गजल

Chandani, Aryal,चाँदनी अर्याल, pallawa, पल्लव

चाँदनी अर्याल

जसले जीवन पायो जहाँ त्यसमाथिनै लात किन?
जन्मदाताकै मुटु बेचि गर्दैछौ घात किन?

छाती एउटै आमाको काख एउटै हुँदा हुँदै
तिमी ब्राहमण बैश्य क्षुद्र इत्यादि यि जात किन?

हिमाल ,पहाड,तराइ सबै हाम्रो साझा घर
अंशबण्डा लगाउने संबिधनमा बात किन ?

 

Continue reading


चाँदनी अर्यालका केही हाइकूहरू

Chandani, Aryal,चाँदनी अर्याल, pallawa, पल्लव

चाँदनी अर्याल

हे भगवान !
म तातेको देखेर
पानी पर्दै छ ।

विचार गर
मेरो वेदना भित्र
बाढीको वेग ।

अल्लारे कुरा
मनको खुलदुली
पसिना बग्दै ।

 

Continue reading


‘उ नसामा थियो …..’

Chandani, Aryal, चाँदनी अर्याल, pallawa, पल्लव

चाँदनी अर्याल

उ नसामा थियो म हेर्दै थिएँ
मनमा थोरै डरका साथ
उसको नजरबाट आफूलाई छिपाइकन
उ बर्बराउँदै थियो ,भन्दै थियो
अमेरिका, बेलायत, स्वीटजरल्याण्ड अनि फ्रान्सका कुरा
बेरोजगार, खाडीमूलुक आदि आदि
उसको यो स्मृतिपटलमा सायद,
जन्मभूमि सँगको तुलना पर्याप्त थियो
मैले निधो पाइन
उसको समीपमा सर्दै सर्दै झस्किएँ
किनकी उ त नसामा छ
फेरि चूपचाप बसें,उसलाई सनिरहें–

 

Continue reading


गजल

Chandani, K.C., Saragam, चाँदनी के.सी सरगम, pallawa, प्ल्लव

चाँदनी के.सी सरगम

ओईलिएको फुलसरी तिम्रो मनबाट झरेर गएँ भने
त्यो भगवानलाई कुनै दिन धेरै मन परेर गएँ भने

आखीर यो जिन्दगीको के भर की आज की भोली
के गर्छौ होला तिमी मपनि यसैगरी मरेर गएँ भने

बाँच्नै गाह्रो होला मुटु छियाछिया हुन्छ होला तिम्रो
यो दुनियाँबाट यमलोकमा बसाई सरेर गएँ भने

 

Continue reading


चाँदनीका केही मुक्तकहरूः

Chandani, K.C., Saragam, चाँदनी के.सी सरगम, pallawa, प्ल्लव

चाँदनी के.सी सरगम

हरेक ठाउँमा जानी नजानी गल्ती गरेछु
हो तिमीले भनेको नमानी गल्ती गरेछु ।
नजानेरै भयो यस्तो माफी देउ मलाई
तिम्रो विगत बनाई निशानी गल्ती गरेछु ।।

कसलाई के भनुँ दुःखै दुःखमा छ जिन्दगी
अँह भन्न सक्दिन सुखै सुखमा छ जिन्दगी ।
केही गर्न सकेकी छैन मैले न बाँच्न न मर्न
हो साँच्चै आज मृत्युको मुखमा छ जिन्दगी ।।

 

Continue reading