बहरबद्ध गजल

Ram, Chandra, Ghimire, रारामचन्द्र घिमिरे, pallawa, पल्लव

रामचन्द्र घिमिरे

फटाहा मलाई त नामी बनायौ
छु केही नजान्ने लु दामी बनायौ

टिलिक्कै छु बोक्रो,भएको छु खोक्रो
अँधेरो चिनेछौ र छामी बनायौ

छु औजार चिन्ने,चलेकै छ नाउँ
लुकेको छ आरन्, र डामी बनायौ

 

Continue reading


बहरबद्ध गजल…..

Ram, Chandra, Ghimire, रारामचन्द्र घिमिरे, pallawa, पल्लव

रामचन्द्र घिमिरे

खनेको छ बाटो,हिलो भो असाध्यै
र लड्ने छ चिप्लो,गिलो भोअसाध्यै

म हिन्दै छु,मार्गै छ सारै निकम्मा
नहोला डरै जो,किलो भो असाध्यै

नगुम्से ठिकै हुन्छ, पाइन्ट भित्र
टटाएर दुख्ने पिलो भो असाध्यै

 

Continue reading


आह्वान

Dibya, Chandra, Acharya, दिव्यचन्द्र आचार्य, pallawa, पल्लव

दिव्यचन्द्र आचार्य

मानौँ श्रीसुन्दरीले ललितशिखरको वस्त्र आँफै हटाइन्
कौमारी दक्षताले सकलवदनमा दिव्य आभा अटाइन् ।
त्यस्तै चाला बनाई अरुणकिरणले लालिमा दिन्छ होला
साँच्चै न्यानोपनाको मृदुलतमकला भर्न खोज्दैछ होला ।।

फक्रेको फूल जस्तै सरम सहितको तप्त सौन्दर्य देख्दा
लाग्यो नारीकला हो किन किन किन लौ सूर्यको बिम्ब देख्दा ।
लज्जाको कान्ति जस्तै वदन उपरमा देख्छु रक्ताम्य आभा
टाढाबाटै मलाई विचलित किन हो पार्न खोज्दैछ आभा ।।

 

Continue reading


आफ्नो धर्ममहाँ अडी नरहने,मान्छे कहाँ गै गयो ?

Ram, Chandra, Ghimire, रारामचन्द्र घिमिरे, pallawa, पल्लव

रामचन्द्र घिमिरे

पृथ्वी सृष्टि भयो,पूरा समयमा,संसार बन्दै गयो!
आफ्ना खास कुरा गरेर मनुवा,संसार बढ्दै गयो!!
डंफू मात्र बजाउने,सठ हुने,मान्छे यहाँ के भयो ?
आफ्नो धर्ममहाँ अडी नरहने मान्छे कहाँ गै गयो?

अर्काको धनमा,शरीर तनमा,आँखा लगाईकन
मिठ्याई मुखले असाध्य ननिको,ढाँचा बनाईकन
हिड्ने मात्र लुटेर नित्य रहने,मान्छे यहाँ के भयो?
आफ्नो धर्ममहाँ अडी नरहने,मान्छे कहाँ गै गयो ?

 

Continue reading


कथानक अन्तरवस्तुका दृष्टिमा डा. ज्ञवालीको ‘चाउकोने’ महाकाव्य

chandra, prasad, neupane,चन्द्रप्रसाद न्याैपाने, pallawa, पल्लव

चन्द्रप्रसाद न्याैपाने

(अनुष्टुप्का १७६० श्लाेकमा सिर्जित सरल काव्य)
प्रारम्भ

ram, prasad, gyawali, रामप्रसाद ज्ञवाली,pallawa , पल्लव

समिक्षित कृतिका कृतिकारः रामप्रसाद ज्ञवाली

डा. राम्रसाद ज्ञवाली नेपाली साहित्यका एक चर्चित व्यक्तित्व हुन् । यिनको ‘औँसीका फूलहरू’ उल्लेखनीय महाकाव्य हो । शास्त्रीय छन्दमा भाव, विचार, कला र शिल्पी सबै पक्षबाट हेर्दा समकालीन कविहरूमा डा. ज्ञवाली अग्रपङ्तीमा देखिन्छन् । डा. ज्ञवाली कवितामा अष्टकला ः १. भाषाशैली, २. भाव र लय, ३. रस, ४. अलङकार, ५. विचार र तर्क, ६. परिवेश, ७. आख्यान र ८. कल्पनालाई निर्धक्क प्रयोगमा ल्याउन र तानाबाना बुन्न माहिर मानिन्छन् । वि.सं २०५० को दशकलाई नेपाली महाकाव्यको स्वर्णयुग भनिन्छ । यस दशकमा शास्त्रीय छन्दमा अत्यधिक महाकाव्यहरू लेखिए अनि छापिए पनि । ५० को दशकको शुरुमै जोशिला जाँगरिला केही युवाहरूले महाकाव्यको लेखन शुरु गरे ।

 

Continue reading


दरिद्र म

Dibya, Chandra, Acharya, दिव्यचन्द्र आचार्य, pallawa, पल्लव

दिव्यचन्द्र आचार्य

(व्यङ्ग्य कविता)
कति कसम म खाऊँ छैन सम्पत्ति मेरो
किनकि दश तलाको एक जाबो कटेरो
कि लकरतिर होलान् नोटको सानु खात
हरपल म सुदामा माग्न थाप्दैछु हात

जब कि म त सानो चारकोठा लिएर
घर बसिन म दुःखी बस्छु भाडा तिरेर
रहर शहर मेरो बीस हज्जार तिर्छु
महल त झुपडी हो त्यो भनेरै म छिर्छु

 

Continue reading


वार्तालाप

Dibya, Chandra, Acharya, दिव्यचन्द्र आचार्य, pallawa, पल्लव

दिव्यचन्द्र आचार्य


कति नरम छ तिम्रो फूल झैँ सौम्य हात
नगर अब अबेला लाग्न थाल्दैछ मात ।
अलि वरवर आऊ चाल बिस्तार पाउ
प्रणयन सुख भर्ने देह मेरो समाउ ।।१।।


व्यथित मुटुमा छन् आँशुका खातखात
मन वरिपरि बस्छन् दुष्ट लुछ्ने जमात ।
कुटुकुटु यति खान्छन् दुःखको साँध छैन
बह दह कति रोकूँ चैनको बाँध छैन ।।२।।

 

Continue reading


‘मोती यहीँ फल्दछ टिप्न आऊ’

Dibya, Chandra, Acharya, दिव्यचन्द्र आचार्य, pallawa, पल्लव

दिव्यचन्द्र आचार्य

टीका लगाऊ अब मृत्तिकाको
फुटाइदेऊ भल सिर्जनाको ।
लौ लौ मजाले पसिना बगाऊ
मोती यहीँ फल्दछ टिप्न आऊ ।।१।।

बिर्सेर आफ्नैपन शुद्ध खाना
पराइको भोजनको बखान ।
विदेशमा जे जति होस् कमाइ
खस्रो मिठो हुन्छ यहीँ रमाई ।।२।।

 

Continue reading


मान्छे म हूँ आखिर

Dibya, Chandra, Acharya, दिव्यचन्द्र आचार्य, pallawa,  पल्लव

दिव्यचन्द्र आचार्य

साँच्चै नै किन हो अनेक थरिका लोभी र पापी कुरा
गर्दै जीवन यो बिताउँछु अझै खाल्डो खनी टाकुरा ।
चुम्दै भन्दछु गर्वले म गतिलो हूँ भित्र झन् बाहिर
स्वार्थी मानव मै त हूँ किनभने वाग्जालमा माहिर ।।१।।

खाऊँ मोज गरुँ म मात्र सुखले बाचूँ नमर्ने बनूँ
जे जस्ता सुविधा मिलून् सब लुटूँ संसार मेरै भनूँ ।।
चाँडो पुग्न सकूँ म उच्च पदमा धुत्र्याइँ चारैतिर
ईर्ष्याले अरु झन् जलून् किनभने चाहन्छु यै आखिर ।।२।।

 

Continue reading


आलो काँचो

दिव्यचन्द्र आचार्य

दिव्यचन्द्र आचार्य

गुम्सिएका मनोभाव म पस्कन्छु यसैगरी ।
पाक शिल्प छँदैछैन तिक्तता भर्छु बेसरी ।।
मसी कलमको भित्र रंगीचड्ी नि छैन है ।
स्वादयुक्त यहाँ शब्द बनाएको नि हैन है ।।

भुङग्रो नि भरिलो छैन ढुङग्रोे के गर्नु के कुरा ।
पिष्टपेषण जस्तै हुन् लाग्लान् कागजका झुरा ।।
ताउलै गतिलो छैन स्वादिष्ट कसरी हुने ।
खाली खोले पकाएर खुवाको स्वाद के हुने ।।

 

Continue reading


लेखनी (कलम)

दिव्यचन्द्र आचार्य

दिव्यचन्द्र आचार्य

ए ! लेखनी! कति मिठासहरू संगाली
छर्छस् सधैँ मधुरभावहरू अँगाली
पाषाण नै किन नहोस् तँ पगाल्न सक्छस्
मैला सबै हृदयको तँ पखाल्न सक्छस् ।।१।।

दिक्दार बन्न म पुगे दगुरेर आई
भन्छस् नफाल अब काल वृथा गुमाई ।
हौस्याउँछस् अनि म खट्दछु मन्दमन्द
गर्छस् सबैतिर तँ नै गतिलो प्रबन्ध ।।२।।

 

Continue reading


पानी अब भरौं

Ramesh, Chandra, Adhikari,  रमेशचन्द्र अधिकारी,  pallawa, पल्लव

रमेशचन्द्र अधिकारी

अरुका कुरा छोडौं, हाम्रा कुरा गरौं
खाली गाग्री भरी पार्न, पानी अब भरौं

हामीसंग सृजना छ, सृष्टि साथ साथ
एकताको माला गाँस्न मिलाऊ सब हात
समयले पर्खन है लौ न अघि सरौं
खाली गाग्री भरी पार्न, पानी अब भरौं

 

Continue reading


सुन्दरी

Dibya, Chandra, Acharya, दिव्यचन्द्र आचार्य, pallawa,  पल्लव

दिव्यचन्द्र आचार्य

अहा कति सुरम्य छौ नि वनिता तिमी को भन
उदाउन पुग्यौ तिमी किन यता कसोरी भन ।
न देख्दछु मुहारमा मलिनता कतै छैन नि
अतीव हँसिलो परन्तु किन बोल्न गाह्रो त नि ।।१।।

त्यसै मन छुने दुवै कमल पत्र झैँ नेत्र छन्
र गाजल लगाउँदा त उसमा खुलेका नि झन् ।
नहेर यसरी ल है मन भुतुक्क पारीकन
त्यसै मरिसकेँ अझै किन नि मार्दछौ लौ भन ।।२।।

 

Continue reading


“शुभकामना”

Chandra, Devi, Joshi, चन्द्र देवी जोशी, pallawa, पल्लव

चन्द्र देवी जोशी

दशै,तिहार,छठ पर्बको छ शुभकामना।
निर्दोषि टुहुराँतिम्राँपुराँहुन् चाहना।।
ठूलालाई आदर गर्नु सानालाई माया।
यस्तै त हो मानव जिवन दुई दिनको घामछाया।।

जनावरको हत्याँगरि नखाऊ मासुभात।
पाए गुन्द्रुक नपाएलै खानु सिस्नो सात।।
चोरी नखानु कसैको पनि भोकै बस्नु परे पनि।
झुटो नबोल्नु उम्कनलाई मर्नै पर्ने भएपनि ।।

 

Continue reading


टीकापुर घटनाको सम्झनामा . . . . .

Dibya, Chandra, Acharya, दिव्यचन्द्र आचार्य, pallawa, पल्लव

दिव्यचन्द्र आचार्य

अहहहा म त बालक नै थिएँ
तर छिटै म शहीद बनी गएँ ।
म तनले मनले यति गर्दछु
पनि त भन्न नपाइकनै गएँ ।।१।।

किन छिनालिदियौ मन यो भन
किन झरेन गलेन नि त्यो मन ।
न त थिएँ म विलक्षण मानव
किन बन्यौ किन लौ भन दानव ।।२।।

 

Continue reading


निहुरी निहुरी

Dibya, Chandra, Acharya, दिव्यचन्द्र आचार्य, pallawa, पल्लव

दिव्यचन्द्र आचार्य

निहुरी निहुरीकन हिड्छु सधैँ
कसरी शिर माथि उठाउनु है ।
हुन ता म नि मानव हूँ तर खै
कसरी म बनूँ अब मानव नै ।।१।।

जति सान थिए इतिहास भए
जति कौशल हुन् सब बग्न गए ।
न त ढाक्न सकें नि शरीर यहाँ
म त नग्न भएँ अब जाउँ कहाँ ।।२।।

 

Continue reading


छर्छ सुधा सबै यतै

Dibya, Chandra, Acharya, दिव्यचन्द्र आचार्य, pallawa, पल्लव

दिव्यचन्द्र आचार्य

अहहा कविता मनै छुने
लय हाल्दा दिल गद्गदै हुने ।
यति छन् तर पुग्दथ्यो कहाँ
अझ राम्रा पद पङ्क्ति हुन् यहाँ ।।१।।

अब फूल यहीँ लजाउँछ
भमरा झन् प्रिय गीत गाउँछ ।
जब काव्य सुधा नि मस्त छ
तब को स्वर्ग भनेर बस्दछ ।।२।।

 

Continue reading


सूर्योदय वर्णन

Dibya, Chandra, Acharya, दिव्यचन्द्र आचार्य, pallawa, पल्लव

दिव्यचन्द्र आचार्य

भाग २
थकित रात सुतिन् मदमस्त भै
जमिन फूर्ति झिक्यो नि प्रशस्त नै ।
मधुर कान्ति सबैतिर देखियो
अलिक कोमल ज्योति छँदै थियो ।।१।।

अनि उषा झटपट्ट उठीकन
भरिदिइन् नभ लाल छरीकन ।
रंग भनूँ जसले दिल जाग्दछ
तर उही छ नयाँ किन लाग्दछ ।।२।।

 

Continue reading


म र चरी

Dibya, Chandra, Acharya, दिव्यचन्द्र आचार्य, pallawa, पल्लव

दिव्यचन्द्र आचार्य

मलाई आफैं नै सरम अति लाग्दैछ किन हो
म मान्छे हो साँच्चै तदपि मन मान्दैन नि अहो ।
न मैले सोचेथें किन म यति टाढा भइसकेँ
म आफैंले गर्दा मनुज गुण अन्तै गइसके ।।१।।

चरीलाई हेरुँ उ पनि त खुदैको गुण लिई
बडो ज्ञानी बन्दै किन हरघडी गर्दछ त्यही
बिहानीमै जागी प्रति दिन उषासाथ जसरी
कठै निःस्वार्थी भै मृदुल स्वरले गर्छ चिरिरी ।।२।।

 

Continue reading


शब्दको बिलौना

दिव्यचन्द्र आचार्य

दिव्यचन्द्र आचार्य

म त सधैं मदमस्त छु कोशमा
किन चलाउँदछौ मदहोसमा ।
कि त मिलाउनु शब्द चुनीकन
अनि बनाउनु हार उनीकन ।।१।।

अब त हार नयाँ हुनुपर्दछ
र यसले मुटुनै छुनुपर्दछ ।
यदि छ पाठकको मन दुःखित
त यसले सब त्यो धुनुपर्दछ ।।२।।

 

Continue reading