लिला दाहाल का चार गजल

Lila, Dahal, Adhikari, Tandi, लिला दाहाल अधिकारी, pallawa, पल्लव

लिला दाहाल अधिकारी

गजल– १,
आस्थाका बिम्बहरू लगातार ढ्लेपछि
सपनाको महलहरू भत्किएर लडेपछि

खै के हेरेर बसेको छ यहाँ सरकार
दिन दिनै बिदेशमा जवान मरेपछि

के आश गरु खै शासक यहाँ त बाट
छाउगोठ्को नरकिए जीवन नरोकेपछि

 

Continue reading


गजल

Lila, Dahal, Adhikari, Tandi, लिला दाहाल अधिकारी, pallawa, पल्लव

लिला दाहाल अधिकारी

मदहोस तिम्रा ती आँखा मा म हराएछु
यो मेरो मन मुटुमा तिमिलार्इ सजाएछु ।।

लुकाउ मलाई तिम्रो ती प्यासी नयनमा
मलाई बाँधेछौ र पो म आत्तिदै कराएछु ।

तिमी भन्छौ म तिम्रै हु मलार्इ बिश्वास छ
चिरिदिन्छु छाती भन्यौ र पो बर्बराएछु ।

 

Continue reading


लिला दाहाल अधिकारी का केही मुक्तकहरूः

Lila, Dahal, Adhikari, Tandi, लिला दाहाल अधिकारी, pallawa, पल्लव

लिला दाहाल अधिकारी

रित्तिएको तिम्रो मुटुमा माया भरिदिउँ त म
आँसु पुछी ओठमा मुस्कान छरिदिउँ त म
अनुमति दिन्छु भन जीवनभर खुशी दिन्छु
तिम्रा मनका सारा रहर पूरा गरिदिउँ त म?

तिमी बिना एक पल बिताउन मुस्किल छ
चाहेको त थिए टाढा तर हुन मुस्किल छ
किन भयौ तिमी यसरी नजिक मेरो
तिम्रो गल्तीमा अब रिसाउन मुस्किल छ ।

 

Continue reading


इन्द्रेणी

Kalanidhi, Dahal, कलानिधि दाहाल, pallawa, पल्लव

कलानिधि दाहाल

न डाहा उफ्रने गर्छ-कसैको हेरी उन्नति
न”आहा”पाऊँको लिप्सा-आफैमा भव्य आकृति !
अजरामरको आँखो – आफैँ हेर्दछ टुल्टली
यसभित्रै पसी जम्मै-यो संसार सबै भुली !!

घरको न त धन्दा छ-न चासो परको कतै
पेटको न त फन्दा छ-न गन्धा आङको कतै !
न”खुम्चूँ कि?”कतै चिन्ता-न फैलूँ मोहमा कतै
वराट विश्व आफैँमा-दिव्यदेह जताततै !!

 

Continue reading


बद्रीप्रसाद दाहाल का दुइ टुक्रा

Badri, Prasad, Dahal, बद्री प्रसाद दाहाल , pallawa, पल्लव

बद्री प्रसाद दाहाल

१) आषाढका रातमा
सम्झी बस्दछु दूर छ्यौ नि कविता, गर्मीछर्यो ग्रीष्मले ।
झल्को झल्मल पार्छ चित्र पटका, राधा र श्रीकृष्णले ।।
पानी झम्झम बर्षिए नजरमा, पीडा बहे आँतमा ।
निन्द्रा लाग्न सकेन छट्पट हुँदा, आषाढका रातमा ।।

हेर्थ्यौँ मुग्ध हुँदै दुबै नजरले, विश्राम जान्दैनथे ।
तिम्रा कोमल हात छुट्टिन कबै, मान्दैन मान्दैनथे ।।
लामा रात विते सधैँ प्रणयका, रम्दै नयाँ बातमा ।
निन्द्रा लाग्न सकेन स्निग्ध कविता, आषाढका रातमा ।।

 

Continue reading


लिला दाहाल अधिकारी का केही मुक्तकिय टुक्राहरूः

Lila, Dahal, Sayal, लीला दाहाल सयाल, pallawa, पल्लव

लीला दाहाल सयाल

खै किन खोजी रहन्छ यो मन निस्ठुरी को तस्वीर
किन खोज्छ नजीक हुनआफैमा नभएको तक्दीर
सजिलै बिर्सेला छोडी जाने ले त ती मिठा यादहरु
तर खै म पार हुनै सकिन तिम्रा ती झुट्टा जन्जीर ।

प्रेममा याद सदाबहार मिलन क्षणिक लाग्छ
त्यसैले प्रेम यथार्थ भन्दा काल्पनिक लाग्छ
पुरुष आत्मा भन्दा बढि शरीर चाहन्छ
स्त्री धन सम्पत्ति खोज्छे त्यसैले गणिक लाग्छ ।।

 

Continue reading


म सञ्च – पञ्चचामर

Badri, Prasad, Dahal, बद्री प्रसाद दाहाल , pallawa, पल्लव

बद्री प्रसाद दाहाल

म भावनासँगै बसी, सुसिर्जना सजाउँछु ।
म कल्पना छुँदै छुँदै, यथार्थमा रमाउँछु ।।
म शून्य अन्धकारमा, विचार — रश्मि छाउँछु ।
पदावली धुँदै धुँदै, म शिल्पमा उदाउँछु ।। १ ।।

म दृष्टिका सुविन्दुमा, सुसिन्धु नै फिँजाउँछु ।
म सृष्टिका अनन्तमा, सुधामृतै पिलाउँछु ।।
खुसी सजाउँदै धुँदै, म सत्यमा रसाउँछु ।
सुखी हुँदै म ब्रह्ममा, सुभारती नचाउँछु ।। २ ।।

 

Continue reading


सिर्जना दाहाल का केही मुक्तकहरूः

Sijana, Dahal, सिर्जना दाहाल , pallawa, पल्लव

सिर्जना दाहाल

बोली राख् तिमी,तिम्रो हर बात मन पर्छ
एउटा तिमी अर्को मलाई यो रात मन पर्छ
प्रायः भुइँको धुलोमै बस्न मन पराउँछु म
किनकि मलाई आफ्नै औकात मन पर्छ ।

दिन्न भन्छौ फेरि दिन्छौ, चोट किन आखिर ?
नभएको पनि देखाउछौ, खोट किन आखिर ?
मैले तिमीलाई यति धेरै माया गर्दा गर्दै पनि
मलाई छोडेर जान्छु भन्ने, अठोट किन आखिर ?

 

Continue reading


‘मेरा अङ्गहरू’

Bindu, Dahal, बिन्दू दाहाल, pallawa, पल्ल्व

बिन्दू दाहाल

मेरा हात सुकर्म गर्न जहिले जुट्ने गरून् गर्वले
मेरा पाउ सुमार्ग हिँड्न जहिले उठ्ने गरून् हर्षले
मेरा नेत्र सुदृष्टिगोचर गरी सौर्न्दर्यमा छल्कियून्
मेरा कर्ण सुशब्द सुन्न जहिले उन्मुक्त भै पल्कियून् ।

मेरो स्वास चलोस् यही भुवनको हावा पसी आँतमा
मेरो रक्त नदी बनेर दगुरोस् यो देशको गाथमा
जिब्रो बोल्न सकोस् प्रशान्त मनले बिर्सेर स्वार्थी कुरा
मेरो धड्कन धड्कियोस् ढुकढुकी झापा हुँदै बाजुरा ।

 

Continue reading


“आहुति”

Asmita, Dahal, Ashmee, Ashmi, अस्मिता दाहाल ‘अश्मी’, pallawa, पल्लव

अस्मिता दाहाल ‘अश्मी’

भेट्दै नभेटु भन्दा, रहर जागेर आयो
छोडेर जाने जीवन, मुटुमा हल्चल् छायो ।
केलाई भो साची बाँच्नु, रहर पोलेको बोकी
सापटी छोडी दिदा उधारा, माग्ने होकी ।।

भन्दथे मानिसहरु, जिउनु रहर हैन
सुन्दथें भट्ट तिर, पिउनुको मज्जा छैन ।
जिउनकै लागि पनि, पिउने गरेको पाईयो
पिउनकै लागि जिउन, अनौठो संसार चाहियो ।।

 

Continue reading


सुषमा दाहाल वत्स का केही मुक्तकहरूः

Susma, Shusma, Dahal, Watsa, Batsa, सुषमा दाहाल वत्स, pallawa, पल्लव

सुषमा दाहाल वत्स

सपनाको संसारमा हराउने मन छ।
तिमीसँगै जीवन बिताउने मन छ।
हातमा हात ,काधमा काध मिलाइ
सारा जीवन तिमीसँगै जिउने मन छ।

मलाई तातेताते गराउदै हिँड्न सिकाउनु भयो आमा।
छोरीको माग के के छ त्यो सब पुर्‍याउनु भयो आमा।
कति गर्नुहुन्छ अझै मेरा लागि यति धेरै दु:ख भन्दा,
मलाई हेर्दै मुसुक्क जून झै मुस्कुराउनु भयो आमा।

 

Continue reading


गजल

Ajita, Dahal, Kranti अजिता दाहाल क्रान्ती, pallawa पल्लव,

अजिता दाहाल क्रान्ती

जति अमीर भएपनि एकदिन सबले मर्नुपर्छ।
धन दौलत सबै छोडी परलोक बसाइँ सर्नुपर्छ।

घमण्ड किन गर्नु छ र ,नजर भ्रमित पार्ने रूपमा,
फक्रिएको फूल नि एकदिन ओइलिएर झर्नुपर्छ।

मिल्काइनु भन्दा पुर्व, उपयोग बनोस् कसैलाई ,
सकेसम्म धराले झैं सहनशील भै काम गर्नुपर्छ।

 

Continue reading


गजल

Lila, Dahal, Sayal, लीला दाहाल सयाल, pallawa, पल्लव

लीला दाहाल सयाल

म रुँदा उ हाँस्छ भने म रोएरै बाँच्न सिक्छु
छाती भरी पीडा लुकाएर बाहिर हाँस्न सिक्छु ।

मेरो साँचो मायाले उसलाई बिझाउँछ भने
यो माया संगालेर मन भित्रै साँच्न सिक्छु ।

कथा तिम्रा ति अतीतलाई पुर्दै घाउका खाटो
सम्झनाका मालाहरू मिलाएर गाँस्न सिक्छु ।

 

Continue reading


सुष्मा दाहाल वत्स का केही मुक्तकहरूः

Susma, Shusma, Dahal, Watsa, Batsa, सुषमा दाहाल वत्स, pallawa, पल्लव

सुष्मा दाहाल वत्स

भान्सामा बस्ने भान्सेलाई नुनको खाँचो
ठुलाठुला महलमा बस्नेलाई सुनको खाँचो
बुझ्छन् कि नाइँ यी मनका कुरा ती मनले
मलाई जिन्दगी बिताउन सधै उनको खाँचो ।

छुवाछूत प्रथा हटाउन समाजमा मानेका छैनन् ।
महिनावारी हुँदा छुन हुन्न भन्ने घटेका छैनन् ।
अझैकति दिनसम्म हेपिरहन्छौ हामी छोरीहरूलाई?,
छाउगोठमा बस्नजाने हरकोही छोरी बाँचेका छैनन् ।

 

Continue reading


पाहुना

Lilaraj, Dahal, लीलाराज दाहाल, pallawa, पल्लव

लीलाराज दाहाल

खरिदार लुरमानलाई कार्यालयको कामको सिलसिलामा निकै टाढाको शहर सम्म जानु पर्ने अवस्था सिर्जना भएको थियो । सानो जागिरको तलब र ठूलो परिवारको दायित्वबीच उ सधैं असन्तुलित भइ रहेको अवस्थामा कार्यालयको काममा यात्रा गर्न पाउँदा उ निकै खुशी भएको थियो । न्यून आयका कारण प्राय जसो उसको मनको सागरमा कन्जुस्याइंको ज्वारभाटा उठीरहन्थ्यो । आफ्नोमा पाहुना आउँदा निकै दुखी हुने उ अलि परको नाता पर्ने दिदीकोमा पाहुना लाग्ने योजना बनाउन थाल्यो ।

 

Continue reading


गजल

Lilaraj, Dahal, लीलाराज दाहाल, pallawa, पल्लव

लीलाराज दाहाल

सुराकी या चेला बुझनै सकिएन
झिम्क्याउँछन् परेला बुझनै सकिएन ।

चारै तिर हल्ला के को हो के को हो –
रातको छ बेला बुझनै सकिएन ।

बसी बसी खान्छ अनि उसकै हातमा
कसरी भो ठेला बुझनै सकिएन।

 

Continue reading


यै धरा स्वर्ग हो….

Moha, Kumar, Dahal, मोहनकुमार दाहाल , pallawa, पल्लव

मोहनकुमार दाहाल

पूर्वका जन्ममा के थियो के थियो
त्यो पूनर्जन्मको चाहना भेटियो ।।
इन्द्रका लोकको कल्पना के गरौँ
यै धरा स्वर्ग हो सिर्जनाले भरौँ ।।

ईशु अल्लाह या राम या बुद्ध हौँन्
ज्ञान विज्ञान गीता कुनै सुक्त हौँन् ।।
भूमिकै उब्जनी प्रेरणा सोहरौँ
यै धरा स्वर्ग हो चेतनाले भरौँ।।

 

Continue reading


नेपाल सिङ्गो र अखण्ड ?

Yubaraj, Dahal, Yuba, युवराज दाहाल‘युवा’, pallawa, पल्लव

युवराज दाहाल‘युवा’

जव भोक लाग्छ,निर्दोषको मासु लुच्छ।
उडुस बनि नेपाल आमाको,रगत चुस्छ।।
जव चल्छ मानवताको कुरो,उ नै हनन गर्दछ।
उस्को लागि स्वाभिमान,पनि त्यतिकै मर्दछ।।

गरिन्छ सवै कुराहरु,थर अनि जातबाट।
छुट्टिन्छ छोरा छोरी,बा आमाको साथबाट।।
जव एक्ता बन्छ,टुक्रा टुक्रा र खण्ड खण्ड।
कसरी बन्छ हाम्रो नेपाल,सिङ्गो र अखण्ड?।।

 

Continue reading


‘‘नेवार्नी ले मिस नेपाल जिती’’,

Toyanath, Upekshit, Dahal, तोयनाथ उपेक्षित दाहाल,pallawa, पल्लव

तोयनाथ उपेक्षित दाहाल

बाहुन मख्ख पर्यो
नेवार्निले देशको
प्रतिनिधित्व गर्ने भई भनेर।

शेर्पाले हिमाल टाकुरा चढ्यो,
बाहुन मख्ख पर्यो
नेपालिले हिमाल चढ्यो भनेर।
.
राई, मगर, गुरुङ, लिम्बू लाहुरेमा भर्ती भए,
बाहुन मख्ख पर्यो नेपाली पनि बिदेश
आर्मिमा भर्ती भए भनेर।

 

Continue reading


सिक्किमे गोपालका जोर गजल

गजल– १,

Gopal, Dahal, Deen, गोपाल दाहाल ‘दीन’, pallawa, पल्लव

गोपाल दाहाल ‘दीन’

कैले तिमी लगाउँछ्यौ लाली
कैले तिमी बनिदिन्छ्यौ काली

मायाँले म नजीक हुँदा तिम्रो
तिमी भन्दा नजीक हुन्छिन् साली

तिम्रो मेरो मायाँ देखि सारा
दुनियाँकै बज्न लाग्यो ताली

 

Continue reading