. . . . . ‘सौभाग्य हाम्रो अरे’

Prakash, Chapagain, प्रकाश चापागार्इं, pallawa, पल्लव

प्रकाश चापागार्इं

आँखा बन्दछ लोकको र उसले मात्रै सबै देख्छ रे
लेख्ने मानिस छैन रे मुलुकमा मात्रै उही लेख्छ रे
लाटा लठ्ठक बुध्दु मात्र सब छन् बाठो उही मात्र रे
धर्ती व्योम उ जोड्न सक्दछ अरे बिज्ञानको यन्त्र रे

ज्ञाता भूत भबिष्यको पनि उही यो कालको सास रे
मान्छेको मनको नशा रगतको बिश्वासको आस रे
सच्चा सेवक राष्ट्रको पनि उही यो देशको विम्ब रे
धर्तीको इतिहासको बदलिँदो मात्रै उही चिन्ह रे

 

Continue reading


‘दशैं’

Menaka, Chapagain, Kapri, मेनका चापागाईं काप्री , pallawa, पल्लव

मेनका चापागाईं काप्री

दशैं
आओस् कुना कुनामा
अभावै अभावमा

ठेला उठेका हातहरूमा
नाङ्गो पैतालाहरूमा
दश ठाउँ फाटेर
टालो हालेका दौराहरूमा

भोकले आत्तिएर
हिड्दाहिड्दै ढलेका
बेहोसीमा आओस् दशैं
गाउँ गाउँमा
मुस्कान लिएर आओस्
यत्रतत्र सर्वत्र आओस्

 

Continue reading


कुर्चीको माया

Prakash, Chapagain, प्रकाश चापागार्इं, pallawa, पल्लव

प्रकाश चापागार्इं

किन किन कुर्चीको नैँ सारै माया लाग्छ
सम्झेपछि कुर्ची अरू माया सबै भाग्छ
कुर्ची माथि बस्दाखेरि प्रतिष्ठा नैँ अर्को
के को बाबु के को आमा कुर्ची धेरै चर्को

किन किन कुर्चीको नैँ सारै माया लाग्छ
सम्झेपछि कुर्ची अरु माया सबै भाग्छ

 

Continue reading


स्वार्थको सन्सार !!

Menaka, Chapagain, Kapri, मेनका चापागाईं काप्री , pallawa, पल्लव

मेनका चापागाईं काप्री

स्वार्थ नै स्वार्थले जेलिएको
यो बिशाल संसारमै
मेरो लागि बिनास्वार्थ
आफ्ना सयौँ दुख लुकाएर
मेरो खुशीको प्रतिक्षामा
मुस्कुराएर बस्ने
संसारको एक मात्र निश्वार्थ ब्यक्ति
मेरो बाबा
रहर त छ बाबा
तिम्रा पट्पटी फुटेका कुर्कुच्चामा
मल्हम लगाई चाडै निको बनाउन
तिम्रो मैलो टोपी र मैलो लुगालाई
सर्लक्क सफा बनाउन
तिम्रो लागि आफ्नै हातले पकाएको –

 

Continue reading


ऊर्जा सुलौलो भर

मर्छन् मानिस रोगले र पिरले सन्तापले भोकले
मर्छन् दम्भ घमण्डले र रिसले आफ्नैँ अहङ्कारले
मर्छन् बीर डटेर युद्ध पथमा कोही बुढ्यौली भई
तिम्रो मृत्यु भने अकारण भयो दूर्भाव उत्कर्ष भै

खाने अन्न अभाव भो कि घरमा या आङ नाङ्गो भयो
या रोगी उपचार मिल्न नसकी दारिद्र्यले डामियो
चिन्ता ब्याप्त थियो कि खप्न नसकी बस्ने अवस्था थियो
यौटै कारण देखिँदैन घरमा यो बिघ्न केले भयो ?

 

Continue reading


प्रकाश चापार्इ का जोर कविता

Prakash, Chapagain, प्रकाश चापागार्इं, pallawa, पल्लव

प्रकाश चापागार्इं

१)  ‘‘गा’’
गा सङ्गीत बिना अलाप नमिलोस् घण्टी बजाएर गा
गा गाना गुणगान मालिस गरी गोडा पखालेर गा
पुर्खाका तरवारका गत कथा कुल्ची लतारेर गा
ऐलेका दरवारका उप कथा पेवा बनाएर गा

नेपाली मन चर्किँदा र लुटिँदा स्वाधीनकै गीत गा
बिर्सी राष्ट्रिय गीत बाहिर भने चोचो मिलाएर गा
सारङ्गी अब देशको करङमा कर्खा चलाएर गा
भुल्दै बालुन खैजडी र मुजुरा ताली बजाएर गा

 

Continue reading


गाफुर्का

Prakash, Chapagain, प्रकाश चापागार्इं, pallawa, पल्लव

प्रकाश चापागार्इं

गा सङ्गीत बिना अलाप नमिलोस् घण्टी बजाएर गा
गा गाना गुणगान मालिस गरी गोडा पखालेर गा ।
पुर्खाका तरवारका गत कथा कुल्ची लतारेर गा
ऐलेका दरवारका उप कथा पेवा बनाएर गा ।।

नेपाली मन चर्किँदा र लुटिँदा स्वाधीनकै गीत गा
बिर्सी राष्ट्रीय गीत बाहिर भने चोचो मिलाएर गा
सारङ्गी अब देशको करङमा कर्खा चलाएर गा
भुल्दै बालुन खैजडी र मुजुरा ताली बजाएर गा

 

Continue reading


‘‘खा’’

Prakash, Chapagain, प्रकाश चापागार्इं, pallawa, पल्लव

प्रकाश चापागार्इं

खा सर्वोदय सान मान पगरी जिब्रो चपाएर खा
खा निस्ठा र इमान खा लगन खा संस्कार आचार खा
खा खा हुन्न अजिर्ण काफल न हो स्वाधीन बिर्सेर खा
खा भाषा अनि सभ्य संस्कृति सबै एकेक मासेर खा

खा च्याँखे कति पाउलास् सकुनिका पासा लडाएर खा
खा सौन्दर्य हिमालको सगरको आभा भजाएर खा
खा उद्योग विकासका सुरचना दूबो उमारेर खा
खा संन्जाल रचेर देश ढुकुटी भत्ता बढाएर खा ।

 

Continue reading


प्रकाश चापागार्इंका जोर कविताः

Prakash, Chapagain, प्रकाश चापागार्इं, pallawa, पल्लव

प्रकाश चापागार्इं

१) जा
डाहा जा पर जा नआ नगिचमा इर्ष्या र आलस्य जा
जा जा चोर प्रवृत्ति जा वर नआ दूर्भाव जा दम्भ जा
लोभी धुर्त दलाल मानसिकता पाखण्ड जा क्रोध जा
मैलो गन्ध विचार जा अझ उता विद्रोह जा द्रोह जा

जा आश्वाशन पर्खिई कति बसूँ जा जा ढिला सुस्ती जा
स्वार्थी कन्जुस चाप्लुसी र झगडा बेकारका कुस्ती जा
जा जा लोभ घमण्ड जाल कपटी सैतानका खेल जा
जा चुत्थो व्यभिचार धार ननिको नैराश्यको भेल जा

 

Continue reading


जिव्रो फेरेर के हुन्छ ?

Prakash, Chapagain, प्रकाश चापागार्इं, pallawa, पल्लव

प्रकाश चापागार्इं

भन्थ्यौ भारतले हाम्रो खोज्दैछ लुट्न अस्मिता
खोज्दैछ दुष्ले छर्न विषथारा जतातता

हाम्रो स्वाधीनता माथि शिंह झैँ गर्जना गरी
सिकार गर्न खोज्दैछ खोज्दैछ गर्न मन् परि

गिध्देद्रिष्टि लगाएर यो हाम्रो देशको छवि
धमिल्याउन खोज्दैछ जहाँ बल्छ सधैँ रवि

 

Continue reading


‘पैसा’

Prakash, Chapagain, प्रकाश चापागार्इं, pallawa, पल्लव

प्रकाश चापागार्इं

पैसा रैछ अजीव जीव दुनियाँ सानो छ पैसा ठुलो
पैसा सामु नगण्य मात्तृ ममता बग्दैन माया कुलो
पैसा उड्छ अकासमा फुरफुरूउड्ने परेवासरि
पैसा गुड्छ समुद्रको पिँध हुदैमाछा घुमे झैँ गरी

पैसा तस्करसाथ हुन्छ र उही सन्मान्य भै बाच्दछ
सारा राष्ट्र रिङाउँदै मखमली माला उनी नाच्दछ
काला कर्तुतमा र लाज घिनमा वाचालमा चालमा
भ्रष्टाचार जहाँ छ झुल्दछ त्यहीँ पैसा सधैँ जालमा

 

Continue reading


युद्ध किन … ???

Menu, Menuka, Chapagain,  "मेनु" मेनुका चापागाईं , pallawa , पल्लव

“मेनु” मेनुका चापागाईं

चौरीका जहिले बथान सँग लौ शेर्पा छ टापू तिर
राडी पो उसले बुनेर जहिले जाँदो छ लौ बाहिर
संसारै भरका मुहार उसले तान्या छ टापू तिर
कामैको कहिले भयो र गणना जातीय हेला पर।
। १।
शेर्पेनी दिदिले बुनेर कपडा ओछयाउँदो बाहुन
नेवारी घरमा बनेर करुवा बोक्दो जलै बाहुन
नेवारी घरमा चुटेर नबने भाँडो कहाँ तात्छ र
आरन् नै दलितै फुकेर नबसे खाडो कहाँ जाग्छ र।
।२।

Continue reading


प्रकाश चापागाईँका दुर्इ टुक्रा कविता

Prakash, Chapagain, प्रकाश चापागार्इं, pallawa, पल्लव

प्रकाश चापागार्इं

१) जीवन्त बाँची रह्यौ
हुन्छन् मृत्यु कपासझैँ मनुजका जो स्वार्थमा डुब्दछन्
केही मात्र अजेय या अमर भै संसार ब्युझाउँछन्
तारा छन् अनगिन्ति यो गगनमा श्री चन्द्रमा एक छ
तारा पुज्य कहाँ छ खै र सबले त्यै चन्द्रमा पुज्दछ

धर्तीपुत्र प्रकाश चन्द्रसरिझैँ कालो अधेरो चिरी
हिड्ने एक उदीयमान जिउँदा संभावनाका धुरी
छैनन् रे इतिहासका बिरसिला पाना भए रे तिनी
आँखामा मनमा तथा हृदयमा नाची रहन्छन् तिनी

 

Continue reading


चुनावकै सम्मुखमा मिल्यौ किन ?

Prakash, Chapagain, प्रकाश चापागार्इं, pallawa, पल्लव

प्रकाश चापागार्इं

बाटो बिराएर हिँड्यौ हिँडी रह्यौ
आपस्तमा लड्न भिड्यौ भिडी रह्यौ
कहाँ छ खै स्वच्छ पबित्र त्यो मन
चुनावकै सम्मुखमा मिल्यौ किन ?

न्वारानको शक्ति झिकी झिकी सधैँ
लाएर घारे शुभ प्रातमा सधैँ
सुन्नै नसक्ने मन के भयो भन
चुनावकै सम्मुखमा मिल्यौ किन ?

 

Continue reading


संसार भो स्तव्ध रे

आएकोछ बजारमा गजबको हल्ला नयाँ बेसरी

Prakash, Chapagain, प्रकाश चापागार्इं, pallawa, पल्लव

प्रकाश चापागार्इं

घाँटी एक भयो अरे अब चिरा पर्दैन रे क्यै गरी
छैनन् बादलका कतै दल अरे आकास भो स्निग्ध रे
घैँटामा पनि घाम झल्झल गरी बल्दै उदाय़ो अरे ।

छैनन् रे मतभेदका बिषय नैँ विर्को खुल्यो रे अब
आफ्नैँ डम्फु बजाउँदै विगतमा गल्ती गरे रे सब
नेपाली परिवारले अब नयाँ नेपाल देख्छन् अरे
हाम्रा दुक्ख र दर्दका दिन सबै सर्लक्क खेद्छन् अरे ।

 

Continue reading


बहरबद्ध गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त

यहाँ चुम्नलाई,उतै जानुपर्छ
अरे त्यो बगैचा,सबै जानुपर्छ

हरेक बर्षमा क्यै,नयाँ पाउनेछौ
बितेको कुरा बिर्सदै जानुपर्छ

यहाँ व्यर्थ जैले ,कमाएछु पैसा
म केही नबोकी,त्यसै जानुपर्छ

 

Continue reading


महेन्द्र चापागाईं “आफन्त गाउँले”का जोर गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

बहरबद्ध गजल
न घाटा न नाफा सखाको कुरा हो
मलाई यहाँ फाइदाको कुरा हो

समाल्नै सकेनौं भनेँ बैँस हेर
अरे त्यो त उत्तेजनाको कुरा हो

तिमीले कुरौटे भनेछौ मलाई
उसैले मलाई लगाको कुरा हो

 

Continue reading


बहरबद्ध गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

तिमी फूल जस्तै सधैं मुस्कुराऊ
भनेकै छु माया लगाएर जाऊ ।

छ केही अनौठो लजाएर हेर्‍यौ
नमानेर गाह्रो मलाई बताऊ ।

अनौठो छ हेर्दा अरे जिन्दगी यो
सयौं दर्द पीडा लिदै ती नआऊ ।

 

Continue reading


गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

अबदेखि सपनामा , आउनुपर्छ प्रिय
आँखालोभी पापीमन,बुझाउनुपर्छ प्रिय

विलासीता खर्चहैन,घाटीहेरि हाडनिल्नु
दुई छाक ,एकसरो,लगाउनुपर्छ प्रिय

बर्खालायो खेतीपाती,गर्नुपर्छ किसानले
आमालाई गाह्रो हुँदा,सघाउनुपर्छ प्रिय

 

Continue reading


बहरबद्ध गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

धोका दिएर उस्ले ,पीडा बुझेन कैल्यै
पाएँ छु आँसु मात्रै ,हासो दिएन कैल्यै

जादैछु हेर छोडी , आफै जलेर आज
पोल्दैछ फेरिछाती ,आगो निभेन कैल्यै

तिम्रो मुटु त प्रिया, ढुङ्गा रहेछ क्यारे
छाती पिटेर रोए ,त्यो मन् दुखेन कैल्यै

 

Continue reading