सदैव उत्साह छाईरहोस !

Hari, Dhakal, हरि ढकाल, pallawa, पल्लव

हरि ढकाल

आहौ ! क्या छ फुलेर मोहक खुबै, देखिन्छ रम्यै त है ।
राताम्यै छ गुराँसले नि खुबनै, पाखा पखेरा त है ।
नौला अङ्कुर पालुवा वनभरी, रातै र सेतै छ है ।
भो प्रारम्भ वसन्त ऋतुसित नै, वर्षै नयाँ यै त है ।

यो छेहत्तर साल मोह रसले, भै पूर्ण आयो घुमी ।
त्यो बोकेर वसन्तकै नवरसै, टुप्लुप्प आयो घुमी ।
वर्षै यो खुब स्वस्थ बनेर सब त्यो, देहै निरोगी बनोस् ।
पाएरै सुख शान्ति वर्ष सबकै, उत्कृष्ट ज्यादै बनोस् ।

 

Continue reading


चिरञ्जीवि ढकालका जोर गीतः

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गीत- १, “धन हुनेलाई धनकै पीर”
धन हुनेलाई धनकै पीर,मन हुनेलाई मन्को!
हुर्किएकी वैँशालुलाई, पीरती कै रन्को!!

कता कता खै किन हो,खुल्दुल खुल्दुल हुन्छ?
त्यसै त्यसै मन मेरो ,चुल्बुल चुल्बुल हुन्छ!!
अौडाहा भै भित्र भित्रै, पोल्न थाल्छ तन!
किन यस्तो हुन्छ होला, लौन कोही भन?

धन हुनेलाई………………………………..!
हुर्किएकी………………………………….!!

 

Continue reading


‘प्रेमको चङ्गा’

Viplav, Dhakal, विप्लव ढकाल, pallawa, पल्लव, Dhakal

विप्लव ढकाल

अब स्पष्ट हुनु जरुरी छ—
के गर्दै छन् उनीहरू ?

तपाईँ माउसुली बनेर
बिस्तारै सिलिङमा उक्लिनुहोस्
र तल हेर्नुहोस्—
एउटै ओछ्यानमा सुतेर
के गर्दै छन् उनीहरू ?

अब स्पष्ट हुनु जरुरी छ—
घरका सारा बत्तीहरू निभाएर
यो अन्धकार धरतीभित्र
के गर्दै छन् उनीहरू ?

 

Continue reading


चिरञ्जीवि ढका का २९ गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल- १,
जागिरै खानु छ भने,नापी या मालको हजुर।
रुपैयाँ त यस्तो लाग्छ,पात हो सालको हजुर।

नेट चलाउन रेट मिल्नु पर्छ, ईसारा बाट,
होइन भने आसै नगर्नुस, चालको हजुर।

आज अर्कैछ भोलि,अर्कै बनेर निष्कन्छ नक्सा,
कुरा गरि साध्य छैन, नापीको तालको हजुर।

 

Continue reading


चिरञ्जीविका जोर गीत

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गीत- १,
(ढली गइन पिपलु त)
ढली गइन पिपलु त, एक्लो भयो बर !
यो बर को मन बुझाउने, अब को नै छ र ?

पूर्वे आँधी उनी छेक्थिन,
पश्चिमे चल्दा मैले!
एक अर्काको भर थियो,
दुख पर्दा जहिले !!
सम्झी सम्झी पिपलुलाई, मर्ने भयो डर !
यो बर को मन बुझाउने, अब को नै छ र ?

 

Continue reading


चिरञ्जीवी ढकाल का सत्र गजलः

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल-१
बन्दुक होइन कलम, समाउने कुरा गर।
आमाको घाऊमा मलम,लगाउने कुरा गर।

आँफुले त गरेनौ ,देश नै वर्वाद गरिदियौ,
कम्से कम गर्नेलाई त, सगाउने कुरा गर।

रिस राग लोभ लालचले,द्वोयष जन्माउँछ,
त्यसमा फँसेको आत्मालाई,जगाउने कुरा गर।

 

Continue reading


चिरञ्जीवी ढकाल का नौ गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल-१,
पद्वी थमाउनु को केही त, सार होस।
सम्मानका खातिर, कुनै आधार होस।

त्यस्तो पनि के जिन्दगी, गुण बिनाको,
बाँचेर केवल पृथ्वीलाई, भार होस।

माली त्यस्तो पालेर,के अर्थ होला र खै?
जब बगैँचामा, फूल मास्ने झार होस।

 

Continue reading


“उदाउन् देऊ जुन तिमी”

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

उदाउन् देऊ जुन तिमी !
चम्कि हाल्छन ताराहरू !!
सुस्त सुस्त हट्दै जान्छन !
जीवनका अप्ठ्याराहरू !!

नेदेखाउनु आँसु कहिल्यै !
मुस्काउनु तिमी जहिल्यै !!
आँट गरे चट्टान फुट्छ !
बग्न थाल्छन धाराहरू !!

 

Continue reading


चिरञ्जीवी ढकाल १० गजलहरूः

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल-१
कतै गाँस बनेर गयो, कतै तास बनेर गयो ।
सम्पन्न कै घर घरमा दशैँ, खास बनेर गयो ।

न नुन,जिरा, तेल छ, न त कुनै किनमेल नै छ,
दुखीको घरमा मात्रै, आँसुको रास बनेर गयो ।

दशैकोलागि पालेको खसी,कर तिर्न बेच्नु प-यो,
गरीबको लागि अर्को ऋणको,भास बनेर गयो ।

 

Continue reading


चिरञ्जीवि ढकाल का तीन गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल-१
उता हल्ला छ नाका बन्दीको, यता अरिङ्गाल को।
बद्लिएन छानो उस्तै छ रूप, फाटेको पाल को।

सास फेर्नै गाह्रो भा छ, बजार भाउ बौलाएर,
किनी सक्नु छैन मूल्य ,बढेर हरेक माल को।

आफ्नै बन्दोबस्तीमा ,व्यस्त भएकोछ सरकार,
खबर लिने फुर्सद छैन, जनताको हाल को।

 

Continue reading


चिरञ्जीवि ढकालका चार गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल- १,
चलाए सी आँधी हुरी,के अनौठो हुने छ र?
बढ्ला थोरै मजवुरी, के अनौठो हुने छ र?

तिम्रो हाम्रो भावनाको ,रङै फरक भए सी,
बढेपनि अब दूरी, के अनौठो हुने छ र?

लगाउनु हिरा मोती, इमान बेचेर तिमी,
म बेचौँला पानी पुरी,के अनौठो हुने छ र?

 

Continue reading


चिरञ्जीवि ढकालका दुइ टुक्रा

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

१) “के हुन्छ जान?”
पाउने नहस्क, गुमाउने नझस्क!
बिचरा जनतालाई,पारी चसक्क!!
दिएकाछन मान,पाएकाछौ सान!
बदलिए भाव अनि,के हुन्छ जान?

नबन दैंत्य बरु,सक्छौ बन काली!
बदलेर रुप, नबनी देऊ जाली!!
फोडी देऊ ताला,खोली देउन ढोका!
छरिन देऊ बरु, पवनको झोका!!

 

Continue reading


के घोलेर गयौ तिमी

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

के घोलेर गयौ तिमी, बसमै छैन मन?
गाह्रो भयो सम्हाल्नलाई, ए ! निष्टुरी भन?

सल्लेरीको सल्ला घारी, सुसाए झैँ गर्छ!
कैले हाँस्छ मरीमरी, कैले मूर्छा पर्छ!!
आज भोलि भन्दाभन्दै, बिते धेरै दिन!
ए! निष्टुरी सम्झिएर, आउँदैनौ किन ?

 

Continue reading


कलधारामा पानी आयो !!

Viplav, Dhakal, विप्लव ढकाल, pallawa, पल्लव, Dhakal

विप्लव ढकाल

मध्यरातमा
अनौठो हाहाकार सुनिन्छ सहरमा !

ए जोगिन्दर ! ए मिस्रीमाया !
ए लोप्साङ ! ए धौलेका बाउ !
सपनाहरूलाई ओछ्यानमै छाडेर
ब्यूँझ अब यो कालनदीको निद्राबाट !
बोक बाल्टिनहरू, गाग्रीहरू, जर्किनहरू !
प्लास्टिकका बाटा, बोतल र गिलासहरू !
जीवनका सबै रित्ता भाँडाहरू बोक
र चाँडो निस्क बाहिर !

 

Continue reading


चिरञ्जीवि ढकालका चाैधवटा गजलः

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

१) गजल
ढल्न देऊ यार, ढल्नेहरूलाई।
नुन छर्की आँफै, गल्नेहरूलाई।

कसैको केही,लाग्दै लाग्दैन साथी,
जानी जानी आँखा, छल्नेहरूलाई।

धरहरा बनाउन, काँ सकिन्छ?
ती अरुका पाऊ, मल्नेहरू लाई।

 

Continue reading


चिरञ्जिवी ढकालका आधा दर्जन गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल- १,
सानो छँदा समाएर, डो-याएको हात देऊ।
हिजो बाचा गरे जस्तै, आऊ आज साथ देऊ।

अबोध त्यो चेतनाले, सुम्पेको थेँ तिमीलाई,
कस्तो भयो हुर्केपछि, पीरतीको जात देऊ।

धेरै थिए भन्ने कुरा, एकान्तमा बस्न पाए,
मिल्छ भने मेरो लागि, आज तिम्रो रात देऊ।

 

Continue reading


चिरञ्जीविका जोर गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल- १,
बिर्सनै नसकिने त्यो, रात थियो,
सुनी नअघाउने त्यो, बात थियो।

ठ्याक्कै यही हो नि, भन्न सक्दिन थेँ,
कता कता अनौठो त्यो, जात थियो।

कोठा एक म एक, अनि उ एक,
बाहिर मुसल्धारे, बर्षात थियो।

 

Continue reading


चिरञ्जिवी ढकालका जोर गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल- १,
यो मनले झैँ उन्को मनले, कल्पे पनि हुन्थ्यो।
कै ले काहीं त त्यो मन यता,ढल्के पनि हुन्थ्यो।

किन हो खै भेट हुँदा नि, रिसाएकै भान हुन्छ?
ती नजरमा मधुर मायाँ, झल्के पनि हुन्थ्यो।

घाम चर्केर गर्मी याममा, तिर्खाउँदा गला,
कल्कल बगेर तिर्खामेट्न, पल्के पनि हुन्थ्यो।

 

Continue reading


चिरञ्जीवि ढकाल का जोर गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल- १,
सकिएन छेक्न बाटो ,छेक्न गाह्रो भयो,
हेर्दाहेर्दै टाढा भयौ, देख्न गाह्रो भयो ।

तिम्रो यात्रा एकोरो भो, नफर्किने गरी,
डोब छोड्यौ मझेरीमा, मेट्न गाह्रो भयो।

जता हेर्छु चुपुर्कोमा, तिम्रै याद भेट्छु,
थाहा हुदाहुदै पनि, फेक्न गाह्रो भयो ।

 

Continue reading


शुसिला ढकाल अधिकारी का चार गजल

Susila, Dhakal, Adhikari, शुसिला ढकाल अधिकारी, pallawa, पल्लव

शुसिला ढकाल अधिकारी

गजल– १,
दु:ख गरि गरी मैले कमाउनु छैन
मलाई कसैको हात समाउनु छैन।।

आफ्नो यौवन नि अरूसँग साटी साटी
यो स्वार्थी दुनिया भित्र रमाउनु छैन ।।

जिन्दगी देखी धेरै दिक्क लागेको बेला
आफ्नो घरबार पनि जमाउनु छैन।।

 

Continue reading