तिमी हिड्ने बाटोमा फुल छरेपछि थाहा भयो
यादहरुले पोल्ने कुरा गरेपछी थाहा भयो
जुगौ जुगको प्रेम साची बसेको यो प्रदर्शनलाई
अर्कै आइ तिम्रो सिउदो भरेपछि थाहा भयो
मुटु भित्र राखी परेलिको आश गर्दा गर्दै
कर्के नजर लगाइ आँखा तरेपछी थाहा भयो
तिमी हिड्ने बाटोमा फुल छरेपछि थाहा भयो
यादहरुले पोल्ने कुरा गरेपछी थाहा भयो
जुगौ जुगको प्रेम साची बसेको यो प्रदर्शनलाई
अर्कै आइ तिम्रो सिउदो भरेपछि थाहा भयो
मुटु भित्र राखी परेलिको आश गर्दा गर्दै
कर्के नजर लगाइ आँखा तरेपछी थाहा भयो
१) नेपाल झण्डा सधैँ
झुल्के घाम विहान सुन्दर बडो देखिन्छ लालीमय
टाढाको पथमा विदेश रसमा यात्रा छ मिल्दो लय
पाईदैन अरू कतै मिलनमा खोजेर हेर्दा कतै
नेपाली मटको उचो छ महिमा भन्दा अरूको सवै ।।१।।
राताम्मे छ गुराँस माथि हिमको शोभा वढेको कति
डाँफेको छ सुरम्य नाच वनमा लोभिन्छ आँखा जति
नेपाली मनमा छ एक लयमा सद्भाव ठूलो सधैं
नेपाली मटको उचो छ महिमा भन्दा अरूको सवै ।।२।।
दक्षिणको सीमाना तर्न खोज्दा महाकालीले डुवायो
पूर्व तर्फको सीमाना तर्न खोज्दा मेचीले झन् रुवायो
चारै तर्फ छन् सीमानामा अवरोध मेरो देशमा अरुको
उत्तरको सीमाना तर्न खोज्दा नवुझ्ने भाषाले झुलायो ।।
कतै झमेला भिषाको त कतै झमेला नोटको वलियो
स्वाधिन राष्ट्रका राजनेता उल्झनमा भोटको वलियो
लडेका थिए पुर्खा लगाई बाजि आफ्नै जीउज्यानको
हिसाब ठूलो आज सन्तान नाफामा जोडको वलियो ।।
१) तोटक मञ्जरी भाग-१(श्रृँखला-५)
शीर्षक:-“छ सँगै पसिना”
खनखान गरी सुखले रसमा
छ मकै हलकै बढिया बढमा
सुखको छ अपार खुशी मनमा
जलको मलको छ सँगै पसिना ।।१।।
तनमा छ थकान् अनि जोश् मनमा
हरियो रुखको सिमली वयमा
छ कुटो सङमा हँसिया सजिया
पटुकी कसिलो छ सँगै पसिना ।।२।।
१) “जल जीवन हो”
(तोटक मञ्जरी भाग-१ श्रृँखला-३)
सुखमा हँसिलो छ किसान जहाँ
जलको महिमा बलियो छ यहाँ
जलको बदला अरु के छ कहाँ
सबमा रसिलो, जल जीवन हो ।।१।।
सहमा वह खेल्छ किसान जहाँ
निहुरिन्छ लता फलका गहमा
जलकै भरमा जलकै बलमा
हित हुन्छ सधै,जल जीवन हो ।।२।।
मिलिगो नखरा वयमा खतरा
रमियो जपमै सपना सवमा
कविता जसको रसिलो नभमा
अब तोटकले मन अल्मलियो ।।१।।
जसको वयमा मन खल्वलियो
धमिलो जलमा मन रूमलियो
फलको रसमा मनको गुलियो
अब तोटकले मन अल्मलियो ।।२।।
(तोटक मञ्जरी भाग-१)
रमियो जपमै सपना सवमा
कविता जसको रसिलो नभमा
अब तोटकले मन अल्मलियो ।।१।।
जसको वयमा मन खल्वलियो
धमिलो जलमा मन रूमलियो
फलको रसमा मनको गुलियो
अब तोटकले मन अल्मलियो ।।२।।
(तोटक मञ्जरी भाग-१
छिनको छिनमा सकियो किन हो!
दिनको दिनमै लुटिएँ किन हो!
समको वयमा छुटियो किन हो!
मुखरी लयमा विटुलो किन हो !
मलिलो मटमा कुरिलो किन हो!
गुलियो फलमा अमिलो किन हो!
जमुना रुखमा अमला किन हो!
उखुको रसमा कमिला किन हो !
प्रजातन्त्र गणतन्त्रका नारा रोएका छ्न
विकासका मुल नफुट्दा सारा रोएका छ्न
निमुखा र असह्यले न्याय नपाउदा आज
लज्जित भइ संविधानका धारा रोएका छन
नरहेर समानता नभएर एकीकृत
आँखा गाड्दा पराइले बारा रोएका छ्न
प्रेमिल कुरा गर्न आँट नगरेकै जाती
खाली सिउँदो भर्न आँट नगरेकै जाती
वास्तविकता बताउदा टाढा हुने सँग
प्रेम शिखर चढन आँट नगरेकै जाती
हिजोले केही बताएँ आजले नि बताउँला
फुलको सुवास छर्न आँट नगरेकै जाती
गरिबलार्इ अन्याय गर्ने यो सरकार कस्को लागि ?
जनप्रतिनिधी भुमिकाबिहिन सिंहदरबार कस्को लागि ??
जो पनि बाचेको छ यहाँ इज्जत र इमान्दारितामा ।
तैपनी सोझो पन काट्न खोज्ने तरबार कस्को लागि ?
किन गुलाम हुनु परेको छ यी मेरा दाजुभाइ बिदेशमा ?
नेपालमा नेपालिले नपाउने रोजगार कस्को लागि ??
वन डढेको भए दमकलले हुन्थ्यो मन डढेकोमा के गर्नु
फलफुल सडेको भा फाल्न हुन्थ्यो मनै सडेकोमा के गर्नु
न हिड्नु रुदै न हिड्नु कराउदै मर्नु भन्दा वहुलाउनु निको
दवदवे हिलो गडिन्छ भन्ने जान्दाजान्दै नि गढेकोमा के गर्नु ।।
देखावटी आडम्वरमा अरु चढ्छन् घोडा आफू चढ्ने धुरी
घाँटीहेरी हाड निल्नु कता हो कता जोडा छान्न चढ्ने धुरी
कस्तो प्रभाव पर्यो कहाँवाट आयो दाँजिनै पर्ने विनासित्ति
बाहिर ठाँटवाँट भित्र हेर्यो भोको पेट चोटा छोप्ने छैन धुरी ।।
पूरा हुदैन जीन्दगीका सपना रहर वनिदिन्छ
अमृतरस पनि कहिलेकाही जहर वनिदिन्छ
सपना सपना नै हुन्छ विपनाको मृगतृष्णामा
सहज जीवन जिउने आसा कहर वनिदिन्छ ।।
कताकता आकाश पंक्षीसरी उडान भरिदिन्छ
कलकल वग्ने चाह थुनिएर डुवान भरिदिन्छ
स्वच्छन्दता प्रकृति मानव चोला वाधा अरोध
नैराश्यता विचलन पुष्पथुँगा उद्यान भरिदिन्छ ।।
जहाँ अभाव त्याहाँ पाउनु पर्ने दवाव हुन्छ
भोकोपेटमा गुन्द्रुक ढिँडो पनि कवाव हुन्छ
अभाव र दवाव परिपुरक मित्रता गजवको
दुवैलाई सोधी हेर एकै प्रकार जवाफ हुन्छ ।।
धनी-गरीववीचमा धनीकै ठूलो रवाफ हुन्छ
फरक धनीको भन्दा गरीव सरल वहाव हुन्छ
डर,त्रास सुरक्षाको जगजगी सभ्रान्त जीवन
खोले,सिस्नु खाए नि गरिवीभित्र लगाव हुन्छ ।।
कोपिला नै निमोठे फूलको सुवासन खोज्नु कहाँ?
भ्रुणमा नै हत्या गरे छोरीको कुलासन खोज्नु कहाँ?
छोराछोरीमा फरक देख्ने प्रवृत्ति नै कुसंस्कार यहाँ
छोरी विना त हुदैन सृष्टि फेरि झुलासन खोज्नु कहाँ?
सन्तोषमा हामी दम्पती आनन्दित जन्म छोरी रत्नमा
छैन कुनै विषाद मनमा सानन्दित जन्म छोरी रत्नमा
आएकति विचार फरक भएन रे कूल थाम्ने रत्नवीज
वृद्धाश्रम वास आज तिनै लालन्दित जन्म छोरी रत्नमा ।
सुर्य पुर्ववाट उदाउछ भन्नू पर्दैन कसैले
उदायपछि अस्ताउछ पढ्नु पर्दैन कसैले
जन्म मरण निश्चित सत्य लुकाई लुक्दैन
दैव लेखा भौग्नु नै छ मेट्नु पर्दैन कसैले।।
समुन्द्र नै उभाए नि आउछ लौटा भरीमात्र
भाग्य जति भए नि पाउछ लौटा भरीमात्र
न वल गरेर हुन्छ न कर डौका दूध अड्दैन
चुली हुदैन पानी त अटाउछ लौटा भरीमात्र ।।
फूल मन नपर्ने कहाँ छ र, वासनामा फरक हो
फूलवोरी नधोउने को छ र,आसनमा फरक हो ।।
भोजन नलोभिने को छ र, मिठोको लोभमा जुठो
धेरैथोरै खानु नखानु स्वाद, रासनमा फरक हो ।।
खनिखोस्री आफ्नै खेतवोरी, रौनक छुट्टै फूलवोरी
खोज्नु र वनाउनु भिन्नताको, आगनमा फरक हो ।।
घमण्डको घैंटो आफैँ प्वाट्टै फुट्छ एकदिन
चुरीफुरी त्यो तमासा, च्वाट्टै चुड्छ एकदिन ।।
टुप्पो पलाएको शान, ओईलाई सुक्छ हेर
गिरेर त्यो घमण्ड भ्रम, पक्कै झुक्छ एकदिन ।।
मपाईत्वको उन्मादमा, भुई न भाँडामा हुँदा
लाज र शर्मले त्यो शीर, भाग्दै नुग्छ एकदिन ।।
आईदिन्छन कोही नयनमा, झलमल हाँसो वनेर
गईदिन्छन कोही क्षितिजमा, टलपल आँसु वनेर ।।
आउनु र जानुको नियतीमा, जीवन वगाई खहरे
जलन वीचमा विछोड पीडा, झलझल राँको वनेर ।।
नहर खनाई आसमा सिँचाई, टारीखेत उव्जाउमा
अवरोध अनगिन्ती नहरमा, हलचल बाँझो वनेर ।।
खेलाउँदै कोदाली, ताछ्दै खेतका आली
सुस्ताउँदै सुसेली, असारे भाका मन खोली
रस रङ्गमा सहेली, हिलो छ्यापाईमा वहेली
डिलवस्छ थकाली, समान न वाउसे न हली ।।
बाउसे रोपार हली,खेतका गह्रा हल्लीखल्ली
आज छ खेत खाली, भोली हुनेछ हरियाली
सन्तोष मन उचाली,गोडमेलमा झार उखेली
जब झुल्छ वाला आली, पवनवीचमा वहेली ।।