मिना चौलागाईं का केही मुक्तकहरूः

Mina, Chaulagain, मुना चौलागाईं, pallawa, पल्लव

मुना चौलागाईं

जिन्दगी जिवीत राख्न झस्काउनेहरू पनि भेटिन्छन्
दिक्क पार्न विनाकाम जिस्काउनेहरु पनि भेटिन्छन्
भेटिन्छन् यहाँ अनेक प्रकारका मान्छेहरू पाइलैपिच्छे,
रुख चढाएर फेद काट्न उक्साउनेहरू पनि भेटिन्छन् ।

सकारात्मक सोचको बास छ मनमा
त्यसैले होला सधै उल्लास छ मनमा
शिशिर या ग्रीष्म जेसुकै होस् बाहिर,
आफ्नो त सधै मधुमास छ मनमा !

 

Continue reading


मिना चौलागाईं का केह मुक्तकहरूः

Mina, Chaulagain, मिना चौलागाईं, pallawa, पल्लव

मिना चौलागाईं

भएका यी दुई कान तितामिठा सुन्न रै’छ
किन बन्यो मन भन्थेँ अनेक कुरा गुन्न रै’छ
जब दुख्छ चसक्क मान्छे भित्र कता कता ,
धामीझाँक्री या औषधी केहिले पनि छुन्न रै’छ !

तिमीलाई माया गर्ने मुटु चुकाएर के पायौ
अबिरल बग्ने प्यारको नदी सुकाएर के पायौ
जिन्दगी भिखमाग्दै दु:खी सागरमा पौडिदै छु
तिम्रै लागि अर्पेको मन दुखाएर के पो पायौ ?

 

Continue reading


मिना चौलागाईंको एकजोर गीतः

Mina, Chaulagain, मिना चौलागाईं, pallawa, पल्लव

मिना चौलागाईं

गीत– १,
कसैलाई छैन दोष आफ्नै तक्दीर फुटेको छ
निर्दयी भई नियतिले बिच बाटोमा लुटेको छ

उही बाटो उही गल्ली हिँडेको नि वर्षौं भयो
सपना टुट्यो बाटोबिच जिन्दगी अधुरो रह्यो
बल्ल्तल्ल बाँकी जीवन जिउने साहस जुटेको छ
कसैलाई छैन दोष आफ्नै तक्दीर फुटेको छ ।

 

Continue reading


गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

गरीव भएर मर्न तयारमा छु स्वाभिमान चुकाउँदिन
दुस्मन लडाउने प्रतिकारमा छु स्वाभिमान चुकाउँदिन

आमा बाको आर्शिवाद थापेर युद्ध मैदानमा हिडेपछि
दुस्मनको अनगिन्ति प्रहारमा छु स्वाभिमान चुकाउँदिन

नारी जीवनको मुल्य तोकिदोरहेछ यो पापी शहरमा
आज त्यही शहर बजारमा छु स्वाभिमान चुकाउँदिन

 

Continue reading


गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

म रोएको बेला हसाँयौ तिमीले
थिए जाँदै टाढा बोलायौ तिमीले

माया गर्छु भनि खाई झुट्टो कसम
र मलाई बेहाल बनायौ तिमीले

तिम्रो नजरमा बनाएर पागल
र पागलखानामै पठायौ तिमीले

 

Continue reading


गजल

Laxmi, Kadel, Chaulagain,, लक्ष्मी कडेल चौलागार्इं ‘ढुकढुकि, pallawa, पल्लव

लक्ष्मी कडेल चौलागार्इं ‘ढुकढुकि’

मनका लहर बाड्ने साथी मानेका छौ
गल्तिहरूमा गाली गर्ने मीत भएका छौ

मायाको भाका शरिरसग मात्र होइन
टाढाबाटै खुशि हुने बाँचा गरेका छौ

स्वार्थ प्रेम सागर नहेर्ने कसम खादै
दुई मुटु मुटु एउटै पवित्रा छोडेका छौ

 

Continue reading


साथीको माया

लक्ष्मी कडेल चौलागार्इं ‘ढुकढुकि

लक्ष्मी कडेल चौलागार्इं ‘ढुकढुकि’

कथाः
दुनियाँ भनेको को हो र? हामी त हौ ।
भन्दै शिला ले शिलुसग भनिन् । के भयो शिला तलार्इ आज धेरै भावुक कुरा गर्दै छेस् । सलु मेरो साथीले आफ्नो मायामा धोका हुदाँनि तेस केटालार्इ माफ गरेर सगै बसिकि छे ,नेपाल कै छोरि भएनी यु.एस.ए. मा बस्छे तेहाको नियम नि! बलियो छ फेरि किन? सहएको देखेर दिक्क लागेको के, ए हो र के भन्छे त ! तेरो साथि निरुले किन बसेकि रे त !! केही धम्काएको पो छ कि हामिले राम्रो सँग बुझ्ने र हामी छौ नडराउ भनेर हिम्मत दिनुपर्ला जस्तो छ ।

 

Continue reading


सङ्गीत, गुराँस अक्षरहरू

R R, Chaulagain, Hetauda,आर. आर. चौलागाईं, pallawa, पल्लव

आर. आर. चौलागाईं

मैले उनको आँखामा अक्षरहरू कोरेँ
र उनलाई सुनाएँ
उनले भनिन्-
“आहा ! कत्ति मिठो कविता
म राख्छु है ?”
मैले भनेँ-
“तिमीसँगै छ नि कविताको डङ्गुर
मैले दिनुपर्छ र ?”
मैले उनको हत्केलामा गुराँस रोपेँ
र उनलाई देखाएँ
उनले भनिन्-
“आहा ! कत्ति राम्रा फूलहरू
म राख्छु है ?”

Continue reading


‘परिचय’

R R, Chaulagain, Hetauda,आर. आर. चौलागाईं, pallawa, पल्लव

आर. आर. चौलागाईं

एक पटक अमेरिकाको न्यूयोर्कमा संसारका सबै देशका नागरिकहरूको जमघट भयो । त्यो भेलामा प्रतिनिधिको रूपमा प्रत्येक देशबाट दशदेखि पचास जनासम्म सहभागी भए । नेपालबाट पनि एक्काइस जनाको टोली गयो ।
त्यो कार्यक्रमको आयोजना संयुक्त राष्ट्रसङ्घले गरेको थियो । अनि विषय थियो- ‘संसारबाट गरिबी कसरी हटाउने ?’
भेलाको थालनी परिचयात्मक कार्यक्रमबाट सुरु भयो । सबै सहभागीले आ-आफ्नो परिचय दिए ।

 

Continue reading


“तिमी आउने साल”

किरण चौलागाईं

किरण चौलागाईं

तिमी यो साल आउछौ भन्ने थाहा पाएर,
मेरो नाममा मैले ग्रहको शान्ति गरेतापनी,
मेरो शान्त भएका ग्रहले तिमीलाई
र,
तिम्रा अशान्त ग्रहले मलाई घेरुन भनेर,
मेरो मनले इश्वर सामु एक बुधे मागको
पत्र बुझाएको छ ॥

तिमीले वर्षौ अगाडि हिड्न
छोडेको मेरो घर अगाडिको बाटो,
बतासले “यो तिमी फर्कने साल हो”
भन्ने खबरको सुगन्ध फैलाई रहदा,

 

Continue reading


गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

देशको माया दिल भित्र,सजाएको आभास हुन्छ
चारै तिर राष्ट्रिय गीत, गाएको आभास हुन्छ ।

जहाँ जान्छौ जाउँ तर, आफ्नो ईमान नबेच्नु
आमा छेउमा बसी मन,दुखाएको आभास हुन्छ ।

ढाका टोपी दौरा सुरुवाल,कालो स्टकोटमा सधै
नेपालको झण्डा हातमा,समाएको आभास हुन्छ ।

 

Continue reading


गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

तिम्रो मुहार चन्द्रमा झै झल्किदियो हेर
छाती भित्र तिम्रो तस्बिर टल्किदियो हेर ।

तिमीलाई पाउन जताततै खोज्दै हिडे पनि
मलाई छोडी अन्तै माया ढल्किदियो हेर ।

तिम्रो मेरो चोखो माया कती गाढा थियो
त्यही मायामा आज आगो सल्किदियो हेर ।

 

Continue reading


‘शिखर चुम्ने सपनाहरू’

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

‘शिखर चुम्ने सपनाहरू’
म नेपाल आमाको छोरी हुँ
कहिले हिमालको चुचुरोबाट
चिप्लेटी खेल्दै
कहिले सुख्खा मरुभुमी
बगरमा हराईरहेकी छु ।
हो म त्यही छोरी हुँ
जहाँ समुन्द्रको किनारबाट
आफ्ना सपनाहरू
नियाली रहेछु ।

 

Continue reading


गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

हाम्रो बिश्वासको नाता, तोडिन्छ कि डर लाग्छ्
मैले दिएको चोखो माया, खोसिन्छ कि डर लाग्छ !

तिम्रै लागी बसेकी छु चोखो माया सम्हालेर
भेट्न नपाई ढुकढुकी, रोकिन्छ कि डर लाग्छ !

सधै भरी तिम्रो माया यो मुटुमा सजाउँथे
त्यही माया तराजुमा, जोखिन्छ कि डर लाग्छ !

 

Continue reading


गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

सानो झुपडीमा मायाको,बास हुनसक्छ
भोक लाग्दा खाने ढिडोको,गास हुनसक्छ !

मेरो माया बुझेनौ जती टाढिदै जान्छौ जाउ
तर एक दिन सगै बसेको,आभास हुनसक्छ !

महलमा जन्मिएर फुरूक्क हुन नखोज प्रिय
महलमै माया उडाउने, बतास हुनसक्छ !

 

Continue reading


गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

तिमीले उग्रपात मचायौ हतियार बनेर
देशद्रोहीको नाममा आफु मतियार बनेर ।

तिमी उठ्नु पर्छ अब केहि गर्न यो देशमा
भ्रस्ट घुस्याहा निर्मुल पार अख्तियार बनेर ।

भाइ–भाइको झगडा हुन थालो यो देशमा
वारी–पारी भएका छौ तिमी अंसियार बनेर ।

 

Continue reading


गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

(१७ अक्षरीय)
मलाई चोट लाग्दा आँसु, चुहाउँने गर्‍यौ आमा
मेरो हार हुदाँ जहिल्यै जिताउँने गर्‍यौ आमा !

जस्तो वाधा प्रवेश हुँदा समधान गर्थ्यौ तिमी
आफैँ दुखेर सधै मलाई, हँसाउने गर्‍यौ आमा !

दुख गरि भारी बोकी दुई चार पैसा कमार्इ
पढ्नलार्इ शहर तिर, पठाउँने गर्‍यौ आमा !

 

Continue reading


‘मेरो सुन्दर हराभरा काठमाडौं शहरको बाटो’

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं)

पहिलो कबिता सुझाब पाउँने आसामा पोष्ट गरे
कस्तो अचम्मको
काठमाडौं शहरको बाटो
कहिले भत्किन्छ
त कहिले सप्रिन्छ !
हो म त्यही बाटो त्यही शहर हेर्दैछु
आमा दुइ हजार पैसा दिनुहोस्
अझै चारैतिरको बाटो हेर्नू छ
कस्तो रहेछ काठमाडौंको बाटो राम्ररी हेर्नू छ
एकटक लाएर हेर्नु छ !
गाउँका उकाली ओराली बाटोहरू छोडेर्,
यही काठमाडौं शहरको बाटोमा हिडिरहेकोछु,
आमा यस्तोलाई पनि बिकास भएको भन्दा रहेछन !

 

Continue reading


गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

भन तिमी कुन सफरमा हिडिरहेका छौ ?
कहाँ क–कसको नजरमा हिडिरहेका छौ ?

तिमीले समाजमा केहि गरेर देखाउनु पर्थो
तर तिमी भने कुन बगरमा हिडिरहेका छौ ?

तिमीले कयौ सपना सजाएका थियौ होला
त्यसैले त तिमी कुन रहरमा हिडिरहेका छौ ?

 

Continue reading


गजल

Puspa, Dhamala, Chaulagain, पुष्पा धमला (चाैलागार्इं) , pallawa, पल्लव

पुष्पा धमला (चाैलागार्इं) ,

सुख खोज्दै काम नगरी बस्न नखोज !
जन्म भुमी छोडि बिदेश पस्न नखोज !

दिएका छन भगवानले यती राम्रो रुप
मुख भरी क्रीम पाउडर घस्न नखोज !

हेलो हाई साथी सग्गी मेलमिलाप गर्दा
ठुलो सपना देखाउँलान फस्न नखोज !

 

Continue reading