गजल- १,
सानो छँदा समाएर, डो-याएको हात देऊ।
हिजो बाचा गरे जस्तै, आऊ आज साथ देऊ।
अबोध त्यो चेतनाले, सुम्पेको थेँ तिमीलाई,
कस्तो भयो हुर्केपछि, पीरतीको जात देऊ।
धेरै थिए भन्ने कुरा, एकान्तमा बस्न पाए,
मिल्छ भने मेरो लागि, आज तिम्रो रात देऊ।
गजल- १,
सानो छँदा समाएर, डो-याएको हात देऊ।
हिजो बाचा गरे जस्तै, आऊ आज साथ देऊ।
अबोध त्यो चेतनाले, सुम्पेको थेँ तिमीलाई,
कस्तो भयो हुर्केपछि, पीरतीको जात देऊ।
धेरै थिए भन्ने कुरा, एकान्तमा बस्न पाए,
मिल्छ भने मेरो लागि, आज तिम्रो रात देऊ।
गजल- १,
बिर्सनै नसकिने त्यो, रात थियो,
सुनी नअघाउने त्यो, बात थियो।
ठ्याक्कै यही हो नि, भन्न सक्दिन थेँ,
कता कता अनौठो त्यो, जात थियो।
कोठा एक म एक, अनि उ एक,
बाहिर मुसल्धारे, बर्षात थियो।
गजल- १,
यो मनले झैँ उन्को मनले, कल्पे पनि हुन्थ्यो।
कै ले काहीं त त्यो मन यता,ढल्के पनि हुन्थ्यो।
किन हो खै भेट हुँदा नि, रिसाएकै भान हुन्छ?
ती नजरमा मधुर मायाँ, झल्के पनि हुन्थ्यो।
घाम चर्केर गर्मी याममा, तिर्खाउँदा गला,
कल्कल बगेर तिर्खामेट्न, पल्के पनि हुन्थ्यो।
गजल- १,
सकिएन छेक्न बाटो ,छेक्न गाह्रो भयो,
हेर्दाहेर्दै टाढा भयौ, देख्न गाह्रो भयो ।
तिम्रो यात्रा एकोरो भो, नफर्किने गरी,
डोब छोड्यौ मझेरीमा, मेट्न गाह्रो भयो।
जता हेर्छु चुपुर्कोमा, तिम्रै याद भेट्छु,
थाहा हुदाहुदै पनि, फेक्न गाह्रो भयो ।
बिना आँच हाँडीमा,मकै भुटिने भए,
फाटेको मन तिमी,बिना खुटिने भए।
तिम्रो हात किन,समाउँथे र म हिजो,
मझधारमा पुगेपछि, छुटिने भए।
यो जिन्दगी रङ्गमन्च, बनायौ ठिकै छ,
आफ्नो असली अौकात,जनायौ ठिकै छ।
म त चमेली ठानेर, हुर्रिएको थिएँ,
तर गन्धावेली रैछौ, गनायौ ठिकै छ ।
बोलुँ फेरी सम्बन्ध यो, चिसाउन डर लाग्छ,
कट्मेरो बैँस उनको, मिसाउन डर लाग्छ ।
कस्तो साइनो रोजिएछ, लेऊ झै लर्काउने,
खाटो बस्या घाऊ फेरी, बिसाउन डर लाग्छ ।
कसम हो सबै कुरा, सत्य नहुन नी सक्छ,
चाही चाही पनि केही,फत्य नहुन नी सक्छ ।
तर हिम्मत नहार्नु है, यो प्रेमको यूद्दमा,
जीवन भरी नै सधैँ, हत्य नहुन नी सक्छ ।
आनी बानी थाहा छैन, रूप हेरी बोल्दा रै’छन्,
सुस्त सुस्त उसैसँग, भित्रीकुरा खोल्दा रै’छन् ।
वैँश फुली उनमत्त, भए पछि वगैँचामा,
भमराका भेष धारी, मधुरस घोल्दा रै’छन् ।
जब ठान्छ भमराले, रस छैन फूल भित्र,
फूल चाहीँ बाटो हेर्छे, भमरा चै टोल्दा रै’छन् ।
दिल ले दिल गिथलेर, खिल बनायो,
आँखामा मूल फुटालेर,झिल बनायो।
आँखै चिम्लेर,सम्बन्धको व्यापार गर्दा,
चुकाउनै नसक्ने गरि, विल बनायो।।
आँखा र आँखाहरू बिच,लुकामारी भो,
अनि मिलेका दुई दिल, वारीपारी भो।
बखरेल्ती सम्झनाका, मूल फुट्न थाले,
नसा भरियो जवानी काँचो, सुपारी भो ।
(समाजको वर्तमान स्थिति)
सबको मनमा धुलो, उडाउने रहर छ,
यै बाटोमा, त्यो पजेरो गुडाउने रहर छ ।
सतहमा खुम्चिएको, आफ्नो हैसियतलाई,
दुई चार तला माथि, उठाउने रहर छ ।
कि देऊ गाउँ कि त, छोड्छु ठाउँ भन्दै करार्इ,
भन्छ नत्र ट्यापे मुन्द्रे, जुटाउने रहर छ ।
लेख्नेलाई भन्दा,देख्नेलाई खास हुनुपर्छ,
अाउने चौहत्तर साल, झक्कास हुनुपर्छ।
हट्नु पर्छ राजनितीको,ग्रहण यो देश बाट,
कुना कुना सम्म उज्यालो, प्रकाश हुनुपर्छ।
समाउनु पर्छ गति, अब अग्रगमनको,
पश्चगामीहरु बिल्कुल, हतास हुनुपर्छ।
कलम र कापी, मेरो पास भएपछि,
साहित्यको म अचेल,दास भएपछि।
रोएको रोएई छ, यो कलम मेरो त,
इतिहास र संस्कृति ,नास भएपछि।
डाक्टरले देख्दैन,ज्योतिषले भन्दैन,
लुट्ने नै ध्यय उनको,खास भएपछि।