“गजल”

Devaki, Dhungana, देवकी ढुङ्गाना, pallawa, पल्लव

देवकी ढुङ्गाना

वलियो भो भाग्य भनी तोक्न सकिएन
समयको पाउँवन्दीलाई रोक्न सकिएन!!

निरासको संकेत आउछ भावीले नै छल गर्दा
एक हातलाई लुकाएर ताली ठोक्न सकिएन!!

तरंगले पौडी खेल्यो साउनको भेलसरी
अशान्तीको कोलाहलमा वुद्ध घोक्न सकिएन!!

 

Continue reading


गजल

Devaki, Debaki, Niraula, देवकी निरौला, pallawa. पल्लव

देवकी निरौला

हलो बिर्सियो उसले जुवा बिर्सियो
अनि शहर पसेपछि फरुवा बिर्सियो

हिजो त्यही अमृत पिएर बाँचेको हो
जरुवा बिर्सियो अब कुवा बिर्सियो

अचेल मधुशालमा रमाउँन थालेको छ
आमा चियामा तुलसी अदुवा बिर्सियो

 

Continue reading


गजल

Devaki, Debaki, Niraula, देवकी निरौला, pallawa. पल्लव

देवकी निरौला

जायौ मिठो वाँसुरी धुन सुनेर आउँदैछु
सुगन्ध छर्ने बैजन्ति माला उनेर आउँदैछु

पाउको चाल राखेर ख्याल लुकेर सुटुक्क
खोलेर पाउजु सुस्तरी ढोका थुनेर आउँदैछु

शिशिर रात तुषारो पर्ला सिरेटो बिझाउला
प्रेमको धागो जोडेर मफ्लर बुनेर आउँदै छु

 

Continue reading


देवकी निरौलाका केही मुक्तकहरूः

Devaki, Debaki, Niraula, देवकी निरौला, pallawa. पल्लव

देवकी निरौला

उजाड बगरमा पनि मोती फलाउन सिक्नु
धर्यता र परिस्रमले पत्थर गलाउन सिक्नु
जिन्दगीको गोरेटोमा धेरै आउँछन् कठिनार्इ
छिचेलेर बाधाहरु पाइला बढाउन सिक्नु

टुक्रिएर झरेपछि समेट्नु को के अर्थ भो ?
मरेपछि ईच्छा पानी भेट्नु को के अर्थ भो ?
सक्छौ मुटु चल्दाचल्दै बरु प्रहार गर छुरा
पिलाएर जहर घाँटी रेट्नु को के अर्थ भो ?

 

Continue reading


देवकी निरौलाका मुक्तकहरूः

Devaki, Debaki, Niraula, देवकी निरौला, pallawa. पल्लव

देवकी निरौला

हिजोसम्म आँखा पनि ओभानो थियो
खुसि नै थिएँ आकाश को छानो थियो ।
आज प्रिय मित्रले प्रेमिल उपहार पठयो
हेरेँ खुकुरी थियो अनि अचानो थियो ।।

उपचार बिना नै बिरामी घरमा पठायो ।
बिरामी लाई आफन्त निगरानि पठायो ।।
खै के भन्यो डाक्टरले सुटुक्क उसलाई
रहर बटुलेर सपना को मलामि पठायो ।।

 

Continue reading


देबकी ढुंगानाका केही “मुक्तकहरू”

Devaki, Dhungana, देवकी ढुङ्गाना, pallawa, पल्लव

देवकी ढुङ्गाना

नहेरी कतै बोली पो प्रहार भो
नलडी युद्द हार त्यो स्वीकार भो
ख्याल ख्यालमै खेलेका शव्दहरूमा
शंका नै शंकाको ठुलो इन्तजार भो!!

लेख्न धेरै गारो बने जिन्दगीका हालहरू
जवाफ बिहिन वनी आए कतिपय सवालहरू
नसोचेको दुर्घटना खेपिदिदा यो जिन्दगीले
काला धब्बा वनी उठे तरंगका छालहरू !!

 

Continue reading


देवकी ढुंगाना का “मुक्तकहरू”

Devaki, Dhungana, देवकी ढुङ्गाना, pallawa, पल्लव

देवकी ढुङ्गाना

स्वाभिमानमान वाँच्न मन छ अभिमानमा जिउ कसरी?
उमङमा जीउन मन छ आँसुको धारलाई पिउ कसरी?
छिया अनि शिथिल वनेका नारीको कोमल ‘भावहरुलाई
सङघर्षको मैदान भित्रै वलियो वनाई सिउ कसरी ?

आउछु म एक दिन पक्कै खास भएर आउछु
जिन्दगीको यात्रामा चल्ने हुरिवतास भएर आउछु
सानो र कमजोर नसोचीदेउ यि नारीजातीलाई
अन्याए अत्याचार फुटाउने छुट्टै आभास भएर आउछु !!

 

Continue reading


देवकी ढुंगाना का केही “मुक्तक”हरूः

Devaki, Dhungana, देवकी ढुङ्गाना, pallawa, पल्लव

देवकी ढुङ्गाना

जिन्दगी लामो छ एक्लै जिम्मा लिन्छु नभन
स्वाभिमान दुर्लभ छ तर पैसाले किन्छु नभन
एउटै हुन्छ मानवविय मुटु जुन टुक्रयाउनै सकिदैन
सिङगो मुटु टुक्रापारी सवैलाई दिन्छु नभन!!

तिम्रो मायाको के अर्थ अधेरी रातमा जिएन भने
तिम्रो त्यागको के अर्थ अघरको आँसु पिएन भने
अरे!नाता गाँसिदैमा कहाँ वन्यो र आफन्त त्यो
वेर्थ नाताको के काम रह्यो घायलमा मुटु सिएन भने !!

 

Continue reading


देवकी ढुंगाना का केही “मुक्तक”

Devaki, Dhungana, देवकी ढुङ्गाना, pallawa, पल्लव

देवकी ढुङ्गाना

मलाई नारीको यो मिठो थर राम्रो लाग्छ
यसरी वनेको एकताको लहर राम्रो लाग्छ
के छैन यि नारीहरू सँग?हर चिजले पुर्ण छन
स्वाभिमानी पथका यि जहर राम्रो लाग्छ !!

हिड्ने बाटो कहाँ गर्इ छेकिन्छर अव
आँसुको इतिहास कहाँ लेखिन्छर अव
वनेपछी नारीहरु मन देखी नै एकजुट
नारीको कमजोरी कहाँ देखिन्छर अव !!

 

Continue reading


भगवानलाई प्रश्न?

Devaki, Dhungana, देवकी ढुङ्गाना, pallawa, पल्लव

देवकी ढुङ्गाना

भगवानलाई प्रश्न?
तिम्रा समान सन्तानमा भाग्य फरक
फरक किन वनाईन्छ?
कसैलाई हाँसो नै हाँसोको पुरस्कार छ
कसैलाई आँसु नै आँसुको सजाय छ
किन पज्रपात हुन्छ
यसरी आफनै सन्तान माथी
के यो सृस्टी कर्ताले जे गरेपनी हुन्छ
देख्दै छु कोही अकालमा मरेका
कोही अजम्वरीमा परेका
किन समानता हुदैन–

 

Continue reading


गजल

Devaki, Dhungana, देवकी ढुङ्गाना, pallawa, पल्लव

देवकी ढुङ्गाना

सुन्दर वागमा फूल टिपूँ टिपूँ लाग्न थाल्यो
घायल भइ चर्क्यामुटु लिपूँ लिपूँ लाग्न थाल्यो ।

फक्रिएको लूल रै’छ सुगन्धले मनै लुट्यो
गुराँस झैँ गाढादेख्दा खिपूँखिपूँ लाग्न थाल्यो ।

पलासको भान दिन्छ फक्रिँएर मुटु भरि
कोइलीको धून उस्को सिकूँसिकूँ लाग्न थाल्यो ।

 

Continue reading


देवकी ढुङ्गानाका केही मुक्तकहरूः

Devaki, Dhungana, देवकी ढुङ्गाना, pallawa, पल्लव

देवकी ढुङ्गाना

अटाउने जति अटाउनै पर्ने रहेछ जिन्दगीमा
ग्रह दशा कटाउनै पर्ने रहेछ जिन्दगीमा
आँसुको शागरमा गहिरो डुवेर भएपनी
दुःखी पल फटाउनै पर्ने रहेछ जिन्दगीमा ।

आँसु त सवैको आखाँले वोकेको हुन्छ
कसैले बग्न नै नदिर्इ रोकेको हुन्छ ।
देखाउदैन सवैले पीडीत् आँसु वाहिर
मुटुमा नै दवाएर सबै छोपेको हुन्छ ।

 

Continue reading


गजल

Devaki, Dhungana, देवकी ढुङ्गाना, pallawa, पल्लव

देवकी ढुङ्गाना

नेपालमा अचेल नेपाली आउनै छोडिसके
मनखोलेर सन्देश नि पठाउनै नै छोडिसके ।

वन्यजन्तु तस्करहरू जंगलमा पसे देखि
क्वैलीले नी कोहो कोहो भनी गाउनै छोडिसके ।

जोजस्ले राष्ट्रियताको झन्डा दिनरात वोक्छन
उनीहरूले नै दौरा सुरुवाल लाउनै छोडीसके ।

 

Continue reading


मानव सन्देश

Devaki, Dhungana, देवकी ढुङ्गाना, pallawa, पल्लव

देवकी ढुङ्गाना

दिएर चोट नभन साथी
जलाई मन नपार राती
जानु नै छ मृर्त्युमा एक दिन
राम्रो छाप छोडेको जाती

वाचुन्जेल लिनु वोलीर हाँसो
हुदैन लाउन वोलीमा पासो
राम्रो को फल राम्रो नै मिल्छ
मनकालो हुदा पृथ्वी खिल्छ

 

Continue reading


कालो रङ

Devaki , KC, देवकि केसी, pallawa, पल्लव

देवकि केसी

मलार्इ, मेरो प्रिय कालो रङ्सङ
दशै मनाउने रहर छ !
सेता मनहरूले
अशुभको प्रतीक मान्दै
लात्ताले हुत्याएको
मेरो कालो रङ्को
महिमा अपार छ
कालो रूपभित्र
सङ्लो मन बोकेको
मेरो प्रिय कालो रङ
सधैँ परिवर्तनको
विगुल फुक्दै हिड्छ
सुन्दर शरिरभित्र ।

 

Continue reading


गजल

Devaki, Debaki, Niraula, देवकी निरौला, pallawa. पल्लव

देवकी निरौला

मन रोएर कम्जोर पार्न चाहन्न
चुनौती सकेसम्म हार्न चाहन्न।।

जिउनु छ कतिदिन अझै ए जीन्दगी
तिल तिल गरेर मार्न चाहन्न ।।

अधर काे मुस्कान खाेसिएपछी म
गहना ले बेर्थै सिँगार्न चाहन्न ।।

 

Continue reading