गजल

Deep, Dip, Darsan,दीप दर्शन ढकाल,pallawa,पल्लव

दीप दर्शन ढकाल

आउछु भनेर तिमी नआएपछी
तडपिराछु मात्र याद पठाएपछी

चादनीको रोसनी फिक्का लाग्छ
तिमी अलिकती मुस्कुराएपछी

तिम्रा यादहरूले सताउन थाल्छन
घाम अस्ताएपछी जुन उदाएपछी

 

Continue reading


गजल

Deep, Dip, Darsan, दीप दर्शन ढकाल, pallawa, पल्लव

दीप दर्शन ढकाल

खै मलाई आज तिम्रो यो तरिका ठिक लागेन
आखामा गाजल निधारमा टीका ठिक लागेन

चादनी जस्तै चम्किनु पर्ने हो तिम्रो मुहार पनि
आज श्रृंगार गरेर देखिन्छ फिका ठिक लागेन

जहाँ नुन तेल चामल सबै डोकोमा बोक्नु पर्छ
त्यही ठाउँमा बन्यो नगर-पालिका ठिक लागेन

 

Continue reading


दिपेन्द्र सुनामी दीपका एकजोर गजल

Deependra, Sunami,, Deep, दिपेन्द्र सुनामी दीप , pallawa, पल्लव,

दिपेन्द्र सुनामी दीप

छन्दात्मक गजल– १,
वनभरी छ खानी
नगरे रै लगानी

सफरले मिलायो
गजब को कहानी

अधरले सतायो
चढेछ त्यो जवानी

 

Continue reading


बहरबद्ध गजल

Deependra, Sunami,, Deep, दिपेन्द्र सुनामी दीप , pallawa, पल्लव,

दिपेन्द्र सुनामी दीप

हुँदै हुन्न जस्ता, कुरा बन्न थाले !!
बनाए जमाना, नयाँ आजकाले !!!

त्यसै लौ’न गर्छौ, यहाँ फेसनै यो
थिए जो पुराना, लुगा यी मजाले!!

नयाँ काटि भा’का,बनाई स-साना
बढेको जवानी, लुटायो लुगाले

 

Continue reading


सुनामीका दुइ गजल

Deependra, Sunami,, Deep, दिपेन्द्र सुनामी दीप , pallawa, पल्लव,

दिपेन्द्र सुनामी दीप

गजल–१,
देश बनाउनुछ घर बनाउनुछ
मिलीजुली सबै शहर बनाउनुछ

मनको कालो हटाई आऊ समाजमा
सुन्दर अब सारा नगर बनाउनुछ

बिभेद अन्दबिश्वासको पर्खाल तोडी
मेरो प्यारो नेपाल सुन्दर बनाउनुछ

 

Continue reading


गजल

Deependra, Sunami,, Deep, दिपेन्द्र सुनामी दीप , pallawa, पल्लव,

दिपेन्द्र सुनामी दीप

लाउनै छोड्यौ गुन्यौ चोली अत्ती भएन र
हिन्छौ ला’को सबै खोली अत्ती भएन र

कलीमा के के हुन्छ हेर्दै जानुहोस अंझै
कुमारित्व सडकमा ढोली अत्ती भएन र

मदिरामा लठ्ठ पारी यी अङ्ग अङ्ग मेरा
छाड्यौ प्रेम रापले पोली अत्ती भएन र

 

Continue reading


सुनामीका केहि हाईकुहरू

Deependra, Sunami,, Deep, दिपेन्द्र सुनामी दीप , pallawa, पल्लव,

दिपेन्द्र सुनामी दीप

१)
कर्णालि ब्रिज
सिरसिरे हावाले
दोपट्टा उड्यो
२)
नेपेथ्य ले ‘नी
बगाएन निर्जला
बसन्त भरि
३)
कर्णाली जस्तै
उर्लिएको सुनामी
सक्छौ समाल्न

 

Continue reading


दिपेन्द्र सुनामी दीपकका केही मुक्तक

Dlpendra, Sunamee, Deep, Dip, दिपेन्द्र सुनामी ‘दीप’, pallawa, पल्लव

दिपेन्द्र सुनामी ‘दीप’

जित तिम्रो मेरो हार भयो
आफ्नै जिन्दगी भार भयो
कल्पनामा हराएथे प्रिया
अनि बैरिबाट सम्हार भयो

खुशि हुनु तिमी म मरेभने
लाशबनी चितामा परेभने
आशुधारा नबगाए प्रिया
अरुले नै क्रिया गरेभने

 

Continue reading


“भूकम्प र मेरो मातृभूमी “

Deependra, Sunami,, Deep, दिपेन्द्र सुनामी दीप , pallawa, पल्लव,

दिपेन्द्र सुनामी दीप

साऊन भै झर्छन आखाँबाट
म चिहाएर हेर्छु नेपेथ्येबाट
मेरो मातृभूमि
अनि देशको स्वाभिमान बोकेको
सगरमाथा
त्यो लुम्बिनी जनकपुर अनि खप्तड
रारा
छैन्नन ओभाना कसैकाआखाँ
लगातार झरिरहेछ
बहत्तर संगै उम्रियका थिए
बिनाश का मुलहरु
बाँकि केहि राखेन
त्यो
धरहरा को अस्तित्व मेटिदियो
ति सहिद का सपना रेटिदियो
चार जात छत्तिस वर्ण को फुलबारि
ओइलीँदै झरेको छ–

 

Continue reading


बहरबद् गजल

Deependra, Sunami,, Deep, दिपेन्द्र सुनामी दीप , pallawa, पल्लव,

दिपेन्द्र सुनामी दीप

तिमीले झझल्को, हरामी पठायौ
र भेटी मलाई, शुनामी पठायौ

फिदाछन् दुनीयाँ, छ के राज तिम्रो
खुलाई तिमीले, अछामी पठायौ

र छाती भरीको, फुकाई पियारी
खुशीका अनेकौ, बदामी पठायौ

 

Continue reading


सम्झना मा लक्ष्मी

Deependra, Sunami,,  Deep, दिपेन्द्र सुनामी दीप , pallawa, पल्लव,

दिपेन्द्र सुनामी दीप

यो धर्ती मा जब पाहीला राखीदियौ
नेपालि भनी चिनाउने तिमी नै थियौ
हो लक्ष्मी यो धर्तीमा जुन झै उदाएर
चिरियका मनहरू लौ न शीतल बनाएर

हर नेपालीले हरपल सम्झना गरिदिया
पढिकन खण्डकाब्य हेर लौ ज्ञान लीया
आजकै दिन यो धर्तीमा राखी पाउ तिमीले
नेपाल आमाको यथार्थ चित्रण गरेका थिया

 

Continue reading


बहरबद्ध गजल

Deependra, Dipendra, Neupane, Deep, दीपेँद्र न्यौपाने ‘दीप’, pallawa, पल्लव

दीपेँद्र न्यौपाने ‘दीप’

बसाल्यौ थचक्कै र फेरी उचाल्यौ
मलाई तिमीले समातेर फाल्यौ

गर्यौ बात चिल्ला सुनी लठ्ठ पर्ने
मुटुमा बसाल्दा कोमल मन पगाल्यौ

दिएँ दूध गल्ती भयो सर्पलाई
त्यसैले मलाई सधैं डस्न थाल्यौ

 

Continue reading


आमा बुवा

Deependra, Dipendra, Neupane, Deep, दीपेँद्र न्यौपाने ‘दीप’, pallawa, पल्लव

दीपेँद्र न्यौपाने ‘दीप’

आमा देवी सरह र बुवा देवताका पुजारी
साँच्चै मेरा रहर भगवान् छन् यहीं नै सवारी
पाले ताले र दस महिना पेटमा हुर्किएको
खाई खाई नरम चिजले हूँ म नै मात्तिएको

बाबा आमा जति जगतका सृष्टिकर्ता सबैका
भेटिन्थे यी न कलियुगमा मात्र हुन्छन् कमैका
चौतारीमा पवन सरि यी प्यार भर्ने छहारी
माया गर्ने मन भरि यिनै छन् सखा गूणकारी

 

Continue reading


१४ अक्षरीय गजल

Deep, Milan, दीप मिलन, pallawa, पल्लव

दीप मिलन

मेनकामा के छ त्यस्तो उर्वसीमा के छ?
जे तिमीमा छैन प्यारी सुन्दरीमा के छ??

चाहनाको पङ्ख काटे कैदमा छन् हाँसो,
सोध्न थाल्यौ व्यर्थ प्यारी बन्धकीमा के छ??

दिल चोरेका चोरलाई छैन कानुन् केही,
सोध्छ यो मन् भित्र भित्रै हत्कडीमा के छ??

 

Continue reading


१६ अक्षरीय गजल

Deep, Milan, दीप मिलन, pallawa, पल्लव

दीप मिलन

सुनाउ गीत कोइली र नाच कस्तुरीहरू।
बजाउँला म बाँसुरी सप्रेम बाँड डम्मरू।।

म देश राख्छु काँधमा र माथ बन्नु शैलले
कतै दुखे स्वदेश यो म दिन्छु प्राण नै बरू।।

जहाँ हिमाल हाँस्दछन् गुराँस चाँप फुल्दछन्,
म भन्छु स्वर्ग हो यही कहाँ छ स्वर्ग कुन् अरू।।

 

Continue reading


कविता देशमा

दीप मिलन

दीप मिलन

लेखी पत्र पठाउँला खबरमा सन्चो बिसन्चो सबै।
आमा जान्छु विदेशमा अब भने चिन्ता नमाने कुनै।।
यो रित्तो घरको अभाव कसरी हेर्दै बसूँ देशमा।।
ल्याई आउँछु धेरथोर धन क्यै फर्केर यै देशमा।।

बूढा बा दिन रात खेत पसिना छर्दै खनी जोत्दछन्।
बाँझो खेत भरी अहो! रहरको लाखौं मुना रोप्दछन्।।
बा तिम्रो सब जीवनै बितिगयो यै भीर यै लेकमा।।
नाङ्गो ज्यान छ पेट भर्नु छ म के खोज्दै बँसू देशमा।।

 

Continue reading


गजल

Sandeep, Dhakal, Deep, शन्दीप ढकाल ‘दीप’,  pallawa, पल्लव

शन्दीप ढकाल ‘दीप’

तिम्रो मेरो सम्बन्धमा खोट नभए त !!
किन दुख्थ्यो भित्री मुटु चोट नभए त !!
.
भावनाको हाम्रो नाता जोख्यौ सम्पतिले
के नापोले जोख्थ्यौ होला नोट नभए त !!
.
मानवीय रुप तिम्रो बानी भमराको
कहाँ भेट्थ्यौ फूल राम्रो बोट नभए त !!

 

Continue reading


मेरैभित्र फूल्न बाँकी तिमी फूल . . . . .

Deep, sagar, Pyasi, दीप सागर ‘प्यासी’, pallawa, पल्लव

दीप सागर ‘प्यासी’

तिमी गयौ बाटोभरि जम्मै याद पोखी
टिप्दैछु ती यादहरू म पाइला रोकीरोकी

चाहनाको प्यास पूरै मेट्न बाँकी नै’थ्यो
गीत बनाई तिमीलाई लेख्न बाँकी नै’थ्यो
आँखा खोली खोजूँ कि म खोजूँ आँखा छोपी
तिमी गयौ बाटोभरि जम्मै याद पोखी

 

Continue reading


१६ अक्षेरीय गजल

Raju, Acharya, Deep, राजु आचार्य ‘दीप’ , pallawa, पल्लव

राजु आचार्य ‘दीप’

राष्ट्रको शासन ,सत्ता युवाहरुलाई देऊ
सल्लाहकारको कुर्सी बूढाहरुलाई देऊ ।

मान्छे रमिते बन्दा यस्तो महसुस हुन्छ
बरु काम केही गर्लान् गधाहरुलाई देऊ ।

पटक पटक निर्दोषले दुः ख पाएको छ
बेला बेला थप तालिम थुनाहरुलाई देऊ ।

 

Continue reading


टिप्दैछु ती यादहरू म पाइला रोकीरोकी

Deep, sagar, Pyasi, दीप सागर ‘प्यासी’, pallawa, पल्लव

दीप सागर ‘प्यासी’

तिमी गयौ बाटोभरि जम्मै याद पोखी
टिप्दैछु ती यादहरू म पाइला रोकीरोकी

चाहनाको प्यास पूरै मेट्न बाँकी नै’थ्यो
गीत बनाई तिमीलाई लेख्न बाँकी नै’थ्यो
आँखा खोली खोजूँ कि म खोजूँ आँखा छोपी
तिमी गयौ बाटोभरि जम्मै याद पोखी

 

Continue reading