गजल

Deep, Dip, Darsan,दीप दर्शन ढकाल,pallawa,पल्लव

दीप दर्शन ढकाल

आउछु भनेर तिमी नआएपछी
तडपिराछु मात्र याद पठाएपछी

चादनीको रोसनी फिक्का लाग्छ
तिमी अलिकती मुस्कुराएपछी

तिम्रा यादहरूले सताउन थाल्छन
घाम अस्ताएपछी जुन उदाएपछी

 

Continue reading


‘गजल दर्शन’ नियाल्दा . . . . . . .

Sadananda, Abhagi, सदानन्द अभागी, pallawa, पल्लव

सदानन्द अभागी

परिचय

Gazal, Darshan, Cover, समिक्षीत कृति गजल दर्शन, pallawa, पल्लव

समिक्षीत कृति गजल दर्शन

नेपाली साहित्यमा गजलले अत्याधिक लोकप्रियता हासिल गर्दै अघि बढीरहेको छ । भनिन्छ गजलमा बाढी आएको छ तर म भन्छु गजलमा आज क्रान्ति आएको छ । त्यसो हुँदा मैले आजको गजलमय युगलाई गजल क्रान्तिको युग भन्ने गरेको छु । गजलको चरण विभाजनमा मैलेयसरी प्रस्तुत गर्ने गरेको छु -पहिलो चरण प्रारम्भिक काल -वि.सं १९४० देखि २००२ सम्म, दोस्रो चरण विलुप्तकाल  वि.सं २००२देखि २०३५ साल,तृतीय चरण, गजलको पुनर्जागरण काल वि.सं २०३६ देखि २०५०सम्म र चतर्ुथ चरण गजलको उर्वरक काल २०५१ देखि २०५९सम्म र वि.सं २०६०यता पाँचौं चरण -गजल क्रान्तिको युग) जसमा गजल लेखनमा क्रान्तिनै आएको छ । यस गजल क्रान्तिको कालमा गजलका महाहस्थी गोर्खेसाइँलोले गजलमा देखिएको यो बाढीमा धमिलो पना हटाएर सङ्लोपना आवोस् र गजलका संरचनामा शुद्धता छावोस् भन्ने धारणा राख्दै गजलदर्शनको यो कृति प्रकाशनमा ल्याएका छन् । आज गजलमा बहरयुक्त र बहरमुक्त गजलको बहस त चलिरहेकै छ । यो बहस चलिनै रहन्छ र गजलकारहरूले गजलको प्रकाश छरिनै रहन्छन्  तर गजल लेखनमा शुद्धता भने अवश्य चाहिन्छ, शुद्धता चाँहिदैन भनेर नकार्न भनेे कसैले सक्दैन ।  त्यो शुद्धताको सुधापान कसैले गर्न चाहान्छ भने गजल दर्शनमा अवश्य पाइन्छ ।

 

Continue reading


गजल

Darshan, Yonghang, Limbu, दर्शन योङ्घाङ लिम्बु, pallawa

दर्शन योङ्घाङ लिम्बु

हेर्दा हेर्दै बिर्खे दाई भट्टी छिरे लुसुक्कै
साहुनिको कानैमा खै के के भने खुसुक्कै

ठप्प भाको भट्टीमा ग्राहक आको देखेर
देब्रे आँखा झिम्काई कान्छी हासिन मुसुक्कै

 

Continue reading