यो के व्याप्त छ राष्ट्र आङ भरि नै के रोग आयो अहो !
हाँगो काट्तछ कालिदास किन हो आफैं वसेको उँधो !
आफ्नो नै घर भाँड यो किन अहो ! कस्तो कुमान्छे भयो !
यो जस्तै अरु झन् हुलै अझ अरे ! यो देशमा के भयो !
कत्रो त्याग र जेल नेल पघितै खप्तै तपस्वी विते !
त्यो नै सक्न यहाँ ठुलै गति भयो ! के के हुने दुर्गति !
धेरै नै उपलव्धि छन् अव उँधो भाषा त सामान्य भो !
‘आफ्नो ‘ भन्नु झर्यो अधोगति भयो ! यो देशमा के भयो !
