गजल

Bishnu, Devkota, Tiwari, Usha, विष्णु देवकोटा (तिवारी) ‘उषा’ pallawa, पल्लव

विष्णु देवकोटा (तिवारी) ‘उषा’

निषेधित क्षेत्र भीत्र छिरेर गल्ति गर्यौ ।
जता मन लाग्यो उता हिडेर गल्ति गर्यौ ।

संसार स्वर्ग बन्छ मया प्रेम विश्वासले,
तेही विश्वास को गला चिरेर गल्ति गर्यौ ।

स्वाभिमानी शीर उठाइ जिउनु पो जिन्दगी,
अहमको खोक्रो झोला भिरेर गल्ति गर्यौ ।

 

Continue reading


सिद्धार्थ देवकोटा जिन्दगी का जोर गजल

Shiddarth, Devkota, Jindagi, शिद्धार्थ देवकोटा ‘जिन्दगी’, pallawa.पल्लव

शिद्धार्थ देवकोटा ‘जिन्दगी’

गजल–१,
आयो गयो दशैको माहोल खास थिएन,
ज्याला गरेर पुग्दैन्थो ठिक्क गास थिएन।

पक्कै केही भएको होला रुदैछिन प्रिया,
नाडी समाउदै आगनका छेउ सास थिएन।।

फाटेर खेर जाने जाले रुमाल त्यहीँ ,
चल्यो बतास टाढा लग्यो त आस थिएन।।।

 

Continue reading


‘अहमको पराकाष्ठा’

Bishnu,  Devkota, Tiwari, Usha,  विष्णु देवकोटा (तिवारी) ‘उषा’  pallawa, पल्लव

विष्णु  तिवारी ‘उषा’

मौनता लतपतिएको मुहारमा
एक्कासी मुस्कान जस्तै चमक ल्याउने
अभिनय गर भन्यो मैले गरें
जबर्जस्ती ठोसिएका
आगो जस्तै ताता वचनहरू
बारुदसँगै सल्कन नपाउँदै
एक्कासी मानसपटलमा
सहनशीला सुशीलाको बोक्रे तक्मा भिरायौ
मैले भिरे
तिम्रा कुकर्महरूको
पर्दा झुण्डिरहोस भन्ने हेतुले
बाध्यता र विवशताको चर्को झोल
अमृत सरह घुटकी लगाउँ भन्यौ–

 

Continue reading


गजल

Sujata, Devkota,सुजाता देवकोटा, pallawa,पल्लव

सुजाता देवकोटा,

तड्पिरहन्छु राती तिमी पर भइदिदा
दुख्छ यो मेरो छाती तिमी पर भइदिदा।

को होला मेरो आखिर तिमी बिरानो भए
लाग्दैन कोही जाति तिमी पर भइदिदा ।

सँगै जिउने मर्ने, कसम खाएको हिजो
विगत् राखेर थाती तिमी पर भइदिदा ।

 

Continue reading


हिन्दी ग़ज़ल

Bishnu,  Devkota, Tiwari, Usha,  विष्णु देवकोटा (तिवारी) ‘उषा’  pallawa, पल्लव

विष्णु देवकोटा (तिवारी) ‘उषा’

कहीं पर ठिकाना कहीं घर हमारा।
कहीं पर गुज़ारा मुक़द्दर हमारा।

कड़ी धूप में जो बढ़ी प्यास दिल की
लगा दूर हरदम समंदर हमारा।

बदी की चली ज़िक्र जब अंजुमन में
झुका जिल्लतों से रहा सर हमारा।

 

Continue reading


देवकोटा सविता समदृष्टि का केही मुक्तकहरूः

Sabita, Devkota, Samadristi, सविता देवकोटा समदृष्टि, pallawa, पल्लव

सविता देवकोटा समदृष्टि

मेरा लागि वहुमूल्य रत्न सुन हौ तिमी
मैले सुनिरहने संगीतको धुन हौ तिमी
अरूले जे भनुन मलाई सरोकार छैन
मेरा लागि आकाशको जून हौ तिमी ।।

छ एउटा आत्मीय साथी रून्छ संग सँगै
म खुशी हुँदा खेरी, खुशी हुन्छ संग सँगै
आफ्ना पीडा लुकाउँदै , मलाई हसाउँन
मेरा निम्ती अनेकौं सपना बुन्छ संग सँगै ।।

 

Continue reading


‘मान्छे’

Sabita, Devkota, Samadristi, सविता देवकोटा समदृष्टि, pallawa, पल्लव

सविता देवकोटा समदृष्टि

कहिले पत्थर झैँ
बनिदिन्छ मान्छे ।
कहिले एकतमासले
हेरेर मूर्ति झैँ टक्क
बसिदिन्छ मान्छे।
कहिले साधु बनेर
भस्म घस्द मान्छे।
बुझ्नै नसक्ने बडो
विचित्रको पो हुन्छ मान्छे ।

 

Continue reading


देवकोटा सविता समदृष्टि का केही मुक्तकहरूः

Sabita, Devkota, Samadristi, सविता देवकोटा समदृष्टि, pallawa, पल्लव

सविता देवकोटा समदृष्टि

तिमीले घृणा गरी पराई मान्छौ भने पनि
तिखा वचनका वाँणले हान्छौ भने पनि
म हाँसी हाँसी स्वीकार गर्नेछु प्रिय साथी
यदि मित्रताको साइनो तोडी जान्छौ भने पनि ।।

एकै नजरमा के प्यार हुन्छ र
देखेको सपना साकार हुन्छ र
सोच्दै छु म तिमी हुन्छ भन्छौ
बोलेकै भरमा घरबार हुन्छ र ??

 

Continue reading


‘प्रेम समर्पण’

Sabita, Devkota, Samadristi, सविता देवकोटा समदृष्टि, pallawa, पल्लव

सविता देवकोटा समदृष्टि

कालोरात्री ढल्दै त्यो चन्द्र
उदाउँदा याद आईरहन्छ
त्यो मुहारको समर्पण प्रिय !!

त्यो चिसो रात जब शीतका
थोपा देखिन्छन्
ओशका थोपाले धर्तीलाई चुम्छन्
मेरो आलिङ्गनमा तिमी आउँछौं
अंगालोमा सिमटिएर तिमी
त्यो तातोपनको स्पर्श गर्छौ !!

 

Continue reading


सविता दॆवकॊटा का केही मुक्तकहरूः

Devkota, Sabita, सविता दॆवकॊटा, pallawa, पल्लव

सविता दॆवकॊटा

झट्ट हेर्दा लाग्छ सबै खुशी छन् जस्तॊ ।।
हर ऒठमा दॆख्छु मुस्कान साह्रै सस्तॊ ।।
अच्चम लाग्छ यो वनावटी दुनिया दॆखि,,
बुझ्नै नसकिनॆ मान्छॆकॊ मन खै कस्तॊ ।।

दुख्छ होला त्यो मन किन सोच्दैनौ हामी
परिवारलाई पिडा हुन्छ् झन किन सोच्दैनौ हामी !!
आफ्नो ज्यान नै फाल्छौ माया नगर्नेको लागि
घरमा बाबा आमा छन् किन सोच्दैनौ हामी !!

 

Continue reading


‘छात्तिमा पो टाँसिन पुगेछु’

Sujata, Devkota,सुजाता देवकोटा, pallawa,पल्लव

सुजाता देवकोटा,

,किचनमा छिरें,, खाइहाल्न मिल्ने जस्तो केही रहेन छ, बाहिर निस्के र केही किनेर ल्याउने सोचले गाडी झिके । सिसम (दिदी कि छोरी) मामु म पनि जान्छु भन्दै पछ्याउन लागि । प्यारि थिइ उ सबैको लागि ।”आउ” भन्दै कारको ढोका खोलिदिएँ, उ फुरुक्क हुँदै चन्चले आँखा म तिर डुलार्इ र भित्र बसि ।
सिसम : हामी कहाँ जाने हो मामु
म: शोपिङ्ग गर्न
सिसम : म चक्लेट खाने है मामु
म: हस बाबा हस्
शोपिङ्ग कम्ल्पेक्स् पुग्यौं । सबै भन्दा पहिले सिसमको लागि चक्लेट किनिदिनु थियो, चक्लेट किने उ मक्ख पर्दै चक्लेट खान थाली म अरु सामान किन्न लागे ।

 

Continue reading


“को हो नि त्यो ?”

Sujata, Devkota,सुजाता देवकोटा, pallawa,पल्लव

सुजाता देवकोटा

काम सकेर करिब चार महिना पछि चितवन फर्किएँ । भोजन गरे र बिस्तारामा पल्टिदै उसलाई फोन गरे । फोन आफ आयो । सोचें surprise गराउँछु , भोलि घरमै जान्छु ।
धेरै कोल्टे फेरें , अँह निन्द्रा पटक्कै लागेन , यी नयनहरु उसलाई नहेरी केवल झिम्कन मात्रै पनि झगडा गरिरहे म संग अनि सिङ्गो रात संङ ।
ठुलो तपस्या अर्थात पर्खाइ पछि सुर्य बिस्तारै डाँडा बाट झुल्कियो । म हतार हता,र गाडी झिके र उसको घर तर्फ लागे । ढोका अगाडि करीब मेरै उमेरकि एउटा नारी आक्रिति देखा परि । म वास्ता नगरी भित्र जान लागें ।

 

Continue reading


गजल

Sujata, Devkota,सुजाता देवकोटा, pallawa,पल्लव

सुजाता देवकोटा,

मेरो यो ह्रिदय त्यसै त्यसै जलेर आउँछ
हुँदा अपमान नारीको आगो बलेर आउँछ ।

कयौं प्रयास गर्दा पनि उखाल्न सकिन जरो
असफल भएँ कि सोच्छु मन गलेर आउँछ ।

किन कामुक छन् पुरुस नैन ? सोधु कस्लाई,
नपाउँदा उत्तर आदि हुरी चलेर आउँछ ।

 

Continue reading


‘जिन्दगी: एक अभिनय’

Bishnu,  Devkota, Tiwari, Usha,  विष्णु देवकोटा (तिवारी) ‘उषा’  pallawa, पल्लव

विष्णु देवकोटा (तिवारी) ‘उषा’

लानै के छ मरेर चीज जगमा, जे हो यहीँकै त हो
जानैपर्छ सबै त्यजेर जनले, बाँच्ने बताऊ छ को?
यौटा नाटक हो बुझेर रमिता, खेलेर जाऊ तिमी
जानैपर्छ भने समग्र फजिती झेलेर जाऊ तिमी।।१।।

गर्छन् मानिस जीव-घात किन हो? बन्दै बडो निर्दयी
मर्छन् दुःख सहेर रोज निमुखा निर्धो अचानो भई
कस्तो हो सहजै पिरोल्छ विधिले, या अाफुकै कर्मले
जागी भित्र सखे! जगाई करुणा, हेर्ने गरौँ मर्मले।।२।।

 

Continue reading


गजल

Sujata, Devkota,सुजाता देवकोटा, pallawa,पल्लव

सुजाता देवकोटा,

किन मेरो यो मन–मुटु त्यसै जलेर आउँछ
हुँदा अपमान नारीको आगो बलेर आउँछ ।

कयौं प्रयास गर्दा पनि उखाल्न सकिन जरो
असफल भएँ कि सोच्छु मन गलेर आउँछ ।

किन कामुक छन् पुरुष नयन ? सोधु कसलाई,
नपाउँदा उत्तर आँधी हुरी चलेर आउँछ ।

 

Continue reading


गजल

Sujata, Devkota,सुजाता देवकोटा, pallawa,पल्लव

सुजाता देवकोटा

तिहार आयो आएन मेरो भाइ
घरमा खुसी छाएन मेरो भाइ ।

बाबा आमा सधैं उतै बाटो हेर्छन्
तर नयनले पाएन मेरो भाइ ।

पोहोर त अहिले आउँछु भन्थ्यौ
बिकेको त्य घर धाएन मेरो भाइ ।

 

Continue reading


सुजाताका केही मुक्तकहरूः

Sujata, Devkota,सुजाता देवकोटा, pallawa,पल्लव

सुजाता देवकोटा

भो बाच्ने मेरा इच्छा सारा मेट
प्रियसि,अनि तिम्रो लक्षलाइ भेट।
बाधा आऊन्नन् त्यस पछि सायद,
खुकुरी समाऊ र यो घाँटी रेट ।

म कता बाट उदाएँ तिमी कता बाट उदायौ
अहो !उदाए पछि म संगै तिम्ले नयन जुदायौ
तिम्रो बस्तीमा पेट्रोलको अभाव रहेनछ क्यारे
र त मेरो मनको गाडि हरक्षण कुदायौ ।

 

Continue reading


देवकोटाका केही मुक्तकहरूः

Sujata, Devkota,सुजाता देवकोटा, pallawa,पल्लव

सुजाता देवकोटा

खोजीरहें रातै भरी तिम्रै न्यानो साथ ,
गुन्जिरहे तिम्ले गर्ने मायालु ती बात ,
नजिक छौ कि भनी ब्यूझिए’सी हेरेँ
तर सानू सिरानीमा पाइन तिम्रो हात।।

कहिलेकाही पाउँदा एक छाक खाएँ पनि मैले ,
नाङ्गै पाउ सयौं कोष धाएँ पनि मैले ,
के बुझ्छौ र सुन्छु भन्छौ मेरो जीवन कथा ,
टालो माथि टालो खापी लाएँ पनि मैले ।

 

Continue reading


१३ अक्षरीय गजल

 

Sujata, Devkota,सुजाता देवकोटा, pallawa,पल्लव

सुजाता देवकोटा

न जुन भेटिएछ, न तारा भेटियो
नियालेर हेर्दा सर्वहारा भेटियो ।

टिठ लाग्दो कठै! मलिन् रूप उसको
गरिबी माझ पनि बिचारा भेटियो ।

चिरफार गरें प्रयोगशालामा मुटु
शोषक्हरूका अनेकौं नारा भेटियो ।

 

Continue reading


‘जिन्दगी: एक अभिनय’

Bishnu, Devkota, Tiwari, Usha, विष्णु देवकोटा (तिवारी) ‘उषा’ pallawa, पल्लव

विष्णु देवकोटा (तिवारी) ‘उषा’

लानै के छ मरेर चीज जगमा, जे हो यहीँकै त हो
जानैपर्छ सबै त्यजेर जनले, बाँच्ने बताऊ छ को?
यौटा नाटक हो बुझेर रमिता, खेलेर जाऊ तिमी
जानैपर्छ भने समग्र फजिती झेलेर जाऊ तिमी।।१।।

गर्छन् मानिस जीव-घात किन हो? बन्दै बडो निर्दयी
मर्छन् दुःख सहेर रोज निमुखा निर्धो अचानो भई
कस्तो हो सहजै पिरोल्छ विधिले, या आफुकै कर्मले
जागी भित्र सखे! जगाई करुणा, हेर्ने गरौँ मर्मले।।२।।

 

Continue reading