नदी

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना’

बग्दैछ यो झर्झर गीत गाई
आमा बनी निश्चल प्रीत लाई
टिप्दै सुसेली म भरूँ कि राग
बल्दैछ झन् सिर्जनाको चिराग।।

टिपेर बोली कविता खुसी छ
नदीसंगै को भन बेखुसी छ
बाढी बनी क्रान्ति कराउँदै छ
आवाजमा लोक हराउँदै छ ।।

 

Continue reading


ईश्वरीय दर्शन

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

कोही मन्दिर जान्छन्
कोही मस्जिद पुग्छन्
कोही भौतारिरहन्छन् यताउता
ईश्वर खोज्न
तर ईश्वर सर्वव्यापी छन्
ईश्वर आफू भित्रै पनि छन् छोई हेर्नू
ईश्वर वृद्दाश्रम भित्र छन्
सडकको पेटिमा छन्
अस्पतालको सैयामा छन्
हो ईश्वर सर्व व्यापी छन् !!
तिर्थहरुले हामीलाई चियाइरहेछ्न्
ईश्वरले हामीलाई नियाली रहेछन् –

 

Continue reading


गजल

Bimala, Dangi, Dang, विमला डाँगी, pallawa, पल्लव

विमला डाँगी

प्रतिष्ठा बोकेर आउ प्रभातमा हेर
जीवन संकल्प गरिदिन्छु हातमा हेर

अभिष्ट वस्तुको खोजीमा लिन भयर
प्रतिविम्व नै भेटिएन त्यो खातमा हेर ।

संहार नगर कसैको सम्मानलाई यहाँ
अदभुत छैन नि यहाँ कुनै जातमा हेर।

 

Continue reading


विमला ढाङ्गी ‘विकलता’का केही मुक्तहरूः !!

Bimala, Dangi, Dang,विमला ढाङ्गी ‘विकलता’, pallawa, पल्लव

विमला ढाङ्गी ‘विकलता’

आमा तिमी जनमतलमा आर्इ आफैँ हरायौ
यौटा थुड़्गा बनतिर कतै व्यर्थको नै बनायौ ।
ठाऊँ के हो कसरि उसमा सृष्टि आफैँ रचेर
त्यो बाटोमा पनि उसरी जालमा फस्न मनायौ ।।

यो मनमा हुरीबतास चल्छ किन ?
ताप विना पनि मुटु जल्छ किन ?
निभाऊने दमकल हुँदा हुदै पनि
हर हराउदै आगो झैँ बल्छ किन ?

 

Continue reading


केही हाइकूहरू !!

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

आल्हादित छु
प्राकृतिक छटामा
एक्लै एक्लै म !!

एक्लै आएकी
जानुपर्ने नि एक्लै
परम धाम !!

छोटो जिन्दगी
अभिमान क्यै नहोस्
धर्तीमा रहदा !!

 

Continue reading


‘आमा’

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना’

हे आमा कुन रीतले हजुरको पूजा र आराधना ?
गर्दै जान म सक्छु लौ भनिदिनोस् मेरो यही प्रार्थना
आशीर्वाद मिलोस् र गर्न म सकू सेवा सदा देशको
आफ्नै सस्कृति मान्यता सब यहाँ भाषा तथा भेषको !!

नेपाली ममता धरी हृदयमा अग्लो बनाई शिर
मेरा पाउ सधै बढून् अघितिरै यै राष्ट्रका खातिर
हाम्रो स्वर्णिम त्यो अतीत नभुलौ गाथाहरु वीरका
यो स्वातन्त्र्य बचाउने सहिदका मीठा कथा धीरका !!

 

Continue reading


साहित्य साधना

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

जो बुझ्लान् घरमा रमी मनमनै साहित्य राम्रो भनी
त्यो सारा परिवार हर्ष मन ली बाच्लान् रमाई रही
चाख्लान् ती बहुतै मिलाप मन ली साहित्य धारा रस
आनन्दी मनले डुबेर सबले लेख्लान् कविता तब ।

पर्ने छैन तनाव शान्त घर त्यो प्रेमी रहे काव्यमा
साराका मुखमा गमेर रहला त्यै काव्य नै साधना
जस्का छन् नबुझी रिसाउनु सबै लेख्दा कथा सुन्दर
केहो ? लेखन खै ! सहेन मनले उर्ली अझै गर्गर ।

 

Continue reading


अनुभुति

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

वर्षौं देखि छल्किरहेका
यी दुइ इनारहरूमा
कहिले खडेरी लागेन !
सदावहार भरिएर
पोख्खिरहेछन्
पर बाट विषाक्त हुरीले
नियालिरहन्छ मलाई
उस्का दृष्टिका डोबहरूले
क्षत विच्छेद गराएको छ
तर पनि
म आफ्नो गतिमा दौडीरहन्छु ।

 

Continue reading


नयाँ वर्ष

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

आयो हर्ष लिई यही भुवनमा छायो नयाँ वर्षले
सारै रम्य बनोस आत्म सबको हाँसी खुसी हर्षले ।
मीठो भोजन वस्त्र धारण भए सर्वत्र राम्रो हुने
साराका मन नै खुसी हुनसके क्वै हुन्न अर्को रुँने ।।

छाओस् शान्ति सबै दुखी मनुजमा उत्साह बोकी कन
बाल्दै दीप नयाँ प्रकाश छरियोस् भर्दै नयाँ चेतना ।
सदाचार बढाउँदै सब तिरै सद्बुद्धिका साथमा
बन्ला आखिरमा सबै जन जुटे रात्री, दिवा प्रातमा ।।

 

Continue reading


मुक्तक

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना’

सधैँ भरी नै मेरो समीप आऊ भगवान
यही दुखीलार्इ प्रकाशले छाऊ भगवान ।
तिम्रै ज्योति तेज मिल्दा जीवन बचेको छ
ज्ञान–गुणको शंख ध्वनी बजाऊ भगवान !!!

गरी काम मिलेर यो सस्था उठाउँन पाऊँ
मन वचन कर्म र गुणले रुझाउँन पाऊँ ।
जहाँ जान्छु म कामले देशका कुनाहरूमा
दाङको साहित्य पहिचान बुझाउँन पाऊँ !!

 

Continue reading


दुष्ट छिमेकी

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

छेकिनन् टहराहरू यदि भने अग्ल्याउँदै जाउला
हाम्रा वुद्ध कहाँ गए अझ अहो खोजेर नै ल्याउँला ।
छाँगा, पर्वतराज, नील नभमा चम्केर हाँस्दै रहून्
हाम्रा वीर सहास धेर जनता लम्केर नाँच्दै रहून् ।।

छेकौँ बार गरी छिमेकतिरका गाडौ किला साँधमा
छिर्नेछ्न् परका असभ्य जनता बोकौँ मुढा हातमा ।
साँधैँमा नजिकै छ दुश्मनहरू झुक्याउने तालमा
उस्को चाल बुझेर आत्म बलले जागौ सधैं रातमा ।।

 

Continue reading


पुकारा

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

कस्तो छौ भगवान यो जगतमा के स्वार्थमा भुल्द छौ ?
मेरो नाम कतै छ छैन दिलमा के पाउँदा खुल्द छौ ?
साह्रै ध्यान गरेँ परन्तु किन हो? माया गरे नौ रती
तिम्रै मन्दिरको सुगन्ध नपुगी बिग्रे छ मेरो मती ।।
.
सारा भोग गरी सकेर अहिले के काममा ब्यस्त छौ ?
तिम्रो भक्त यहाँ निरास रहँदा के धूनमा मस्त छौ ।
प्राँणीका दिलमा छ बास गहिरो छाती भरी छौ तिमी
संसारी जनका बसेर मनमा साह्रै पियारा तिमी ।।

 

Continue reading


नयाँ माइतीघर

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

दादा ज्यूको सरल पनले भेट हाम्रो गरायो
हाम्रो आफ्ना मन-वचनका पीर-वादा हरायो ।
कस्तो मौका सरल हुन गो दाजुको दर्शनै भो
मेरो आफ्नो तनमन यहाँ पूर्ण त्यै द्वारमा भो ।।

मेरो प्यारो सकल मनमा दिल यो बस्नपयो
दादा पाई मकन मनमा हर्षे गद्गदायो ।
आयो मौका दिन कम हुँदै नेत्रले देख्न पायो
कस्तो राम्रो प्रकृति सँगमा देह यो भिज्न पायो ।।

 

Continue reading


बहरबद्ध गजल

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

अति भो छलछाम यहाँ अहिले
मुख मात्र छ राम यहाँ अहिले ।

कल हुन्छ सधैं छल मै छ सबै
कसरी भनुँ नाम यहाँ अहिले ।

छ सबै घरमा गरिवी जनता
कसरी दिउँ माम यहाँ अहिले ?

 

Continue reading


आशय

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

दादा देख्छु सधैँ ति राम सरिका सीता सरी भाउजु
बाबा दैव समान देख्छु घरमा सम्झेर नै गाउँछु ।
आमाको त कुरा म के भनुँ यहाँ यै नैनमा पाउँछु
पुर्ख्यौली घरको छ इज्जत भनी आफैँ रुँदै आउँछु ।।

पाएँ जीवन यो कुलान घरमा सारा सबै सुन्दर
शिक्षा आर्जन मै मव्यस्त रहँदा यौटाभयो अन्तर ।
पैले रोज्न र छान्न त्यो समयमा आफैँ थिएँ बालक
साह्रै घोर अघोरका सँग पुगेँ अर्कै भयो मालिक ।।

 

Continue reading


भावनाका केही मुक्तकहरूः

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

जति कष्ट भोगे पनि मैलेमात्र भोग्नु परोस्
आरोग्यता सबैको निम्ति द्यौता ढोग्नु परोस्
छोटो जिन्दगी हो उतारचढाव आउँछ नै
सधैं मंगलकामना गर्दै दर्द छोप्नु परोस् !!

साझ पर्यो हेर्दाहेर्दै गजलको राजधानी
सूर्य झर्यो रात डाक्दै गजलको राजधानी
सुनसान भो स्मृतिमा टोलाइदा यो सन्ध्यामा
दूर सर्यो क्षितिज झैँ गजलको राजधानी !!

 

Continue reading


भावना न्यौपानेका केही मुक्तकहरूः

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

साहित्य नै प्राण सम्झी निरन्तर धाएकी छु
यसैले त अनगिन्ती साथीभाइ पाएकी छु
जिन्दगीको मेरो खुसी सम्पत्ति नै यही भयो
यसैबाट जिन्दगीको बीज रोप्न आएकी छु !

ऋतुराजको आगमनले मन हर्ष छायो
कोयलीले वसन्तमा नयाँ नयाँ गीत गायो
फुलेका छन् बनभरि राता राता गुराँस ती
यही दृश्यमा रम्दा मेरो मनले खुसी पायो !!

 

Continue reading


देशको नाममा

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना’

वेहानी पखमा उठेर घरमा गर्दैछु लौ प्रार्थना
मेरो देव समान भै खुस हुनू गर्दै छु यो वन्दना ।
दोहोरो ध्वनि शङ्खनाद भरदै आभा उज्यालो छरी
तिम्रैसाथ बसेर पोख्छु पसिना यो राष्ट्र मेरो भनी ।।

डाडामा छरियो विहान पखको लालीभरी रङ्गमा
आशीर्वाद लिएर यो भुवनको माया भरौँ देशमा ।
पोखौँ शीपकला यही जगतमा क्यै काम राम्रो गरी
हाम्रा धर्म र कर्मका गुण सिकौँ संस्कार राम्रो भरी ।।

 

Continue reading


भवानी न्याैपाने भावनाका एकजोर गजल

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

बहरबद्ध गजल– १,
भलो देख्न खोज्ने प्रिएसी कहाँ गो ?
दशा छेक्न खोज्ने प्रिएसी कहाँ गो ?

दुखेकी म मान्छे वियोगी बने की
खुसी फेक्न खोज्ने प्रिएसी कहाँ गो ?

यहाँ सम्झनामा तिमी मात्र देखेँ
त्यही लेख्न खोज्ने प्रिएसी कहाँ गो ?

 

Continue reading


भावना न्यौपाने भावना का मुक्तकहरू

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना’

स्वर्ग पनि त यही धर्ती हो स्वर्ग मान्न सके
आफैं भित्र अशल बनिन्छ ज्ञान धान्न सके
अहम् डाह ईष्र्या त्यागे बन्ला राम्रो गुणी खुबै
मान्छे आफैं महान बन्छ गुणहरु जान्न सके !!

मेरो यो मृदुल हृदयका सम्पत्ति हौ नानी
तिमी बाट कैले टाढा हुने छैन मेरो बानी
दुई नयनले स्मृतिमा तिम्रै तस्बिर कोर्छन्
दया अनि प्रेमका मूल तिमी नै हौ खजानी !!

 

Continue reading