उमा दाहालका केही मुक्तकहरूः

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

बिजुली चोरलाई पक्रिएर राम्रै काम गरयौ
भ्रष्टाचारको बीउ चै हरेक संस्थानमा छरयौ
कमिसनको खेल पनि चाडैं बन्द गरे हुन्थ्यो
नातावाद र कृपावादको बिकास तिरै सरयौ ।

हिलो सगै रमाएर कमल भई फुले
तेहि फुलको सुगन्धमा मौरी बनी डुले
तिम्रो चोखो माया बिशाल थियो त्यहाँ
तेसैले त त्यहीँ फुलको सोभा बनी भुले ।

 

Continue reading


उमा दाहाल का केही मुक्तकहरूः

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

पिउन सम्म पिए प्यारी तिम्रो सम्झाना धेरै आयो
हामी बिचको गहिरो माया आज उस्ले नै पायो
जागीर पाउने आसमा तिमी शहर तिर पसेउ
जागीर दिने बाहानामा उस्ले तिम्रो जवानी नै खायो ।

कान्छी अब बाउ आमाको आँखा छली भागौं
सधै भरि मान्छे लगाई कति तिमिलाई मागौं
गरीब र धनी बिचको यो गहिरो खाडललाई
समानताको ज्योति बाल्दै हामी दुवै जागौं ।

 

Continue reading


कलम सग खेल्दा खेल्दै . . . . .

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

कलम सँग खेल्दा खेल्दै
हुर्की बढी सके
अम्लो समाइ हिडने
आफन्तकि
टाढा भइ सके

आफ्नै संसार उब्जाएर
सुन्दर पारेकी छु
बगैंचाकि मालिक बनि
गोडन पाएकी छु
लाई किरा मासिएछन
बल्ल पत्तालाग्यो
सुनगाभा सुनखरी भइ
फुले बाहिर कस्ले चिन्न पायो

 

Continue reading


उमा दाहालका केही मुक्तकहरू

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

झुपडीको बाँस भित्र प्रिय अपार माया तिम्रो पाएकी छु
सिस्नु र ढिडो पनि तिमिसगै बसि रमाउदै खाएकी छु
मायाको यो विशाल दरवार भित्र भित्रै नै रमाउदै
हर जुनि तिम्रै हुन पाउ भन्ने कसम खादै आएकी छु ।

तिम्रो माया गुलाफ बनी यो मनै भित्र फुलेको छ
तेसैले त यी दुनियाँ भरको सबै चिज भुलेको छ
तिम्रो प्रेमको यो मनमा बिशाल संसार बनेको छ
यसैले त हरदिन प्रेमको दिवस हामी सगै झुलेको छ ।

 

Continue reading


‘अन्तर आत्मा सच्चा माया’

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

जस्लार्इ म हिरा देख्छु
भन्छ उहीँ ढुङ्गा हु म
कस्तो छौ भनी बुझ्छ
दुख लुकार्इ हास्छु म

रिन तिर्न आएका छौ
सुख किन रोज्छौ हामी
दुखमा नै बाच्न सिक्यौ
सुख किन खोज्छौ हामी

 

Continue reading


‘तराईको दशै’

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

तराईको रमझममा
दशै मनाइयो
दुर्गा मन्दिरमा
रातभर बजाउने
माइकले
निन्द्रा भगायो

दुर्गा देविको कानमा
पुग्ने गरि सुनाउनु
पर्ने रे
आकाश सम्म
आवाज पुगि
घुम्नु पर्ने रे

 

Continue reading


‘पक्कै पनि आउँला !!‘

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

आउँला प्रिय तिम्रो गाउँको
चिसो पानी पिउन
ती भिरपाखा सँगसँगैँ
रमार्इ रमार्इ घुम्न
देउरालीको चौतारीमा
सित्तल पनि खाउँला
वर पिपललाई साँक्षी राखी
माया प्रितिलाउँला
कलकल बग्ने ती छाँगा
सगैँ गित हामी गाउँला–

 

Continue reading


वडा दशैँ

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

‎नेपालीको घर आगनमा
वडा दशै आयो
हर्ष खुशी उमंगले
आन्नदनै छायो
बजार भरी क्रेताहरू
भरी भराउ भाछ्न
घर घरमा पुर्याउनलाई
गाडीहरू गाछन
शहरको भारी बस्ती
रितिदै गाको छ
रित्तो गाउँ पनि आज
भरिदै गाको छ ।

 

Continue reading


‘असुरक्षित छोरीचेली’

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

दुखको यो भुमरिभित्र
यी छोरीचेली घुम्दछन
बुहारीको रुपमा पनि अपमान
यिनै छोरी चेलीले भोग्दछन

नटेक्दै धर्तीमा पनि नजन्मियोस
छोरी भन्दै प्रथाना भगवानसग गर्दछन
बिबुवा भइ भने अल्छिनिले
श्रीमान खाइ भन्दछन

 

Continue reading


‘सभ्य बनौ’

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

बिच सडक बढारेर के गर्नु
बिच सडकको फोहोरलाई
छेउ छाउमा फ्याँकिन्छ
सडक सफा भएर के गर्नु
छेउछाउको दुर्गन्ध त सबै
तिर आर्इ दिन्छ

हे कुकुर पाल्ने माहानुभावहरू हो
अर्काको गेटमा कुकुर लगेर किन
फोहोर बिसर्जन गराइन्छ
आफूलार्इ नै घिनलाग्छ भने
अरुलार्इ तिमिहरूको कुकूरको
फोहोर किन सोह्रोरार्इछ ।

 

Continue reading