गजल

Bimala, Bikalata, Dangi, विमला डागी 'विकलता' , pallawa, पल्लव

विमला डागी ‘विकलता’

बोधै खुकुरी भए हुन्छ धार पो किन चाहियो र ?
म त तेसै नै सुन्दरी छु हार पो किन चाहियो र ?

धेरै कुराहरु बुझ्न चाहन्छौ भने मेरा तिमिले
उपन्यास नै पढे हुन्छ सार पो किन चाहियो र ?

नन्दनको सपनाहरु न देखाउ भो मलाई यहाँ
प्रकृतिमै रमाएकी छु प्यार पो किन चाहियो र ?

 

Continue reading


गजल

Bhim, Dangi,भिम डाँगी, pallawa, पललव

भिम डाँगी

राजनिति गर्छन् यहाँ झुक्याएर ऊ भन्दै थियो
ती जनताहरू को मन दुखाएर ऊ भन्दै थियो

विकाशको नाराहरू घन्किरहन्थे त्यो बेला
चुनावमा जनतालाई हँसाएर ऊ भन्दै थियो

पढ्दा लिएको ऋण बुझाउन नसक्दा मैल
सहूले लग्यो हलगोरू फुकाएर ऊ भन्दै थियो

 

Continue reading


विमला डागीका जोर गजल

Bimala, Dangi, बिमला डाङ्गी, pallawa, पल्लव

बिमला डाङ्गी

गजल– १,
अब मेरो जिउने आधार बेग्लै छ
बदलियो मेरो संस्कार बेग्लै छ ।

अनि आशा र भरोसा टुटदै गए
मेरो लागि कथाको सार बेग्लै छ ।

सुनाउ दिन गुनासाहरु कसै सँग
मेरो लागि फोनको तार बेग्लै छ ।

 

Continue reading


टुहुरो म

Rajkumar, Dangi, Dangee, Sambhar, Raj, सम्भार राज, pallawa, पल्लव

सम्भार राज

म थिए तीन बर्षको हजुर भाइ थियो पेटमा
बुवालाई खोसी दैबले लग्यो पहिलो भेटमा
आमाको सिंदुर पुछियो हातका चुरा फुटेय
साहुलाई पनि जफत गरेने मौकाहरु जुटेय

हाम्रो घरमा रुवा बासी दुश्मनलाई भो हासो
#दैबले नि मौका परि थाप्न थाले पासो
#आफ्नै अंकल अन्टिहरु पराई भै जादा
कोहि भएन बोल्ने मेरो आमा साहुले लादा

 

Continue reading


बिमला डाङ्गीका केही मुक्तकहरू

Bimala, Dangi, बिमला डाङ्गी, pallawa, पल्लव

बिमला डाङ्गी

कहाँ बवि बन्छर भावनाको मुल फुट्दैन भने
हरपलमा कौतुहलताका शब्द जुटदैन भने ।
जहाँ नागबेली सरी पहरामा बेरिएको मन
एक अर्काको माया र ममतामा छुट्दैन भने ।।

हल्का त यो रोगले मलार्इ पनि छोएकै हो
बिगतका दिनहरूमा म पनि रोएकै हो ।
तर दुनियाको सामु कसरी शिर झुकाउनु
सम्झनाका आसुले मुख पनि धोएकै हो ।।

 

Continue reading


गजल

Bimala, Dangi, Dang, विमला डाँगी, pallawa, पल्लव

विमला डाँगी

प्रतिष्ठा बोकेर आउ प्रभातमा हेर
जीवन संकल्प गरिदिन्छु हातमा हेर

अभिष्ट वस्तुको खोजीमा लिन भयर
प्रतिविम्व नै भेटिएन त्यो खातमा हेर ।

संहार नगर कसैको सम्मानलाई यहाँ
अदभुत छैन नि यहाँ कुनै जातमा हेर।

 

Continue reading


विमला ढाङ्गी ‘विकलता’का केही मुक्तहरूः !!

Bimala, Dangi, Dang,विमला ढाङ्गी ‘विकलता’, pallawa, पल्लव

विमला ढाङ्गी ‘विकलता’

आमा तिमी जनमतलमा आर्इ आफैँ हरायौ
यौटा थुड़्गा बनतिर कतै व्यर्थको नै बनायौ ।
ठाऊँ के हो कसरि उसमा सृष्टि आफैँ रचेर
त्यो बाटोमा पनि उसरी जालमा फस्न मनायौ ।।

यो मनमा हुरीबतास चल्छ किन ?
ताप विना पनि मुटु जल्छ किन ?
निभाऊने दमकल हुँदा हुदै पनि
हर हराउदै आगो झैँ बल्छ किन ?

 

Continue reading