कृष्णादेवी शर्मा श्रेष्ठ का केही मुक्तकः

Krishnaa, Devi, Sharma, Shresth,  कृष्णदेवी शर्मा (श्रेष्ठ), pallawa, पल्लव

कृष्णदेवी शर्मा (श्रेष्ठ)

चिल्ला-चाप्ला कुरा गर्छन् काम शून्य भयो
आज-भोलि भन्दा-भन्दै वर्षौ बिती गयो
न्याय भयो जनतालाई आकासमा थुक्नु
संघियता लोकतन्त्र नाम मात्र रह्यो ।

हत्या-हिम्सा बलत्कार बढ्यो दिन-दिन
बिकासको पूर्वाधार छैन क्यै नवीन
चारै तर्फ भ्रष्टाचारी – तन्त्र मौलाएको
सआच्ने बेला आयो मौन रही एकै छिन।

 

Continue reading


“आँगन परदेश”

 

Sita, Devi, Paudel, सितादेवी पौडेल, pallawa, पल्लरव

सितादेवी पौडेल

हाँसेर बाँच्ने रहर बोकी नखार्इ हरेस,
बाबा र आमा हुन् सधैँ भरि संसार नरेश।

कछाड दौरा त्यो कालो टोपी हुन्थेन धोएको,
झल्झली याद आउँछनि सदा गाई भैँसी फोएको ।

दिन र रात गाउँबेसी धाएँ सन्तानका खातिर,
यो बुढेसकाल कोहीछैन साथ एक्लो हो आखिर ।

 

Continue reading


गजल

Laxmi, Devi, Sharma,लक्ष्मी देवी शर्मा, pallawa, पल्लव

लक्ष्मी देवी शर्मा

सधैँ ठेस लाग्ने यो हारको जिन्दगी ।
रुँदा रुँदा आँसुकै भारको जिन्दगी।।

न त हुन्छ मन्मा सुखशान्ति कहिल्यै ।
सधैँ बारेको काडे तारको जिन्दगी ।।

किन त्यो बीष अनि पासो हाल्छ मान्छे ।
मानव जुनीमा यक बारको जिन्दगी ।

 

Continue reading


छाती चिरेझै भयो

Prativa, Devi, Neupane, प्रतिभादेवी न्याैपाने, pallawa, पल्लव

प्रतिभादेवी न्याैपाने

ए आमा म तओर्लिए तल झरे पक्का बिदेशी बने
हाम्रा खेत गरा पसेर भलले जम्मै लग्यो रे भने
केभो हाल ढलेछ रे त झुपडी पैर्हो पस्यो के गरी
त्यो बेहाल सुनेर नै मन उड्यो भैयो मरेको सरी॥०१

हुर्कायौ टुहुरो म छैन घरमा बस्छ्यौ कता के गरी
मेरो थाक थलो बनाउन झरे साथै दिदैनन झरी
जम्मै गाउ चिरा चिरा परि खस्यो भन्ने सुने के भयो
मेरो स्वच्छ कमाइ नै लगिदियो छाती चिरेझै भयो॥०२

 

Continue reading


प्रतिभादेवी न्याैपानेका केही मुक्तकीय टुक्राहरूः

Prativa, Devi, Neupane, प्रतिभादेवी न्याैपाने, pallawa, पल्लव

प्रतिभादेवी न्याैपाने

मेरा साध ढले गले ह्रदयका मेटिन्न कालोभयो
लाग्दै गो मन भित्र दाग भरियो साचो सिमाना गयो
के के भो जुलुमै भयो गनिरहे संसार सम्मै भयो
केलाएँ कुन अर्थबाट थपिए तिम्ले नहेर्दा भयो ।

एमाले सग साठ गाठ गरियो भन्थे प्रचन्ड अरे
अर्को हर्कत सुन्न देख्न नपरोस् भन्दै छु मैले भरे
उन्कै मा कति भाग पुग्न नसकी फाटीरहन्छन् कति
के को फेरि म मिल्छु खान्छु भनियो बिग्रे छ ति म्रो मति ।

 

Continue reading


कृष्णदेवी शमार्का केही मुक्तकहरू

Krishnaa, Devi, Sharma, Shresth, कृष्णदेवी शर्मा (श्रेष्ठ), pallawa, पल्लव

कृष्णदेवी शर्मा (श्रेष्ठ),

प्यारो याम थियो थिए नि सबकी ननी म कृष्णा भनी
पाएकी सबको थिएँ मधुर त्यो माया मिठो धार नि
छोरी यी तुलसा भनेर सबले पुज्थे दशै पर्वमा
टीका अौ जमरा ललाट भरदै नाच्थे म क्या गर्वमा ।।

पाक्थे सेल अनेक जात थरका मीठा असाध्यै हुने
सम्झी ती दिनका सबै पलहरू तड्पेर आत्मा रुने
खेल्थ्यौ त्यो पिङ चच्च है चहुरको गुन्जेर आकासमा
त्यस्तो पो विजया दशै दिन थियो काँ पाउँला आज म।।

 

Continue reading


कृष्णादेवी शर्माका बहरबद्ध जोर गजल

Krishnaa, Devi, Sharma, Shresth, कृष्णदेवी शर्मा (श्रेष्ठ), pallawa, पल्लव

कृष्णदेवी शर्मा (श्रेष्ठ),

बहरबद्ध गजल– १,
कुरा मात्र गर्नेहरुले सताए
छुरा मात्र धर्नेहरूले सताए ।

जनादेशको अर्थ बिर्से र होला
पदै निम्ति मर्नेहरूले सताए ।

निजी स्वार्थको प्रेरणामा डुबेर
सधै ठिक्क पर्नेहरूले सताए ।

 

Continue reading


कृष्णादेवी शर्माका चार मुक्तक

Krishnaa, Devi, Sharma, Shresth, कृष्णदेवी शर्मा (श्रेष्ठ), pallawa, पल्लव

कृष्णदेवी शर्मा (श्रेष्ठ),

हजारौंले छोएपनि फूल चोखोहुन्छ
सजाएर गमलामा राख्ने धोकोहुन्छ
द्यौतालाई चढाउभनि निमोठेर फूल
गंगाजीमा बगाउँदा मनै रोकोहुन्छ ।

कविका मनमा कविता पनछ
अनिपो रसिला भरिला दमछ
कतिछन्द मिले कति भावरस
सरिता लयमा भन के कमछ?

 

Continue reading


कृष्णादेवी शर्मा (श्रेष्ठ) का मुक्तकीय टुक्राहरूः

Krishnaa, Devi, Sharma, Shresth, कृष्णदेवी शर्मा (श्रेष्ठ), pallawa, पल्लव

कृष्णदेवी शर्मा (श्रेष्ठ),

माया त भावना हो देख्न कहाँ सकिन्छ र
हृदयको स्पन्दन हो लेख्न कहाँ सकिन्छ र
बिद्दुतको धार अनि वर्षाको भेल जस्तो
लाखौ बाँध बाँधे नि छेक्न कहाँ सकिन्छ र ?

म सोच्थे मात्र नाच्नु नै जीवन रहेछ
म सोच्थे मात्र हाँस्नु नै जीवन रहेछ
नाँच्नु र हाँस्नु त जीउँने कला रहेछ
न नाँच्नु न हँस्नु नै जीवन रहेछ ।।

 

Continue reading


फेसबुके पुस्ता

Maya, Devi, Sharma, मायादेवी शर्मा, pallawa, पल्लव

मायादेवी शर्मा

अचेल धेरैका हातमा मोबाइल देखिन्छ । मोबाइलमा नेट -अन्तर्जाल), नेटमा फेसबुक हुन्छ । अहिलेको युग फेसबुकको युग हो । केही वर्षपहिले मसित विदेशबाट आएको छोराले भनेको थियो-अमेरिकामा कहीँ गयो, एकैछिन कुरा गरिन्छ अनि कुरा गर्ने साथी मोबाइलमै घोप्टो परेको हुन्छ । कलेजमा पनि साथीको आडमा पुग्यो हेलो हाई हुन्छ अनि उही मोबाइलमा ।
अब त नेपालमा पनि त्यो चलन आइसक्यो । अहिलेका प्रायः छोराछोरीहरूले आफ्ना आमाबाबु र साथीहरूबाहेक अरूलाई चिन्न मुस्किलै पर्ला । उनीहरूले फेसबुकका चित्रलाई सहजै चिन्छन् । यसका राम्रा नराम्रा पक्ष भविष्यले देखाउला ।

 

Continue reading


कृष्णादेवी शर्माका केही टुक्राहरूः

Krishnaa, Devi, Sharma, Shresth, कृष्णदेवी शर्मा (श्रेष्ठ), pallawa, पल्लव

कृष्णदेवी शर्मा (श्रेष्ठ),

वसन्त आभास छ मुग्ध याम यो
लायो सबैका दिलभित्र घाम यो
सम्पूर्ण ती मानवका मनै भरी
छायो उज्यालो छरप्रष्ट नै गरि।
छन्दः इन्द्रवंशा

न मस्तले पेटभरी छ खानु
न जन्मको खेल भनेर मान्नु
बिते छ कालै भर कल्पिएर
मनै सदा दुख्दछ तड्पिएर।
छन्दः उपेन्द्रवज्रा

 

Continue reading


अाफैँलार्इ नियाल्दा . . .

Krishnaa, Devi, Sharma, Shresth, कृष्णदेवी शर्मा (श्रेष्ठ), pallawa, पल्लव

कृष्णदेवी शर्मा (श्रेष्ठ),

तिनी समीपमा छैनन्, अस्तव्यस्त छ जीवन
रहेछ जलको खाँचो , सुख्खा जमीन सिंचन ।

तिनी नै मोहको पात्र , तीतो – मीठो खन्याउँथे
मेरो जीवनका सारा, अभिलेख अटाउँथे ।
दुःख औं दर्दको याम, तिन्कै साथ बिताउँथे
तिन्कै मुस्कानमा मेरो, खुसीयाली मिसाउँथे ।

 

Continue reading


भगवानहरु

Tika, Devi, Poudel, Atriya, टीका पौडेल ‘अत्रेय’,pallawa, पल्लव

टीका पौडेल ‘अत्रेय’,

हामी ठ्याक्कै भगवान हौ
फूल चढाए पनि ठिक
दुध चढाए पनि ठिक
पानी नै चढाए पनि ठिक ।

कहिले भन्याे र भगवानले
मिठाे र नमिठाे
राम्राे र नराम्राे
असल र खराब ।

आदिम युगदेखि नै
यसरी नै सहेकाे छ
भगवानले ।

 

Continue reading


“शुभकामना”

Chandra, Devi, Joshi, चन्द्र देवी जोशी, pallawa, पल्लव

चन्द्र देवी जोशी

दशै,तिहार,छठ पर्बको छ शुभकामना।
निर्दोषि टुहुराँतिम्राँपुराँहुन् चाहना।।
ठूलालाई आदर गर्नु सानालाई माया।
यस्तै त हो मानव जिवन दुई दिनको घामछाया।।

जनावरको हत्याँगरि नखाऊ मासुभात।
पाए गुन्द्रुक नपाएलै खानु सिस्नो सात।।
चोरी नखानु कसैको पनि भोकै बस्नु परे पनि।
झुटो नबोल्नु उम्कनलाई मर्नै पर्ने भएपनि ।।

 

Continue reading


गजल

Tika, Devi, Poudel, Atriya, टीका पौडेल ‘अत्रेय’,pallawa, पल्लव

टीका पौडेल ‘अत्रेय’,

प्रीति फुल्दा मनवारीमा तिमी तारा जून हौ प्रीये
वहरमा म डुब्दाखेरी तिमी मेरो हुन्नौ प्रीये

मेरा सुखदुःखभरि हाँस्ने रुने केवल तिमी
तिमी रुँदा रुन्छ भन्थ्यौ गजलमा त रुन्नौ प्रीये

कोलाहलमा एक्लै हुन्छ तिमी साथै भएपनि
सक्छौ भने माफी देऊ मेरो मन छुन्नौ प्रीये

 

Continue reading


अनुत्तरित प्रश्नहरू

Devi, Nepal, देवी नेपाल, pallawa, पल्लव

देवी नेपाल

हे समाज ! म अज्ञानी जान्ने इच्छा मभित्र छ
मलाई सबले भन्छन् तँ अबुझ र लट्ठक

म अबुझ भएँ मेरो अँध्यारो दृष्टि खोलिदे
म केही प्रश्न राख्दै छु मलाई तँ जवाफ दे ।
बोक्सी हुन् कसरी आमा मन्त्र कस्तो छ सिक्छु म
बोक्सी बन्ने सिकी मन्त्र धर्तीको दुःख झिक्छु म

 

Continue reading


खै एकताको बल ?

Devi, Nepal,देवी नेपाल,pallawa, पल्लव

देवी नेपाल

भन्थे एक थुकी सुकी सय थुकी बन्ने छ पक्कै नदी
ऐले भव्य नदी फुटी सय कुलो बन्दै गए सुस्तरी
यौटा फूल थुती थुती चुँडिदिए देखिन्छ के सुन्दर ?
यौटै काँध बनेर बोक्नु छ धरा खै एकताको बल ?

माटाको घरमा पसेर दुनियाँ भन्दै छ गिर्जाघर
मासिन्छन् क्षणभित्र मन्दिर यहाँ भत्किन्छ त्यो मस्जिद
येशू, बुद्ध तथा खुदा र भगवान् मान्छे न हुन् आखिर
हामी धर्म भनेर बाँडिन पुग्यौँ खै एकताको बल ?

Continue reading


बह्मपुत्रको सम्झना

Devi, Nepal, देवी नेपाल, pallawa, पल्लव

देवी नेपाल

अनन्त युगका साक्षी ब्रह्मपुत्र थिए त्यहाँ
काशी पर्दैन रे जानु विश्वनाथ स्वयं जहाँ
गुप्तकाशी पुग्यौँ पैले अनि सागर देखियो
के सक्थ्यो शब्दमा अट्न मनमा काव्य लेखियो ।

कतै ढुङ्गा कतै डुङ्गा कतै बगर सुन्दर
ढुङ्गा डुङ्गा चलिरन्छन् मान्छेका जिन्दगीभर
अपार जलको राशी छेउ बगर फुङ्ग छ
नचिने जलको मूल्य यस्तै जीवन बन्दछ ।

 

Continue reading


गजल

Devi, Subedii,देवी सुबेदी (जी.सी ), pallawa पल्लव

देवी सुबेदी (जी.सी )

मनमा अनेक कुरा हुदैछन
विचार अग्ला चुचुरा हुदैछन!

सोचेका सपना सपनै हुदाँ
इक्ष्याहरु सबै अधुरा हुदैछन!!

सुख दु:ख भोगाई जीवनको
केहि आधा केहि पुरा हुदैछन!!

 

Continue reading


देवी सुबेदीका तीन मुक्तक

Devee, devi, Subedi,देवी सुवेदी,pallawa, पल्लव

देवी सुवे

मेरो देश नेपाल ,हाँसिरहेको छ
चन्द्र सुर्य बोकेर ,नाचिरहेको छ!!
जनता हुन् यहाँ सबै भन्दा माथी
भ्रस्टचारी एक एक गरि मासिरहेको छ!!!

झुटो सपना देखाएर छोड्यौ र नि घाती
अझै तिम्रो सम्झनामा किन पोल्छ छाती!
खै कसरि रोकु मैले याद आउने मुहानहरु
पलपल सताउँन लार्इ न आएकै जाती !!

 

Continue reading