गजल

Deepak, Dipak, Joshi, दीपक जोशी , pallawa, पल्लव

दीपक जोशी

कोही पास आईन् प्रभातं प्रभातम्
मलाई अजमाईन् प्रभातं प्रभातम् ।।

मेरो कहानीलाई थोरै हेराफेरी गरी
मलाई नै सुनाईन् प्रभातं प्रभातम् ।।

म भन्दथें हिजो सम्भाल सम्भाल
अझै लड्खडाईन् प्रभातं प्रभातम् ।।

 

Continue reading


के सिंहदरबार मेटर्निटी अस्पताल हो?

deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

फेरि आयो !
दरबारले रछ्यानमा मिल्काएझैँ गरेको
पुरानो कोट टक्टक्याउँदै आयो
उही असक्षम ज्वाइँ
जसले गणतन्त्रको टाउकाको मूल्य तोक्दा
भुटेको मकै खुवाएर
ओढारमा लुकाएका थियौँ गणतन्त्रलाई
र,
प्रजातन्त्रलाई राजतन्त्रको टाट्नामा मिल्काउँदा
टाउको फुटाउँदै,
रत्नपार्कमा खोजेका थियौँ – प्रजातन्त्र
थाहा छैन, अब यो अवैध सन्तानले
कहाँ मिल्काउने हो गणतन्त्र ।

 

Continue reading


गजल

deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

जसरी सुक्छ चैतमा मूल बिस्तारै बिस्तारै !
त्यसरी हुन्छ बैंसमा भूल बिस्तारै बिस्तारै !!

सायद मेरो तक्दिर यस्तो लेख्योकि भाविले !
हेरेर झर्यौ फुलेको फूल बिस्तारै बिस्तारै !!

पुलमा बसी बगर हेर्दै टिप्पणी गरियो !
सपना थियो भाँचियो पुल बिस्तारै बिस्तारै !!

 

Continue reading


दीपक नेपालका ५० मुक्तक

Deepak, Nepal,, दीपक नेपाल, pallawa, kNnj

दीपक नेपाल

१,
कसैको सामु पीर र चिन्ता सारेर भएन !
दुःख छ भन्दै चाहना सबै मारेर भएन !!
हुनेछ प्राप्ति संघर्ष गर्यौं विगत नभुली !
जीउनु पर्छ जसरी पनी हारेर भएन !!
२,
भौतिक शरीर दिनमा सोह्र घण्टा भएको छ अधीन !
प्रवासमा भने एक साथीले चेहरा बनाऊदै मलिन !!
विलाप गर्दै आफुले आफुलाई धिक्कार्दै अश्रु झारी !
सुनाऊँदै थिए गाऊँमा बाँझो छन् मेरा सारा जमिन !!
३,

 

Continue reading


१५ अक्षरीय गजल

Deepak, Aacharya, Jalan, दिपक आचार्य "जलन", pallawa, पल्लव

दिपक आचार्य “जलन”

दु:ख परेमा एकै छिन बक्ररेखा जस्तो ?
जिन्दगी छ बुझ्नै कठिन बक्ररेखा जस्तो ।

गरिबको जिन्दगीमा खुशी आउँछ जान्छ
थाप्लोबाट गएन रिन बक्ररेखा जस्तो ।

मुद्दा लड्दा लड्दै बा परलोक जानु भयो
अदालतमा छान–बिन बक्ररेखा जस्तो ।

 

Continue reading


दीपक नेपालका केही मुक्तकीय ट्रक्राहरूः

deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

केहि नसोचि दाँयाबाँया यौवन फुकायौं तिमीले !!
दर्द छर्लङ्ग देखिन्थ्यो आँखामा लुकायौं तिमीले !!
देखेनन् देख्नेले नदेख्नेले चाल पाउदै पाएनन् !
दबाएर मन भित्र नै पिडा अश्रु सुकायौं तिमीले !!

मानव रूपी अजिंङगरको आहार बाट !
देश खोक्रो भैसक्यो भ्रष्टाचार बाट !!
बेथितिहरू पन्छ्याई देश विकास गर्ने !
आस छैन कुर्सी मोह सरकार बाट !!

 

Continue reading


दीपक नेपालका १५ मुक्तक

deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

लोकतन्त्र हो सबको बोल्न पाउने हक थियो !
त्यसैले हर सदस्यको मत फरक फरक थियो !!
घरमा न उज्यालो छायो न कोहि स्वास्थ भए !
थिनत श्रीमान डाक्टर छोरा शिक्षक थियो !!

जिन्दगीका सफरहरू सगैं चाल्न शुरू गरूँ !
विश्वासमा खुशीका दियोहरू बाल्न शुरू गरूँ !!
आज सम्म जती गरे हाम्रा लागी गरे अब !
भए बुडा बाआमा हामिले सम्हाल्न शुरू गरूँ !!

 

Continue reading


गजल

deepak, kumar, sigdel, dk yatree,डी.के. यात्री, pallawa, पल्लव

डी.के. यात्री

उदारता महान हो सुधार हुन्छ जिन्दगी,
फलेर वृक्षझैँ भए अपार हुन्छ जिन्दगी।

किसानमा र साहुमा, म भेदभाव गर्दिनँ,
र भेदभाव भैदिए, दिवार हुन्छ जिन्दगी।

असत्यको विरोध होस् र सत्यले सदा जितोस्,
न भेलको प्रभाव होस् किनार हुन्छ जिन्दगी।

 

Continue reading


दीपक नेपालका केही मुक्तकहरूः

 

deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

फरक तरिका दाईजो स्वरूप धन सम्पती गन्छौं !
यो घर सुन्दर त्यो ब्यक्ति धनी आपसमा भन्छौं !!
यो कस्तो बिडम्बना छोरी चेलिहरूको महाशय !
जन्म दिन्छौं हुर्काउछौं फेरी ऊसैको ग्राहक बन्छौं !!

आफु बद्लिएर समाज बदल्नु छ देश रोएको बेला !
भ्रष्टाचारिलाई जरै देखी उखल्नु छ देश रोएको बेला !!
स्वाभिमानको लागी लड्न कदापि नछाडि देशका ति !!
गद्दारहरूलाई सीमापारी धकल्नु छ देश रोएको बेला !!

 

Continue reading


माटो

deepak, kumar, sigdel, dk yatree,डी.के. यात्री, pallawa, पल्लव

डी.के. यात्री

माटो जीवन हो सिँचेर पसिना, उम्रन्छ संजीवनी,
भुल्छन् मानव आज धर्ति ममता, के हुन्छ माटो अनि।
माटो चिन्नु अवश्य पर्छ जनले, माटो स्वयं प्राण हो,
माटोमा ममता सदा बुनिलिनु, आस्था र सम्मान हो।।१।।

विद्यातुल्य छ शक्ति दिव्य यसको, उम्रेर सिद्धिन्छ र,
गर्जी मेघ अजस्र स्रोत सरिता, वर्षेर रित्तिन्छ र।
माटोले सब जीव पुष्प फलमा, लालित्य बर्षाउँछ,
माटो ज्ञान हुनेछ कर्मपथमा, सन्देश दर्शाउँछ।।२।।

 

Continue reading


कृष्णको भविष्य

deepak, kumar, sigdel, dk yatree,डी.के. यात्री, pallawa, पल्लव

डी.के. यात्री

कक्षा १० को परीक्षा उत्तीर्ण गरेको कृष्ण जेहेन्दार र होनाहार थियो । सधैँ मौन रहने चाहेको कुरामात्र बोल्ने कृष्ण सधैँ परीक्षामा प्रथम मात्र हुन्थ्यो उसले द्वितीय स्थान कहिल्यै ल्याएन । पढाईमा तेजिलो भएता पनि उसको मनमा कता कता के के कुरा खेलिरहेको भान हुन्थ्यो । साथीहरु खेलिरहेको समयमा उसको साथी एकान्त हुन्थ्यो । बानी नै यस्तो हो कि अथवा केही असन्तुष्टीले हो भन्ने कुरा शिक्षक तथा साथीहरुले पत्ता लगाउन सकेका थिएनन् । जति जति दिन बढ्दै गयो उसमा गम्भीरता उस्तै बढेर गयो । यतिसम्म कि आफूलाई अप्ठ्यारो लागेको कुरापनि उसले कसैसँग पनि भन्दैनथ्यो । वस् टोलाएर हतभागीझैँ बसिमात्रै रहन्थ्यो । कतिले नसोधेका पनि होइनन् तर पनि उसको उत्तर मौनता नै थियो ।

 

Continue reading


दिपक आचार्य जलनका केही मुक्तकहरूः

Deepak, Aacharya, Jalan, दिपक आचार्य "जलन", pallawa, पल्लव

दिपक आचार्य “जलन”

आफ्नै मनलाइ सम्हाल्न सकियन भने
गन्तब्य मा पाइला चाल्न सकियन भने
जिन्दगी भुमरी भित्र पो अल्झिदो रहेछ
यो दिमाग को बत्ती बाल्न सकियन भन

यहाँ हरेक कुरा अचानक हुन्छ
यो समय पनि त आक्रमक हुन्छ
आफन्तले नै यसरी तिर चलायपछी
दुख्छ मन अनि पिडा भयानक हुन्छ

 

Continue reading


पहिलो पोष्टलाई धन्यबाद

Deepak, Anuragee, दीपक अनुरागी, pallawa , पल्लव

दीपक खनुरागी

उनको बोलीमा लठ्ठिएको सर्वहारा !
पहिलोपोस्ट – दीपक अनुरागी-
खुला मञ्चमा नेताले भाषण गरे !
निरङ्कुश राणाले जनताबीच शासन गरे छन्
उठ हे जाग भरियायामी, झुपडी सर्वहारावर्ग
उनीमाथि बन्दुकले प्रतिकार गर्नलाई
यस्तै यस्तै !!
म सर्वहारा
मजाले सुनेँ उनको भाषण
गाउँका प्रधानसँग शीर ठाडो गर्न नसक्ने म नाथे
नेताको भाषणले उत्तेजना पो ल्यायो
लालाबाला सबै छाड्न मन लाग्यो !
निरङ्कुश शासन हटाउन मन लाग्यो !

 

Continue reading


कैले आउने भन्नुस् हजुर . . . . .

Deepak, Kathit, दीपक कथित, pallawa,पल्लव

दीपक कथित

साथी सङ्गी अघि लगाई बजाएर बाजा

कैले आउने भन्नुस् हजुर बनी दुल्हा राजा ?

कति स्वाउँछ त्यो गलामा मेरो बर-माला
दुल्हा बन्दा लजाएको जून कस्तो होला ?
लुकामारी खेल्दै रहर मेरो मन जेल्छन्
हजुरको मनमा कैल्यै यस्ता कुरा खेल्छन् ?

 

Continue reading


हाम्रा अतितहरू

Deepak, pratap, thapa, दीपक प्रताप थापा, pallawa, पल्लव

दीपक प्रताप थापा

एउटै थियो तिम्रो मेरो,जिबनका बाटाहरु
एक सिक्का झैअभिन्न,जस्तै दुइ पाटाहरु /

बर पिपल झै संगै जिउने हामि बिचको संबन्ध
कति मीठो कति सुन्दर थियो हाम्रो नाताहरु/

लैला मजनुन मुनामदन जस्तै हाम्रो प्रितिहरु
नदि सगै किनार जस्तो थियो हाम्रो साथहरु/

 

Continue reading


गजल

Deepak, Sameep, दीपक समीप, pallawa

दीपक समीप

युद्द होस् हार नहोस् त्यो सम्भव छैन
छुरा होस् धार नहोस् त्यो सम्भव छैन ।

जिलाउँदा-जिलाउँदा किसानी दाइ भन्छन्
बारी होस् झार नहोस् त्यो सम्भव छैन ।

कयौँ पटक अचानो मेरो सामू रोएको छ
प्रहार होस् मार नहोस् त्यो सम्भव छैन ।

 

Continue reading


गजल

Deepak, Sameep, दीपक समीप, pallawa

दीपक समीप

युद्द होस् हार नहोस् त्यो सम्भव छैन
छुरा होस् धार नहोस् त्यो सम्भव छैन

जिलाउँदा-जिलाउँदा किसानी दाइ भन्छन्
बारी होस् झार नहोस् त्यो सम्भव छैन

कयौँ पटक अचानो मेरो सामू रोएको छ
प्रहार होस् मार नहोस् त्यो सम्भव छैन

 

Continue reading


हराएको नैतिकता

Deepak, Sameep, दिपक समीप, pallawa

दिपक समीप

सामुन्नेमा प्रणाम गर्छ पिठ्मा छुरा राम-राम
अरुसँग पनि मेरै , काट्छ , कुरा राम-राम

बर्खाको जुका चर्केको चुरा कतिन्जेल टिक्ला र
फाटेको लुगा ढाँटेको कुरा कतिन्जेल टिक्ला र

 

Continue reading


गजल

दिपक समीप

मुग्लानमा पराईमाझ एक्लै हराउँदा
राहत मिल्छ, स्वदेशको माटो छोए मात्रै

मन फुल्छ खुशीले सुकेको आँत रसाउँछ
शहरबाट फर्की गाउँको बाटो छोए मात्रै

Continue reading


गजल

Deepak, Kc, 'Pidit', ‘पिडित’

दीपक केसी ‘पिडित’

पहाडको छोरो म त, तिम्ले तराइ जाती भन्यौ!
तिमीसँगै हुनखोज्दा, बरु पराइ जाती भन्यौ!

माया रोपी मनैभरि, फूलाइदिन्छु खुशी भन्दा,
ब्यर्थै दु:ख नगर भो,फापर छराइ जाती भन्यौ!

Continue reading