उर्मिला कार्की का केही मुक्तकहरू

Urmila, Karki, Chitwan, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

तानिए छु तिम्रो तस्बिर नै आँखामा बसे पछि
फर्किन बाटो भुलेछु राजा दिल भित्र पसे पछि
यस्तो पनि अचम्म हुदो रहेछ कहिलेकाहीँ त
सुधबुध हराउँदो रहेछ बाबै मायामा फसे पछि ।।

बिर्सु भन्दा पनि फेरी याद आउँछ किन ?
बैगुनीको तस्बिर हेरी याद आउँछ किन
मुटु भित्र धारिलो छुरा रो पी गए पनि
अन्तिम सम्मै धत्तेरी!याद आउँछ किन ।।

 

Continue reading


गजल

Urmila, Karki, Chitwan, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

छिटै फर्की आउ गाउँमै बाख्रा पालौँला
भत्किएको घरको छानो आफैँ टालौँला ।

दुख गरे सुख मिल्छ भन्छन् जान्नेहरू
दुखलार्इ नै सुख सम्झी जीवन गालौँला ।

तिमी आउँदा मायाको फूलटिपी ल्याउनु
दुर्इ जनाले पिरती को दीयो बालौँला ।

 

Continue reading


उर्मिला कार्कीका केही मुक्तकहरूः

Urmila, Karki, Chitwan, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

हेर्ने भन्दा बढी कुरा गर्छन् तिम्रा आँखाहरू
धेरै धेरै पिरतीका रङ् छर्छन् तिम्रा आँखाहरू
भोक, तिर्खा दुःख, दर्द, पीडाहरू मेटाएर
इच्छा पूरा नभएमा तर्छन् तिम्रा आँखाहरू।।

भन, तिमी कुन शहरमा हराउँदै छौ ?
कि कतै समुद्रको बगरमा हराउँदै छौ !
म पलपल तिम्रै यादमा तड्पिरहँदा,
तिमी चैं कसैको नजरमा हराउँदै छौ ।

 

Continue reading


उर्मिला कार्कीका केही मुक्तकहरूः

Urmila, Karki, Chitwan, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

हेर्ने भन्दा बढी कुरा गर्छन् तिम्रा आँखाहरू
धेरै धेरै पिरतीका रङ् छर्छन् तिम्रा आँखाहरू
भोक, तिर्खा दुःख, दर्द, पीडाहरू मेटाएर
इच्छा पूरा नभएमा तर्छन् तिम्रा आँखाहरू।।

भन, तिमी कुन शहरमा हराउँदै छौ ?
कि कतै समुद्रको बगरमा हराउँदै छौ !
म पलपल तिम्रै यादमा तड्पिरहँदा,
तिमी चैं कसैको नजरमा हराउँदै छौ ।

 

Continue reading


नजाऊ विदेश

Urmila, Karki, Chitwan, उर्मिला कार्की. pallawa, पल्लव

उर्मिला कार्की

नजाऊ है छोरा विदेश आमालाई छौडेर
कसरी बस्नु घरमा हेर मन रुन्छ धर्केर
आमालाई रुवाइ जान्छौं नौ डाँडा काटेर
सागर सिँस्नु खाएर बस्नु माया–सख काटेर ।

दु:ख सु:ख एक आपसमा बाडेर
साहुकौ ऋण तिर्नु छ आमा
म जान्छु धन कमाउन विदेशमा
कमाइ ऋण साहुलाइ तिरौँला ।

 

Continue reading


उर्मिला कार्कीका केही मुक्तकहरू

Urmila, Karki, उर्मिला कार्की, pallawa, पल्लव

उर्मिला कार्की

दुःख पर्दाको जिन्दगीमा राहात पाएँ
कहिल्यै नभुलले मायाको खात पाएँ
मेरा लागि त्यहाँ बिरानो शहर थियो
त्यतिबेला मैले सहाराको हात पाएँ ।।

तिज आयो भन्दै मा तड्भड्क नदेखाउ नारी हो
आफ्नो सँस्कृती र परम्परा लाइ जोगाउ नारी हो
लाउने खाने रमाउने सबै सबैको रहर हुन्छ
दिदि बैनी साथी सँगीनी सँग रमाउ नारी हो !!

 

Continue reading


गजल

Urmila, Karki, Chitwan, उर्मिला कार्की. pallawa, पल्लव

उर्मिला कार्की

कति सम्झि राख्छौं अतित् का पलहरू
सक्छौ भने पिलाउ अमृतमय जलहरू ।

रुपैयाँ पैसाले किनेको मान्छे त हैन नि म
खबरदार चाहिदैन धनका ती महलहरू ।

आफ्नो निम्ति चिनाउनेछु ईमान्दार बनी
देखि सके मैले पनि चुरि फुरि र बलहरू ।

 

Continue reading


गजल

Urmila, Karki, Chitwan, उर्मिला कार्की. pallawa, पल्लव

उर्मिला कार्की

अदृश्य भै तिमीबाट अन्तै सर्न बाँकी छ
तिम्रो मेरो हिसाब किताब गर्न बाँकी छ ।

आफ्नै मुटु सम्झिए र साथ दिएको थिए
धेरै माया गरे मैले अब हर्न बाँकी छ ।

बोलाउँदा तर्किँदै अन्तै गयौं बाङ्गिएर
एक्लै भए नि महासागर तर्न बाँकी छ ।

 

Continue reading


उर्मिला कार्कीका केही मुक्तकहरू

Urmila, Karki, Chitwan, उर्मिला कार्की. pallawa, पल्लव

उर्मिला कार्की

आजभोली मठ् मन्दिर धाउन थाले कि छु
हरि भजन पनि मैले गाउन थाले कि छु,
अब पालो म’ र हजुर सँगै बसी गाँउने
भगवानको आशिर्वाद पाउन थाले कि छु ।।

पाईला अघि चाली सके छेक्न नखोज
बन्न देउ सच्चा नारी रेट्न नखोज
म हिड्ने बाटोमा कि छर्छौँ काँडाहरू
पन्छाउन खोज बरु टेक्न नखोज ।।

 

Continue reading


गजल

Urmila, Karki, Chitwan, उर्मिला कार्की. pallawa, पल्लव

उर्मिला कार्की

पिजडामा थुनेको पन्छी जस्तै भा’को छु
छाती भित्रै विरहको गीत गा’को छु ।

घर भित्रै सिमित हुनु पर्छ अरे नारी
त्यसैले त गुन्यु चोली फरिया ला’को छु ।

एक्काइसौँ शताब्दीमा रूढीवदी कुरा
जस्तो मिल्छ गाउँघरमा मीठो खा’को छु ।

 

Continue reading


गजल

Urmila, Karki, Chitwan, उर्मिला कार्की. pallawa, पल्लव

उर्मिला कार्की

आज भोली तिम्रो यादले ज्यान सुकेको छ
यो मुटु भित्र हेर कालू प्यार लुकेकेा छ ।

समयको खेलमा तिमी भयौ धेरै टाढा
भेट हुन नपाउँदा भित्री मन भुटेको छ ।

घरकुरी बसेकी छु सधैँ तिम्रो यादमा
गाउँ–घर चौतर्फी तिम्रो कुरा फुकेको छ ।

 

Continue reading


Ritu, Subedi, Chitwan, रितु सुबेदी, pallawa, पल्लव

रितु सुबेदी

तिमीले माया नगरे यो अधरको के अर्थ
तिमीलाई देख्न नपाए यो नजरको के अर्थ
मेरो क्यानभाषमा तिमीलाई सजाउदा
एक्लै बस्नु पर्ने यो प्रहरको के अर्थ

र्सौदयता प्रकृतिको फुलमा हुन्छ
मन दुख्ने घरिघरि भुलमा हुन्छ
योवनको मातमा तिम्रो याद आउदा
यो दिल पलपल शुलमा हुन्छ

 

Continue reading


अब्यक्त भावना

Ritu, Subedi, Chitwan, रितु सुबेदी, pallawa, पल्लव

रितु सुबेदी

चियामा चिनी कम भए जस्तै
तिम्रो र मेरो नाता पनि खल्लो भएको छ
सायद तिम्रो घरमा स्रिमति भएर हो कि?
मन जातै पापी छ
कति सजिलै पराईलाई आफ्नो बनाउछ
त्यस्तै गर्दै थियो मेरो मन
अरुको नजर छलि
तिमी काखमा सुत्दा
तिम्रो कपाल सुम्सुमाउने मेरा हात
तिम्रै लागि अपार मायाको
इशारा दिने मेरा नजर
अनि जुरुक्क उचाली–

 

Continue reading


गजल

Nayan, Sharma, Chitwan, नयन अधिकारी, शर्मा, pallawa, पल्लव

नयन अधिकारी, शर्मा,

जब लडाइँ र युद्ध को कुरा सम्झन्छु
आमाको सिन्दुर,पोते र चुरा सम्झन्छु।

भिसा नलागेको पासपोर्ट हेर्दै अचानक
श्रीमतीको सपना अधुरा सम्झन्छु

छोरा छोरी को फाटेको नाना देख्छु
यिनकै सपना गर्नु छ पूरा सम्झन्छु

 

Continue reading


प्रेमा वाङमय प्रतिष्ठानले सातजना स्रष्टाहरूलार्इ सम्मान गर्‍यो

Gorkhe, sailo, Rishiprasad, Lamichhane, pallawa, गोर्खे साइँलो, Chitwan, Nepal,

गोर्खे साइँलो

 

DSC00392२५ असोज २०७०, नवलपरासी । प्रेमा वाङमय प्रतिष्ठान, चिसापनी, नवलपरासीद्वारा शुभ विजयादशमी – २०७० को पावन शुभअवसर पारेर आयोजना गरेको स्रष्टा सम्मान तथा वृहद् काव्य गोष्ठी सु-सम्पन्न भएको छ ।  प्रेमा वाङमय प्रतिष्ठानका अध्यक्ष डा. घनश्याम न्यौपाने ‘परिश्रमी’को सभातित्व र डा. वेदव्यास ‘निर्मोही व्यास’को प्रमुख आतिथ्यतामा कुमरवर्ती बहुमुखी क्याम्पस, कावासोतीको प्रेक्षालयमा बिहान ११ बजे सुरु भएको कार्यक्रम दिवा ४.३० बजेसम्म सञ्चालन भएको थियो ।  कार्यक्रमका विशेष अतिथिकारूपमा प्रेमा वाङमय प्रतिष्ठानका संरक्षक तथा संस्थापक अध्यक्ष हिमलाल ज्ञावली, दीपक सोती हुनुहुन्थ्यो भने अतिथिहरूमा प्रा.डा. नारायण प्रसाद खनाल, गोविन्दराज विनोदी, गोर्खे साइँलो, केदारनाथ खनाल, सुदेश सत्याल, ऋषि आजाद, राजेन्द्र कुमार आचार्य, हरिहर सविता, रामहरि अधिकारी, रामहरि शर्मा सराह, सदानन्द अभागी, सिन्धु जलेसा, हरि भण्डारी, ताराप्रसाद श्रेष्ठ, रमेश बस्ताकोटी, उद्योगबहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।

६८ कपी फोटोसहितको बाँकी समाचार हर्न तलको पहेलो अक्षरमा क्लिक गर्नुहोस ।

Continue reading


प्राज्ञ एवम् गजलकार बूँद राना सम्मानित

Gorkhe, sailo, Rishiprasad, Lamichhane, pallawa, गोर्खे साइँलो, Chitwan, Nepal,

गोर्खे साइँलो

१४ गते असोज २०७० गैँडाकोट, नवलपरासी । अक्षरप्रज्ञा साहित्यिक मञ्च तथा र्सूयभक्त – पतनादेवी मेमोरियल कलेजको

m-1,संयुक्तरूपमा आयोजित ‘कविता-गजल साँझ’ कार्यक्रम नवलपरासीको गैँडाकोट स्थित र्सूयभक्त – पतनादेवी मेमोरियल कलेजको आफ्नै प्रेक्षालयमा अति सभ्य र भव्यरूपमा सु-सम्पन्न गरेको छ ।
अक्षरप्रज्ञा साहित्यिक मञ्चका अध्यक्ष विकास अधिकारीको सापतित्व एवम् प्रेमविनोद नन्दनको प्रमुख अतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा प्राज्ञ एवम् गजलकार बूँद रानालाई साहित्य सम्मान द्वारा साभिनन्दन गरिएको थियो ।

 

 

अन्य ८ कपी फोटो सहितको बाँकी समाचर हर्न तलको पहेलो अक्षरमा ल्किक गर्नुहोस । Continue reading


नेपाल स्रष्टा समाजद्वारा लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’ सम्मानित

Gorkhe, sailo, Rishiprasad, Lamichhane, pallawa, गोर्खे साइँलो, Chitwan, Nepal,

गोर्खे साइँलो

३१ गते भाद्र २०७०, काठमाडौँ -पल्लव)। नेपाल स्रष्टा समाज काठमाडौँले २०७० भाद्र ३१ गते सोमबारका दिन नेपालबार एसोसिएशनको प्रेक्षालयमा एक भव्य र सव्य तरिकाले आफ्नो छैटौँ बाषिर्क साधारणसभाको शुभ अवसर पारेर दुइ स्रष्टाको सम्मान तथा चार कृतिहरूको लोकार्पण गरेको छ । m-16 संस्थाका अध्यक्ष पवन आलोकले विशिष्ट नारी योगमायाका नाममा रु. २,लाखरुपैयाको अक्षयकोश खडा गरी २०६५ सालदेखी सामाजिक रुपान्त्रणमा विशेष योगदान पुर्‍याउने नारीस्रष्टाहरूलाई नेपाल स्रष्टा समाजको वाषिर्क कार्यक्रमको शुभअवसरमा प्रदान गर्दै आएको छ । तत्अनुसार यस बर्षो ‘योगमाया राष्ट्रिय नारी स्रष्ट सम्मान- २०६९’ बाट सुश्री शान्ता श्रेष्ठलाई अर्पण गरेकोछ ।

यसैगरी वरिष्ठ आख्यानकार एवम् साहित्यकार परशु प्रधानकी धर्मपत्नी कल्पना प्रधानले आफ्ना पिता प्रतिष्ठित कवि मोहन रेग्मीका नाममा स्थपना गरेको ‘मोहन रेग्मी स्मृतिसम्मान’ २०५४ साल देखिनै वाणी प्रकाशन विराटनगरबाट वितरण गरिँदै आइरहेको थियो । परशु प्रधान र कल्पना प्रधानको बसाई राधेजधानी तिर सरेपछि त्यो पुरस्कार पनि नेपाल स्रष्टा समाज काठमाडौँमा स्थानान्तरण गरी काठमाडौँबाट नै अर्पण गरिँदै आएरहेको छ । सोही अनुरूप यस पटकको ‘मोहन रेग्मी स्मृतिसम्मान- २०६९’ भने नेपालको सुदूर पश्चिम चाँदनी- ५, विष्णुनगर, कञ्चनपुर, महाकाली निवासी लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’लाई अर्पण गर्‍यो ।

 

६४ कपी फोटो सहितको समाचार हेर्न तलको पहेलो अक्षरमा क्लिक गर्नुहोस ।

Continue reading


गजल मन्च चितवनद्वारा गोर्खे साइँलो सम‍्मानित

Gorkhe, sailo, Rishiprasad, Lamichhane, pallawa, गोर्खे साइँलो, Chitwan, Nepal,

गोर्खे साइँलो

m-1,२०७० भाद्ग २९ गते चितवन । गजल मन्च चितवनको अध्यक्ष पुष्प अधिकारी अञ्जलीले आफ्नो दुइबर्षे कार्यकाल पुरा गरी संस्थाको
चौथो अधिबेसन सु–सम्पन्न गरेको थियो ! पुष्प अधिकारी अञ्जलीको सभापतित्वमा चलेको कार्यक्रका प्रमुख अतिथि प्रेमविनोद नन्दनले भर्खरै गजल मन्च चितवनको निवर्तमान अध्यक्षबाट पूर्वअध्यक्ष हुने संघारमा पुगेका गोर्खे साइँलोलार्इ फूलमाला देसल्ला र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो । भने गत सालदेखी गजलमञ्च चितवनले एकजना गजलकारलार्इ रु‌ १०००।– नगद सहित सम्मान गर्ने परम्परा अनुसार यस पटकको उक्त पुरस्कार सम्मान इन्द्रलाल श्रेष्ठ ‘अद्वितीय’लार्इ प्रदान गरको थियो ।
प्रेम विनोद नन्दनको प्रमुख आतिथ्यतामा चलेको उक्त कार्यक्रमका अतिथिहरुमा केशवराज आमोदी, गोविन्दराज विनोदी, किसान प्रेमी, विष्णु तिवारी ‘उषा’, दीपेन्द्र कुमार जोशी ‘निक’, बालकृष्ण थपलिया, सरोज गुरुङ, कपिल अज्ञात, लष्मी कान्त शर्मा ‘लकाश’, लगायत १७५ जना अग्रज एवम् अनुज भाइ–वैनीहरुको उपस्थिति रहेको थियो ।

 

Continue reading


मेरो स्मृतिमा नुवाकोट

Gorkhe, sailo, Rishiprasad, Lamichhane, pallawa, गोर्खे साइँलो, Chitwan, Nepal,

गोर्खे साइँलो

Nuwakotko Naxa

 

 

 

 

 

 

 

 

 

 

 

मेरो जन्मधरा छ स्वर्णसरिको यो प्राँणजस्तै प्रिय
यस्तो सुन्दर, रम्य, दिव्य थलमा बाचौँ सबै निर्भय ।
देख्दैमा मनमुग्ध हुन्छ दुनियाँ नक्सा यही ठाउँको
ब्याख्या खै कुन शब्दले कति गरूँ यो र्स्वर्गझैँ गाउँको -।

नौवैकोट मिलेर नाम जसको राम्रो नुवाकोट भो
सोही नाम सधैँ पुकार गरिँदा हाम्रो नुवाकोट भो ।
पारूँ जीवन यो पवित्र म सदा सिँच्दै नदीको जल
लेकाली फल-फूल अन्नरसले यो आँत होस् शीतल ।।

 

 

Continue reading


लकाश पौडेलको पद्याञ्जलि लोकार्पण भयो

Mix- 1,

Gorkhe, sailo, Rishiprasad, Lamichhane, pallawa, गोर्खे साइँलो, Chitwan, Nepal,

गोर्खे साइँलो

४ गते साउन २०७०, चितवन । निवृत्त शिक्षक समाज चितवन र अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आयोजानमा भरतपुर स्थित मलेवा कटेजको प्रेक्षालयमा हर्रि्रसाद आचार्यको अध्यक्षता र डा. वेदव्यास ‘निर्मोही व्यास’को प्रमुख आतिथ्यतामा सुसम्पन्न भयो । कवि भूपिन व्याकुले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, प्रा. डा. नारायणप्रसाद खनाल, गोर्खे साइँलो, नमूना शर्मा, पोषराज पौडेल, इन्द्र रेग्मी, गायत्री श्रेष्ठ, केशव श्रेष्ठ, होमनाथ सापकोटा, कपिल अज्ञात, रमेशप्रभात, पुष्प अधिकारी अञ्जली, बालकृष्ण थपलिया, बिद्या भण्डारी ‘चिराग’, श्यामजी अतिथि, राजकृष्ण कँडेल ।

१० कपी फोटो सहितको बाँकी समाचार पढ्न तलको पहेलो अक्षरमा क्लिक गर्नुहोस ।

 

Continue reading