरै थिए
मेरो हॉसो रोकी दिने, ओठहरू धेरै थिए ।

हासुँ भन्छु जिन्दगीमा, हासो छैन कतै मेरो
आफ्नो हॉसो लुकाउने, खोटहरू धरै थिए ।

शान्तिखोज्दै माथीपुग्ने सपनामा चोट पुग्यो
सपना नै मेटाउने अठोटहरू धेरै थिए ।

Continue reading

गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

१५ अक्षरीय 
तिमीलाई भेट्न माखेसाग्लो तोडेर आएँ
तिम्रो लागि घर परिवार छोडेर आएँ ।

तिमी भन मलाई चाहान्छौ कि चाहादैनौ
तिम्रो माया बुझ्नलाई बाटो मोडेर आएँ ।

कस्तो हो यो माया थाहा नपार्इ लगाएछु
तिम्रो माया पाउन पत्थर फोडेर आएँ ।

Continue reading

ग़रीव जनता

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

गरिव दुखी निमुखा जनता हेर्छन्, माथी जुनतिर्
बस्छन् कोही रुँदै यस धर्तिमा, आकासको मुनतिर ।
आउ हात समाउँदै अघि बढ, आफ्नै देश नेपालमा
खाली खुट्टा भोको पेट जनता, हिड्छन जोगिको भेषमा ।।

महगीले ढाड सेकी सक्यो अवता, ती दुखी जनताको
तलब भत्ता बढ्न थालो खुरु खुरु, भ्रस्टचारी नेताको ।
दसै नग्ग्रा खियाइ पसिना यो, बगाइ रातो–दिन यहाँ
गरीवको रगतमा होली खेली, रमार्इ बस्छन् कुर्सिमा ।।

Continue reading

तिहार

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

बर्ष दिनको रमाइलो चाड तिहार आयो
चारैतिर झिलिमिली आहा कती रमाइलो
आउ साथी सङ्गीहरू हो तिहारमा रमाऊँ
देउसी भैलो खेलेर चाड तिहार मनाऊँ ||

ढकमक फुलेकाछन् गोदावारी मखमली
सयपत्री फूलको गुच्छा आँखामा छ झल्झली
उनेर राख्छु फूलमाला आउँनु दाजु तिहारमा
सप्तरग्गी टीकाले सजार्इ दिन्छु निधारमा ||

Continue reading

धनी चाहिदैन मलाई

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

धनी चाहिदैन मलाई
गरीब भए हुन्छ
आपत बिपत चाहिदैन
सन्तोस भए पुग्छ
धेरै बस्त्र चाहिदैन मलाई
लाज छोप्ने भए हुन्छ
धेरै खान चाहिदैन मलाई
भोक मेटाउन पाए हुन्छ
जुत्ता चपल चाहिदैन मलाई
खाली हिड्न पाए हुन्छ
सुख चाहिदैन मलाई
काम गर्न पाए हुन्छ .

Continue reading

मातृभूमी विशाल छ !!

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

देखेर हुन्न सब थोक यहाँ लेखेको पाइन्छ !
मागेर पाउन्न कुनै चिज यहाँ मेहनत चाहिन्छ !
गर्नु पर्दछ काम सबैले हाम्रै नेपाल देशमा !
नेपाली जहाँ पुगे पनि गर्छ दुख परदेशमा !

खियाउ नग्ग्रा पाखामा बगाउ पसिना नेपालमा
मेहनत गरी सुन फलाउ घर–परिवारको साथमा !
केखायौ केलायौ केभयो भनी कस्लेसोध्ने विदेशमा !
जति दुख वेदना भएपनि रमाउनु पर्दछ स्वदेशमा !

Continue reading