निरंकुश र दासीयुग

Chhabi, Kiran, Oli,छविकिरण ओली,pallawa, पल्लव

छविकिरण ओली

क्रूरतार बर्बरताले परकाष्टको
बुई चढे पछि
खोसिएको हो तिम्रो आदिबासी सत्ता
अनि
पड्किएको हो बुद्धको आँगनमा
बम बारुज र बन्दुक
ऐ मालिक
तेरो दासत्ताले चपाएका
गरिबीका अनुहारमा
कालो मोसोले कति पोतिस

न्यायको अर्धमूर्छित आवाजमा कति
लगाईस लगाम–

 

Continue reading


देवकोटाको अवसरबाद कथा भित्र . . . . .

Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

१– कथाकारको परिचय
कथाकार कमलमणि देबकोटा नेपाली साहिका असल यात्री हुन । उनको जन्म बि,सं २०१८ साल असार २ गते पिता स्व, मयानिधि उपाध्याय माता कृष्णादेबी उपाध्याय को कोख बाट पुत्ररत्नको रूपमा सल्यान शिवरथ ८ ब्राह्मण टोलमा भएको हो । समाजशास्त्रमा एम ए हेल्थ एजुकेसनमा बि एड गरेका देबकोटा साहित्यिक यात्रामा छन्द कबिता, गीत, लोकगीत, हास्यब्यङ्गे र उपन्यासका साथै कथाकारका रुपमा देखापरेका छन् ।

 

Continue reading


देवकोटाको अवसरबाद कथाभित्र . . . . .

Chhabi, Kirn, Oli, Dang, छविकिरण ओली, pallawa, पल्लव

छविकिरण ओली

१: कथाकारको परिचय
कथाकार कमलमणि देबकोटा नेपाली साहिका असल यात्री हुन । उनको जन्म बि,सं २०१८ साल असार २ गते पिता स्व, मयानिधि उपाध्याय माता कृष्णादेबी उपाध्याय को कोख बाट पुत्ररत्नको रुपमा सल्यान शिवरथ ८ ब्राह्मण टोलमा भएको हो । समाजशास्त्रमा एम ए हेल्थ एजुकेसनमा बि एड गरेका देबकोटा साहित्यिक यात्रामा छन्द कबिता, गीत, लोकगीत, हास्यब्यङ्गे र उपन्यासका साथै कथाकारका रुपमा देखापरेका छन् ।

 

Continue reading


माटो छ हाम्रो धन

Chhabi, Kirn, Oli, Dang, छविकिरण ओली, pallawa, पल्लव

छविकिरण ओली

ठूला फाँट प्रती बने मुलुकमा के द्रब्य खोज्छौ पर
के के सोच बने युवा स्वघरको खै? अन्न रित्त्व घर
आऊफर्कि युवा सबै स्वघरमा ठूलो बनाई मन
ज्यूँला आपसमा मिली चयनले माटो छ हाम्रो धन  //

ठूलो बैभव बातले सहजमा मिल्दैन त्यो हातमा
काटी पत्थर मार्ग बन्दछ नयाँ लागे सबै काममा
लज्जाबोध न लीउँहै हृदयमा रोपौ कला देशमा
मिल्ने छन् सुन चाँदि बैभव सबै यो देशको काखमा //

 

Continue reading


मेरो देश

Chhabi, Ghimire, छबी घिमिरे, pallawa, पल्लव

छबी घिमिरे

कोआयौ किन आउछौ अझ यहाँ,खोक्रो तमासा गरि
के ल्यायौ किन ल्याउछौ चुनाबमा,भोको चमेरो सरि।
कैल्यै शान्त रहेन देश जनता,जो जो चलाए पनि
जैल्यै देश निराश मात्र हुन गो,जे तन्त्र आए पनि।

धेरै लोभ हिन् बिचार दलको,जो जो कराए पनि
जन्ताकै लुटछौ मरेर गयनी,धोको पुराऊ भनी ।
बन्दैनौ तिमरु सुलाभ जनमा,छोडेर कालो मति
सोचेनौ जगमा बिकास जनको,चाहा छ रास्ट्रपति ।

 

Continue reading


‘गरिब’

Chhabi, Kirn, Oli, Dang, छविकिरण ओली, pallawa, पल्लव

छविकिरण ओली

छ मैना माघैको अतिसय चिसो पार्छ थिरिरि
हवाको त्यो झोक्का कतिकति कडा पात फिरिरि
यता सेप्यो टाल्यो हर जतनले छिद्र भयले
घुस्यो भित्रै जडो शित तरल भै तिब्र गतिले ।

यता फर्क्यो जाडो कटकट बजे दन्त बिचरा
उता फर्क्यो उस्तै शि शि र हु हु मा गीत अधुरा
चुहा झै नाचेको खुल दुल गरि भोक बबुरो
रमीते भै आयो गरिब जनमा दर्द चतुरो ।

 

Continue reading


‘मूर्ख’

Chhabi, Ghimire, छबी घिमिरे, pallawa, पल्लव

छबी घिमिरे

चाकडि चाप्लोसी नाम कुन चरि,भन्थे शुकरातले
जता हावा आयो उतै फहराउ,भन्छ पिपल्पातेले।।
जसले गर्छ आलोचना आसक्ति,पापी हुन्छ लोकमा
दयाहिन भाबना तुच्छ जसको,मुर्खता सब थोकमा।।

दुर्जन मूर्ख सहारा हुनेछन,बुद्धिमा तिलान्जली
गर्दैन सत्कर्म सत्सङ जसले,साधना श्रद्दान्जली।।
अट्टहासले हास्नेछ क्षणभर,पार्दिन्छ कोलाहल
बर्तमान सोच नास्तिक रहेमा,हरण दिब्य फल।।

 

Continue reading


‘एक गरिवी’

Chhabi, Ghimire, छबी घिमिरे, pallawa, पल्लव

छबी घिमिरे

समयको बेग सगै..
बामेसरी रहेको बिकास
जहाँ आधुनिक रोबट झै
तर भिन्न मानबिय रोबट..
संबेदनसिलता,आवश्यकता
लखतरान हुँदै पिडाका सुस्केरा…
उफ!खुइया..थाकेछ शरीर…
ढङरङ ढलेको छ …..।।

गरिबीले धाजा फाटेको मन
हरेक गरिब घर दलानमा….
सुकेको मुढो झै ढलिरहेछ…
हरेक साल उठन नसक्ने गरि..
ती सपनाका रुखहरु ढलेका छ्न
मौन छ्न आशाहरु शिथिलता …
अल्झिरहेछन जिन्दगिका जोड घटाउ…
गरिबीका भाग्यरेखा हरुमा ……।।

 

Continue reading


छवि किरण शर्माका केही मुक्तकहरूः

Chhabi, Kiran, Sharma, छवि किरण शर्मा, pallawa, पल्लव

छवि किरण शर्मा

विपक्षी छ घरपरिवार कसो गर्ने होला ।
भयो भने मायाको हार कसो गर्ने होला ।।
दुई पक्ष विचको विवाद सुल्झाउनलाई ।
भनी दिनु असल विचार कसो गर्ने होला ।।

मेरो बाटोमा काँडेतार मायाको बदलामा ।
धोका पाईयो पुरस्कार मायाको बदलामा ।।
म सँधैभरि जसको भलो चाहान्थे उसैले ।
मुटुमै गर्यो वचन प्रहार मायाको बदलामा ।।

 

Continue reading


छबिकिरण ओलीका केही टिपन–टापन

Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

कविता
तीखो द.दॅ छ आज योह्रिदयमा हे!दैब हेछॅस् कहाँ
बषीँदे जलआज यो जमिनमा बाली लगाउन् यहाँ
फुल्ने छन् नवसिजॅना ह्रिदयमा झुप्पगरङ्गा धन
आशाहो सम उन्नती मुलुकमा प्रेमादि सम्बोधन॥

बाङ्गो मात्र सधै न लेख कविले पूर्वाग्रही हुन्छ त्यो
राखे बिम्ब नयाँ मिठा सरसका शौहार्दमा हुन्छ त्यो ।
राम्रो सोच भए सबै जनहरू माया बढी गर्दछन्
धेरै कुण्ठित भै चले त पथमा निस्कामको भन्दछन् ।।

 

Continue reading


छविकिरण अोलीका केही टुक्र–टाक्री

Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

नालि माथिको कबि र कबिता
गन्धा नाली बिवस कबिता द्रिष्य आकाश हेरी
गल्दै गल्दै सब तन गयो सिजँना सार मारी ।
आची पुच्छन् चपल शिशुकोच्यातिफाल्छन् समाति
त्यो बेला दुख्छ कबिमन यो तुच्छ नाली समाधी ।।

मुक्तकः
साथी साथ बने निक्रिष्ट जनको हान्दो छ छाती तिर
मिले साथ उमङ्गले स्वजनको आत्मा छ आफै तिर ।
चाहीयो पहिचानमा नव कला साँचो र झूटो मन
गेरु भष्म लगाउदा स्वजनले भेटिन्न है त्यो मा ॥

 

Continue reading


गरीब हाँसे देश हाँस्छ

Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

न कुल्च मान देशको निचा बनी रमाउँदै
न मेट नाम बिश्वमा बहादुरी गुमाउँदै
न चाल जाल सबॅदा स्वदेश बन्छ निधॅन
न ल्याउ नित्य गाउँमा नयाँ बिषादका दिन॥

नयाँ नयाँ बिचारका युवा जमात गजिॅए
समस्त देशको ब्यथा बुझेर गाउँ गुन्जिए
उदास दास जिन्दगी न सोच बन्धु हो अब
सचेत चेत लोक छन् दबेर बस्छ को अब॥

 

Continue reading


कला हराएको कथा

Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

… उ यौटा गोठालो हो । उ यौटा किसान, यौटा घाँसी र यौटा कबि कथाकार पनि हो। उ सधैं साँझ बिहान गोठमा जान्छ। गोठका बस्तुभाउको मलमुत्र सोहछॅ र बस्तुभाउलाई घाँसपत हाल्छ। लैनो पारो खुटाका बलम ब्रुक ब्रुक उफ्रेर नाचेकोमा अौधि रमाउ छ र उ आफ्नो बल्य जीवन तिर फकॅन् छ। उ आफु पनि आफ्नी आमाको काखमा उफ्रदै धोतिको सप्कोमा लुकेर आमाका लाम्टा चुसेको सम्झन्छ। अनि आफै मुसुक्क हाँस्छ र कता कता हराउँ छ। उस्ले समय बितेको पत्तै पउँदैन। गतिशिल समयले उसलाई घचघच्याउँ छ। उ निन्द्रा बाट ब्यूझिय झैं झस्किन्छ। शितको थोपमा सूयॅको किरणले स्वणिॅम रुप धारण गरेको देख्छ। उस्का आँखा तिरमिराउ छन्। उ एक छिन रनभूल्लमा पछॅ । आफ्ना दुबै हातले दुबै आँखा मिच्छ र लामो निशास हल्छ। हँसी र नाम्लो लाई साथि बनाएर घाँस काट्न वनतिर प्रस्थान गदॅछ।

 

Continue reading


बिचित्रको भूगोल

Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

कस्तो शिल्पकला यहाँ प्रकृतिको तस्बीर नौलो वन
आत्मा हुन्छ बिभिन्न बोटहरूका त्यै फूलमा जीवन ।
यात्रा प्रात बिहङ्ग कण्ठ रसिला वासन्ति च्यूला वन
चीसो शान्त बतासमा रसिक भै गाना बने जीवन॥

को को हो भनि सोध्दछे म्रिदुगला साँच्ची खुसी कोकिल
नाग्बेली बहदी सुचारु सरिता छे कुञ्जमा शीतल ।
छन् शाना स्वरका चरी चिरबिरे त्यै कुञ्जमा मस्कदै
न्याऊली छ कठै निरास वनमा बेथा बढी झस्कँदै ।।

 

Continue reading


सोमबार

Chhabi, Sapkota, छबिलाल सापकोटा '' रातामाटे ", pallawa, पल्लव

छबिलाल सापकोटा ” रातामाटे “

निवन्धः
बिदाको दिन सिद्धिन नपाउदै पुन: क्यालेंडर हेर्ने बानी सारा बिदा भोगीहरुको संयुक्त्त क्रियाकलाप नै रहेछ | आँखामा लगाम लगाएर हप्तौ नोकरीमा जिबन गुजार्नेलाई बिदाको महत्व र यसको उपयोग कस्तो हुन्छ भन्ने कुरा जति नोकरीका पहरेदार लाई थाहा छ त्यति गैर व्यक्तिलाई थाहा नहुनु स्वाभाविक नै हो | दिनभरीको थकानलाई ओछ्यानमा पल्टाएको शरीर बाट टाउको उठाउदै सिरानी मुनि राखेको बार्षिक डायरी नियाल्न मन लाग्यो | हरेक महिनामा आठ वटा समयतालिकामा बाढेको जिन्दगिमा छब्बीस दिन त सबै आइजन आइजन मा बित्ने रहेछ | बाँकी रहेका चार दिनले जिन्दगीको यथार्थ महशुस गर्न पाउदो रहेछ |

 

Continue reading


जिबन एक भोगाई अनेक

Chhabi, Sapkota, छबिलाल सापकोटा '' रातामाटे ", pallawa, पल्लव

छबिलाल सापकोटा ”रातामाटे “

हिजो बिदाको दिन कोठा बाट बाहिर निक्लनु पर्ने काम अधिक नै थियो | पाक्षिक बिदाको अनुभबमा ज्यानलाई बिश्राम दिनुपर्ने मेरो गरिबीको बाध्यता आफैमा कष्टकर हुदाहुदै पनि रातको १२:३० मा ओछ्यानमा थाती राखेर छोडेको ज्यान बिहान ४:४५ देखि नै ओछ्यान छोड्न हड्बडाउन थाल्यो | रातभरी सपनाले छिया छिया पारेको मनोबृति सिरानी बाट टाउको हल्चलाउदा कताकता सिरानीको एक हर निथ्रुक्क भैसकेको रहिछ | सिरानी माथि झ्यालको चौकोशमा झुन्ड्याएको सर्टबाट चुहिएको तपतप थोपाले बाहिर बर्षा भैरहेको छ भन्ने प्रष्ट भान हुन्थ्यो |

 

Continue reading


परदेशी मनको भावाना, आमा जमरा नउमार है !!

Chhabi, Lal, Sapkota, Ratamate, छबिलाल सापकोटा ‘रातामाटे’, pallawa, पल्लव

छबिलाल सापकोटा रातामाटे

जिबन् साह्रो परदेशको बाच्नै गाह्रो रहिछ्
खुशी खोज्ने जिबन् यहाँ दुखै दु:ख रहिछ
सगर छुने रहरैमा भए परदेशी
एक्लै भैयो आज याँ छोड्दा गाउँबेशी !!!!
आमा….!
आज जमरा राख्ने दिन ! हिजो झैँ आज पनि मलाई सम्झेर जमरा छर्दै हौली , तर आमा यो साल मेरो भाग जमरा नछर ! मनभरी चाहाना बोक्दा बोक्दै पनि बाध्यताले म आउन पाउदिन ! आमा …. रातो अबिरमा मेरो भाग टिका नमुछ्नु है यो साल , रहर हुदाहुदै पनि म लाउन पाउदिन !

 

Continue reading


मालिगाई

Chhabi, Sapkota, छबिलाल सापकोटा '' रातामाटे ", pallawa, पल्लव

छबिलाल सापकोटा ” रातामाटे “

हिजो साँझमा घर मुन्तिरको काप्रे फाँटबाट बोकेर ल्याएको एक भारी डाले घाँस सिध्याउन रातभर हम्मे हम्मे परेछ माली गाई , र कोरलीलाइ । गोठको पालीमुनि टात्नो बनाई बाधेको थाप्ले भैसीलाई भने पुगेनछ कि क्या हो बिहानै चार बजे देखि नै हायेईई ……. हायेईई …गर्दै थियो ।
हिजो साँझै काप्रे फाँट पुग्नु भन्दा पहिल्यै लिला साहू बम्किदै थिए ।
– मेलो नभ्याई हिड्लास नि फेरी , लाको मेलो त सिध्याउन परो के रे ।
चन्द्रकान्त हतार मुद्रामा हलगोरुको पछाडि दौडदै थिए ।

Continue reading


परदेशीको मन

Chhabi, Lal, Sapkota, Ratamate, छबिलाल सापकोटा ‘रातामाटे’, pallawa, पल्लव

छबिलाल सापकोटा ‘रातामाटे

छबिलाल सापकोटा ” रातामाटे ”
भिड र भाड्को शहर सदैब आफु एक्लो
भोक र प्यास निन्द्रा लाग्छ सगर झै अग्लो
ऊल्टो लाग्छ जिबन भोगाई नै फरक याँहा
तै पनि आफ्नो कर्म यस्तै छ भन्दै जाँहा ||||

बिर्सन पाए हुन्थ्यो परदेशी दु:ख सारा
यस्तै हाँसो अटल देशकै नाम्को नारा
त्यो आँगन आज मेरो हेर्दैछ साईतको बाटो
पुछ्दै आँशु मन्को के दिऊ खै त्यसको साटो ||||

 

Continue reading


दिल जलेर खरानी . . .

Chhabi, Kiran, Oli, Taplejung, छवीकिरण अोली, pallawa, पल्लव

छवीकिरण अोली

दिल जलेर खरानी भयो
आशु सुकेर खडेरी भयो!
कतै शान्तिको आभास छैन
हत्या हिम्सा बलात्कार ले
सधैँ प्राथामिकता पाई रहयो
नत छ देशमा दिगो संबिधान
आज देश रोयको देक्दा!

 

Continue reading