देवकी तिमल्सिना सिम्खडा का केही मुक्तकहरूः

Debaki, Timalsina, Samiksha, देवकी तिमल्सिना, pallawa, पल्लव

देवकी तिमल्सिना

यो समीक्षा भिरमा फुल्न चाहन्छे
हरपल पीरमा मुस्कुराउन चाहन्छे
शायद नियति नै यस्तै भएर होला !
संङ्घर्ष शीरमा अग्ल्याउँन चाहन्छे ।

कसैको राम्रो आनिबानी हजार हुन्छ
बेइमानीहरूको नै यहाँ बजार हुन्छ
यो समय पनि कति निष्ठुरी छ हगि!
सज्जनहरू माथि नै यहाँ प्रहार हुन्छ ।

 

Continue reading


देवकी निराैला केही मुक्तकहरूः

Devaki, Debaki, Niraula, देवकी निरौला, pallawa. पल्लव

देवकी निरौला

कोही फूल कोही माला लिएर आउनु
कोहि अबिर कोही खादा लिएर आउनु
सरकार कर असुलगर्न आउँदै छ आज
मर्नेहरूको घरबाट बाजा लिएर आउनु

मलाई तिम्रा यादहरूले पोलिरहे भनेँ ?
के गर्नु फेरि हरप्रहर बिथोलि रहे भने ?
मौनतामा हज्जारौं प्रश्न पनि हुनसक्छन्
जवाफ के पठाउँ तस्बिर ले सोधिरहे भनेँ ?

 

Continue reading


गजल

Devaki, Debaki, Niraula, देवकी निरौला, pallawa. पल्लव

देवकी निरौला

हलो बिर्सियो उसले जुवा बिर्सियो
अनि शहर पसेपछि फरुवा बिर्सियो

हिजो त्यही अमृत पिएर बाँचेको हो
जरुवा बिर्सियो अब कुवा बिर्सियो

अचेल मधुशालमा रमाउँन थालेको छ
आमा चियामा तुलसी अदुवा बिर्सियो

 

Continue reading


गजल

Devaki, Debaki, Niraula, देवकी निरौला, pallawa. पल्लव

देवकी निरौला

जायौ मिठो वाँसुरी धुन सुनेर आउँदैछु
सुगन्ध छर्ने बैजन्ति माला उनेर आउँदैछु

पाउको चाल राखेर ख्याल लुकेर सुटुक्क
खोलेर पाउजु सुस्तरी ढोका थुनेर आउँदैछु

शिशिर रात तुषारो पर्ला सिरेटो बिझाउला
प्रेमको धागो जोडेर मफ्लर बुनेर आउँदै छु

 

Continue reading


देवकी निरौलाका केही मुक्तकहरूः

Devaki, Debaki, Niraula, देवकी निरौला, pallawa. पल्लव

देवकी निरौला

उजाड बगरमा पनि मोती फलाउन सिक्नु
धर्यता र परिस्रमले पत्थर गलाउन सिक्नु
जिन्दगीको गोरेटोमा धेरै आउँछन् कठिनार्इ
छिचेलेर बाधाहरु पाइला बढाउन सिक्नु

टुक्रिएर झरेपछि समेट्नु को के अर्थ भो ?
मरेपछि ईच्छा पानी भेट्नु को के अर्थ भो ?
सक्छौ मुटु चल्दाचल्दै बरु प्रहार गर छुरा
पिलाएर जहर घाँटी रेट्नु को के अर्थ भो ?

 

Continue reading


देवकी निरौलाका मुक्तकहरूः

Devaki, Debaki, Niraula, देवकी निरौला, pallawa. पल्लव

देवकी निरौला

हिजोसम्म आँखा पनि ओभानो थियो
खुसि नै थिएँ आकाश को छानो थियो ।
आज प्रिय मित्रले प्रेमिल उपहार पठयो
हेरेँ खुकुरी थियो अनि अचानो थियो ।।

उपचार बिना नै बिरामी घरमा पठायो ।
बिरामी लाई आफन्त निगरानि पठायो ।।
खै के भन्यो डाक्टरले सुटुक्क उसलाई
रहर बटुलेर सपना को मलामि पठायो ।।

 

Continue reading


‘म योद्धा हुँ’

Debaki, Timalsina, Samiksha, देवकी तिमल्सिना ‘समिक्षा’, pallawa, पल्लव

देवकी तिमल्सिना ‘समिक्षा’

म योद्धा हुँ
थाहा छ
जीवनमा अनन्त दृश्य
असिमीत लक्ष्य
कसैले टपक्कै टिप्न सक्छ मलाई
तर पनि,
निस्फिक्री मुस्कुराइरहेकी छु,फूलसरी?
तिमी जे भन फिक्री छैन
म त फूल हुँ!
मनको नाबीबाट
टुसाएको चाहना
अनगिन्ति खुसीहरू भेट्टाउन
म युद्धमा निस्किएकी योद्धा हुँ
र सपनाहरूसँग फुल्छु
तिमी जस्तै रङ्गीन बनेर!

 

Continue reading


देवकी तिमल्सिना ‘समिक्षा’ का केही मुक्तकहरूः

Debaki, Timalsina, Samiksha, देवकी तिमल्सिना ‘समिक्षा’, pallawa, पल्लव

देवकी तिमल्सिना ‘समिक्षा’

मान्छे तिमी बन्ने भए कर्म ख्याल गर
मानवताको जहिल्यै धर्म ख्याल गर
तिम्रो मनमा साँच्चिकैको हरि छन् भने
गरीब र निमुखाको मर्म ख्याल गर ।

यो समाजमा छोरीको भिन्न जूनी छ
वेदना र पीडा हाम्रो सबै माटो मुनि छ
बाँधेका छन् बन्धनले छेकि छेकि काँडा
एकलौटी नियम बनाउने चलन खुनी छ ।

 

Continue reading


गजल

Devaki, Debaki, Niraula, देवकी निरौला, pallawa. पल्लव

देवकी निरौला

मन रोएर कम्जोर पार्न चाहन्न
चुनौती सकेसम्म हार्न चाहन्न।।

जिउनु छ कतिदिन अझै ए जीन्दगी
तिल तिल गरेर मार्न चाहन्न ।।

अधर काे मुस्कान खाेसिएपछी म
गहना ले बेर्थै सिँगार्न चाहन्न ।।

 

Continue reading